“आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन” भन्ने कुरामाथिको चिन्तन

25 अप्रिल 2023

नोएल, दक्षिण कोरिया

केही समयदेखि मेरो कर्तव्यमा ठूलासाना धेरै समस्या आइरहेका थिए। केही समस्या लापरबाहीले त केही समस्या सिद्धान्तहरू थाहा नभएकाले। म केही चिन्तित थिएँ, मेरा अगुवा वा मसँग काम गर्ने सिस्टरले मलाई कर्तव्यमा झाराटारुवा भएको भन्दै काटछाँट गर्लान् भन्‍ने डर लाग्थ्यो, तर मेरी सहकर्मी सिस्टरले मेरा समस्याहरूका बारेमा खासै केही नभनी भविष्यमा थप होसियार हुनु मात्र भन्थिन्। यसले मलाई सधैँ राहत महसुस गराउँथ्यो। पछि, जब मैले अरूका कर्तव्यमा केही स्पष्ट समस्या देखेँ, तब मलाई उनीहरू आफ्नो काममा अति झाराटारुवा भइरहेका छन् भन्‍ने लाग्यो, र म उनीहरूसँग सङ्गति गर्न र उनीहरूका समस्याहरू चिरफार गर्न चाहन्थेँ, ताकि उनीहरूले झाराटारुवा हुनुको प्रकृति र त्यसो गर्नुको गम्भीर परिणामहरू बुझ्न सकून्। तर फेरि मैले सोचेँ, सिधै अरू मानिसका समस्याहरू औँल्याउँदा उनीहरूको स्वाभिमानमा चोट पुग्न सक्छ। उनीहरूलाई आफ्ना समस्याबारे हल्का सजग गराउनु र त्यत्तिकैमा छाडिदिनु राम्रो हुनेछ। अर्को कुरा, म आफै पनि यस्तै समस्याहरूबाट गुज्रिरहेकी थिएँ, त्यसैले अरूलाई भन्ने मेरो के अधिकार थियो र? यदि मैले अरूलाई कुनै कुरामा काटछाँट गरेँ र पछि आफैले त्यसै गरेँ भने के होला? के म ढोँगी हुन्‍नथेँ र? मैले उनीहरूलाई खुलासा वा काटछाँट नगर्नु नै बेस हुनेछ, बरु राम्रा कुराहरू मात्र भन्नुपर्छ भनी निष्कर्ष निकालेँ। त्यसो गर्दा मैले भविष्यमा कुनै गल्ती गरेँ भने अरूले कुरा काट्ने थिएनन्। अरूलाई क्षमा गर्नु भनेको आफैलाई क्षमा गर्नु हो। जब मैले त्यसरी सोचेँ, तब मेरो हृदयमा रहेको थोरै इन्साफ पनि गायब भयो। मैले मेरी सहकर्मी सिस्टरलाई भनेँ, “समस्या भएका मानिसहरूको नामै तोकेर भन्नु आवश्यक छैन। हामीले ती समस्याहरूबारे मात्रै उल्लेख गरे पुग्छ।” उनले जबाफमा केही पनि भनिनन्। त्यसपछि मलाई अलि असहज महसुस भयो। अरूलाई नाम नतोकी भनियो भने के उनीहरूले आफ्नो समस्या महसुस गर्थे त? के उनीहरू भविष्यमा परिवर्तन हुन्थे? उनीहरू परिवर्तन नभए, त्यसले काममा प्रभाव पार्न सक्थ्यो। मेरो मनमा अन्तर्द्वन्द्व चल्यो। मलाई बोल्न मन थियो तर आँट गरिनँ, र नबोल्दा मलाई मैले आफ्नो जिम्मेवारी पूरा गरिरहेकी छैन भन्‍ने लाग्यो। यसपछि मैले मनमनै सोचेँ, किन यो कुरा मेरा लागि यति धैरे गाह्रो भएको? अन्य ब्रदर-सिस्टरहरूका समस्या खुलासा गर्नबाट मलाई केले छेकिरहेको हो? मैले मौन प्रार्थना गरेँ, परमेश्‍वरलाई मेरो समस्या बुझ्नका लागि मार्गदर्शन गर्न आग्रह गरेँ।

पछि मैले अर्की सिस्टरलाई मेरो वर्तमान स्थितिबारे बताएँ, अनि उनले मलाई परमेश्‍वरका वचनको एउटा खण्ड पठाइन्। यो पढ्दा साँच्‍चै मेरा आँखा खुले, र मैले मेरो समस्याबारे केही बुझ्ने मौका पाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “के तिमीहरू ‘आफूले नचाहेको कुरा अरूमाथि लाद्‌नु हुँदैन’ भन्‍ने भनाइको समर्थक हौ? यदि कुनै व्यक्ति यो वाक्यांशको समर्थक हो भने, तिमीहरू उसलाई महान् र आदर्श ठान्छौ? कतिपय मानिसहरू यसो भन्छन्, ‘हेर्नुहोस् त, तिनीहरू जबरजस्ती गर्दैनन्, अरूलाई दुःख दिँदैनन्, वा कठिन परिस्थितिमा पार्दैनन्। के तिनीहरू मजाका छैनन् र? तिनीहरू आफूप्रति सधैँ कठोर हुन्छन् र पनि अरूप्रति सहनशील हुन्छन्; तिनीहरू आफूले नगर्ने कुरा अरूलाई कहिल्यै गर्न लगाउँदैनन्। तिनीहरू अरूलाई धेरै स्वतन्त्रता दिन्छन्, र तिनीहरूलाई प्रशस्‍त न्यानोपन र स्वीकारको अनुभूति गराउँछन्। कस्तो राम्रो व्यक्ति!’ के त्यो साँचो हो? ‘आफूले नचाहेको कुरा अरूमाथि लाद्‌नु हुँदैन’ भन्‍ने भनाइको अर्थ हो, तैँले आफूलाई मन पर्ने र आनन्दित लाग्ने कुरा मात्रै अरूलाई दिनु वा प्रदान गर्नुपर्छ। तर भ्रष्ट मानिसहरूलाई के-कस्ता कुरा मन पर्छ र के कुराले आनन्दित तुल्याउँछ? भ्रष्ट कुराहरू, समझहीन कुराहरू, र अत्यधिक चाहनाहरू। यदि तँ मानिसहरूलाई यी नकारात्मक कुराहरू दिन्छस् र प्रदान गर्छस् भने, के सारा मानवजाति झन्-झन् भ्रष्ट हुँदै जाने छैन र? सकारात्मक कुराहरू झन्-झन् कम हुँदै जानेछन्। के यो तथ्य होइन र? यो तथ्य हो, मानवजाति गहन रूपमा भ्रष्ट तुल्याइएको छ। भ्रष्ट मानिसहरू ख्याति, प्राप्ति, हैसियत, र देहसुखहरू पछ्याउन मन पराउँछन्; तिनीहरू सेलिब्रेटी, महान् व्यक्तित्व र महामानव बन्‍न खोज्छन्। तिनीहरू सहजता रुचाउँछन् र कडा परिश्रमप्रति वितृष्ण हुन्छन्; तिनीहरू एक सिन्को नभाँची सबै कुरा अरूले गरिदिऊन् भन्ने चाहन्छन्। तिनीहरूमध्ये एकदमै थोरैले मात्र सत्यता वा सकारात्मक कुराहरूलाई प्रेम गर्छन्। यदि मानिसहरूले आफ्‍ना भ्रष्टता र अभिरुचिहरू अरूलाई दिए र प्रदान गरे भने, के हुनेछ? यो तिमीहरूले कल्‍पना गरेजस्तै हुनेछ: मानवजाति झन्-झन् भ्रष्ट मात्र हुँदै जानेछ। ‘आफूले नचाहेको कुरा अरूमाथि लाद्‌नु हुँदैन’ भन्‍ने विचारका समर्थकहरू मानिसहरूले अरूलाई आफ्‍नो भ्रष्टता, अभिरुचि, र लालची इच्‍छाहरू दिएर वा प्रदान गरेर दुष्टता, आनन्द, पैसा, र प्रगति खोज्न लगाउनुपर्छ भन्छन्। के यो जीवनको सही मार्ग हो? ‘आफूले नचाहेको कुरा अरूमाथि लाद्‌नु हुँदैन’ भन्‍ने भनाइ समस्याले भरिएको हुन्छ भनेर प्रस्टै देखिन्छ। यसका छिद्रा र खोटहरू घामजस्तै छर्लङ्ग छन्; यो त चिरफार गर्न र खुट्ट्याउन लायक पनि छैन। थोरै मात्र सोच्ने हो भने पनि, यसमा रहेका त्रुटि र हास्यास्पदपन स्पष्ट रूपमा देखिन्छन्। तर, तिमीहरूमध्ये धेरै जना यो भनाइद्वारा सजिलै विश्वस्त र प्रभावित हुन्छौ, अनि यसलाई नखुट्ट्याई स्वीकार गर्छौ। अरूसँग अन्तरक्रिया गर्दा, तँ आफूलाई चेतावनी दिन र अरूलाई अर्ती दिन अक्सर यो भनाइ प्रयोग गर्छस्। यसो गरेर, तँ तेरो निष्ठा अत्यन्तै आदर्शमयी छ, र तेरो आत्म-आचरण निकै तर्कसङ्गत छ भन्‍ने सोच्छस्। तर वास्तवमा, तैँले थाहै नपाई, यी शब्दहरूले आफूलाई आचरणमा ढाल्ने तेरो सिद्धान्त र तेरो अडानलाई प्रकाश गरेका छन्। यसका साथै, यी शब्दहरूले गर्दा अरू मानिसहरू तँद्वारा भ्रमित भएका छन् र गलत मार्गमा लागेका छन् अनि मानिस र कामकुराहरूलाई तेरो दृष्टिकोण र अडानबाट हेर्न थालेका छन्। तैँले अक्षरशः कुरा मिलाउने व्यक्तिको भूमिका खेलेको छस्। तँ आफूले गर्ने कुनै पनि कुरालाई गम्भीरतापूर्वक लिँदैनस्, र तँ आफू वा अरूलाई कठिनाइमा पार्दैनस्। तँ के विश्‍वास गर्छस् भने यदि तैँले अरू मानिसलाई कठिनाइमा पारिस् भने, तैँले आफैलाई कठिनाइमा पारिरहेको हुन्छस्, र अरूप्रति दयालु हुनु भनेको आफैप्रति दयालु हुनु हो, अनि यदि तँ अरू मानिसहरूप्रति कठोर हुन्छस् भने, तँ आफैप्रति कठोर भइरहेको हुन्छस्। तँ ठ्याक्कै ‘आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन’ भन्‍ने विचार र दृष्टिकोण अपनाइरहेको छस्, जुन तैँले आफूलाई दिन सक्ने सबैभन्दा ठूलो इनाम, र तैँले आफूलाई देखाउन सक्ने सबैभन्दा ठूलो उदारता हो। यो स्पष्ट रूपमा कुनै पनि कुरालाई सूक्ष्म रूपमा नहेर्ने मनोवृत्ति हो; तँसित