Christian Choir Song | परमेश्वरले मानवजातिका निम्ति अझ सुन्दर भोलिको सृजना गर्नुहुन्छ | २०२६ स्तुतिका स्वरहरू
17 जनवरी 2026
१
निकै आशाका साथ मेरो पुनरागमनको स्वागत गर्ने कनानका मेहनती किसानहरूलाई म मेरा मूल्यवान् फलहरू प्रदान गर्नेछु। म केवल स्वर्ग अनन्तसम्म रहोस् र त्यो भन्दा बढी, मानिस कहिले बूढो नहोस्, स्वर्ग र मानिस सदा विश्राममा रहून् अनि ती सदाबहार “सल्ला र सरूहरू” सधैँ परमेश्वरको साथमा रहून्, र आदर्श युगमा सँगै प्रवेश गर्दा सधैँ स्वर्गको साथमा रहून् भन्ने चाहना गर्छु।
२
म मानिसलाई मानवजातिको गन्तव्य प्रदान गर्छु, म मेरा सबै प्रचुरता मानिसलाई छोडिदिन्छु, मेरो जीवन मानिसमाझ छर्कन्छु, मेरो जीवनको बीउ मानिसको हृदयको भूमिमा रोप्छु, उसलाई चिरस्थायी सम्झनाहरू छोड्छु, मेरो सबै प्रेम मानवजातिलाई छोड्छु र मानिसले ममा कदर गर्ने सबै कुरा मानिसलाई दिन्छु। मैले मेरो सम्पूर्णता मानवजातिलाई दिइसकेको छु। मैले मेरो जीवनको सम्पूर्णता मानिसलाई छोडिसकेको छु र कुनै शब्दविना नै, मैले मानवजातिका निम्ति प्रेमको सुन्दर भूमि जोत्न कठिन परिश्रम गरेको छु; मैले मानिसबाट कहिल्यै न्यायोचित मागहरू समेत गरेको छैनँ, मैले केवल मानिसका प्रबन्धहरू पालन गर्ने र मानवजातिका निम्ति अझ सुन्दर भोलि सृजना गर्ने बाहेक केही पनि गरेको छैनँ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (१०)
अन्य प्रकारका भिडियोहरू