सत्यता अभ्यास गर्न मलाई केले रोक्यो

25 अप्रिल 2023

म ग्राफिक डिजाइनको काम गर्न मण्डलीका अरू धेरै जनासँग सहकार्य गर्छु। एक दिन, अगुवाले मलाई दुई जना सिस्टरले ब्रदर ओलिभरमा समस्याहरू छन्, तिनलाई आफ्‍नै तरिकाले काम गर्न मन पर्छ र तिनले कामको गति सुस्त पारिरहेका छन् भनी बताएका छन् भनेर भनिन्। मैले तिनीसँग काम गर्दा यी समस्याहरू देखेँ कि भनेर अगुवाले मलाई सोधिन्। मलाई ओलिभरसँग काम गर्दा, तिनी अवश्य आफ्‍नै विचारहरूमा टाँसिरहने गरेको देखेकी थिएँ भन्‍ने याद आयो। सबैले कुनै विचारबारे सिद्धान्तअनुसार छलफल गरेर निर्णय गर्दा, तिनको विचार सधैँ फरक हुन्थ्यो, र तिनले कहिल्यै आफ्‍नो विचार स्पष्टसित बताउन सक्दैनथे। सबैले तिनकै तालमा सोच्‍नुपर्थ्यो र यसले गर्दा धेरै समय खेर जान्थ्यो। तस्बिरहरूमा तुलनात्मक रूपमा केही सामान्य समस्याहरू पनि आउँथे, जुन पछि सच्याउन सकिन्थ्यो, र त्यसको लागि छलफल गर्न सबैले समय लिनुपर्थेन, तर तिनी अघि बढ्नुभन्दा पहिले ती समाधान गर्नुपर्छ भनेर जिद्दी गर्थे। सबै जना सहमतिमा नपुगेसम्‍म तिनी कामकुरामा ढिलाइ गर्थे, जसले गर्दा प्रगतिमा अपेक्षाकृत ढिलाइ हुन्थ्यो। त्यसकारण, मैले अगुवालाई आफूले देखेका समस्याहरू बताइदिएँ। मलाई यी समस्याहरू पहिलेदेखि नै थाहा थियो भन्‍ने बुझेपछि अगुवाले मलाई यसो भन्दै हप्काइन्, “ओलिभरले आफ्‍नै पाराले काम गर्छन् र काममा ढिलाइ गरिरहेका छन् भन्‍ने तपाईंलाई थाहा रहेछ, र पनि तपाईंले तिनको कुरा मान्‍नु र पछ्याउनुको सट्टा किन तिनलाई रोक्‍नुभएन? के यो काममा ढिलाइ गर्नु होइन र?” अगुवाका कुरा सुनेर मलाई नरमाइलो लाग्यो।

मैले ओलिभरसँग तस्बिर अवधारणाबारे छलफल गरेको कुरा सम्झेँ। तिनी आफ्‍नै विचारहरूमा टाँसिरहने गरेको मैले देखेकी थिएँ र यसले मलाई चिन्तित तुल्याएको थियो। म तिनको समस्या औँल्याउन चाहन्थेँ, तर सुरुमा त म नै अहङ्कारी छु भन्‍ने मलाई याद आयो। अगुवाले मलाई पहिले पनि निराकरण गरेकी थिइन् र आफूलाई त्यागेर अरूसँग सहकार्य गर्नू, किनभने म अहङ्कारी र आत्मधर्मी छु, आफ्‍नै विचारहरूमा टाँसिरहन्छु, र मेरा सहकर्मीहरूसँग तर्क गर्दै काममा ढिलाइ गर्छु भनेर भनेकी थिइन्। यदि मैले सबैको अघि ओलिभरका समस्याहरू औँल्याएँ, वा तिनका विचारहरूलाई चुनौती दिएँ भने, मानिसहरूले म अझै अत्यन्तै अहङ्कारी छु र ममा समझको कमी छ, म अरूको सुझाव शान्त भएर लिन वा अरूसँग सहकार्य गर्न सक्दिनँ भनेर सच्‍न सक्थे। त्यसकारण, जति नै ढिलाइ भए पनि, म ओलिभरको कुरा धैर्यसाथ सुन्थेँ। कहिलेकहीँ, हामीले ओलिभरका सुझावहरू सिद्धान्तअनुसार विचार गर्दा, त्यो लागू गर्न नसकिनेजस्तो लाग्थ्यो। हामी समस्या कहाँ छ भनेर औँल्याउथ्यौँ, तर तिनी त्यो राम्रोसँग लिँदैनथे, आफ्‍नै विचारहरूमा जोड दिन्थे। यदि हामीले तिनको सुझावअनुसार गरेनौँ भने तिनी रिसाएर बोल्दैनथे, जसले गर्दा अवस्था एकदमै अप्ठ्यारो हुन्थ्यो र काम रोकिन्थ्यो। सुरुमा त म अगुवालाई यो बताउन चाहन्थेँ। तर अगुवाले भर्खरै मेरो अहङ्कार निराकरण गरेकी हुनाले, यदि मैले कसैका समस्याहरू रिपोर्ट गरेँ भने, म अरूका समस्याहरूमा ध्यान लगाइरहेकी छु, र नाटीकुटी गरेरहेकी छु, निराकरणपछि ममा कुनै परिवर्तन आएको छैन भनेर सोच्लिन् भन्‍ने मलाई चिन्ता लाग्यो। त्यस्तोमा मैले कति समयसम्‍म आफ्‍नो कर्तव्य