Nepali Christian Song | परमेश्‍वरको काम र वचनहरूले मानिसमा ल्याउने सारा कुरा भनेको जीवन हो

10 मार्च 2026

परमेश्‍वर पुराना कुराहरूमा टाँसिनुहुन्न वा उहाँ हिँडिसकेको बाटो हिँड्नुहुन्न; जब उहाँले काम गर्नुहुन्छ र बोल्नुहुन्छ, उहाँ मानिसहरूले कल्पना गरे जतिकै निषेधक हुनुहुन्न। परमेश्‍वरका लागि सबै स्वतन्त्र र मुक्त छन्, अनि त्यहाँ कुनै निषेध, कुनै बन्देज छैन—उहाँले मानवजातिकहाँ ल्याउनुहुने सारा कुरा भनेका स्वतन्त्रता तथा रिहाइ हो। उहाँ एक जीवित परमेश्‍वर हुनुहुन्छ, एक परमेश्‍वर जो सच्चा र साँचो रूपले अस्तित्वमा हुनुहुन्छ। उहाँ कठपुतली वा माटोको मूर्ति हुनुहुन्न, अनि उहाँ मानिसहरूले प्राणप्रतिष्ठा र आराधना गर्ने मूर्तिहरूभन्दा पूर्ण रूपमा अलग हुनुहुन्छ। उहाँ जीवित र जीवन्त हुनुहुन्छ, अनि उहाँका वचनहरू तथा कामले मानवजातिलाई ल्याउने सारा कुरा भनेको जीवन र ज्योति, स्वतन्त्रता तथा रिहाइ हुन् किनकि उहाँमा सत्यता, जीवन र बाटो छ—उहाँको कुनै पनि काममा उहाँ कुनै कुराद्वारा बाँधिनु हुन्न।

मानिसहरूले उहाँको नयाँ कामको बारेमा जे भने पनि र तिनीहरूले त्यसलाई जसरी हेरे तापनि वा मूल्याङ्कन गरे तापनि, उहाँले नहिचकिचाई आफ्नो कामलाई अघि बढाउनुहुन्छ। कसैका धारणाहरू वा उहाँको काम वा वचनका सम्बन्धमा औंला ठड्याउने कुरा वा उहाँको नयाँ कामको सम्बन्धमा तिनीहरूको कडा विरोध वा प्रतिरोधप्रति उहाँ चिन्तित हुनुहुनेछैन। सारा सिर्जित प्राणीमध्ये कसैले पनि मानव तर्क वा मानव कल्पना, ज्ञान वा नैतिकता प्रयोग गरेर परमेश्‍वरले जे गर्नुहुन्छ, त्यसलाई मापन वा सीमित गरेर उहाँको कामलाई बदनाम गर्ने, बाधा दिने वा नोक्सानी पुर्‍याउने गर्न सक्दैन।

उहाँको काममा र उहाँले जे गर्नुहुन्छ त्यसमा कुनै प्रतिबन्ध छैन; कुनै मानिस, घटना वा कामकुराद्वारा यसलाई बन्धनमा पारिनेछैन, न त कुनै प्रतिरोधी शक्तिहरूले बाधा दिन्छन्। जहाँसम्म उहाँको नयाँ कामको कुरा छ, उहाँ सदा विजयी राजा हुनुहुन्छ, अनि कुनै पनि प्रतिरोधी शक्तिहरू र मानवजातिका सबै विधर्मी तथा झूटा तर्कहरूलाई उहाँको पाउदानमुनि कुल्चिइन्छ। उहाँले आफ्‍नो कामको जुनसुकै नयाँ चरण कार्यान्वयन गरिरहनुभएको भए पनि, यो निश्चय नै मानवजातिको माझमा विकास र विस्तार हुनेछ, अनि यो निश्चय नै उहाँको महान् काम पूर्ण नभएसम्म सारा ब्रह्माण्डभरि विना अवरोध अघि बढ्नेछ। परमेश्‍वरको सर्वशक्तिमान्‌ता र बुद्धि, उहाँको अख्तियार र शक्ति यही हो। आफ्ना वचनहरू र काममा परमेश्‍वरसँग सिद्धान्तहरू छन्, तर निषेधहरू छैनन् किनकि परमेश्‍वर स्वयम् सत्य, बाटो र जीवन हुनुहुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्