कुनै पनि कुरामाथि सही अडान वा दृष्टिकोण छैन, तँ हरेक कुरालाई अन्योलपूर्ण र असूक्ष्म तरिकाले हेर्छस्, साथै कुराहरूमा आँखा चिम्लिने मात्रै गर्छस्। यदि तँ परमेश्‍वरमाथि विश्‍वास गर्दाको जीवनभर ‘आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन’ भन्‍ने विचार र दृष्टिकोण अपनाउँछस् भने, यसको परिणाम के हुनेछ? तैँले सत्यता अभ्यास गर्नेछैनस्, तैँले सत्यता सिद्धान्तहरूलाई कायम राख्नेछैनस्, र तँसँग सानोभन्दा सानो सत्यता वास्तविकता समेत हुनेछैन। त्यसो किन हुन्छ? किनभने तँ ‘आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन’ भन्‍ने भनाइबाट प्रभावित छस्, र यसले तँमा ठूलो हैरानी र समस्याहरू ल्याइसकेको छ, जसले गर्दा, धेरै मामलाका हकमा, तँसँग स्पष्ट दृष्टिकोण वा अडान हुन सक्दैन, र परमेश्‍वरले माग गर्नुभएका मानकहरू के हुन् वा तैँले के-कस्ता नतिजाहरू हासिल गर्नुपर्छ भन्‍ने कुरा ठ्याक्कै जान्न वा निर्धारण गर्न तेरा लागि असम्भव हुन्छ। यी परिणामहरू तैँले सत्यता नखोजेको र त्यसको सट्टा सबै कुरामा शैतानी दर्शनहरूका दृष्टिकोणहरू अपनाएको कारणले गर्दा निम्तिएका हुन्। के ‘आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन’ भन्‍ने कुरा मानिसहरूका बोली र कार्यहरूमा हुनुपर्ने सही मनोवृत्ति हो? अहँ, होइन। यो एउटा प्रतिपादित सिद्धान्त मात्रै हो जुन बाहिरी रूपमा सही, आदर्शमयी, र दयालु देखिन्छ, तर यो वास्तवमा सकारात्मक कुरा पटक्कै होइन। स्पष्ट रूपमा, यो मानिसहरूले पालना गर्नुपर्ने सत्यता सिद्धान्त त झनै होइन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (१०))। परमेश्‍वरका वचनले अरूसँग घुलमिल रहनेप्रतिको मेरो मनोवृत्तिलाई खुलासा गरिदिए। जब म कसैको कर्तव्य निर्वाह गर्ने शैलीमा समस्या देख्थेँ, त्यसलाई म स्पष्टसँग औँल्याउन चाहन्‍नथेँ। बाहिरबाट हेर्दा म दयालु रहेजस्ती, अरूलाई इज्‍जत ढाक्‍न दिने र अप्ठ्यारोमा नपार्नेजस्ती खिन्थेँ, तर यसमा पछाडि मेरो गुप्त मनसाय थियो। म आफै पनि आफ्नो कर्तव्यमा प्रायः झाराटारुवा भएकीले र ममा यस्तै कुराहरू रहेकाले, अरूका समस्या औँल्याएर पछि कतै आफैमा पनि त्यही समस्या देखियो भने के गर्ने भन्ने डर लाग्थ्यो। के त्यसले मलाई ढोँगी बनाउँदैनथ्यो र? मलाई लाग्थ्यो अरूप्रति कडा हुनु भनेको आफ्नै लागि उम्किने बाटो बन्द गर्नु हो, त्यसैले मैले अरूका समस्यालाई गम्भीर रूपमा लिन चाहिनँ, बरु त्यसलाई ढाकछेप गर्नतिर लागेँ। मलाई राम्ररी थाहा थियो, उनीहरू आफ्ना कर्तव्यमा सधैँ झाराटारुवा भइरहेमा उनीहरूले राम्रा नतिजाहरू नपाउने वा उनीहरूसँग कुनै असल कार्यहरू नहुने मात्र होइन, त्यसले मण्डलीको काममा पनि असर गर्नेछ र ठूलो अवरोध र बाधासमेत निम्त्याउनेछ। सुपरीवेक्षकका नाताले मैले जिम्मेवारी लिनुपर्ने थियो, अरूसँग सङ्गति गरी उनीहरूका समस्याहरू औँल्याउनुपर्ने थियो, अनि आवश्यक परेको बेला ती समस्याहरू खुलासा गर्ने, चिरफार गर्ने र उनीहरूलाई काटछाँट गर्नुपर्ने थियो। तर इज्‍जत ढाक्‍न र आफ्नो हैसियत जोगाउनका लागि मैले सत्यता अभ्यास गर्ने भएको अलिकति इच्छा पनि गुमाएँ। बाहिरबाट हेर्दा म साँच्‍चै विचारशीलजस्ती देखिन्थेँ, तर वास्तवमा म आफ्नै रक्षा गर्न र अरूलाई मेरा समस्याहरू औँल्याउनबाट रोक्‍न चाहन्थेँ। यदि परमेश्‍वरका वचनको यसलाई खुलासा नगरेका भए, मैले अरूका समस्याहरू नऔँल्याउनु वास्तवमा शैतानी दर्शनबाट प्रभावित र नियन्त्रित हुनुको उपज हो भन्ने कहिल्यै थाहा पाउने थिइनँ। मैले आफू कति छली रहेछु भन्‍ने कहिल्यै देख्ने थिइनँ।

