म किन आफ्‍नो कर्तव्यमा सधैँ अति सावधान हुन्छु?

25 फेब्रुअरी 2023

मार्च २०२१ मा, म मण्डलीमा ग्राफिक डिजाइनरको काम गरिरहेकी थिएँ। म आफ्‍नो कर्तव्यमा अहङ्कारी र अरूसँग मिलेर काम गर्न नसक्‍ने थिएँ, अनि मैले काममा बाधा पुर्‍याएँ, र मलाई बर्खास्त गरियो। दुई महिनापछि, एक सुपरभाइजरले मलाई तस्बिरहरू बनाउने कार्य जारी राख्न लगाए। म निकै भावुक भएँ, साथै, मलाई अलिक अप्ठ्यारो पनि लाग्यो। म काममा फर्केपछि, मेरो अहङ्कारी स्वभावले फेरि काममा बाधा दियो भने, के म पूर्णरूपमा खुलासा भएर हटाइनेछैनँ र? यदि त्यस्तो भयो भने, के म खतम हुनेछैनँ र? मैले मनमनै भनेँ: “म काममा फर्केपछि, सबै कुरालाई कसरी लिने त्यसमा होसियार हुनुपर्छ। मैले फेरि आफ्‍नो अहङ्कारी स्वभावअनुसार काम गर्नु हुँदैन।”

मैले पहिला काम सुरु गर्दा, सिस्टरहरूले मसँग ग्राफिक्सको अनुभव छ भन्‍ने देखे, र समस्याहरू हुँदा प्रायः मकहाँ आउन आउँथे, र ती समाधान गर्न म सक्दो गर्थेँ। तर धेरै कुरा बताउँदा, ममा अचानक यस्तो सोच आउँथ्यो: “धेरै बोलेर, के मैले आफ्नो प्रदर्शन त गरिरहेकी छैनँ? यदि मैले गलत बोलेँ भने के गर्ने? म समूह अगुवा हुँदा एकपटक एउटी सिस्टरले मलाई भनिन् कि म आफ्‍नो व्यापक अनुभवमा भर पर्छु, र सिद्धान्तहरू खोजी गर्नुको सट्टा प्राय आफ्‍नै अनुभवको आधारमा मानिसहरूको काममा डोऱ्याइ दिन्छु। त्यसले गर्दा केही तस्बिरहरू परिमार्जन गर्न यताउता पठाउनुपर्‍यो, र कार्यप्रगतिमा ढिलाइ भयो। यसपटक, यदि मैले कुनै सिस्टरलाई भ्रममा पारेँ र काम बिथोलेँ भने, सुपरभाइजरले थहा पाएपछि, के उनले मलाई बर्खास्त गर्लिन्? होस्। गलत कुरा भन्‍नुभन्दा म कम बोल्छु, अनि त्यसको जिम्मा लिनुपर्ने अवस्था आउँदैन।” एकपटक हामी एउटा तस्बिरको डिजाइन अवधारणा छलफल गर्दै थियौँ। त्यसलाई जाँच्दा, मलाई यसको बनावटको अवधारणा अर्थहीन लाग्यो। तर म हिचकिचाएँ, र सोचेँ: “अवधारणामै समस्या छ भने, त्यो ठूलो समस्या हो, र पूरै तस्बिर फेरि डिजाइन र हेरफेर गर्नुपर्ने हुन्छ। के म यो कुरा उठाऊँ? यदि मैले केही भनिनँ, र वास्तविक समस्या देखा पर्‍यो भने, पछि तस्बिर फेरि बनाउनुपर्ने हुन्छ। तर हामीले यस तस्बिरबारे दुई दिनसम्म छलफल गरिसकेका छौँ। यदि मैले अहिले यो समस्याबारे बताएँ भने, सिस्टरहरूले मलाई के सोच्लान्? के मैले आफैप्रति ध्यान खिच्दै समस्या पैदा गरिरहेकी छु भनेर नभन्लान्? मेरो विचार गलत रहेछ भने के गर्ने? के त्यसले कामको प्रगतिमा ढिलाइ हुन्‍न र? सुपरभाइजरले थाहा पाइन् भने, मैले पश्‍चात्ताप गरेकी रहेनछु भन्लिन् कि?” त्यो बेला, म हिचकिचाएँ, र केही बोल्‍ने आँट गरिनँ। केही दिनपछि, हामीले खाका डिजाइन गर्ने काम पूरा गर्‍यौँ, तर सुपरभाइजरले देखेपछि, अवधारणामै समस्या छ, त्यसैले यसलाई फेरि डिजाइन गर्नुपर्छ भनिन्। परिणाम देखेर म झस्किएँ र सोचेँ, “यदि मैले त्यो बेला यो समस्या उठाएकी भए, सबैले सङ्गति गरेर यो कुरा स्पष्ट पार्न सक्थे, र हामीले समय बरबाद गर्नुपर्दैनथ्यो।” मलाई साह्रै ग्‍लानि भयो, तर सोचेँ, “त्यो बेला मेरो विचार सही छ भनेर म पूर्णरूपमा विश्‍वस्त थिइनँ, सायद मैले यो कुरा नउठाउनु त्यति नराम्रो पनि थिएन?” यो कुरा त्यतिमै सकियो। मैले यसबारे सोचिनँ वा मनन गरिनँ, बरु त्यतिकै छोडिदिएँ।

तर पछि, जब समूहमा समस्याहरूबारे छलफल हुन्थ्यो र हामीलाई विचारहरू राख्‍न लगाइन्थ्यो, तब म निकै सतर्क हुन्थेँ, र मेरो विचार अरूको भन्दा फरक हुनेछ, र मलाई गलतरूपमा अहङ्कारी र अरूको विचार स्विकार्न नमान्‍ने व्यक्ति ठानिनेछ भनेर डराउँथेँ। त्यसैले म जब-जब सुझाव दिन्थेँ, तब-तब यो कुरा थप्थेँ: “त्यो मेरो व्यक्तिगत विचार मात्र हो, म गलत पनि हुन सक्छु। तपाईंहरूले जाँचेर हेर्नुहोस् न।” कहिलेकाहीँ मैले डिजाइन गरिरहेका तस्बिरहरूमा सिस्टरहरूले सुझाव दिन्थे, र कतिपय सुझावहरू सिद्धान्तअनुरूप छैनन् भनेर मलाई स्पष्ट थाहा हुन्थ्यो। तर यदि मैले तिनीहरूको सुझाव स्विकारिनँ भने, तिनीहरूले मलाई अहङ्कारी वा आफ्‍नै विचारमा टाँसिरहने भन्लान् भन्‍ने चिन्ता लाग्थ्यो। त्यसकारण म मन नलागी-नलागी तिनीहरूका सुझाव मान्थेँ, र गल्ती भयो भने पनि, म जिम्मेवार हुनेछैनँ भनी सोच्थेँ। फलस्वरूप, परिमार्जन गरिसकेपछि, कतिपय सुझावहरू वास्तवमा उचित नरहेको थाहा हुन्थ्यो, र तस्बिरहरू फेरि बनाउनुपर्थ्यो, जसले कार्यप्रगतिमा ढिलाइ हुन्थ्यो। अवस्था त्यस्तो थियो। त्यसैले आफ्‍नो कर्तव्य निभाउँदा हरदिन म सङ्कोच मान्थेँ, र शारीरिक र भावनात्मक रूपमा थकित हुन्थेँ। तर म परिवर्तन भएकी छु भनेर सुपरभाइजर र सिस्टरहरूलाई देखाउन, म अझै पनि होसियार भएकै बेस भन्‍ने मलाई लाग्थ्यो। अनि त्यसपछि म सधैँ आफ्‍नो कर्तव्य त्यसरी नै पूरा गर्थेँ। तर समूहको ग्राफिक इमेजहरूमा सधैँ समस्या हुन्थे, र हामीले बारम्‍बार दोहोर्‍याएर काम गर्नुपर्थ्यो। हाम्रो कार्य प्रभावकारिता प्रस्टसित घट्यो त्यसपछि मात्रै मैले आफ्नो चेतनाशुन्य हृदयमा मेरो स्थिति गलत छ, र मैले आत्मचिन्तन गर्नुपर्छ भन्‍ने महसुस गरेँ। अनि मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, र आफ्ना समस्याहरू बुझ्‍न सक्न अन्दर्दृष्टि मागेँ।

