Nepali Christian Song | परमेश्‍वर स्वयम् जीवन र सत्य हुनुहुन्छ | with lyrics

15 अप्रिल 2022

पद १

परमेश्‍वर जीवन र सत्य हुनुहुन्छ, उहाँको जीवन र सत्य सह-अस्तित्वमा छन्।

उहाँको सत्य नपाउनेले जीवन पाउनेछैनन्,

उहाँको सत्यको आड र मार्गदर्शन बिना,

मानिससँग मात्र अक्षर, सिद्धान्त र मृत्यु रहनेछ।

उहाँको जीवन र सत्य सह-अस्तित्वमा र सदा-उपस्थित छन्।

सत्यको स्रोत जान्दैनौ भने,

तिमीले जीवनको पोषण प्राप्त गर्दैनौ।

कोरस

आखिरी दिनहरूको ख्रीष्टले

जीवन ल्याउनुहुन्छ, दृड र अनन्त सत्य बोक्नुहुन्छ।

सत्य, जीवन प्राप्त गर्न मानिस हिँड्नुपर्ने बाटो हो यो।

उहाँलाई चिन्ने र उहाँको स्वीकृति पाउने एउटै मार्ग हो।

पद २

जीवनको प्रावधान प्राप्त गर्दैनौ भने,

तिमीसँग पक्कै सत्य छैन।

तिमी मात्र सडेको देह हौ,

मात्र खोक्रो कल्पना र निष्फल विचार।

कोरस

आखिरी दिनहरूको ख्रीष्टले

जीवन ल्याउनुहुन्छ, दृड र अनन्त सत्य बोक्नुहुन्छ।

सत्य, जीवन प्राप्त गर्न मानिस हिँड्नुपर्ने बाटो हो यो।

उहाँलाई चिन्ने र उहाँको स्वीकृति पाउने एउटै मार्ग हो।

ब्रिज

पुस्तकका शब्द जीवन होइनन्,

इतिहासका अभिलेख सत्य होइनन्,

विगतका चलन

उहाँले आज बोल्नुहुने वचनका अभिलेख होइनन्।

पृथ्वी र मानिसमाझको परमेश्‍वरले मात्रै सत्य व्यक्त गर्नुहुन्छ।

उहाँको इच्छा र काम गर्ने शैली व्यक्त गर्नुहुन्छ।

कोरस

आखिरी दिनहरूको ख्रीष्टले

जीवन ल्याउनुहुन्छ, दृड र अनन्त सत्य बोक्नुहुन्छ।

सत्य, जीवन प्राप्त गर्न मानिस हिँड्नुपर्ने बाटो हो यो।

उहाँलाई चिन्ने र उहाँको स्वीकृति पाउने एउटै मार्ग हो।

आखिरी दिनहरूको ख्रीष्टले अनन्त जीवनको मार्ग ल्याउनुहुन्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्