पछि मैले परमेश्‍वरका वचनमा केही कुरा पढेँ: “शाब्दिक अर्थमा, ‘आफूले नचाहेको कुरा अरूमाथि लाद्‌नु हुँदैन’ भन्‍नुको अर्थ, यदि तँलाई कुनै कुरा मन पर्दैन, वा कुनै कुरा गर्न मन लाग्दैन भने, तैँले अरूलाई पनि त्यो कुरा जबरजस्ती गर्न लगाउनु हुँदैन भन्‍ने हो। यो बाठोपन र समझदारीजस्तो देखिन्छ, तर तैँले हरेक परिस्थिति सामना गर्न यो शैतानी दर्शन प्रयोग गरिस् भने, धेरै गल्ती गर्नेछस्। सायद तैँले मानिसहरूलाई चोट पुर्‍याउनेछस्, बहकाउनेछस्, वा हानिसमेत गर्नेछस्। जस्तै, कतिपय आमाबुबालाई पढ्न मन पर्दैन, तर आफ्‍ना छोराछोरीलाई पढ्न लगाउन मन पर्छ, र सधैँ तिनीहरूसँग तर्क गर्दै परिश्रम गरेर अध्ययन गर्न प्रेरित गर्छन्। यदि तैँले यहाँ ‘आफूले नचाहेको कुरा अरूमाथि लाद्‌नु हुँदैन’ भन्‍ने माग लागू गर्नुपर्ने हो भने, यी आमाबुबाले आफ्‍ना छोराछोरीलाई पढ्न लगाउनु हुँदैन, किनभने तिनीहरू आफैलाई पढ्न मन पर्दैन। कतिपय मानिसहरू परमेश्‍वरमा विश्‍वास त गर्छन्, तर सत्यताको पछि लाग्दैनन्; तैपनि तिनीहरूलाई हृदयमा परमेश्‍वरमा विश्‍वास गर्नु जीवनको सही मार्ग हो भन्‍ने थाहा छ। यदि तिनीहरूले आफ्‍ना छोराछोरी परमेश्‍वरमा विश्‍वास गर्दैनन् र सही मार्गमा छैनन् भनेर देखे भने, तिनीहरूले आफ्‍ना छोराछोरीलाई परमेश्‍वरमा विश्‍वास गर्न प्रेरित गर्छन्। तिनीहरू आफै सत्यताको पछि नलागे पनि, आफ्‍ना छोराछोरीलाई यसको पछि लगाएर आशिषित बनेको चाहन्छन्। यस परिस्थितिमा, यदि तिनीहरूले ‘आफूले नचाहेको कुरा अरूमाथि लाद्‌नु हुँदैन’ भन्‍ने भनाइ पालन गरे भने, यी आमाबुबाले आफ्‍ना छोराछोरीलाई परमेश्‍वरमा विश्‍वास गर्न लगाउनु हुँदैन। त्यो त यो शैतानी दर्शनअनुरूप हुनेथियो, र यसले तिनीहरूका छोराछोरीको मुक्ति पाउने मौका पनि नष्ट गर्नेथियो। यो परिणामको जिम्‍मेवार को हुन्छ? नैतिक आचरणसम्बन्धीको आफूले नचाहेको कुरा अरूमाथि लाद्‌नु हुँदैन भन्‍ने परम्परागत भनाइले के मानिसहरूलाई हानि गर्दैन र? … के यी उदाहरणहरूले यो भनाइलाई पूर्ण रूपमा खण्डन गरेका छैनन् र? यसमा केही पनि सही छैन। उदाहरणको लागि, कतिपय मानिसहरू सत्यतालाई प्रेम गर्दैनन्; तिनीहरू देहगत सहजताहरूको लालसा गर्छन्, र आफ्‍नो कर्तव्य पूरा गर्दा सुस्त हुने उपाय खोज्छन्। तिनीहरू कष्ट भोग्‍न वा मूल्य चुकाउन इच्‍छुक हुँदैनन्। तिनीहरू, ‘आफूले नचाहेको कुरा अरूमाथि लाद्‌नु हुँदैन’ भन्‍ने भनाइलाई राम्रो ठान्छन् र मानिसहरूलाई यसो भन्छन्, ‘तिमीहरू आफैमा रमाउन सिक्‍नुपर्छ। तिमीहरूले आफ्‍नो कर्तव्य उचित रूपमा पूरा गर्नु वा कठिनाइ भोग्‍नु वा मूल्य चुकाउनु पर्दैन। यदि सुस्त हुन सक्छौ भने, सुस्त बन; कुनै कुरामा झारा टार्न सक्छौ भने, झारा टार। आफ्‍नो लागि परिस्थिति कठिन नबनाऊ। हेर त, म यसरी नै जिउँछु—के यो रमाइलो छैन र? मेरो जीवन परिपूर्ण छ! त्यसरी जिएर तिमीहरूले आफूलाई थकित पारिरहेका छौ! तिमीहरूले मबाट सिक्‍नुपर्छ।’ के यसले ‘आफूले नचाहेको कुरा अरूमाथि लाद्‌नु हुँदैन’ भन्‍ने माग पूरा गर्छ? यदि तैँले यसरी व्यवहार गरिस् भने, के तँ विवेक र समझ भएको व्यक्ति होस्? (होइन।) यदि व्यक्तिले आफ्‍नो विवेक र समझ गुमायो भने, के उसमा सदगुणको कमी हुँदैन र? सदगुणको कमी हुनु भनेको यही हो। हामी किन यसो भन्छौँ? किनभने तिनीहरू सहजताको लालसा गर्छन्, आफ्‍नो कर्तव्यमा झारा टार्छन्, र अरूलाई पनि उक्साएर र प्रभावित पारेर आफूसँगै झाराटारुवा र सहजताको लालसा गर्ने बनाउँछन्। यसमा समस्या के छ? आफ्‍नो कर्तव्यमा झाराटारुवा र गैरजिम्‍मेवार बन्‍नु छल र परमेश्‍वरको विरोध गर्नु हो। यदि तँ झाराटारुवा भइरहिस् र पश्‍चात्ताप गरिनस् भने, तँलाई खुलासा गरेर हटाइनेछ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (१०))। “यदि मानिसहरूसँग सत्यतालाई प्रेम गर्ने हृदय छ भने, तिनीहरूसँग सत्यता पछ्याउने जोश-जाँगर हुनेछ, र तिनीहरू सत्यता अभ्यास गर्नमा कडा मेहनत गर्न सक्षम हुनेछन्। तिनीहरू त्याग्नुपर्ने कुरा त्याग्न, र छोड्नुपर्ने कुरा छोड्न सक्षम हुनेछन्। विशेष गरी तिनीहरू आफ्नै ख्याति, प्राप्ति, र हैसियतसँग सम्बन्धित कुराहरू आउँदा ती कुराहरू पनि त्याग्न सक्छन्। यदि तँ आफ्नो हित, ख्याति, प्राप्ति, र हैसियत त्याग्न सक्दैनस् भने, यसको अर्थ तँ सत्यतालाई प्रेम गर्दैनस् र तँसँग सत्यता पछ्याउने जोश-जाँगर छैन भन्ने हुन्छ। तैँले आफूमाथि परिस्थितिहरू आइपर्दा सत्यता खोज्नुपर्छ, र सत्यता अभ्यास गर्नुपर्छ। यदि तँमा आफूले सत्यता अभ्यास गर्नुपर्ने समयमा सधैँ स्वार्थी मनसायहरू हुन्छन् र तँ आफ्नो हित त्याग्न सक्दैनस् भने, तँ सत्यतालाई व्यवहारमा लागू गर्न असक्षम हुनेछस्। यदि तँ आफूमाथि जेसुकै आइपरे पनि न त सत्यता खोज्छस् न त त्यसलाई व्यवहारमा लागू गर्छस् भने, तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होइनस्। तैँले जतिसुकै वर्ष परमेश्‍वरमा विश्‍वास गरे पनि, तैँले सत्यता प्राप्त गर्नेछैनस्। कतिपय मानिस सधैँ ख्याति, प्राप्ति, र आफ्नो हित पछ्याइरहेका हुन्छन्। मण्डलीले तिनीहरूलाई गर्नका लागि जस्तोसुकै कामको प्रबन्ध गरे पनि, तिनीहरू सधैँ यस्तो विचार गर्छन्: ‘के यो काम गर्न मेरा लागि फाइदाजनक वा लाभदायी हुनेछ? यदि हुनेछ भने, म यो गर्नेछु; यदि हुनेछैन भने, म गर्नेछैनँ।’ यस्तो व्यक्तिले सत्यता अभ्यास गर्दैन—त्यसोभए के ऊ आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छ त? ऊ पक्कै पनि सक्दैन। तैँले बाहिरी रूपमा दुष्टता गरेको नदेखिए पनि, तँ अझै पनि सत्यता अभ्यास गर्ने व्यक्ति होइनस्। तँ सत्यता पछ्याउँदैनस्, तँ सकारात्मक कुराहरूलाई प्रेम गर्दैनस्, र तँमाथि जेसुकै आइपरे पनि, तँ आफ्नो प्रतिष्ठा र हैसियत, आफ्नो हित, र आफूले प्राप्त गर्ने फाइदाको मात्रै वास्ता गर्छस्—यसको अर्थ तँ अरू सबै कुराभन्दा माथि नाफा खोज्ने, साथै स्वार्थी र नीच व्यक्ति होस्। … परमेश्‍वरलाई वर्षौँसम्‍म विश्‍वास गरेर पनि यदि मानिसहरूले कहिल्यै पनि सत्यता अभ्यास गर्दैनन् भने, तिनीहरू अविश्‍वासीहरू हुन्; तिनीहरू दुष्ट मानिसहरू हुन्। यदि तैँले सत्यताको अभ्यास कहिल्यै गर्दैनस् र यदि तेरा अपराधहरू झन्झन् धेरै हुँदै गए भने, तेरो परिणाम निश्‍चित हुन्छ। यो स्पष्ट छ कि तेरा सबै अपराधहरू, तैँले हिँड्ने गलत मार्ग, र पश्‍चात्ताप गर्न तैँले गर्ने इन्कार—यी सबै कुरा जोडिएर दुष्ट कार्यहरूको थुप्रो बन्छ; त्यसैले तेरो परिणाम के हुन्छ भने, तँ नरक जानेछस्—तँलाई दण्डित गरिनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनले खुलासा गरेको कुराले मैले हृदयमा झस्का महसुस नगरी रहन सकिनँ। “आफूले नचाहेको कुरा अरूमाथि लाद्‌नु हुँदैन” भन्‍ने संसारसँग व्यवहार गर्ने दर्शनलाई आधार बनाएर अन्तरक्रिया गर्दा मलाई अरूप्रति समझदार र विचारशील बनेजस्तो त देखायो, तर वास्तवमा, मैले उनीहरूलाई हानि गरिरहेकी थिएँ। म परमेश्‍वरका वचनको अभ्यास वा उहाँका मागहरूको पालना गरिहेकी वा तिनमा प्रवेश गरिरहेकी थिइनँ। म