Nepali Christian Song | परमेश्‍वर परमेश्‍वर हुनुहुन्छ, मानिस मानिस नै हुन्छ

17 जुन 2026

तैँले परमेश्‍वरका वचनहरूको पुस्तक अनुसन्धानका लागि वा स्वीकार गर्ने अभिप्रायले खोलेको हुन सक्छस्; तेरो मनोवृत्ति जस्तोसुकै होस्, तैँले यो अन्त्यसम्म पढ्नेछस् र यसलाई सजिलै पन्छाउनेछैनस् भन्ने म आशा गर्दछु। सायद, यी वचनहरू पढिसकेपछि तेरो मनोवृत्ति परिवर्तन हुनेछ, तर त्यो तेरो प्रेरणामा र तेरो समझको हदमा निर्भर रहन्छ। तापनि, तैँले एउटा कुरा जान्नुपर्छ: परमेश्‍वरको वचनलाई मानिसको वचन भन्न मिल्दैन, मानिसको शब्दलाई कसैले परमेश्‍वरको वचन भन्न त झनै मिल्दैन। परमेश्‍वरद्वारा प्रयोग गरिएको मानिस देहधारी परमेश्‍वर होइन, अनि देहधारी परमेश्‍वर परमेश्‍वरद्वारा प्रयोग गरिएको मानिस होइन। यसमा, एउटा सारगत भिन्नता हुन्छ।

सायद, यी वचनहरू पढिसकेपछि तँ तिनलाई परमेश्‍वरका वचनहरू नभई, बरु मानिसले प्राप्त गरेको अन्तर्दृष्टि मात्र मान्छस् होला। त्यस अवस्थामा, तँ अज्ञानताले अन्धो भएको छस्। परमेश्‍वरको वचन कसरी मानिसले प्राप्त गरेको अन्तर्दृष्टि जस्तो हुन सक्छ? देहधारी परमेश्‍वरका वचनहरूले एउटा नयाँ युग सुरु गर्दछन्, सारा मानवजातिलाई डोऱ्याउँछन्, रहस्यहरू प्रकट गर्दछन्, र मानिसले त्यो नयाँ युगमा लिनुपर्ने दिशा देखाउँछन्। मानिसले प्राप्त गर्ने अन्तर्दृष्टि भनेको अभ्यास वा ज्ञानका लागि सरल निर्देशनहरू मात्र हुन्। यसले सम्पूर्ण मानवजातिलाई नयाँ युगमा डोऱ्याउन वा परमेश्‍वर स्वयमका रहस्यहरू प्रकट गर्न सक्दैन। आखिर, परमेश्‍वर परमेश्‍वर नै हुनुहुन्छ, र मानिस मानिस नै हो। परमेश्‍वरसित परमेश्‍वरको सार छ, र मानिससित मानिसको सार छ। यदि मानिसले परमेश्‍वरले बोल्नुभएका वचनहरूलाई पवित्र आत्माले दिनुभएको सरल अन्तर्दृष्टिको रूपमा हेर्छ भने र प्रेरितहरू र अगमवक्ताहरूले बोलेका शब्दलाई परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्नुभएको वचनको रूपमा लिन्छ भने, त्यो मानिसको गल्ती हुनेछ।

जे भए पनि, तैँले कहिल्यै पनि कालो र सेतोलाई उल्टाउनु हुँदैन, उच्चलाई निम्न भन्नु हुँदैन, वा गहनलाई सतही भनी गलत बुझ्नु हुँदैन; जे भए पनि, तैँले जुन कुरा सत्यता हो भनी जान्दछस् त्यसलाई जानीजानी खण्डन कहिल्यै गर्नु हुँदैन। परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्ने सबैले सही दृष्टिकोणबाट समस्याहरू जाँच्नुपर्छ, र परमेश्‍वरको नयाँ कामलाई र उहाँका नयाँ वचनहरूलाई उहाँद्वारा सृजित प्राणीको परिप्रेक्ष्यबाट स्वीकार गर्नुपर्छ; नत्र, तिनीहरूलाई परमेश्‍वरले हटाउनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्