पूरा गर्न सक्थेँ र? यो सोचेर, मैले ओलिभरको समस्या रिपोर्ट गरिनँ वा औँल्याइनँ। परिणामस्वरूप, हामीले सहमति जनाउन सकेनौँ अनि सधैँ यताउता बातचित र छलफल गरिरहेका हुन्थ्यौँ, त्यसैले आधा दिनमा सक्‍ने काम गर्न एक दिन लगाउँथ्यौँ, यसरी कामको गति सुस्त हुन्थ्यो। यी कुराहरू सोच्दा, मलाई ग्‍लानि भयो र मैले आफैलाई दोष दिएँ। मैले ओलिभरको समस्या नदेखेकी होइन, तर म पछि हटेँ र तिनलाई यो कहिल्यै औँल्याइदिइनँ। यस बेला, मलाई परमेश्‍वरको वचनको एउटा खण्ड याद आयो। “सत्यता तँभित्रको जीवन बनिसकेपछि, जब तैँले परमेश्‍वरको निन्दा गर्ने, परमेश्‍वरको डर नमान्‍ने, र आफ्‍नो कर्तव्य पूरा गर्दा लापरवाह र झारा टार्ने, वा मण्डलीको काममा बाधा र अवरोध गर्ने व्यक्तिलाई देख्छस्, तब तेरो प्रतिक्रिया सत्यताका सिद्धान्तहरूअनुसार हुनेछ, र तैँले तिनीहरूलाई आवश्यकताअनुसार पहिचान गरेर खुलासा गर्न सक्‍नेछस्। यदि सत्यता तेरो जीवन बनेको छैन, र तँ अझै पनि तेरो शैतानी स्वभावमा जिउँछस् भने, जब तैँले मण्डलीको काममा बाधा र खलबली पैदा गर्ने दुष्ट मानिसहरू र दियाबलसहरूलाई पत्ता लगाउँछस्, तब तैँले आँखा चिम्‍लनेछस् र नसुनेको जस्तो गर्नेछस्; आफ्‍नो विवेकमा कुनै धिक्कारको अनुभूति नगरीकन तैँले तिनीहरूलाई पन्छाउँछस्। कसैले मण्डलीको काममा खलबली पैदा गरिरहेको छ भने त्यस कुराको तँसँग कुनै सम्‍बन्ध छैन भन्‍ने समेत तँलाई लाग्‍नेछ। मण्डलीका कार्य र परमेश्‍वरको घरका हितहरूमा जति नै धेरै हानि भए पनि, तैँले वास्ता, हस्तक्षेप वा ग्‍लानि महसुस गर्दैनस् जसले तँलाई विवेक वा समझ नभएको व्यक्ति, एक गैरविश्‍वासी, एक सेवाकर्ता बनाउँछ। तँ परमेश्‍वरको कुरा खान्छस्, परमेश्‍वरको कुरा पिउँछस्, र परमेश्‍वरबाट आएका सबै कुरामा रमाउँछस्, तैपनि परमेश्‍वरको घरका हितहरूमा हुने कुनै पनि हानि तँसँग सम्‍बन्धित छैन भन्‍ने ठान्छस्—त्यसैले तँ जुन थालमा खायो त्यही थालमा थुक्‍ने धोकेबाज होस्। यदि तैँले परमेश्‍वरको घरका हितहरूको रक्षा गर्दैनस् भने, तँ के मानव समेत होस् र? यो त मण्डलीमा आफै घुसेको नरपिशाच हो। तैँले परमेश्‍वरमा विश्‍वास गरेको नाटक गर्छस्, चुनिएको जन भएको बहाना गर्छस्, र तँ परमेश्‍वरको घरमा फाइदा लुट्न चाहन्छस्। तँ मानवजातिको जीवन जिइरहेको छैनस्, र तँ स्पष्ट रूपमै गैरविश्‍वासी होस्। यदि तँ परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने व्यक्ति होस् भने, तैँले सत्यता र जीवन पाउन बाँकी नै भए पनि, कम्तीमा पनि तैँले परमेश्‍वरको पक्षमा उभिएर बोल्‍नेछस् र काम गर्नेछस्; कम्तीमा पनि, तैँले परमेश्‍वरको घरका हितहरूमा सम्झौता भएको देख्दा तँ हात बाँधेर बस्‍नेछैनस्। तँलाई त्यस्तो समस्याप्रति आँखा चिम्‍लन मन लाग्दा, ग्‍लानि महसुस हुनेछ, र तँ व्याकुल हुनेछस्, र मनमनै भन्‍नेछस्, ‘मैले हात बाँधेर बस्‍नु हुँदैन, खडा हुनुपर्छ र केही बोल्‍नुपर्छ, मैले जिम्मेवारी लिनुपर्छ, मैले यो दुष्ट व्यवहारलाई खुलासा गर्नैपर्छ, मैले यसलाई रोक्‍नैपर्छ ताकि परमेश्‍वरको घरका हितहरूमा हानि नपुगोस्, र मण्डली जीवनमा बाधा नपुगोस्।’ यदि सत्यता तेरो जीवन बनेको छ भने, तँसँग यो साहस र सङ्कल्प मात्रै हुँदैन, र त्यस विषयलाई तैँले पूर्ण रूपमा बुझ्‍न मात्र सक्‍नेछैनस्, बरु तैँले त परमेश्‍वरको कार्य र उहाँको घरका हितहरूको लागि तैँले उठाउनुपर्ने जिम्‍मेवारी समेत पूरा गर्नेछस्, त्यसरी तेरो कर्तव्य पूरा हुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूबाट मैले के देखेँ भने परमेश्‍वरमा साँचो विश्‍वास गर्ने विवेक भएका मानिसहरू परमेश्‍वरसँग एउटै हृदयका हुन्छन् र समस्याहरूमा उहाँकै पक्षमा उभिन्छन्। यदि तिनीहरूले कसैले मण्डलीको काममा बाधा र व्यवधान ल्याइरहेका देखे भने, तिनीहरू खडा भएर यसलाई खुलासा गर्छन् र रोक्छन्। तिनीहरू मण्डलीको कामको रक्षा गर्छन्। तर म नि? मैले ओलिभर आफ्‍ना विचारहरूमा टाँसिरहेका र अरूका विचारहरू स्वीकार नगरिरहेका स्पष्ट देखेकी थिएँ। तिनले कामको गति बारम्‍बार सुस्त बनाएका थिए, तैपनि मानिसहरूले मलाई अहङ्कारी र झगडालु व्यक्ति नभनून् भनेर, मैले यसलाई रोक्‍ने र समाधान गर्ने नगरेकी वा गल्ती देखाएर सहयोग नगरेकी मात्र होइन, तर म आँखा चिम्लेर हात बाँधेर बसेँ, र हाम्रो कामको प्रभावकारिताभन्दा आफ्‍नै हितहरूको रक्षा गर्नेबारे मात्रै सोचेँ। परिणामस्वरूप, काममा ढिलाइ भयो। यसो हेर्दा, मैले हरेक दिन व्यस्त भएर आफ्‍नो कर्तव्य पूरा गरिरहेकी थिएँ। तर वास्तवमा, मैले आफ्‍नो कर्तव्यमा साँच्चै बोझ लिइरहेकी थिइनँ, र म परमेश्‍वरप्रति पटक्‍कै बफादार भइनँ। विपत्तिहरू बढिरहेका छन्, र धेरै मानिसहरूले साँचो मार्गको खोजी र अनुसन्धान गर्न थालेका छन्। यदि हामीले आफ्नो गति बढाएर अझै बढी सुसमाचार फोटोहरू बनाउन सक्यौँ भने, सुसमाचारको काममा सानो भूमिका निभाउन सक्छौँ। तर मैले परमेश्‍वरको इच्‍छा पालना गरिरहेकी थिइनँ। यति लामो समयसम्‍म कामको गति सुस्त भएको मैले हेरिरहेँ, र यसलाई समयमा नै रोकिनँ वा समाधान गरिनँ। ममा विवेक र मानवताको निकै कमी थियो, म त परमेश्‍वरको वचनमा खुलासा गरिएको “जुन थालमा खायो त्यही थालमा थुक्‍ने धोकेबाज” जस्ती थिएँ। मैले मण्डलीलाई मागी खाने भाँडो बनाएँ, र म महत्त्वपूर्ण क्षणहरूमा बेकम्मा बनेँ। यो महसुस गरेपछि, मलाई साह्रै पछुतो भयो र मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मैले आफ्नो रक्षा गर्न मण्डलीको काम बेवास्ता गरेँ। म तपाईंसामु पश्‍चात्ताप गर्न चाहन्छु, बिन्ती छ मलाई साँचोरूपमा आत्मसचेत हुन अगुवाइ गर्नुहोस्।”

पछि, मैले सत्यता अभ्यास गर्न मलाई किन यति गाह्रो भएको र मलाई केले रोकिरहेको छ भनेर मनन गर्न थालेँ। मैले आफ्नो स्थितिमा लागू हुने परमेश्‍वरका वचनहरूका दुईवटा खण्ड खाएँ र पिएँ। “काम गर्ने क्रममा कतिपय मानिसहरूले आफ्‍नै इच्‍छा पछ्याउँछन्। तिनीहरूले सिद्धान्तहरू उल्‍लङ्घन गर्छन्, अनि तिनीहरूलाई काटछाँट र निराकरण गरिँदा, तिनीहरूले केवल शब्दले मात्र अहङ्कारी भएको स्विकार्छन् र तिनीहरूसँग सत्यता नभएकोले मात्रै तिनीहरूबाट गल्ती भएको हो भन्छन्। तिनीहरूले आफ्नो हृदयमा भने यसो भनेरसमेत गुनासो गर्छन्, ‘मबाहेक अरू कसैले पनि खतरा मोल्दैनन्—अनि अन्तिममा, केही गलत हुँदा, तिनीहरूले सबै जिम्मेवारी ममाथि थोपर्छन्। के यो मेरो मूर्खता होइन र? अर्कोपटक म त्यसरी खतरा मोलेर त्यही कुरा गर्न सक्दिनँ। अगाडि हिँड्यो भने सबको नजर परिहाल्छ!’ यस मनोवृत्तिको बारेमा तिमीहरूलाई के लाग्छ? के यो पश्‍चात्तापको मनोवृत्ति हो? (होइन।) यो के मनोवृत्ति हो त? के तिनीहरू अस्थिर र छली बनिरहेका छैनन् र? तिनीहरूले आफ्नो मनमा यस्तो सोच्छन्, ‘यसपटक म भाग्यशाली भएँ, यसले विपत्ति ल्याएन। भनाइ नै छ, हरेक गल्तीबाट सिकिन्छ। भविष्यमा म अझै होशियार हुनुपर्छ।’ तिनीहरूले कुनै मामला हेर्न र सामना गर्नको लागि सत्यता खोजी गर्दैनन्, बरु आफ्‍नो छुद्रता र चतुर युक्ति प्रयोग गर्छन्। के तिनीहरूले यसरी सत्यता प्राप्त गर्न सक्छन् र? सक्दैनन्, किनभने तिनीहरूले पश्‍चात्ताप गरेकै हुँदैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यताको पछि लागेर मात्रै परमेश्‍वरको बारेमा रहेका आफ्‍ना धारणाहरू र गलत बुझाइहरूलाई समाधान गर्न सकिन्छ)। “जब मानिसहरूले आफ्‍नो कर्तव्यप्रति कुनै जिम्‍मेवारी लिँदैनन्, लापरवाही र झारा टार्ने किसिमले कर्तव्य निभाउँछन्, सधैँ हुन्छ हजुर भन्‍ने शैलीमा काम गर्छन्, र परमेश्‍वरको घरका हितहरूको रक्षा गर्दैनन्, तब त्यो कस्तो स्वभाव हो? यो छली स्वभाव हो, शैतानको स्वभाव हो। मानिसको जीवन-दर्शनको एउटा सबैभन्दा विचित्रको कुरा भनेको धूर्तता हो। मानिसहरूलाई के लाग्छ भने यदि तिनीहरू धूर्त बनेनन् भने, तिनीहरूले अरूलाई रिस उठाउने सम्‍भावना हुन्छ र तिनीहरूले आफूलाई रक्षा गर्न सक्दैनन्; तिनीहरू अरू कसैलाई चोट पुर्‍याउने वा चिढ्याउने कार्य नगर्ने हदसम्‍मको धूर्त हुनुपर्छ, यसरी तिनीहरूले आफूलाई सुरक्षित राख्‍न, आफ्‍नो रोजी-रोटीलाई सुरक्षा गर्न, र मानिसहरूका बीचमा दह्रिलो आधार बनाउन सक्छन् भन्‍ने तिनीहरूलाई लाग्छ। अविश्‍वासीहरू सबै नै शैतानका दर्शनअनुसार जिउँछन्। तिनीहरू सबै सधैँ हुन्छ हुजुर भन्‍ने र कसैलाई नचिढ्याउने हुन्छन्। तँ परमेश्‍वरको घरमा आएको छस्, तैँले परमेश्‍वरको वचन पढेको, र परमेश्‍वरको घरका प्रवचनहरू सुनेको छस्। तैपनि किन तँ सत्यताको अभ्यास गर्न, हृदयबाट बोल्‍न, र इमान्दार व्यक्ति बन्‍न सक्दैनस्? किन तँ सधैँ हुन्छ हजुर भन्‍ने व्यक्ति भएको छस्? सधैँ हुन्छ हजुर भन्‍ने व्यक्तिले आफ्‍नै हित रक्षा गर्छ, मण्डलीका हित रक्षा गर्दैन। कसैले दुष्कर्म गरिरहेको र मण्डलीका हितहरूमा हानि गरिरहेको देख्दा, तिनीहरूले यसलाई बेवास्ता गर्छन्। तिनीहरू सधैँ हुन्छ हजुर भन्‍ने व्यक्ति बन्‍न चाहन्छन्, र कसैलाई चिढ्याउन चाहँदैनन्। यो गैरजिम्‍मेवार कार्य हो, र त्यस्तो व्यक्ति अत्यन्तै छली र विश्‍वासघाती हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूले मेरो मन चिन्तित तुल्याए, र मैले सत्यता अभ्यास गर्न वा यसका सिद्धान्तहरू मान्न नसक्नुको जड त मेरो प्रकृति अत्यन्तै छली भएकोले रहेछ भन्‍ने बल्‍ल थाहा पाएँ। अगुवाले मेरो अहङ्कार निराकरण गरेदेखि नै, मैले कहिल्यै साँचो आत्मचिन्तन गरेकी वा आफ्नो अहङ्कारी स्वभाव हटाउने मार्ग खोजेकी थिइनँ। बरु, मैले आफ्नो रक्षा गर्न चाल चलेँ र देखावटीरूपमा सहनशील भएँ र सम्‍मान देखाएँ, यसरी अरूलाई म शान्त किसिमको छु र मेरो अहङ्कारी स्वभाव बद्लेको छ भनेर गलत सोच्न लगाएँ। त्यसो गर्दा अगुवाले फेरि मलाई निराकरण वा बर्खास्तसमेत गर्नेथिएनन्। “सबैभन्दा अग्लो कीलालाई नै पहिले ठोकिन्छ,” “मौनता सुन हो बोलाइ चाँदी, धेरै बोले हुन्छ गल्ती नानाभाँती,” “गल्तीबाट जोगिन मात्रै खोज, ठूलो फाइदा होइन,” जस्ता शैतानी विचार र दृष्टिकोणअनुसार जिउँदा म अत्यन्तै स्वार्थी, नीच, धूर्त र छल बनेकी छु भन्‍ने मलाई थाहा भयो। ओलिभरको समस्याले हाम्रो काममा