एउटा भेलामा, मैले परमेश्‍वरको वचनको एउटा खण्ड पढेँ, र आफ्‍नो स्थितिलाई केही बुझेँ, सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “अगुवा र सेवकहरूको रूपमा आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा समस्याहरू आउँदा, तैँले ती समस्या बेवास्ता गर्ने सम्भावना धेरै हुन्छ, अनि जिम्मेवारी पन्छाउन तैँले विभिन्‍न निहुँ र बहानाहरू बनाउनसमेत सक्छस्। कतिपय समस्या तैँले समाधान गर्न सक्‍ने हुन सक्छन्, तर तँ ती समाधान गर्दैनस्, र तैँले समाधान गर्न नसक्‍ने समस्याहरूबारे माथिल्लो तहकाहरूलाई रिपोर्ट गर्दैनस्, यस्तो लाग्छ मानौँ तीसित तेरो कुनै सरोकार नै छैन। के यो तेरो कर्तव्यप्रतिको लापरवाही होइन? मण्डलीको कामलाई यसरी लिनु चातुर्य हो कि मूर्खता? (मूर्खता।) के यस्ता अगुवा र सेवकहरू विश्‍वासघाती साँप होइनन् र? के तिनीहरूमा अलिकति पनि जिम्मेवारीबोध छ र? जब तिनीहरू आफ्नो सामुन्‍नेका समस्याहरू बेवास्ता गर्छन्, तब के यसले तिनीहरू हृदयहीन र विश्‍वासघाती हुन् भनेर देखाउँदैन र? विश्‍वासघाती मानिसहरू सबैभन्दा मूर्ख मानिस हुन्। तँ इमानदार व्यक्ति बन्‍नुपर्छ, समस्याहरूको सामना गर्दा तँसँग जिम्मेवारीबोध हुनुपर्छ, र तैँले समस्याहरू समाधान गर्न सत्यता खोज्ने तरिकाहरू फेला पार्नुपर्छ। विश्‍वासघाती व्यक्ति नबन्। समस्याहरू आइपर्दा, यदि तँ जिम्मेवारीबाट भाग्छस् र यसलाई पन्छाउँछस् भने, अविश्‍वासीहरूले समेत तेरो निन्दा गर्नेछन्। के तँ परमेश्‍वरको घरले तेरो निन्दा गर्नेछैन भन्‍ने कल्पना गर्छस्? परमेश्‍वरका चुनिएका मानिसहरूले यस्तो व्यवहारलाई घृणा र इन्कार गर्छन्। परमेश्‍वरले इमानदार मानिसहरूलाई प्रेम गर्नुहुन्छ, तर छली र चिप्ले मानिसहरूलाई घृणा गर्नुहुन्छ। यदि तँ विश्‍वासघाती व्यक्ति होस् र चालहरू चल्ने प्रयास गर्छस् भने, के परमेश्‍वरले तँलाई घृणा गर्नुहुनेछैन र? के परमेश्‍वरको घरले तँलाई त्यत्तिकै छोड्नेछ र? ढिलो वा चाँडो, तँलाई जवाफदेही ठहराइनेछ। परमेश्‍वरले इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ र विश्‍वासघाती मानिसहरूलाई मन पराउनुहन्‍न। सबैले यस कुरालाई स्पष्टसित बुझ्नुपर्छ, र अन्योल हुन र मूर्ख कामहरू गर्न बन्द गर्नुपर्छ। क्षणिक अज्ञानता त बुझ्‍न सकिने कुरा हो, तर सत्यता स्विकार्न पूरै अस्वीकार गर्नु भनेको हठीपन मात्र हो(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। आफ्‍नो काममा गैरजिम्‍मेवार हुने र समस्या हुँदा जिम्‍मेवारीबाट पन्छिने मानिसहरू विशेष गरी विश्‍वासघाती हुन् भनेर परमेश्‍वरको वचनले खुलासा गरेको छ। परमेश्‍वरको वचन मनन गरेपछि, मैले मेरो स्थिति पनि त्यस्तै रहेको थाहा पाएँ। म आफ्‍नो कर्तव्यमा गैरजिम्‍मेवार र अबफादार थिएँ, र जब समस्याको जिम्‍मेवारी लिने बेला हुन्थ्यो, वा मेरो सम्‍भाव्यता र अन्तिम गन्तव्यसँग सम्‍बन्धित कुरा हुन्थ्यो, तब म पछि हट्थेँ, र छली माध्यमहरू प्रयोग गर्थेँ। समस्याहरू देख्दा, म केही बोल्दिनथेँ, वा बहाना बनाउँथेँ, वा अस्पष्ट कुरा भन्थेँ। ग्राफिक्सको काममा फर्केपछि, मलाई ब्रदर-सिस्टरहरूले मेरो अहङ्कारी स्वभाव परिवर्तन भएको रहेनछ भन्लान् भन्‍ने डर थियो। मेरो भ्रष्ट स्वभावले फेरि बाधाहरू ल्याउला, र मलाई बर्खास्त गरिएला भन्‍ने डर थियो। त्यसकारण म आफूले गर्ने र भन्‍ने सबै कुरामा निकै होसियार हुन्थेँ, र सधैँ देखावटी रूप धारण गर्थेँ। सिस्टरहरूले प्रश्‍न गर्दा, गलत कुरा पो भन्छु कि र मलाई जिम्‍मेवार तुल्याइएला कि भन्‍ने डर लाग्थ्यो, अनि ती प्रश्‍न छल्न बहाना बनाउँथेँ। जब समूहमा समस्याहरूको छलफल हुन्थ्यो, र फरकफरक विचार निस्कन्थे, तब म प्राय चुप बस्थेँ, र अरूले जे गर्‍यो त्यही गर्थेँ। समस्याहरू छन् भनेर म स्पष्टै देख्‍न सक्थेँ, तर मानिसहरूले मलाई म अहङ्कारी छु र आफूप्रति ध्यान खिच्‍ने प्रयास गर्दै छु भन्लान् भन्‍ने डरले, म आफ्‍नो विचार राख्‍नुभन्दा समस्या आएर काम दोहोर्‍याउन तयार थिएँ। ममा सबैसँग छलफल गर्ने साहससमेत थिएन। म साह्रै स्वार्थी थिएँ। मैले काम गरिरहेका तस्बिरहरूमा सिस्टरहरूले सुझाव दिँदा, मलाई कतिपय सुझावहरू सिद्धान्तअनुरूप नभएका थाहा हुन्थ्यो, तर अरूले मलाई अहङ्कारी भन्लान् भनेर म सहमत भएको बहाना गर्थेँ र तिनीहरूले जे भन्यो त्यही गर्थेँ। मैले जिम्‍मेवारी लिनुपर्दैन भने, म गल्तीहरू र दोहोर्‍याउनुपर्ने कामबारे समेत चिन्ता गर्दिनथेँ। मैले जे गरे पनि, म आफ्‍नै हितहरूबारे मात्रै विचार गर्थेँ, र कुनै पनि जिम्‍मेवारी लिन डराउँथेँ। म कति छली थिएँ! परमेश्‍वर मानिसहरूको हृदय हेर्नुहुन्छ, र म आफ्‍नो कर्तव्यमा अत्यन्तै स्वार्थी, छली, र गैरजिम्‍मेवार थिएँ, त्यसैले मैले कसरी पवित्र आत्‍माको अन्तर्दृष्टि र डोऱ्याइ पाउन सक्थेँ र? म आफ्‍नो कर्तव्यमा झन्-झन् कम प्रभावकारी हुँदै जानु स्वभाविकै थियो। त्यो परमेश्‍वरले मलाई गर्नुभएको खुलासा थियो।

