Nepali Christian Song | परमेश्वरको काम र वचनहरूले मानिसमा ल्याउने भनेको सारा जीवन हो | with lyrics
12 अप्रिल 2022
पद १
परमेश्वर पुरानोमा अल्झनुहुन्न, सधैँको बाटो हिँड्नुहुन्न;
उहाँको काम र वचनमा केही निषेध छैन।
उहाँमा सब स्वतन्त्र, मुक्त छ, कुनै बन्देज छैन।
र उहाँ मानिसलाई मुक्ति ल्याउनुहुन्छ।
उहाँ जीवित परमेश्वर, जो साँच्चै अस्तित्वमा हुनुहुन्छ।
न कठपुतली न मूर्ति, यो भन्दा भिन्न हुनुहुन्छ।
उहाँ जीवित र जीवन्त, उहाँका वचन र कामले
जीवन, ज्योति, र मानिसलाई स्वतन्त्रता ल्याउँछन्।
कोरस १
उहाँ वचन र काममा सीमित हुनुहुन्न,
कारण उहाँ सत्य, जीवन र मार्ग हुनुहुन्छ।
उहाँ वचन र काममा सीमित हुनुहुन्न,
कारण उहाँ सत्य, जीवन र मार्ग हुनुहुन्छ।
पद २
जसले जे भनेपनि, उहाँको नयाँ काम जसरी हेरेपनि,
आफ्नो काम गरिरहनुहुनेछ, कुनै सन्ताप बिना।
उहाँ मानिसका धारणा वा औँला ठड्याइमा चिन्तित हुनुहुन्न।
तिनको कडा विरोधले उहाँ रोकिनुहुन्न।
कुनै मानवीय तर्क, कल्पना, ज्ञान वा नैतिकताले
उहाँको कामको मापन वा व्याख्या गर्न सक्तैन।
कुनै सृष्टिले उहाँको काममा बाधा पुर्याउन,
बदनाम वा हस्तक्षेप गर्न सक्तैन।
ब्रिज
कसैले निषेध गर्दैन उहाँले गर्नुहुने कुरा
र कसैबाट बन्देज लाग्दैन।
कुनै प्रतिरोधी शक्तिले अवरोध पुर्याउने छैन।
उहाँको नयाँ काममा, सदा विजयी राजा हुनुहुन्छ।
कुनै प्रतिरोधी शक्ति र मानवका भ्रम,
सबै उहाँको पाउदानमुनि कुल्चिइन्छन्।
कामको जुनसुकै नयाँ चरण गर्नु भएपनि,
त्यसलाई मानिसमाझ विकसित र विस्तारित गरिनुपर्छ,
उहाँले आफ्नो महान् काम नसक्नुभएसम्म,
सारा ब्रह्माण्डमा कुनै बाधाबिना गरिनुपर्छ।
कोरस २
यो हो परमेश्वरको सर्वशक्तिमान क्षमता,
उहाँको बुद्धि र शक्ति। उहाँको काममा
सिद्धान्त हुन्छन्, तर कुनै निषेध हुँदैन,
किनकि उहाँ स्वयम् सत्य, मार्ग र जीवन हुनुहुन्छ।
— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट
अन्य प्रकारका भिडियोहरू