असर गरिसकेको छ भन्‍ने मैले स्पष्ट देखेकी थिएँ। मैले खडा भएर यसलाई खुलासा गरी रोक्‍नुपर्थ्यो। तर, मैले त अमेल हटाउन मानिसलाई खुसी पार्ने व्यक्तिले जस्तै व्यवहार गरेँ। समस्या वा कलहको सामना गर्दा, म जति सक्दो कम बोल्थेँ। म कहिल्यै मानिसहरूसँग बहस गर्दिनथेँ, र सिद्धान्तहरू पटक्‍कै पालन गर्दिनथेँ। मैले आफ्‍ना हितहरूको राम्ररी रक्षा गरेँ, तर मण्डलीको काममा हानि हुन दिएँ। म साह्रै झूटो र छली थिएछु। मैले साँच्‍चै आफूमाथि परमेश्‍वरको तिरस्कार र घृणा निम्त्याएँ। विशेष गरी परमेश्‍वरले भन्‍नुभएको यो वचन पढ्दा, “तिनीहरूले कुनै मामला हेर्न र सामना गर्नको लागि सत्यता खोजी गर्दैनन्, बरु आफ्‍नो छुद्रता र चतुर युक्ति प्रयोग गर्छन्। के तिनीहरूले यसरी सत्यता प्राप्त गर्न सक्छन् र? सक्दैनन्, किनभने तिनीहरूले पश्‍चात्ताप गरेकै हुँदैनन्।” मलाई अझ धेरै पछुतो भयो। पहिले, म अहङ्कारी स्वभावले आफ्‍नो कर्तव्य पूरा गर्थेँ। म सधैँ आफ्‍नै दृष्टिकोणहरू पछ्याउँथेँ, र अरूका सुझाव मान्दिनथेँ। यसले अरूलाई सीमित मात्र नपारेर मण्डलीको कामलाई पनि असर गरेको थियो। मैले आत्मचिन्तन गरेर आत्मसचेत बन्न सकूँ, समयमै आफ्‍ना शैली परिवर्तन गरेर आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सकूँ भनेर अगुवाले मेरो निराकरण गरेकी थिइन्। तर मैले पश्‍चात्ताप गरिनँ। बरु, परमेश्‍वर र अरूबाट आफूलाई जोगाएँ। मैले आफ्‍नो कर्तव्य राम्ररी पूरा नगरेकी मात्र होइन, मण्डलीको काममा बाधा हुँदासमेत वास्ता गरिनँ। म कुनै हालतमा सत्यता स्विकार्ने व्यक्ति होइन भन्‍ने कुरा मलाई थाहा हुन सक्यो। यदि यस्तै भइरहेको भए, मेरो भ्रष्ट स्वभाव अझै खराब हुनेथ्यो, र अन्तिममा मलाई प्रकट गरेर हटाइनेथ्यो! यो सोचेपछि, मलाई डर लाग्यो, र मैले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म अबदेखि यी सांसारिक दर्शनहरूद्वारा आफ्‍ना हितको रक्षा गर्न चाहन्‍नँ। म सत्यता खोज्न र आफ्‍नो भ्रष्ट स्वभाव हटाउन इच्छुक छु। बिन्ती छ, मलाई अभ्यासको मार्ग भेट्टाउन सहयोग गर्नुहोस्।”

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ। “यदि तँ तर्कवितर्कबाट बच्न चाहन्छस् भने, के त्यसको उपाय सम्झौता गर्नु मात्रै हो त? तँ कस्ता परिस्थितिहरूमा सम्झौता गर्न सक्छस्? यदि यो तेरो आफ्नै हित वा प्रतिष्ठाजस्तो सानातिनो कुरा हो भने, त्यसबारे तर्कवितर्क गर्नु आवश्यक छैन। त्यसमा तैँले सहने वा सम्झौता गर्ने विकल्प रोज्न सक्छस्। तर मण्डलीको काममा असर गर्न सक्‍ने र परमेश्‍वरको घरका हितहरूमा हानि गर्न सक्‍ने कुरामा चाहिँ, तँ सिद्धान्तहरूमा अडिग हुनुपर्छ। यदि तैँले यो सिद्धान्त पालन गरिनस् भने, तँ परमेश्‍वरप्रति बफादार भइरहेको हुँदैनस्। यदि तैँले आफ्नो इज्‍जत बचाउन वा पारस्परिक सम्बन्ध जोगाउन सम्झौता गर्दै सिद्धान्तहरू त्याग्‍ने निर्णय गरिस् भने, के यो तेरो स्वार्थीपन र नीचता होइन र? के यो तँ आफ्नो कर्तव्यमा गैरजिम्मेवार र बेइमान बनेको सङ्केत होइन र? (हो।) तसर्थ, तैँले कर्तव्य निर्वाह गर्ने क्रममा सबै जना असहमत हुने समय आयो भने, तैँले कसरी अभ्यास गर्नुपर्छ? के तैँले यसबारे सक्दो तर्कवितर्क गरेर यो समस्या हल हुन्छ? (हुँदैन।) त्यसो भए, तैँले कसरी यो समस्या समाधान गर्नुपर्छ त? यस स्थितिमा, समस्या हल गर्न सत्यता