अरूप्रति उनीहरूका समस्यामा सहयोगी भइरहेकी थिएँ, परमेश्‍वरको वचन अभ्यास गर्न र त्यसमा प्रवेश गर्न भनिरहेकी थिइनँ, मानौँ, उनीहरू मजस्तै प्रगति नखोज्ने, नकारात्मक र भ्रष्ट बनून् भन्ने मेरो चाहना थियो। त्यसरी काम गर्नु गैरजिम्मेवारीपन हो। यो मान्छे खुसी पारिहिँड्ने व्यक्ति बन्‍नु हो। यो विवेकहीन र सद्गुणको कमी हो। मैले त्यसरी नै व्यवहार गरिरहेकी थिएँ। मैले सत्यतालाई प्रेम गरिनँ, र विशेष गरी सुखसुविधामा लिप्त भएँ। म आफ्नो कर्तव्यलाई गम्भीरतापूर्वक लिन वा विस्तृत रूपमा काम गर्न चाहिनँ, जसले गर्दा मेरो कर्तव्यमा तमाम समस्या र विचलनहरू आए। म आफ्ना गल्ती र कमजोरीहरू खुलासा हुनदेखि डराउँथेँ, अनि मेरा अगुवा र मेरी सहकर्मी सिस्टर मसँग धेरै कडा नहोऊन् भन्‍ने आशा राख्थेँ। ममा जस्तै समस्या भएका मानिसहरूलाई देख्दा म उनीहरूलाई खुलासा गर्न पनि अनिच्छुक थिएँ, अनि मलाई के डर थियो भने, यदि मैले अरूलाई सिधै औँल्याएँ भने, मैले एउटा उदाहरण स्थापित गर्नुपर्नेछ र उनीहरूको निगरानी स्वीकार्नुपर्नेछ, जसले गर्दा मसँग आफ्नो देहको ख्याल गर्ने मौका कम हुनेथियो। त्यसैले म अरूको बचाउ गर्न र उनीहरूलाई मजस्तै बन्‍न दिन चाहन्थेँ, हामीले देखेका समस्याहरूको चर्चा नगर्ने र एकअर्कामाथि नजर नराख्ने। सत्यता प्राप्त हुनुअघि मानिसहरूमा जीवनमा आफ्ना भ्रष्ट स्वभावको पछि लाग्ने, आफ्ना कर्तव्यमा ढिलासुस्ती गर्ने र झाराटारुवा हुने प्रवृत्ति हुन्छ। पारस्परिक सुपरिवेक्षण र मार्गदर्शनको सबैभन्दा ठूलो खाँचो यतिबेलै हुन्छ। यो एउटा सकारात्मक कुरा हो, र यसले मण्डलीको कामलाई रक्षा गर्छ। सुपरिवेक्षकका रूपमा, मैले साँच्‍चै सत्यता अभ्यास गर्न अगुवाइ गर्नुपर्ने थियो, तर एउटा राम्रो उदाहरण बन्नु त कता हो कता, मैले सबैलाई मजस्तै झाराटारुवा हुन र प्रगतिका लागि कोसिस नगरी बस्‍न दिएँ। सारमा भन्‍नुपर्दा, म सत्यतादेखि वितृष्ण थिएँ, र यसलाई स्विकार्न अनिच्छुक थिएँ। मैले झाराटारुवा हुन र परमेश्‍वरलाई ठग्‍न अगुवाइ गरिरहेकी थिएँ। मैले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह नगरिरहेकी मात्र होइन, ब्रदर-सिस्टरहरूलाई हानिसमेत पुर्‍याइरहेकी थिएँ। मैले यसमा जति धेरै चिन्तन गरेँ, त्यति नै धेरै यो त सोचेभन्दा गम्भीर समस्या रहेछ भन्‍ने देखेँ। आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन, मैले मण्डलीको काम तथा ब्रदर-सिस्टरहरूको जीवन प्रवेशलाई बेवास्ता गरेँ। म कति स्वार्थी र नीच रहेछु! परमेश्‍वरले किन त्यस्ता मानिसलाई अविश्‍वासी भन्‍नुहुन्छ, र किन परमेश्‍वरको घरभित्र सुटुक्क छिर्ने दुष्ट मानिसहरू भन्नुहुन्छ भन्ने कुरा पनि मैले बुझ्न थालेँ। यसो भन्नुको कारण उनीहरूको हृदयमा उनीहरू आफू मात्रै हुन्छन्—उनीहरू मण्डलीको कामबारे सोच्दैनन्। परमेश्‍वरको चाहना भनेको हामी सबैले सत्यता अभ्यास गरौँ र सिद्धान्तअनुरूप बोली र व्यवहार गर्न सकौँ भन्‍ने हो। तर मैले सत्यतालाई प्रेम गरिनँ। मैले त हामी सबैले एकअर्काको बचाउ गरून् र कसैले पनि सत्यता अभ्यास नगरोस् भन्ने आशा गरेँ। परमेश्‍वरले चाहेभन्दा मैले उल्टो गरिरहेकी थिएँ—यो दुष्कर्म गर्नु थियो! म नियतवश मण्डलीको काममा अवरोध पुर्‍याउनु र बाधा दिनु मात्र परमेश्‍वरलाई घिन लाग्ने दुष्कर्म हो भन्ने सोच्ने गर्दथेँ, तर मैले तबमात्र बुझें कि हरेक मोडमा आफ्नो स्वार्थको रक्षा गर्नु, आफ्नो भ्रष्ट स्वभावका आधारमा बोली र व्यवहार अपनाउनु, र सत्यता अभ्यास नगर्नु पनि दुष्कर्म गर्नु हो। यो