त्यो बेला, मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “यदि मानिसहरू सत्यलाई प्रेम गर्छन् भने, तिनीहरूमा सत्यको पछि लाग्‍ने शक्ति हुन्छ, र तिनीहरू सत्यता अभ्यास गर्न कडा मेहनत गर्न सक्छन्। तिनीहरू त्याग्‍नुपर्ने कुरा त्याग्‍न सक्छन्, र छोड्नुपर्ने कुरा छोड्न सक्छन्। विशेष गरी, तेरो ख्याति, प्राप्ति र हैसियतसित सम्बन्धित कुराहरू छोड्नुपर्छ। यदि तैँले ती छोड्दैनस् भने, यसको अर्थ तँ सत्यतालाई प्रेम गर्दैनस् र तँमा सत्यताको पछि लाग्‍ने सामर्थ्य छैन। तँमाथि परिस्थितिहरू आइपर्दा, तैँले सत्यता खोजी गर्नैपर्छ। तैँले सत्यता अभ्यास गर्नुपर्ने समयहरूमा, यदि तँमा सधैँ स्वार्थी हृदय हुन्छ र तँ आफ्नो स्वार्थ छोड्न सक्दैनस् भने, तैँले सत्यता अभ्यास गर्न सक्‍नेछैनस्। यदि तैँले कुनै पनि परिस्थितिमा र कहिल्यै पनि सत्यताको खोजी वा अभ्यास गर्दैनस् भने, तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होइनस्। तैँले परमेश्‍वरमा विश्‍वास गरेको जति नै वर्ष भए पनि, सत्यता प्राप्त गर्नेछैनस्। कतिपय मानिसहरू सधैँ ख्याति, प्राप्ति र स्वार्थको पछि लाग्छन्। मण्डलीले तिनीहरूलाई जुनसुकै काम दिए पनि, तिनीहरू सधैँ घोत्लिन्छन्, र यस्तो सोच्छन्, ‘के यसले मलाई फाइदा गर्छ? फाइदा गर्छ भने गर्छु, नत्र गर्दिनँ।’ यस्तो व्यक्तिले सत्यता अभ्यास गर्दैन—त्यसकारण के तिनीहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छन्? निश्‍चय नै सक्दैनन्। तैँले दुष्कर्म गर्दैनस् भने पनि, तँ सत्यता अभ्यास गर्ने व्यक्ति होइनस्। यदि तँ सत्यताको पछि लाग्दैनस्, सकारात्मक कुराहरूलाई प्रेम गर्दैनस्, र तँलाई जे आइपरे पनि आफ्नो प्रतिष्टा, हैसियत, स्वार्थ र तँलाई फाइदा हुने कुरा मात्र वास्ता गर्छस् भने, तँ केवल स्वार्थद्वारा सञ्‍चालित व्यक्ति होस्, अनि तँ स्वार्थी र नीच छस्। यस्तो व्यक्तिले सत्यता वा परमेश्‍वरको मुक्ति प्राप्त गर्न नभई, असल कुरा पाउन वा आफ्नै फाइदाको लागि परमेश्‍वरमा विश्‍वास गर्छ। तसर्थ, यस प्रकारका मानिसहरू गैरविश्‍वासी हुन्। सत्यता खोज्न र अभ्यास गर्न सक्‍नेहरू नै परमेश्‍वरमा साँचो विश्‍वास गर्ने मानिस हुन्, किनभने तिनीहरूले आफ्नो हृदयमा ख्रीष्ट नै सत्यता हुनुहुन्छ भनी पहिचान गर्छन्, र तिनीहरूले परमेश्‍वरका वचनहरू सुन्‍नुपर्छ र परमेश्‍वरले भन्‍नुभएअनुसार उहाँमा विश्‍वास गर्नुपर्छ भन्‍ने कुरालाई मान्छन्। तँलाई केही आइपर्दा, यदि तँ सत्यता अभ्यास गर्ने इच्छा गर्छस्, तर आफ्नै प्रतिष्ठा, हैसियत र इच्छालाई विचार गर्छस् भने, सत्यता अभ्यास गर्नु गाह्रो हुनेछ। यस्तो परिस्थितिमा, प्रार्थना, खोजी र आत्मचिन्तनद्वारा अनि आत्मसेचत बनेर, सत्यतालाई प्रेम गर्नेहरूले आफ्नो स्वार्थी कुरा वा आफ्नो फाइदालाई छोड्न, सत्यता अभ्यास गर्न, र परमेश्‍वरको आज्ञापालन गर्न सक्छन्। यस्ता मानिसहरू परमेश्‍वरमा साँचो विश्‍वास गर्ने र सत्यतालाई प्रेम गर्ने व्यक्तिहरू हुन्। अनि जब मानिसहरूले सधैँ आफ्‍नै हितहरूका बारेमा विचार गर्छन्, जब सधैँ आफ्‍नै गर्व र आडम्बरको रक्षा गर्ने प्रयास गरिरहन्छन्, जब भ्रष्ट स्वभाव प्रकट गर्छन् र पनि त्यसलाई समाधान गर्न सत्यताको खोजी गर्दैनन्, तब परिणाम के हुन्छ? परिणाम यो हुन्छ कि तिनीहरूले कुनै जीवन प्रवेश पाउँदैनन्, तिनीहरूमा साँचो अनुभव र गवाहीको कमी हुन्छ। अनि यो खतरनाक हुन्छ, होइन र? यदि तैँले कहिल्यै पनि सत्यताको अभ्यास गर्दैनस् भने, यदि तँमा कुनै अनुभव र गवाही छैन भने, समय आएपछि तँलाई खुलासा गरिनेछ र हटाइनेछ। परमेश्‍वरको घरमा अनुभव र गवाही नभएका मानिसहरूको के काम हुन्छ र? तिनीहरूले अवश्य नै कुनै कर्तव्य पनि राम्ररी पूरा गर्दैनन्; तिनीहरूले कुनै काम पनि उचित रूपमा गर्न सक्दैनन्। के तिनीहरू फोहोर होइनन् र? परमेश्‍वरलाई वर्षौंसम्‍म विश्‍वास गरेर पनि यदि मानिसहरूले कहिल्यै पनि सत्यता अभ्यास गर्दैनन् भने, तिनीहरू गैरविश्‍वासीमध्येका एक हुन्, तिनीहरू दुष्ट हुन्। यदि तैँले सत्यताको अभ्यास कहिल्यै गर्दैनस् भने, यदि तेरा अपराधहरू झन्झन् धेरै हुँदै गए भने, तेरो अन्त्य निश्‍चित हुन्छ। यो स्पष्ट छ कि तेरा सबै अपराधहरू, तैँले हिँड्ने गलत मार्ग, र पश्‍चात्ताप गर्न तैँले गर्ने इन्कार—यी सबै कुरा जोडिएर दुष्कर्मको थुप्रो बन्छ; त्यसैले तेरो अन्त्य के हुन्छ भने, तँ नरक जानेछस् र तँलाई दण्ड दिइनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमा विश्‍वास गर्दा सबैभन्दा महत्वपूर्ण कुरा सत्य अभ्यास गर्नु हो)। परमेश्‍वरका वचनहरू पढेपछि, म भावविभोर भएँ। पहिले, म आफ्‍ना विचारहरू नराख्‍नु र अवस्थाअनुसार चल्‍नु ठूलो समस्या होइन भन्‍ने सोच्थेँ। तर परमेश्‍वरको वचन पढिसकेपछि मैले के बुझेँ भने, समस्याहरू सामना गर्दा आफ्‍नैबारे मात्रै सोच्‍नु र सधैँ स्वार्थी मनसायहरू राख्‍नु, आफ्ना हित र मण्डलीका हितबीच द्वन्द्व हुँदा सधैँ आफूलाई जोगाउनु, र सत्यता अभ्यास गर्नुभन्दा काममा हानि पुग्न दिनु भनेको साँच्‍चै नै दुष्टता हो! डिजाइनदेखि ड्रइङसम्‍म हरेक तस्बिरमा लाग्‍ने समय र प्रयासबारे सोचेँ, तर समस्याहरू देख्दा, म केही बोल्दिनथेँ जसले गर्दा काम दोहोर्‍याउनुपर्थ्यो र प्रगतिमा गम्‍भीर ढिलाइ हुन्थ्यो। के त्यो बाधा दिनु थिएन र? मेरा दुष्कर्महरू थाक लाग्दै थिए, र मैले पश्‍चात्ताप नगरेकी भए, बरबाद हुनेथेँ। त्यो कुरा बुझेपछि, मलाई डर लाग्यो, र समस्याहरू सामना गर्दा आफूलाई त्यागेर सत्यता अभ्यास गर्नु निकै महत्त्वपूर्ण हुन्छ भन्‍ने महसुस गरेँ!