बुझ्ने व्यक्ति अघि सर्नुपर्छ, र पहिला सबैसामु समस्या पेश गर्नुपर्छ र दुवै पक्षलाई आ-आफ्नो राय राख्‍न दिनुपर्छ। त्यसपछि, सबैले सँगै मिलेर सत्यता खोजी गर्नुपर्छ, र परमेश्‍वरलाई प्रार्थना गरेपछि, सङ्गति गर्नको लागि परमेश्‍वरका सान्दर्भिक वचनहरू र सत्यता अघि सार्नुपर्छ। सत्यताका सिद्धान्तहरू सङ्गति गरेर दुवै पक्ष स्पष्ट भइसकेपछि, तिनीहरू कुरा मान्‍न सक्षम हुनेछन्। … यदि कुनै व्यक्तिले परमेश्‍वरको घरका हितहरू र मण्डलीको कामको प्रभावकारिता जोगाउन अरूसँग वादविवाद र तर्कवितर्क गर्छ र उसको मनोवृत्ति अलिक अरट्ठो छ भने, के तिमीहरू त्यसलाई समस्या भन्छौ? (अहँ, भन्दैनौ।) किनभने उसको नियत सही छ; यो परमेश्‍वरको घरका हितहरूको रक्षा गर्नको लागि हो। यो व्यक्ति परमेश्‍वरको पक्षमा खडा हुने र सिद्धान्तहरूमा अडिग रहने व्यक्ति हो जससँग परमेश्‍वर प्रसन्‍न हुनुहुन्छ। परमेश्‍वरको घरका हितहरू रक्षा गर्दा दह्रिलो र दृढ मनोवृत्ति राख्‍नु भनेको दृढ अडान र सिद्धान्तहरूमा अडिग रहेको सङ्केत हो, र यसलाई परमेश्‍वर अनुमोदन गर्नुहुन्छ। मानिसहरूले यो मनोवृत्तिमा समस्या छ भन्‍ने ठान्लान्, तर यो ठूलो कुरा होइन; भ्रष्ट स्वभाव देखाउनुसँग यसको कुनै सम्बन्ध छैन। याद रहोस्, सिद्धान्तहरूमा दृढ रहनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यको अभ्यासमा मात्र जीवन प्रवेश हुन्छ)। परमेश्‍वरका वचनहरू पढिसकेपछि, मैले कुरा बुझेँ। जहिले भए पनि, व्यक्तिगत लाभ त्याग्न सक्नु, सत्यताका सिद्धान्तहरू पालना गर्न सक्नु, र मण्डलीको कामको रक्षा गर्न सक्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यसको कारण कहिलेकहीँ तपाईं मानिसहरूसँग नमिले पनि वा अलिक रुखो बोले पनि, यीमध्ये कुनै पनि ठूला समस्या होइनन्। परमेश्‍वरले त सत्यताप्रतिको हाम्रो मनोवृत्ति हेर्नुहुन्छ। हामीले सत्यताका सिद्धान्तहरू पालना गर्न सक्छौँ कि सक्दैनौँ, र सत्यता अभ्यास गर्न सक्छौँ कि सक्दैनौँ, उहाँ त्यो हेर्नुहुन्छ। पहिले, म सिद्धान्तहरू पालना गर्दा अमेल पैदा हुन्छ भने, मैले अहङ्कारी स्वभाव प्रकट गरिरहेकी हुन्छु र अरूसँग मिलेर सहकार्य गरिरहेकी हुँदिनँ भन्‍ने सोच्थेँ। त्यसैले, मलाई अरूले अहङ्कारी नभनून् भनेर, म सबै कुरामा सम्झौता गर्थेँ, र सिद्धान्तहरू पालना गर्ने केही गर्दिनथेँ। अब मैले बल्‍ल तर्कवितर्क र अमेलबाट बच्‍ने अभ्यासको सबैभन्दा राम्रो मार्ग भनेको सिद्धान्तहरूअनुसार अभ्यास गर्नु, हरेक व्यक्तिलाई आफ्‍नो विचार व्यक्त गर्न दिनु, र सँगै सत्यता खोज्नु हो भन्‍ने बुझेँ। यदि खोजी गरेपछि तपाईं आफ्ना कार्य सत्यताका सिद्धान्तअनुरूप छन् भनेर निश्‍चित हुनुभयो भने, तपाईंले ती पालना गर्नुपर्छ। यो उचित हो। यदि तपाईंको दृष्टिकोण स्पष्टरूपमा गलत छ, तर तपाईं यसैमा टाँसिरहने जोड गर्दै मानिसहरूलाई तपाईंकै कुरा मान्‍न र स्विकार्न लगाउनुहुन्छ भने, यो अहङ्कार र आत्मधार्मिकता देखाउनु हो। यस्तो बेला, तपाईंले आफूलाई त्यागेर अरूसँग मिलेर सहकार्य गर्न सिक्‍नुपर्छ। त्यसपछि, मैले ओलिभरसँग सहकार्य गर्दा, परमेश्‍वरका वचनहरू अभ्यास गर्ने प्रयास गरेँ।

