Christian Song | हामीलाई मुक्ति दिने सर्वशक्तिमान्‌ परमेश्‍वर नै हुनुहुन्छ

6 अगस्ट 2021

मानवजातिलाई मुक्ति दिन कसले सत्यता व्यक्त गर्नुहुन्छ?

सेतो सिंहासनमा बसेर कसले न्याय गर्नुहुन्छ?

आखिरी दिनहरूमा देहमा आउनुहुने सर्वशक्तिमान् परमेश्‍वर नै हुनुहुन्छ।

मानवजातिको ढोका ढकढक्याउन उहाँले वचनहरू बोल्‍नुहुन्छ।

उहाँले हामीलाई संसारबाट टाढा डोर्‍याएर लैजानुहुन्छ,

र हामीलाई शैतानको भ्रष्टताबाट मुक्ति दिनुहुन्छ।

सत्यतालाई बुझेर, हामी शुद्ध भएका छौं र हामी ज्योतिमा जिउँछौं।

परमेश्‍वर हाम्रो छेवैमा हुनुहुन्छ, परमेश्‍वर हाम्रो साथमा हुनुहुन्छ,

त्यसैले हाम्रो जीवन साँच्‍चै खुशीले भरिपूर्ण छ।

हामीलाई सत्यता र जीवन दिने को हुनुहुन्छ?

संसारमा ज्योति ल्याउने को हुनुहुन्छ?

यसो गर्ने त प्रिय सर्वशक्तिमान्‌ परमेश्‍वर, प्रिय सर्वशक्तिमान्‌ परमेश्‍वर नै हुनुहुन्छ।

उहाँले हाम्रो बीचमा हरेक दिन बोल्‍नुहुन्छ र काम गर्नुहुन्छ।

उहाँले हामीलाई आमने-सामने बसी गोठाला गर्नुहुन्छ र हामीलाई पानी दिनुहुन्छ।

उहाँको साँचो प्रेम अनुभव गर्न पाउने हामी कति भाग्यमानी छौं।

हामी पूर्ण विश्‍वासको साथ परमेश्‍वरलाई पछ्याउँछौं।

हामी हाम्रा कर्तव्यहरू पूरा गर्छौं,

परमेश्‍वरको गवाही दिन्छौं र परमेश्‍वरलाई महिमित तुल्याउँछौं।

कसका वचनहरूले हाम्रो हृदयलाई धारिलो तरवारले जस्तै छेड्छ?

मानिसप्रतिको कसको प्रेम सबैभन्दा शुद्ध, सबैभन्दा सुन्दर छ?

यो त आखिरी दिनहरूमा देहधारी हुनुहुने सर्वशक्तिमान्‌ परमेश्‍वर नै हुनुहुन्छ।

उहाँका वचनहरूले मानवजातिको सार र भ्रष्टताको जडलाई खुलासा गर्छन्।

हामी परमेश्‍वरका वचनहरूको न्याय र परीक्षाहरूको अनुभव गर्छौं।

हामी परमेश्‍वरको स्वभाव धर्मी र पवित्र छ भन्‍ने देख्छौं।

हाम्रा भ्रष्ट स्वभावहरू शुद्ध पारिएका छन्, र हामी फेरि मानवजस्तै देखिने भएका छौं।

हामी परमेश्‍वरको प्रेम अनुभव गर्छौं र उहाँको प्रशंसा नगरी बस्‍न सक्दैनौं।

भ्रष्ट मानवजातिलाई शुद्ध पार्ने र मुक्ति दिने को हुनुहुन्छ?

मानवजातिलाई सुन्दर गन्तव्य दिने को हुनुहुन्छ?

यो त सर्वशक्तिमान्‌ परमेश्‍वर नै हुनुहुन्छ, जसको काम बुद्धिमानी र महा-शक्तिशाली छ।

उहाँले शैतानलाई जित्‍नुहुन्छ, आफ्‍ना मानिसहरूलाई सिद्ध पार्नुहुन्छ र महिमा प्राप्त गर्नुहुन्छ।

मुक्ति प्राप्त गर्न पाउनु हाम्रो लागि कति सौभाग्यको कुरा हो!

सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू देख्‍न पाउनु कति गजबको कुरा हो!

हामी पूर्ण विश्‍वासको साथ राज्यको सुसमाचार फैलाउँछौं।

हामी हाम्रो कर्तव्य राम्ररी पूरा गर्छौं,

हामी परमेश्‍वरको गवाही दिन्छौं र हामी सदासर्वदा परमेश्‍वरलाई प्रेम गर्नेछौं!

हामी हाम्रो कर्तव्य राम्ररी पूरा गर्छौं,

हामी परमेश्‍वरको गवाही दिन्छौं र हामी सदासर्वदा परमेश्‍वरलाई प्रेम गर्नेछौं!

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्