पछि मैले परमेश्‍वरको वचनको एउटा खण्ड पढेँ: “यदि तँ यसो भन्छस् भने, ‘ख्रीष्टविरोधीहरू एकसुरे र हठी हुन्छन्। मलाई ख्रीष्टविरोधी बन्‍न डर लाग्छ र म ख्रीष्टविरोधीको मार्ग पछ्याउन चाहन्‍नँ। त्यसैले, सबैले आ-आफ्ना विचार नबताउञ्‍जेल म पर्खनेछु, त्यसपछि मध्यमार्ग निकाल्ने निष्कर्षमा पुग्‍ने बाटो खोज्दै यसलाई सारसङ्क्षेप गर्नेछु।’ के यो ठिक हो? (होइन।) किन यो ठिक होइन? यदि यसको नतिजा सत्यताका सिद्धान्तअनुरूप छैन भने, तैँले यो गरिस् भने पनि, के यो प्रभावकारी होला त? के यसले परमेश्‍वरलाई सुन्तष्ट पार्नेछ? यदि यो प्रभावकारी भएन र परमेश्‍वर सन्तुष्ट हुनुभएन भने, समस्या गम्भीर हुनेछ। यदि तँ सत्यताका सिद्धान्तअनुसार कामकुरा गर्दैनस्, आफ्नो कर्तव्यमा बेपर्बाह र गैरजिम्मेवार हुन्छस्, अनि शैतानी दर्शनहरूअनुसार काम गर्छस् भने, तँ परमेश्‍वरप्रति बेइमान बन्दै छस्, र परमेश्‍वरलाई ठग्दै छस्! मानिसहरूले आशङ्का नगरून् र तँलाई ख्रीष्टविरोधी नठानून् भनेर, तैँले आफूले पूरा गर्नुपर्ने जिम्मेवारीहरूसमेत पूरा गर्न सक्दैनस्; तँ ‘मध्यमार्ग खोज्न’ शैतानी दर्शन प्रयोग गर्छस्। फलस्वरूप, तैँले परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गरेको र मण्डलीको काममा असर पुऱ्याएको छस्। के यो सिद्धान्तहीनता होइन र? के यो स्वार्थी र नीच हुनु होइन र? तँ अगुवा र सेवक होस्; तँ आफूले गर्ने कुरामा सिद्धान्तअनुसार चल्नुपर्छ। तैँले गर्ने हरेक कुरा प्रभावकारी र दक्षतापूर्ण हुनुपर्छ। परमेश्‍वरको घरलाई जेले लाभ पुर्‍याउँछ, त्यही गर्, र जे सत्यताका सिद्धान्तहरूअनुरूप हुन्छ, त्यही गर्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु ६: तिनीहरूले कुटिल शैलीमा काम गर्छन्, तिनीहरू स्वेच्‍छाचारी र तानाशाही हुन्छन्, तिनीहरूले अरूसँग कहिल्यै सङ्गति गर्दैनन्, र अरूलाई जबरजस्ती आज्ञापालन गर्न लगाउँछन्)। मैले परमेश्‍वरको वचनबाट के बुझेँ भने खुलासा भएर हटाइने डरले हामी निरन्तर निष्क्रिय र चिन्तित बनेको उहाँ चाहनुहुन्‍न। बरु, हामी आफ्‍नो कर्तव्यमा जिम्‍मेवार बनेको र हामीले गर्ने सबै कुरामा सत्यताका सिद्धान्तहरू पालन गरेको उहाँ चाहनुहुन्छ। यसरी काम गर्दा मण्डलीलाई फाइदा पुग्छ, र यही नै जिम्‍मेवारी पूरा गर्ने एक मात्र तरिका हो। जहाँसम्‍म मेरो कुरा छ, डिजाइनरको काम गर्न फर्कँदा, मैले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्ने गम्भीर प्रतिज्ञा गरेँ, तर जिम्‍मेवारी लिने बेला, म अत्यन्तै सतर्क हुन्थेँ। अरूले मलाई अहङ्कारी र घमण्डी नभनून् भनेर, समस्याहरू देख्दा म केही बोल्दिनथेँ, र आफ्ना जिम्‍मेवारीहरूसमेत पूरा गर्दिनथेँ, यसले गर्दा मण्डलीको काममा खती भयो। के म परमेश्‍वरलाई छल्न र ठग्‍न खोज्दै थिइनँ र? समस्याहरू आउँदा फरकफरक विचारहरू देखा पर्नु सामान्य कुरा हो, र मेरो अभिप्राय मण्डलीको कामको लागि सबैभन्दा उपयुक्त के छ भनेर सोच्‍नु, सत्यता खोज्नु, र सिद्धान्तअनुरूप कर्तव्य पूरा गर्नु हो भने, मैले आफ्ना दृष्टिकोण छलफलको लागि प्रस्तुत गर्नुपर्छ भन्‍ने पनि बुझेँ। यसो गर्नु आफ्‍नो कर्तव्यमा गम्‍भीर र जिम्‍मेवार बन्‍नु हो, ध्यान खिच्‍नु वा बाधा दिनु होइन। मैले आफ्नो अहङ्कारी स्वभावको कारण कुनै गल्ती नै गरे पनि, यदि ममा यसलाई स्विकार्ने, र अरूले गरेको सङ्गति र सुधार अनि परिवर्तन मान्‍ने साहस छ भने, क्षणिक भ्रष्टता प्रकट गरेकै भरमा मण्डलीले मलाई बर्खास्त वा बहिष्कार गर्नेछैन। यी कुराहरू बुझेपछि, मैले आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा कुनै कुराले सिद्धान्त उल्‍लङ्घन गरेको भेट्टाउँदा, म सक्रिय भई ती कुरा उठाउँथेँ र तीबारे सबैसँग छलफल गर्थेँ। त्यसरी अभ्यास गर्दा, कामका विचलनहरू घट्दै-घट्दै गए। एकपटक, हामी तस्बिर डिजाइनको अवधारणा छलफल गर्दै थियौँ, र मैले स्रोत सामग्री र मूलभाव राम्ररी मिलेको छैन भन्‍ने पत्ता लगाएँ, र मूलभाव त्यति स्पष्ट थिएन। मैले सोचेँ, “यो गम्‍भीर समस्या हुन सक्छ, र यदि त्यही हो भने, तस्बिर डिजाइनको प्रस्ताव काम लाग्दैन।” म हिचकिचाएँ, “मैले कुनै गल्ती बोलेँ भने सिस्टरहरूले मलाई के सोच्लान्? होस्, म अझै पनि खतरा मोल्‍न चाहन्‍नँ।” तर मलाई चिन्ता पनि लाग्यो, “यदि साँच्‍चै सिद्धान्तसँग सम्‍बन्धित समस्या छ भने, हामीले यसलाई समय लगाएर परिमार्जन गर्नुपर्ने हुन्छ। के त्यसले काममा ढिलाइ हुनेछैन र?” यो सोचेपछि, मैले आफ्नो दृष्टिकोण प्रस्तुत गरेँ। केही छलफलपछि, सिस्टरहरू मेरो दृष्टिकोणसँग सहमत भए। त्यसपछि हामीले सुपरभाइजरलाई तस्बिर परिमार्जन गर्ने सुझावहरू पठायौँ। सुपरभाइजरले हाम्रा सुझाव हेरपछि, समग्र मूल डिजाइन अवधारणा अझै पनि लागू गर्न सकिन्छ, र स्रोत सामग्रीमा थोरै हेरफेर मात्र गर्नुपर्छ भनिन्। यो सुनेपछि, मेरो मुटु ढुकढुक भयो: “के मेरो दृष्टिकोण फेरि समस्या बन्‍न सक्छ? सुपरभाइजरले मलाई के सोच्लिन्? कतै उनले म बर्खास्त भएपछि पनि अझै अहङ्कारी र आत्मधर्मी छु, बदलिएकी छैनँ भन्लिन् कि?” मैले परमेश्‍वरलाई मनमनै प्रार्थना गरेँ, म इमानदारीपूर्वक आफ्ना समस्या सामना गर्न इच्छुक छु भनेँ। अनि मैले अग्रसर भएर सुपरभाइजरसँग कुरा गरेँ र आफ्‍ना विचारहरू खुलस्त बताएँ, र यी समस्याहरूबारे सिद्धान्तहरू