एक दिन, मैले तस्बिरहरू छान्दै एलियाना र ओलिभरसँग विचारहरू छलफल गरिरहेकी थिएँ। ओलिभरले एउटा विचार राखे। हामीलाई तिनको समग्र डिजाइनले दिने सन्देश मूलभावसँग मिल्दैन जस्तो लाग्यो, तर हामी त्यति निश्‍चित थिएनौँ। सुरुमा त मलाई यही कुरा लागू गरेर सम्झौता गर्न मन लागेको थियो। मैले सोचेँ, “त्यसोभए सुरुमा तपाईंको विचार लागू गरी हेरौँ, नत्र सबैले मलाई अहङ्कारी, आत्म-धर्मी, र आफ्‍नै विचारमा टाँसिरहने व्यक्ति भन्‍नेछन्।” तर त्यसपछि मलाई डिजाइनका केही सिद्धान्त र मापदण्ड याद आयो, र ओलिभरको अवधारणामा साँच्‍चै समस्या छ भन्‍ने लाग्यो। यदि हामीले तिनको अवधारणाअनुसार डिजाइन गरेर त्यसलाई सच्याउनुपरेको भए, के त्यो समयको बरबादी र हाम्रो काममा ढिलाइ हुनेथिएन र? त्यो बेला, मैले सिद्धान्तहरू पालना गर्नुपर्छ भन्‍ने महसुस गरेँ, त्यसकारण मैले ओलिभरलाई तिनको अवधारणाका समस्याहरू बताइदिएँ, र तिनलाई आफ्‍नै दृष्टिकोणहरूमा टाँसिरहनुको सट्टा मूल अवधारणा पछ्याउन स्मरण गराएँ। एलियानाले सहमति जनाइन्, र ओलिभरले थप केही बोलेनन्। तर दिनभरि यस्ता परिस्थितिहरू आइरहे। हाम्रा विचारहरू फरक हुँदा, ओलिभर सधैँ आफ्‍नै पक्षमा उभिन्थे, र हाम्रो काममा ढिलाइ गर्थे। साथै, हामीले तिनको सुझावअनुसार परिवर्तन नगरेकोले, तिनी फेरि रिसाए र त्यति बोलेनन्। यदि यस्तै भइरह्यो भने अवश्य नै हाम्रो काममा ढिलाइ हुनेछ भन्‍ने मैले महसुस गरेँ, त्यसकारण मैले के भइरहेको छ भनेर अगुवालाई बताएँ। ओलिभरलाई भेटेर तिनको समस्या खुलासा गर्न, सत्यतामा सङ्गति गर्न, र तिनलाई सहयोग गर्न अगुवाले हामीसँगै जाने योजना बनाइन्। यो सत्यता अभ्यास गर्ने मेरो मौका हो भन्‍ने मलाई थाहा थियो, त्यसकारण ओलिभरसँग कुरा गर्न जानुअघि मैले परमेश्‍वरका वचनका दुईवटा खण्ड पढेँ। “मण्डलीका सबै काम परमेश्‍वरको राज्य सुसमाचार प्रचारप्रसार गर्ने कामसित प्रत्यक्ष सम्बन्धित हुन्छन्। विशेष गरी, सुसमाचार सुनाउने काम अनि व्यावसायिक ज्ञान समाविष्ट हुने हरेक कामको सुसमाचार प्रचारप्रसार गर्ने कामसित महत्त्वपूर्ण र अटुट सम्बन्ध हुन्छ। तसर्थ, सुसमाचार प्रचारप्रसार गर्ने कामसित जे सम्बन्धित हुन्छ त्यो परमेश्‍वरका हितहरू र परमेश्‍वरको घरका हितहरूसँग सम्बन्धित हुन्छ। यदि मानिसहरूले सुसमाचार प्रचारप्रसारको कामलाई सही तरिकाले बुझ्न सक्छन् भने, तिनीहरूसित आफूले निर्वाह गर्ने कर्तव्य र अरूको कर्तव्यलाई लिने सही तरिका हुनुपर्छ। अनि यो सही तरिका के हो? यो भनेको परमेश्‍वरले भन्‍नुभएअनुसार गर्ने सक्दो प्रयास गर्नु हो। कम्तीमा पनि तिनीहरूका व्यवहार र कार्यहरू जानीबुझी हानि गर्ने वा बिथोल्ने खालको हुनु हुँदैन। तिनीहरूले जानाजानी अपराध गर्नु हुँदैन। यदि तिनीहरूलाई आफूले मण्डलीको काममा बाधा र व्यवधान पुऱ्याइरहेको थाहा छ, तैपनि तिनीहरू जोसुकैले तिनीहरूलाई त्यो नगर्न आग्रह गरे पनि त्यो गर्नै खोज्छन् भने, यो दुष्कर्म गर्नु र मृत्यु निम्त्याउनु हो; यो दियाबलसले शिर उठाउनु हो। दाजुभाइ-दिदीबहिनीहरूलाई तुरुन्तै यो कुरा बुझ्न मदत गर्, त्यसपछि त्यो दुष्ट व्यक्तिलाई मण्डलीबाट निकालिहाल्। यदि त्यो दुष्कर्मी क्षणिक अलमलमा परेको हो र उसले जानाजानी दुष्कर्म गरिरहेको होइन भने, त्यो समस्यालाई कसरी लिनुपर्छ? के हामीले उसलाई सिकाउनु र मदत दिनुपर्दैन? यदि सिकाएर पनि उसले मान्दैन भने, के गर्नुपर्छ? दाजुभाइ-दिदीबहिनीहरू एकसाथ खडा हुनुपर्छ र उसलाई झपार्नुपर्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक))। “तिमीहरूले