Christian Testimony Video | परमेश्वर चीनमा देखा पर्नु र काम गर्नु धेरै अर्थपूर्ण छ
29 नोभेम्बर 2020
प्रमुख पात्रले सधैं उत्साहका साथ आफैंलाई प्रभुको लागि खर्च गरेकी छिन् र प्रभुको पुनः आगमनको लागि प्रतिक्षा गरेकी छिन्। अनि संयोगवश, उनले प्रभु फर्किसक्नुभएको छ र चीनमा देहधारण हुनुभएको छ भनेर जानिन्। उनी छक्क पर्छिन् र खुसी पनि हुन्छिन्, तर एउटा प्रश्नले उनलाई अझै सताउँछ: पुरानो र नयाँ नियमको युगमा, परमेश्वरले सधैं इस्राएलमा आफ्नो काम गर्नुभयो, तसर्थ जब प्रभु फेरि फर्कनुहुन्छ, उहाँले इस्राएलमा नै त्यसो गर्नुपर्दछ भन्ने तर्क गरिन्छ। त्यसोभए, उहाँ कसरी चीनमा देखा पर्न र आफ्नो काम गर्न सक्नुहुन्छ? खोजी र सङ्गतिको माध्यमबाट, उनले परमेश्वर सम्पूर्ण मानवजातिका परमेश्वर हुनुहुन्छ र जुन देशमा परमेश्वरले देखा पर्ने र आफ्नो काम गर्ने छनौट गर्नुहुन्छ त्यसमा सधैं एक विशेष अर्थ हुन्छ। उहाँले जहिले पनि त्यस्तो स्थान छनौट गर्नुहुन्छ जुन स्थान मानवजातिलाई अगुवाइ गर्न र मुक्ति दिनको निम्ति सबैभन्दा उपयुक्त छ। परमेश्वरले आखिरी दिनहरूमा किन चीनमा आफ्नो काम गरिरहनुभएको छ भन्ने पनि उनले बुझ्दछिन् र उनको भ्रमको समाधान हुन्छ। अनुसन्धानको माध्यमबाट, उनले सर्वशक्तिमान् परमेश्वरलाई फर्कि आउनुभएका प्रभु येशूको रूपमा चिन्दछिन् र खुसीसाथ सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्दछिन्।
अन्य प्रकारका भिडियोहरू