खोजी गरेँ। सुपरभाइजरले हामीलाई विस्तृत सङ्गति दिइन्। त्यो सुनेपछि, मेरो हृदय उज्यालो भयो र मैले आफ्ना विचलनहरू बुझेँ। सुपरभाइजरले मलाई निराकरण नगरेको मैले देखेँ। बरु, उनले हामीलाई धैर्यसाथ सङ्गति दिइन्। मलाई अलिक दुःख लाग्यो: म सधैँ ब्रदर-सिस्टरहरूसँग सतर्क भएँ, र परमेश्‍वरको घरदेखि डर मानेँ, भ्रष्टता देखाएकोमा आफूलाई बर्खास्त र निष्कासन गरिएला भनेर डराएँ, तर वास्तवमा परमेश्‍वरको घरले मानिसहरूलाई सत्यताको सिद्धान्तअनुसार व्यवहार गर्छ र गल्ती गर्नेबित्तिकै उनीहरूलाई निराकरण वा बर्खास्त गरिहाल्दैन। यदि तपाईंले सिद्धान्तहरू नबुझेकोले काममा विचलन ल्याउनुहुन्छ तर सङ्गतिपछि आफ्‍नो गल्ती स्विकारेर त्यसलाई सच्याउन सक्‍नुहुन्छ भने, तपाईंलाई बर्खास्त गरिने वा हटाइनेछैन। यदि तपाईं अहङ्कारी र आत्मधर्मी हुनुहुन्छ, प्रतिष्ठा र हैसियत जोगाउन आफ्‍नै दृष्टिकोणमा जोड दिनुहुन्छ, सत्यताका सिद्धान्तहरू खोज्नुहुन्‍न, र काममा हानि पुऱ्याउनुहुन्छ भने मात्रै, तपाईंलाई काटछाँट र निराकरण गरिनेछ। र परिस्थिति गम्‍भीर रहेछ भने, तपाईंलाई बर्खास्त वा निष्कासन गरिनेछ। मलाई म बर्खास्त भएको घटना याद आयो। म आफूले ग्राफिक्स्‌को काम गरेको धेरै भयो र आफूसँग धेरै अनुभव छ भन्‍ने तथ्यमा भर पर्थेँ। अरूसँग समस्याहरू छलफल गर्दा, म अहङ्कारी हुन्थेँ र हठी हुँदै आफ्‍नै विचारहरूमा टाँसिरहन्थेँ। म न त फरक विचारहरू स्विकार्थेँ न त खोजी नै गर्थेँ। त्यसले गर्दा केही तस्बिरहरू फिर्ता पठाउनुपर्थ्यो, वा रद्दै गर्नुपर्थ्यो। तर मैले असफलता र खुलासाको सामना गरेपछि, आफ्नो भ्रष्ट स्वभाव हटाउन सत्यता खोजिनँ। बरु, मैले सधैँ गलत बुझ्ने र चिन्ता गर्ने गरिरहेँ। मैले आफ्‍नो कर्तव्यमा ध्यान दिने वा सत्यता खोजी गर्ने गरिनँ! पछि, मैले अति सतर्क हुने, गलत बुझ्ने, र चिन्ता गर्ने समस्या कसरी हटाउनुपर्ला भनेर पनि सोचेँ। मैले परमेश्‍वरको वचन पढेँ। “काम गर्ने क्रममा कतिपय मानिसहरूले आफ्‍नै इच्‍छा पछ्याउँछन्। तिनीहरूले सिद्धान्तहरू उल्‍लङ्घन गर्छन्, अनि तिनीहरूलाई काटछाँट र निराकरण गरिँदा, तिनीहरूले केवल शब्दले मात्र अहङ्कारी भएको स्विकार्छन् र तिनीहरूसँग सत्यता नभएकोले मात्रै तिनीहरूबाट गल्ती भएको हो भन्छन्। तिनीहरूले आफ्नो हृदयमा भने यसो भनेरसमेत गुनासो गर्छन्, ‘मबाहेक अरू कसैले पनि खतरा मोल्दैनन्—अनि अन्तिममा, केही गलत हुँदा, तिनीहरूले सबै जिम्मेवारी ममाथि थोपर्छन्। के यो मेरो मूर्खता होइन र? अर्कोपटक म त्यसरी खतरा मोलेर त्यही कुरा गर्न सक्दिनँ। अगाडि हिँड्यो भने सबको नजर परिहाल्छ!’ यस मनोवृत्तिको बारेमा तिमीहरूलाई के लाग्छ? के यो पश्‍चात्तापको मनोवृत्ति हो? (होइन।) यो के मनोवृत्ति हो त? के तिनीहरू अस्थिर र छली बनिरहेका छैनन् र? तिनीहरूले आफ्नो मनमा यस्तो सोच्छन्, ‘यसपटक म भाग्यशाली भएँ, यसले विपत्ति ल्याएन। भनाइ नै छ, हरेक गल्तीबाट सिकिन्छ। भविष्यमा म अझै होशियार हुनुपर्छ।’ तिनीहरूले कुनै मामला हेर्न र सामना गर्नको लागि सत्यता खोजी गर्दैनन्, बरु आफ्‍नो छुद्रता र चतुर युक्ति प्रयोग गर्छन्। के तिनीहरूले यसरी सत्यता प्राप्त गर्न सक्छन् र? सक्दैनन्, किनभने तिनीहरूले पश्‍चात्ताप गरेकै हुँदैनन्। पश्‍चात्ताप गर्दा गर्नुपर्ने पहिलो कुरा आफूले गरेको गल्ती पहिचान गर्नु हो: तैँले कहाँ गल्ती गरिस्, समस्याको सार के थियो, अनि तैँले कस्तो स्वभाव प्रकट गरिस् भनी बुझ्नु हो; तैँले यी कुराहरू मनन गर्नु र सत्यता स्विकार्नुपर्छ, त्यसपछि सत्यताअनुसार अभ्यास गर्नुपर्छ। यो मात्रै पश्‍चात्तापको मनोवृत्ति हो। अर्कोतर्फ, यदि तैँले विस्तृत रूपमा धूर्त शैलीहरूको बारेमा विचार गर्छस्, तँ पहिलेभन्दा छली बन्छस्, तेरा तरिकाहरू अझै चलाख र गुप्त हुन्छन्, अनि परिस्थिति सामना गर्ने तँसँग अझै बढी विधिहरू हुन्छन् भने, यो समस्या केवल छली बन्‍नुजस्तो सरल छैन। तैँले छलपूर्ण माध्यमहरूको प्रयोग गरिरहेको छस् र तँसँग रहस्यहरू छन् जसलाई तँ खोल्न सक्दैनस्। यो दुष्टता हो। तैँले पश्‍चात्ताप नगरेको मात्र छैनस्, तँ झन् धूर्त र छलीसमेत बनेको छस्। परमेश्‍वरले तँलाई अत्यन्तै हठी र दुष्ट, सतही रूपमा आफ्नो गल्ती मान्‍ने अनि निराकरण र काटछाँट स्विकार्ने, तर वास्तवमा अलिकति पनि पश्‍चात्तापी मनोवृत्ति नभएको व्यक्तिको रूपमा हेर्नुहुन्छ। किन हामी यसो भन्छौँ? किनभने यो घटना भइरहेको वा भएपछिको अवस्थामा, तैँले सत्यता खोज्ने वा सत्यताअनुसार अभ्यास गर्ने गरिनस्। तेरो मनोवृत्ति भनेको समस्या समाधान गर्नको लागि शैतानका दर्शन, तर्क र विधिहरू प्रयोग गर्नु हो। वास्तवमा, तैँले यो समस्यालाई पन्छाइरहेको छस्, र यसलाई अरूले देख्दै नदेखून् भनेर, गल्तीको निशान नछोडी, राम्रोसित पोको पार्दै छस्। अन्त्यमा, तँलाई तँ निकै बाठो छस् भन्‍ने लाग्छ। परमेश्‍वरले यी कुराहरूलाई हेर्नुहुन्छ, तैँले आफूमाथि समस्या आइपर्दा साँचो रूपमा मनन गरेको, आफ्नो पाप स्वीकार गरेको, र पश्‍चात्ताप गरेको, त्यसपछि सत्यता खोजी गर्न र सत्यताअनुसार अभ्यास गर्न अघि बढेको कुरालाई हेर्नुहुन्‍न। तेरो मनोवृत्ति सत्यताको खोजी गर्ने वा सत्यताको अभ्यास गर्ने मनोवृत्ति होइन, न त यो परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुने मनोवृत्ति