सत्यतामै ध्यान केन्द्रित गर्नुपर्छ—त्यसपछि मात्रै तिमीहरू जीवनप्रवेश गर्न सक्छौ, अनि तिमीहरूले जीवनप्रवेश गरिसकेपछि मात्र अरूलाई भरणपोषण र अगुवाइ गर्न सक्छौ। अरूका कार्यहरू सत्यतासँग नमिल्‍ने किसिमका छन् भन्‍ने पत्ता लाग्यो भने, हामीले तिनीहरूलाई सत्यतामा लागिपर्न अत्यन्तै प्रेमपूर्वक सहयोग गर्नुपर्छ। यदि अरूले सत्यताको अभ्यास गर्न सक्छन्, र तिनीहरूले काम गर्ने तरिकामा सिद्धान्तहरू छन् भने, हामीले तिनीहरूबाट सिक्‍ने र तिनीहरूको अनुकरण गर्ने प्रयास गर्नुपर्छ। आपसी प्रेम भनेकै त्यही हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो सारा हृदय, मनमस्तिष्क, र आत्माले कर्तव्य निभाउने व्यक्तिले मात्रै परमेश्‍वरलाई प्रेम गरेको हुन्छ)। परमेश्‍वरको वचन स्पष्ट छ। हामीले अरूका समस्याहरू देख्दा, तुरुन्तै सङ्गति गर्नैपर्छ, अनि आवश्यक परे ती खुलासा गर्नैपर्छ र तिनीहरूलाई हप्काउनैपर्छ। यो सब मण्डलीको कामको रक्षा गर्नको लागि हो, साथै यसले मानिसहरूलाई आफ्‍ना समस्या देख्‍न, ती तुरुन्तै समाधान गर्न, र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सहयोग गर्छ। ओलिभरमा चित्रहरू बनाउने केही प्रतिभा थियो, तर तिनको भ्रष्ट स्वभावले गर्दा तिनी अनजानमा हाम्रो काममा बाधा र व्यवधान ल्याउने कामकुरा गर्थे। यदि तिनले आत्मसचेत बन्न, सत्यता खोज्न, आफ्‍नो भ्रष्ट स्वभाव हटाउन, सबैसँग मिलेर सहकार्य गर्न, र आफ्नो सबल पक्ष प्रयोग गर्न सकेका भए, मण्डलीको काम र तिनको जीवन प्रवेशमा फाइदा पुग्नेथ्यो। त्यसकारण, मैले ओलिभरका समस्याहरूमा लागू हुने परमेश्‍वरका वचनका धेरै खण्डहरू खोजेँ, त्यसलाई आफ्‍नै अनुभवसँग जोडेँ, र त्यसबारे ओलिभरसँग सङ्गति गरेँ। कुरा सुनेपछि, ओलिभरले आफ्‍नो भ्रष्ट स्वभावलाई अलिक बुझे, र तिनले कहिलेकहीँ आफू गलत छु भन्‍ने थाहा पाएर पनि आफूलाई त्याग्‍न नसकेको कुरासमेत बताए। अब मैले त्यो औँल्याइदिएकी हुनाले, तिनलाई बल्‍ल यसबारे नराम्रो लाग्यो, र तिनी सत्यता खोज्न र आफ्‍नो भ्रष्ट स्वभाव हटाउन परमेश्‍वरमा भरोसा गर्न इच्छुक भए। यो सुन्दा, मलाई ओलिभरप्रति खुसी लाग्यो। तर त्यति नै बेला, मैले सांसारिक दर्शनहरूअनुसार जिएर तिनलाई चाँडै नबताएकोमा मलाई पछुतो लाग्यो। मैले तिनलाई र मण्डलीको काममा साँच्‍चै नै हानि गरेकी थिएँ।

त्यो घटनापछि, मैले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा, कसैले सत्यताका सिद्धान्तहरूसँग नमिल्‍ने कुरा गरेको र काममा ढिलाइ गरेको देखेँ भने, म सचेत भई सत्यता अभ्यास गर्थेँ र आफ्‍नो जिम्‍मेवारी पूरा गर्न आफूले देखेका समस्याहरू औँल्याइदिन्थेँ। यसरी अभ्यास गर्दा मलाई शान्ति र हल्का महसुस हुन्थ्यो। परमेश्‍वर धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

स्वार्थीपनको समाधान कसरी गर्ने

झाङ्ग जिङ्ग, चेक गणतन्त्रसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन मापदण्डअनुसार व्यक्तिका कामहरू असल वा खराब हुन् भनी निर्धारित गरिन्छ? यो...

म अब जिम्‍मेवारीदेखि डराउँदिनँ

चेङ्ग नुओ, चीनईश्वी सम्वत् २०२० नोभेम्बर महिनामा एक दिन हाम्रो टोली भेलामा एकजना अगुवा सहभागी भए र भेला सकेपछि उनले हाम्रो सम्पादन कार्यको...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्