बुझेपछि मैले पश्‍चात्तापस्वरूप तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म एक सुपरिवेक्षक हुँ, तर मैले सत्यता अभ्यास गरिरहेकी छैन। आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन, मैले सबैले एकअर्काको बचाउ गरून् र झाराटारुवा बनून् भन्‍नेसमेत चाहेँ। मसँग विवेक वा समझ नै छैन, र म यो कर्तव्यको योग्य छुइनँ। हे परमेश्‍वर, म पश्‍चात्ताप गर्न र बदलिन चाहन्छु।” प्रार्थनापछि, मैले हालसालै अरूका कर्तव्यमा देखिएका सबै समस्याको सूची बनाएँ। यी सबै समस्याको विस्तृत विवरण हेर्दा म स्तब्ध भएँ। केही मानिस आफ्ना कर्तव्यमा गैरजिम्मेवार र झाराटारुवा बनेका थिए, जसले गर्दा केही काम फेरि दोहोराएर गर्नुपर्ने भएको थियो। एकपछि अर्को समस्या देख्दा म साँच्‍चै खिन्न भएँ। हरेकको कर्तव्यमा यति धेरै समस्या होलान् भनेर मैले कल्पनासम्म गरेकी थिइनँ। तर मैले अरू र आफूलाई छुट दिँदै कामकुराहरूलाई बेवास्ता गर्न सक्छु भन्‍ने सोचेकी थिएँ। परमेश्‍वरको अभिप्रायप्रति मेरो कुनै ध्यान थिएन। यदि त्यसरी नै चल्दै गएको भए, मेरा कारणले साँच्चै नै काममा ढिलाइ हुने थियो।

एक साँझ मैले परमेश्‍वरका वचनको एक खण्ड पढेँ, जसले मलाई आफ्नो व्यवहार बुझ्‍न सहयोग गर्‍यो। परमेश्‍वरका वचनहरूले भन्छन्: “ख्रीष्टविरोधीहरूले जे गरिरहेका भए पनि तिनीहरू सुरुमा आफ्‍नै हितहरूलाई विचार गर्छन् र यो सबै विचार गरेपछि मात्रै तिनीहरू काम गर्छन्; तिनीहरू सम्झौता नगरी साँचो रूपमा, इमानदारीपूर्वक र पूर्ण रूपले सत्यतामा समर्पित हुँदैनन्, तर छनौट गरेर अनि सर्तमा मात्रै सो गर्छन्। यो कस्तो सर्त हो? यो तिनीहरूको हैसियत र प्रतिष्ठालाई रक्षा गरिनैपर्छ, र कुनै घाटा हुनै हुँदैन भन्ने सर्त हो। यो सर्त पूरा भएपछि मात्रै तिनीहरू के गर्ने भनेर निर्णय र छनौट गर्छन्। अर्थात् सत्यता सिद्धान्तहरू, परमेश्‍वरका आज्ञाहरू र परमेश्‍वरको घरको कामलाई कसरी लिने वा आफूले सामना गर्ने कुराहरू कसरी सम्‍हाल्‍ने भन्ने कुरालाई ख्रीष्टविरोधीहरू गम्‍भीर रूपमा विचार गर्छन्। तिनीहरू परमेश्‍वरका अभिप्रायहरू कसरी पूरा गर्ने, परमेश्‍वरको घरका हितहरूलाई हानि गर्नबाट कसरी बच्‍ने, परमेश्‍वरलाई कसरी सन्तुष्ट तुल्याउने वा दाजुभाइ-दिदीबहिनीहरूलाई कसरी फाइदा पुऱ्याउने भन्नेबारे विचार गर्दैनन्; यी तिनीहरूले विचार गर्ने कुरा होइनन्। ख्रीष्टविरोधीहरू केलाई विचार गर्छन्? कतै आफ्नो हैसियत र प्रतिष्ठामा असर पो पुग्ने हो कि र प्रतिष्ठा पो घट्ने हो कि भनेर विचार गर्छन्। यदि सत्यता सिद्धान्तहरूअनुसार कुनै काम गर्दा मण्डलीको काममा र दाजुभाइ-दिदीबहिनीहरूलाई फाइदा पुग्छ, तर तिनीहरूको आफ्‍नै प्रतिष्ठामा धक्का पुग्छ र धेरै मानिसले तिनीहरूको साँचो कद अनि तिनीहरूमा कस्तो प्रकृति सार छ भन्‍ने कुरा थाहा पाउँछन् भने तिनीहरूले अवश्य नै सत्यता सिद्धान्तहरूअनुसार काम गर्नेछैनन्। यदि केही वास्तविक काम गर्दा अझ धेरै मानिसले तिनीहरूको इज्जत गर्छन्, आदर र प्रशंसा गर्छन्, तिनीहरूलाई झन् ठूलो प्रतिष्ठा हासिल गर्न दिन्छन् वा तिनीहरूको बोली अख्‍तियारपूर्ण बन्छ र अझै धेरै मानिसले तिनीहरूको कुरा मान्छन् भने तिनीहरू त्यो काम त्यसरी गर्ने निर्णय गर्छन्; नत्र तिनीहरूले परमेश्‍वरको घर वा दाजुभाइ-दिदीबहिनीहरूका हितका खातिर आफ्‍नै हितहरूलाई बेवास्ता गर्ने निर्णय कहिल्यै गर्नेछैनन्। ख्रीष्टविरोधीहरूको प्रकृति सार यही हो। के यो स्वार्थी र घृणास्पद कुरा होइन र? कुनै पनि परिस्थितिमा