नै हो, बरु यो त तेरो समस्यालाई समाधान गर्नको लागि शैतानका तरिका र विधिहरूको प्रयोग गर्ने मनोवृत्ति हो। तैँले अरूमा गलत छाप छोड्छस् र परमेश्‍वरद्वारा खुलासा हुने कुराको प्रतिरोध गर्छस्, अनि तँ परमेश्‍वरले तेरो लागि योजनाबद्ध गर्नुभएका परिस्‍थितिहरूविरुद्ध प्रतिरक्षा र मुकाबला गर्छस्। यसको अर्थ तेरो हृदय पहिलेको भन्दा बढी बन्द र परमेश्‍वरदेखि झन् टाढिएको छ। अनि यसरी के यसबाट कुनै राम्रो नतिजा आउँछ त? के तँ अझै पनि ज्योतिमा, शान्ति र आनन्दमा रमाउँदै जिउन सक्छस्? सक्दैनस्। यदि तँ सत्यताबाट अलग बस्छस् र परमेश्‍वरबाट पनि अलग बस्छस्, तँ निश्‍चय नै अन्धकारमा खस्‍नेछस् अनि रुनेछस् र दाह्रा किट्नेछस्। के यस्तो स्थिति मानिसहरूमा व्याप्त छ? (छ।) कतिपय मानिसहरू बारम्बार यसो भन्दै आफूलाई चेतावनी दिन्छन्, ‘यसपटक मेरो निराकरण गरिएको छ। अर्कोपटक, म अझै बढी बाठो र होशियार बन्नुपर्छ। बाठो बन्‍नु भनेको जीवनको जग हो—अनि जो मानिसहरू बाठा छैनन् तिनीहरू मूर्ख हुन्छन्।’ यदि तैँले सधैँ आफूले आफैलाई निर्देशित र सचेत गरिरहेको छस् भने, के तँ कहिल्यै कतै पुग्‍नेछस्? के तैँले सत्यता प्राप्त गर्न सक्‍नेछस्? यदि कुनै समस्या तँमाथि आइपर्छ भने, तैँले सत्यताको एउटा पक्ष खोज्नु र बुझ्नुपर्छ र सत्यताको त्यो पक्ष प्राप्त गर्नुपर्छ। सत्यतालाई बुझेर के हासिल गर्न सकिन्छ त? जब तैँले सत्यताको एउटा पक्षलाई बुझ्छस्, तब तैँले परमेश्‍वरको इच्‍छाको एउटा पक्षलाई बुझ्छस्; परमेश्‍वरले किन तँमाथि यो कुरा गर्नुभयो, उहाँले किन तँबाट यस्तो अपेक्षा गर्नुहुन्छ, तँलाई ताडना दिन र अनुशासनमा राख्‍न उहाँले किन यस्तो परिस्‍थितिको योजना गर्नुहुन्छ, उहाँले तँलाई काटछाँट र निराकरण गर्न किन यो समस्याको प्रयोग गर्नुहुन्छ, र तँ यो समस्याको सन्दर्भमा किन पतन, असफल, र खुलासा भएको छस् भनी बुझ्छस्। यदि तैँले यी कुराहरूलाई बुझ्छस् भने, तैँले सत्यता खोजी गर्न सक्‍नेछस् र जीवन प्रवेश हासिल गर्नेछस्। यदि तैँले यी कुराहरूलाई बुझ्दैनस् र यी तथ्यहरूलाई स्वीकार गर्दैनस्, बरु विरोध र प्रतिरोध गर्न, आफ्‍नै युक्तिहरूको प्रयोग गरी छद्म भेष धारण गर्न, अनि अरू सबैलाई र परमेश्‍वरलाई गलत मुहार देखाउन जिद्दी गर्छस् भने, तैँले सदासर्वदा नै सत्यता प्राप्त गर्न सक्‍नेछैनस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यताको पछि लागेर मात्रै परमेश्‍वरको बारेमा रहेका आफ्‍ना धारणाहरू र गलत बुझाइहरूलाई समाधान गर्न सकिन्छ)। परमेश्‍वरको वचन अत्यन्तै स्पष्ट छ। गलतफहमी र चिन्ता हटाउने उत्कृष्ट तरिका भनेको सान्दर्भिक विषयहरूमा सत्यता बुझ्‍ने प्रयास गर्नु हो। असफलता र बाधाहरू सामना गर्दा, आफ्‍ना समस्याहरू हल गर्न, यदि तपाईं सत्यता खोज्नुहुन्‍न, बरु देखावटी रूप धारण गर्ने तरिकाहरू सोच्नहुन्छ, र आफ्‍नै नीचता र धूर्त शैलीले ती समस्या सम्‍हाल्‍नुहुन्छ भने, त्यो छलीपन मात्रै होइन, एक प्रकारको दुष्ट स्वभाव पनि हो। त्यस्तो व्यक्तिले कहिल्यै सत्यता प्राप्त गर्नेछैन। मलाई याद छ, मलाई बर्खास्त गरिँदा, अगुवाले मेरो अहङ्कार, आत्मधार्मिकता, र अरूका विचार नसुन्‍ने मेरो बानी खुलासा गरेका थिए। त्यो बेला, मैले त्यो कुरा मानेँ र स्विकारेँ, तर पछि, मैले आफ्‍नो भ्रष्ट स्वभाव हटाउन सत्यता खोजिनँ। यसपटक म ग्राफिक्स्‌को काममा फर्किँदा, मलाई फेरि अहङ्कारी भई मण्डलीको काम बिथोलेकोमा बर्खास्त र निष्कासन गरिएला भन्‍ने डर लाग्यो, त्यसैले मैले आफूलाई जोगाउन “आफ्‍नो रक्षा गर, दोषबाट उम्‍कन मात्र प्रयास गर” “पछि पछुताउनुभन्दा अहिले होस पुर्‍याएकै बेस” जस्ता शैतानी दर्शनहरू अपनाएँ। म आफ्ना दृष्टिकोणहरू राख्‍ने वा फरक सुझावहरू दिने काम बिरलै गर्थेँ, र केही आइपर्दा म कहिल्यै पनि पहिले बोल्दिनथेँ। म पहिलेभन्दा पनि छली भएँ। डिजाइन प्रस्तावमा समस्याहरू देखेर पनि मैले केही बोलिनँ। सिस्टरहरूका कतिपय सुझावहरू सिद्धान्तअनुरूप नभएका थाहा भएर पनि म चुप लागेँ। बाहिरबाट हेर्दा, म आज्ञाकारी देखिन्थेँ, तर मैले साँचो पश्‍चात्ताप गरेकी थिइनँ। मैले म समर्पित हुन सक्छु, र परिवर्तन भएकी छु भनेर देखावटी मात्रै गरिरहेकी थिएँ। के मैले मेरा ब्रदर-सिस्टरहरू, साथै परमेश्‍वरलाई छलिरहेकी थिइनँ र? त्यसपछि मात्रै मलाई थाहा भयो, मैले बर्खास्त भएपछि पश्‍चात्ताप नगरेकी मात्र होइन, बरु उल्टै, निरन्तर चलाकी र छलछाम गरिरहेकी थिएँ, आफूलाई जोगाउने र आफ्‍नो भ्रष्ट स्वभाव लुकाउने तरिकाहरूबारे सोचिरहेकी थिएँ। म पहिलेभन्दा पनि धूर्त बनेकी थिएँ। मेरो स्वभाव दुष्ट थियो। मलाई आफू बाठी लाग्थ्यो, र आफ्नो भ्रष्टता लुकाउन मानव चलाकी प्रयोग गर्न चाहन्थेँ। तर मैले अनुभवद्वारा के देखेँ भने मानिसको भ्रष्ट स्वभावलाई मानव प्रयासले जित्‍न सकिँदैन, न त त्यसलाई शैतानी दर्शनहरूमा भरोसा गरेर अनि देखावटी गरेर नै हटाउन सकिन्छ। परमेश्‍वरको न्याय र सजायद्वारा, अनि काटछाँट र निराकरणद्वारा मात्रै व्यक्तिले अलिकति परिवर्तन गर्न सक्छ। परमेश्‍वरले हामीलाई हाम्रो भ्रष्टता प्रकट गर्न दिनुहुन्छ, र हामी आफ्ना कर्तव्यमा असफल हुन्छौँ भन्‍ने उहाँलाई थाहा छ, तर समस्याहरू भोग्दा हामीले आफूलाई ढाकछोप गरेको वा देखावटी रूप धारण गरेको उहाँ चाहनुहुन्‍न। बरु, हामी