परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २४६

19 अप्रिल 2021

मैले बोलेका हरेक वाक्यमा परमेश्‍वरको स्वभाव समावेश छन्। तिमीहरूले मेरा वचनहरू होशियारसाथ मनन गर्नेछौ, र तिमीहरूले त्यसबाट निश्‍चय नै ठूलो फाइदा पाउनेछौ। परमेश्‍वरको सारतत्त्वका विषयमा बुझ्‍न अति गाह्रो हुन्छ, तर तिमीहरू सबै जनासँग परमेश्‍वरको स्वभावका विषयमा केही हदसम्म ज्ञान रहेको छ भनी म विश्‍वास गर्छु। परमेश्‍वरको स्वभावलाई नचिढ्याउने अनि तैँले गरेका कुराहरूका बारेमा मलाई देखाउनको लागि तँसँग धेरै कुराहरू हुनेछन् भन्‍ने मेरो आशा छ। त्यसपछि म सुनिश्‍चित हुनेछु। उदाहरणको लागि, तिमीहरूका हृदयमा परमेश्‍वरलाई सधैँभरि राख्‍नू। जब तैँले काम गर्छस्, तब उहाँका वचनहरू अनुसार काम गर्नू। सबै कुराहरूमा उहाँको इच्छा खोज्‍नू, र परमेश्‍वरलाई अपमान र अनादर गर्ने सबै कुराहरूबाट आफूलाई अलग राख्‍नू। भविष्यमा तेरो हृदयको खालीपन भर्नका लागि मात्र परमेश्‍वरलाई आफ्नो मनको कुनै कुनामा लुकाई राखिस् भने तैँले परमेश्‍वरको स्वभावलाई उल्‍लङ्घन गरेको हुनेछस्। मानौं, तिमीहरूले आफ्नो जीवनकालभरि कहिल्यै पनि परमेश्‍वरको निन्दा गरेनौ वा परमेश्‍वरको विरुद्धमा गुनासो गरेनौ भने, उहाँले तिमीहरूका जिम्मामा सुम्पिदिनुभएका सबै कुराहरू उपयुक्त तरिकाले सदुपयोग गर्नेछौ, साथै तिमीहरूका जीवनभरि आफैलाई उहाँको वचनमा समर्पण गर्नेछौ, त्यसपछि तिमीहरूले प्रशासनिक आदेशहरूका विरुद्ध अपराध गर्न छोड्नेछौं। उदाहरणको लागि, यदि तिमीहरूले कहिल्यै यसो भनेका छौ भने, “उहाँ परमेश्‍वर हुनुहुन्छ भनी किन मैले विचार गर्नुपर्छ?” “मेरो विचारमा यी वचनहरू पवित्र आत्माका केही अन्तर्दृष्टिहरूभन्दा केही पनि होइनन्,” “मेरो विचारमा परमेश्‍वरले गर्नुभएका सबै कुराहरू सही हुनुपर्छ भन्‍ने कुनै आवश्यकता छैन,” “परमेश्‍वरको मानवता मेरोभन्दा उच्‍चकोटीको छैन,” “परमेश्‍वरका वचनहरू विश्‍वास गर्न लायकका छैनन्,” वा यस्तै किसिमका न्यायपूर्ण भनाइहरू व्यक्त गरेका छौ भने आफ्ना पापहरू स्वीकार गर्न र त्यसबाट पश्‍चात्ताप गर्न म तिमीहरूलाई उत्साह दिन्छु। अन्यथा, तिमीहरूले कहिल्यै पनि क्षमादानको अवसर प्राप्‍त गर्नेछैनौ, किनकि तिमीहरूले मानिसलाई होइन, तर परमेश्‍वरलाई चिढ्याएका छौ। तिमीहरूले मानिसको न्याय गरिरहेको छु भनी विश्‍वास गरेका हुन सक्छौ, तर परमेश्‍वरका आत्माले त्यसरी हेर्नुहुन्‍न। तिमीहरूले उहाँको देहलाई अनादर गर्नुचाहिँ उहाँ स्वयमलाई अनादर गर्नु बराबर हो। यसरी के तिमीहरूले परमेश्‍वरको स्वभावको उल्‍लङ्घन गरेका छैनौ र? परमेश्‍वरका आत्माले गर्नुभएका सबै काम उहाँका देहका कामलाई सुरक्षित राख्‍न र यी कामहरू अझ राम्ररी सम्‍पन्‍न गर्नका निम्‍ति हो भन्‍ने कुरा तिमीहरूले याद राख्‍नुपर्छ। यदि तिमीहरूले यसलाई बेवास्ता गर्‍यौ भने तिमीहरूले कहिल्यै पनि परमेश्‍वरमा विश्‍वास गर्न नसक्‍ने हुन्छौ भनी म तिमीहरूलाई बताउन चाहन्छु। तिमीहरूले परमेश्‍वरको क्रोधलाई भड्काएको कारण उहाँले तिमीहरूलाई शिक्षा सिकाउन उपयुक्त दण्ड दिनुहुनेछ।