सरल र खुलस्त बनेको, र आफ्ना असफलताहरूलाई ठिकसित सामना गर्दै साँचो पश्‍चात्ताप गरेको र बद्लिएको चाहनुहुन्छ। परमेश्‍वरको इच्‍छा बुझेपछि, मैले निष्क्रिय हुन वा गलत बुझ्न छोडेँ, र सत्यता अभ्यास गर्न र परमेश्‍वरसामु पश्‍चात्ताप गर्न इच्‍छुक भएँ। पछि, मैले परमेश्‍वरको वचनको एउटा खण्ड पढेँ, र अभ्यासको मार्ग बुझेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “अनि, तेरो स्चेच्छाचारीपन र अविवेकीपन कसरी समाधान गर्छस्? उदाहरणको लागि, मानौं तँलाई केही भयो र तेरा आफ्‍नै विचार र योजनाहरू छन्; के गर्ने भनेर निर्धारित गर्नुभन्दा पहिले, तैँले सत्यताको खोजी गर्नुपर्छ र कम्तीमा पनि यसबारेमा तँ के सोच्छस् र के विश्‍वास गर्छस् भन्‍नेबारेमा सबैसँग सङ्गति गर्नुपर्छ, अनि सबैलाई तेरा विचार र योजनाहरू सही र सत्यताअनुरूप छन् कि छैनन् भनेर सोधी तेरो लागि ती कुराहरूको अन्तिम जाँच गर्न लगाउनुपर्छ। यो स्वेच्छाचारिता र हतारिने समस्याको समाधान गर्ने सबैभन्दा राम्रो उपाय हो। पहिलो, तँ तेरो दृष्टिकोणलाई प्रकाश पार्न र सत्य खोज्‍न सक्छस्; स्वेच्छाचारिता र अविवेकीपन हल गर्नको निम्ति तैँले अभ्यासमा ल्याउन सक्‍ने पहिलो चरण यही हो। दोस्रो चरण तब हुन्छ जब अरू मानिसहरूले असहमतिको रायहरू दिन्छन्—स्वेच्छाचारी र अविवेकी हुनबाट जोगिन तैँले कस्तो अभ्यास गर्न सक्छस्? सर्वप्रथम त तँसँग विनम्रताको मनोवृत्ति हुनुपर्छ, तैँले सही ठानेका कुरालाई पन्छाउनुपर्छ र सबैलाई सङ्‍गति गर्न दिनुपर्छ। यदि तैँले तेरा मार्गहरू सही हुन् भनेर विश्‍वास गर्छस् भने पनि तैँले यसमा जोड दिइरहनु हुँदैन। त्यो एक प्रकारले अगाडिको कदम हो; यसले सत्यताको खोजी गर्ने, आफैँलाई इन्कार गर्ने र परमेश्‍वरको इच्छा पूरा गर्ने मनोवृत्तिलाई देखाउँछ। तँमा यस्तो मनोवृत्ति आइसकेपछि, साथै तँ आफ्नै विचारमा लिप्त हुन छोडेपछि, तँले प्रार्थना गर्नुपर्छ, परमेश्‍वरबाट सत्यताको खोजी गर्नुपर्छ, अनि परमेश्‍वरका वचनहरूमा आधार खोज्‍नुपर्छ, र त्यसपछि परमेश्‍वरका वचनहरूको आधारमा कसरी काम गर्ने भनी निर्धारण गर्नुपर्छ। यो सबैभन्दा उचित र सही अभ्यास हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरको वचन पढेपछि मैले के बुझेँ भने, छलफलको बेला मनमा केही विचार र दृष्टिकोणहरू आए भने, तपाईंसँग खोजी गर्ने हृदय हुनैपर्छ। दृष्टिकोण राख्‍नु भनेको अरूलाई आफूले भनेको कुरा जबरजस्ती गर्न लगाउनु होइन। यो त सबैले कुराकानी र छलफल गर्नको लागि विचार प्रस्तुत गर्नु र मिलेर सत्यताका सिद्धान्तहरू खोज्नु हो। यो एकमात्र समझदार तरिका हो। यस्तो व्यवहारले मण्डलीको कामलाई रक्षा गर्छ। यदि तपाईं आफ्‍ना अहङ्कारी स्वभावअनुसार काम गर्नुहुन्छ भने, तपाईंले परमेश्‍वरको डर नमानी वा उहाँको आज्ञापालन नगरी सहजै आफूखुसी गरेर अरूलाई तपाईंको कुरा सुन्‍न बाध्य पार्नुहुन्छ। पछि, ब्रदर-सिस्टरहरूसँग अवधारणाहरू छलफल गर्दा, मैले आफ्‍ना दृष्टिकोण र विचारहरू खुलस्त बताएँ, र मलाई आफ्नो विचार सही लागे पनि, म अन्धाधुन्ध यसमा लागिरहन्‍नथेँ। फरकफरक सुझावहरू आउँदा, म प्रार्थना र खोजी गर्थेँ। कसैले सिद्धान्तहरूअनुरूपको कुरा भन्दा म नम्र भएर त्यो स्वीकार गर्थेँ। तर सिद्धान्तअनुसार रहेनछ भने, म अडान लिन्थेँ, र तिनीहरूसँग यसबारे सङ्गति र छलफल गर्थेँ। परमेश्‍वरको हृदयअनुसार आफ्‍नो कर्तव्य निभाउने एकमात्र तरिका यही हो।

मैले परमेश्‍वरको अझै धेरै वचन पढेँ, जसले मलाई छलीपन र चिन्ता कसरी हटाउने भनेर थप स्पष्ट पारिदियो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “अरूसँग शङ्का नगर्नेहरूसँग म खुशी हुन्छु, र सजिलैसँग सत्य स्वीकार्नेहरूलाई म मन पराउँछु; यी दुई प्रकारका मानिसहरूलाई म धेरै वास्ता गर्छु, किनकि तिनीहरू मेरो नजरमा इमानदार मानिसहरू हुन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई कसरी चिन्ने)। “इमानदार व्यक्तिका प्रकटीकरणहरू के-के हुन्? पहिलो, परमेश्‍वरका वचनहरूप्रति कुनै शङ्का नहुनु, यो इमानदार व्यक्तिको एउटा प्रकटीकरण हो। त्यसै गरी, अर्को प्रकटीकरण भनेको सबै कुरामा सत्यता खोजी र अभ्यास गर्नु हो—यो इमानदार व्यक्तिको सबैभन्दा महत्त्वपूर्ण प्रकटीकरण र सबैभन्दा अत्यावश्यक कुरा हो। तँ आफू इमानदार छु भन्छस्, तर सधैं परमेश्‍वरका वचनहरूलाई तेरो दिमागको पछाडिको भागमा धकेलेर राख्छस् र जे मन लाग्यो त्यहीँ गर्छस् भने, के त्यो इमानदार व्यक्तिको प्रकटीकरण हो त? तँ भन्छस्, ‘मेरो योग्यता कम भए पनि मसँग इमानदार हृदय छ।’ तापनि जब तँमाथि कुनै काम-कर्तव्य आइलाग्छ, तँ कष्ट भोग्‍नुपर्ला वा आफूले त्यो काम राम्रोसँग गरिएन भने, त्यसको जिम्मेवारी लिनुपर्ला भनी डराउँछस्, त्यसकारण तँ त्यो कर्तव्यबाट तर्किन बहानाहरू बनाउँछस् वा त्यो गर्न अरू कसैलाई सिफारिस गर्छस्। के यो इमानदार व्यक्तिको प्रकटीकरण हो र? अवश्य होइन। त्यसो भए, इमानदार व्यक्तिले कस्तो व्यवहार गर्नुपर्छ? उनीहरूले स्वीकार र आज्ञापालन गर्नुपर्छ, अनि त्यसपछि समर्पित हुन सक्दो प्रयास गर्नुपर्छ, र परमेश्‍वरको इच्छा पूरा गर्न लागिपर्नुपर्छ। यो धेरै तरिकामा प्रकट हुन्छ। एउटा तरिका हो, आफ्ना देहगत हितहरूलाई विचार नगरी आफ्नो कर्तव्य इमानदार हृदयले स्वीकार गर्नु, यसबारे आधा मनको नहुनु वा आफ्नो फाइदाको लागि षड्यन्त्र नगर्नु। त्यो इमानदारीको प्रकटीकरण हो। अर्को तरिका भनेको आफ्‍नो कर्तव्य आफ्‍नो सारा हृदय र शक्तिले राम्रोसित पूरा गर्नु, सबै काम उचित रूपमा गर्नु, र परमेश्‍वरलाई सन्तुष्ट पार्नको लागि आफ्‍नो कर्तव्यमा आफ्‍नो हृदय र प्रेम लगाउनु हो। इमानदार व्यक्तिसँग आफ्नो कर्तव्य निर्वाह गर्दा हुनुपर्ने प्रकटीकरणहरू यिनै हुन्। यदि तैँले आफूले जानेको र बुझेको कुरा गर्दैनस्, अनि ५० वा ६० प्रतिशत मात्र प्रयास र्छस् भने, आफ्नो सारा हृदय र सारा शक्ति लगाइरहेको छैनस्, तँ धूर्त होस् र सुस्त हुन खोज्दै छस्। के यसरी आफ्ना कर्तव्य निर्वाह गर्ने मानिसहरू इमानदार हुन् त? अवश्य होइनन्। परमेश्‍वरलाई यस्ता धूर्त र छली मानिसहरूको कुनै काम हुँदैन; तिनीहरूलाई हटाउनैपर्छ। परमेश्‍वरले इमान्दार मानिसहरूलाई मात्र कर्तव्य निभाउन प्रयोग गर्नुहुन्छ। यसको अर्थ, बफादार सेवाकर्ताहरूसमेत इमानदार हुनैपर्छ। लामो समयदेखिका लापर्बाह र झारातिरूवा मानिसहरू, सधैँ धूर्त र सुस्त हुन खोज्ने मानिसहरू सबै छली हुन्, तिनीहरू सबै पिशाच हुन्, तिनीहरूमध्ये कोही पनि परमेश्‍वरमा साँचो विश्‍वास गर्दैनन्, र तिनीहरू सबैलाई हटाइनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरको वचन मनन गर्दा, मैले परमेश्‍वरको स्वभाव पवित्र र धर्मी छ भन्‍ने महसुस गरेँ। परमेश्‍वर इमानदार मान्छेलाई प्रेम गर्नुहुन्छ। इमानदार मानिसहरूको हृदय परमेश्‍वरप्रति निष्कपट हुन्छ; अरू मानिस र परमेश्‍वरप्रति तिनीहरू न त चिन्तित न त शङ्कालु नै हुन्छन्, र तिनीहरू सबै कुरामा परमेश्‍वरको छानबिन स्विकार्न सक्छन्। तिनीहरू आफ्‍नो कर्तव्यमा कुटिल वा छली हुँदैनन्, र तिनीहरूले आफूले गर्नुपर्ने कुरामा कुनै कसर बाँकी राख्दैनन्। तिनीहरूले जिम्‍मेवारी लिनुपर्दासमेत, आफ्‍ना हितहरू पन्छ्याएर सिद्धान्तहरू पालना गर्छन्, र परमेश्‍वरको इच्‍छा पूरा गर्न आफ्‍नो कर्तव्य राम्ररी निभाउँछन्। यसरी आफ्‍नो कर्तव्य निभाउने मान्छेले मात्रै परमेश्‍वरको अनुमोदन पाउन सक्छ, र यस्तो व्यक्ति मात्रै साँच्‍चै बुद्धिमान् हुन्छ! तर म आफ्ना हितहरू जोगाउन समस्याहरू देख्दा चुप लागेँ, जसले गर्दा काम बिग्रियो। म प्रत्यक्ष जिम्‍मेवार छैन जस्तो देखिए पनि, खासमा यो मैले सत्यता अभ्यास नगरेकोले भएको थियो। साथै, मैले सत्यताका धेरै सिद्धान्तहरू बुझेकी थिइनँ, र म समस्याको एउटा पक्ष मात्रै बुझ्‍न सक्थेँ, त्यसैले मेरा सुझावहरूमा विचलन देखिनु अवश्यम्भावी नै थियो। तर इमानदार व्यक्तिले आफ्‍नो भ्रष्टता र कमीकमजोरीलाई सही तरिकाले लिन्छ, सत्यताका साथै अरूका सङ्गति र सुधार स्वीकार गर्छ, र आफ्‍ना विचलनहरूको समीक्षा गर्न र मुख्य सिद्धान्तहरू बुझ्न सक्छ। तिनीहरूका गल्तीले काम बिग्रियो भने, तिनीहरू साहससाथ यो स्विकारेर परिवर्तन हुन्छन्। यी कुराहरू बुझेपछि, मेरो मन अलिक उज्यालो भयो, र मैले आफ्‍नो कर्तव्यमा अभ्यास गर्नुपर्ने सिद्धान्तहरूबारे म अझै स्पष्ट भएँ।

पछि, सिस्टरहरूसँग फेरि समस्याहरू छलफल गर्दा, म परमेश्‍वरलाई प्रार्थना गर्थेँ, आफ्‍ना अभिप्रायहरू सही पार्थेँ, र सत्यताका सिद्धान्तहरूअनुसार अभ्यास गर्थेँ। एकपटक, म अरू तीन सिस्टरहरूसँग तस्बिर बनाउने अवधारणा छलफल गर्दै थिएँ, र तीनै जनाले डिजाइन उचित छैन भनेर भने, तर मेरो दृष्टिकोण ठिक उल्टो थियो। मैले मनमनै सोचेँ: “तिनीहरू तीनै जनाको दृष्टिकोण एउटै छ। यदि मैले फरक दृष्टिकोण बताएँ भने, कतै तिनीहरूले मलाई अहङ्कारी पो भन्‍ने हुन् कि? कि म चुप लागेरै बसूँ?” तर त्यो तस्बिरको अवधारणा ताजा र नयाँ थियो, र मूलभाव स्पष्ट थियो। सिद्धान्तअनुसार यो उपयुक्त थियो। यदि म अरूहरूको दृष्टिकोणअनुसार चलेको भए, के त्यो राम्रो डिजाइन प्रस्तावलाई त्यागेको हुनेथिएन र? मैले इमानदार मानिसहरू कसरी आफ्‍नो कर्तव्य एकदमै सावधानीसाथ गर्छन् र सिद्धान्तहरू पालन गर्छन् भन्‍नेबारे सोचेँ। त्यसकारण, मैले तिनीहरूलाई आफ्ना दृष्टिकोण र सान्दर्भिक सिद्धान्तहरूबारे बताएँ। हाम्रो छलफलपछि, मैले भनेको कुरा सिद्धान्तअनुसार निकै मिल्छ भन्‍नेमा सबै सहमत भए। त्यस बेला, परमेश्‍वरको डोऱ्याइप्रति म साँच्‍चै कृतज्ञ भएँ, र सिद्धान्तअनुसार कामकुरा सम्हाल्दा शान्ति प्राप्त हुन्छ भन्‍ने अनुभव गरेँ।

त्यसैले अहिले, म अति सतर्क र चिन्तित हुनबाट क्रमिकरूपमा मुक्त हुँदै गएकी छु। म आफूमा भएको जुनसुकै दृष्टिकोण सबैसँग छलफल गर्न सक्छु, र आफ्‍नो कर्तव्य निभाउँदा मेरो हृदय अझै शुद्ध र खुला बन्दै गएको मलाई महसुस हुन्छ। म कर्तव्यपालनमा झन् प्रभावकारी भएकी छु। त्यो ज्ञान र बदलिने क्षमता सबै परमेश्‍वरको वचनको डोऱ्याइले गर्दा आएको हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

ईर्ष्याले गरेको हानि

केही समयअघि म केही मण्डलीहरूको कामको हेरचाह गर्ने मण्डली अगुवा चुनिएँ। त्यसको तुरुन्तै मैले केही नतिजाहरू देख्न थालेँ, र धेरै मण्डली...

के आशिष्‌को पछि लाग्‍नु परमेश्‍वरको इच्‍छाअनुरूप हुन्छ?

२०१८ मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम ग्रहण गर्ने सौभाग्य पाएँ। मैले प्रभुको आगमनलाई स्वागत गर्न पाएकोमा म अत्यन्तै...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्