परमेश्‍वरको सारतत्त्वलाई थाहा गर्नु भनेको सामान्य विषय होइन। तैँले उहाँको स्वभावलाई बुझ्‍नुपर्छ। यसरी तिमीहरूले विस्तारै र थाहै नपाईकन परमेश्‍वरको सारतत्त्व थाहा गर्नेछौ। जब तिमीहरू यस ज्ञानमा प्रवेश गर्छौ, तब तिमीहरूले अझ उच्‍च र सुन्दर अवस्थामा प्रवेश गरेको महसुस गर्नेछौ। अन्त्यमा, तिमीहरू आफ्ना घृणित प्राणप्रति लज्‍जित महसुस गर्नेछौ, र तिमीहरूका लाजबाट लुक्‍ने कुनै ठाउँ छैन भनी तिमीहरूले महसुस गर्नेछौ। त्यस समयमा, तिमीहरूले परमेश्‍वरको स्वभावलाई अपमान गर्ने आफ्नो व्यवहारलाई कम गर्दै जानेछौ, तिमीहरूको हृदय परमेश्‍वरको हृदयको नजिक-नजिक आउनेछ, र तिमीहरूका हृदयमा उहाँको निम्ति प्रेम विस्तारै बढ्दै जानेछ। यो चाहिँ मानवजाति सुन्दर अवस्थामा प्रवेश गरेको एउटा चिन्ह हो। तर तिमीहरूले यो अवस्था हासिल गरिसकेका हुँदैनौ। तिमीहरू सबै जना आफ्नो नियतिको खातिर कुदिरहेका हुन्छौ, जोसँग परमेश्‍वरको सारतत्त्वलाई थाहा गर्न प्रयत्‍न गर्ने कुनै चाहना हुँदैन? के यसले निरन्तरता पाउनु हुन्छ, यदि यसो भएमा तिमीहरूले अन्जानमै प्रशासनिक आदेशहरू विरुद्ध अपराध गर्नेछौ, किनकि तिमीहरूले परमेश्‍वरको स्वभावको विषयमा थोरै कुराहरू मात्र बुझेका हुन्छौ। के यसरी तिमीहरूले परमेश्‍वरको स्वभाव विरुद्ध उल्‍लङ्घन गर्न जग बसालेका हुँदैनौ? तिमीहरूलाई मैले परमेश्‍वरको स्वभाव बुझ्‍न अनुरोध गरेको कुरा मेरो कामभन्दा बाहिरको कुरा होइन। यदि तिमीहरूले प्रशासनिक आदेशहरू घरीघरी उल्लङ्‍घन गर्‍यौ भने तिमीहरू दण्डबाट कसरी उम्कने छौ? त्यसपछि के मेरो काम पूर्ण रूपमा व्यर्थ हुनेछैन र? त्यसैले, तैँले आफ्नो व्यवहारलाई नजिकबाट जाँच्‍दै, तैँले उठाउने आफ्नो कदमहरूमा होशियार रहन म तँलाई आग्रह गर्छु। यो मैले तिमीहरूसँग मागेको उच्‍च माग हो, म आशा गर्छु कि तिमीहरू सबै जनाले यसलाई होशियारसाथ विचार गर्नेछौ र तिमीहरूले लगनशील भई यो माग पूरा गर्नेछौ। तिमीहरूका कामले मलाई अत्यन्त धेरै रीस उठाउने दिन आयो भने त्यसको परिणामहरू तिमीहरूले नै विचार गर्नुपर्नेछ, तिमीहरूको ठाउँमा दण्ड भोग्‍न त्यहाँ अरू कुनै व्यक्ति हुनेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्वपूर्ण हुन्छ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्