ख्रीष्टविरोधीहरू आफ्‍नो हैसियत र प्रतिष्ठालाई सबैभन्दा महत्त्वपूर्ण ठान्छन्। तिनीहरूसँग कसैले प्रतिस्पर्धा गर्न सक्दैन। जुनसुकै विधिको आवश्यकता परे पनि यदि त्यसले मानिसहरूको मन जित्छ र अरूलाई तिनीहरूको उपासना गर्न लगाउँछ भने ख्रीष्टविरोधीहरू त्यही विधि अपनाउँछन्। … समग्रमा भन्दा यो सब गर्ने तिनीहरूको उद्देश्य र मनसाय हैसियत र प्रतिष्ठा बाहेक अरू केही कुरामा केन्द्रित हुँदैन। चाहे यो तिनीहरूको बाहिरी भाषा, विधि, व्यवहार होस् वा चाहे तिनीहरूको कुनै प्रकारको विचार, दृष्टिकोण वा पछ्याइ विधि होस्, यी सबै कुरा प्रतिष्ठा र हैसियतमा केन्द्रित हुन्छन्। ख्रीष्टविरोधीहरूको काम गर्ने तरिका यही हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्‍वरका वचन ऐनाझैँ छर्लङ्ग छन्। ख्रीष्टविरोधीले जे जति गर्छन्, ती सबै आफ्नो प्रतिष्ठा र हैसियतको रक्षा गर्नका लागि गर्छन्। उनीहरूले मण्डलीको कामलाई कसरी रक्षा गर्ने भनेर वा आफ्ना ब्रदर-सिस्टरहरूलाई के कुराले फाइदा गर्छ भनेर कहिल्यै सोच्दैनन्। उनीहरू आफ्ना हितहरू जोखिममा पार्नुभन्दा बरु मण्डलीको काम प्रभावित भएको हेर्न रुचाउँछन्। उनीहरू प्रतिष्ठा र हैसियतलाई धेरै नै वास्ता गर्छन्। आत्मचिन्तनको क्रममा, मैले एउटा ख्रीष्टविरोधीले जस्तै व्यवहार गरेकी रहेछु भन्‍ने देखेँ। कुनै कुराको सामना गर्दा, म सधैँ आफ्ना हित, इज्‍जत र हैसियतलाई सबैभन्दा माथि राख्थेँ। जब मैले केही मानिस आफ्ना कर्तव्यमा निकै झाराटारुवा भइरहेको देख्थेँ, उनीहरूलाई आफ्ना समस्या देख्न र आफ्ना भ्रष्ट स्वभाव चिन्न सक्ने बनाउन मैले त्यो कुरा औँल्याउनुपर्छ, उनीहरूलाई काटछाँट गर्नुपर्छ, र उनीहरूसँग सङ्गति गर्नुपर्छ भन्ने कुरा मलाई थाहा हुन्थ्यो। तर म कसैलाई चोट पुर्‍याउन चाहन्‍नथेँ, र आफूलाई सुरक्षित राख्न चाहन्थेँ, त्यसैले मैले सत्यता अभ्यास गरिनँ। मैले आफ्नो मुखबाट सत्यतासँग मिल्ने एक शब्द पनि निकाल्न सकिनँ। बरु आफू उम्किने बाटो सुनिश्‍चित गर्न मैले दिमाग खियाएँ। म साँच्‍चै चिप्ले र छली, मध्य मार्ग अपनाउन चाहने अनि मान्छे खुसी पारिहिँड्ने व्यक्ति थिएँ। मैले केवल प्रसिद्धि र हैसियत पछ्याइरहेँ, आफ्ना हितहरूको रक्षा गरिरहेँ, र मण्डलीको कामको वास्ता नगरी अरूलाई उनीहरूकै भ्रष्ट स्वभावका आधारमा आफ्ना कर्तव्य निर्वाह गर्न दिइरहेँ। म ख्रीष्टविरोधीहरूको मार्गमा थिएँ। यदि म त्यसरी नै गइरहेकी भए, मलाई परमेश्‍वरद्वारा प्रकट गरिने र हटाइने पक्‍का थियो। यस्तो बुझाइले मलाई यो समस्या कति गम्भीर छ भन्‍ने देखायो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, प्रसिद्धि र हैसियत त्याग्‍न, मण्डलीको कामलाई कायम राख्न, अनि आफ्ना जिम्मेवारीहरू पूरा गर्न सकूँ भनेर उहाँसँग मार्गदर्शन मागेँ।

त्यसपछि मैले परमेश्‍वरका वचनको अर्को खण्ड पढेँ: “परमेश्‍वर मानिसहरूलाई आफूले नचाहेको कुरा अरूमाथि नलाद्नू भन्‍ने माग गर्नुहुन्न; बरु, उहाँ मानिसहरूलाई विभिन्न परिस्थितिहरूको सामना गर्दा तिनीहरूले पालन गर्नुपर्ने सिद्धान्तहरूमा स्पष्ट हुन भन्नुहुन्छ। यदि यो सही छ र परमेश्‍वरका वचनहरूमा भएको सत्यतासँग मिल्दो छ भने, तँ यसमै अडिनुपर्छ। अनि तँ यसमा अडिने मात्र नभई, तैँले अरूलाई चेतावनी दिनु, अर्ती दिनु, र सङ्गति गर्नु पनि जरुरी छ, ताकि परमेश्‍वरका अभिप्रायहरू के-के हुन्, र सत्यता सिद्धान्तहरू के-के हुन् भन्‍ने कुरा तिनीहरूले ठ्याक्कै बुझून्। यो तेरो जिम्मेवारी र दायित्व हो। परमेश्‍वर तँलाई शैतानी दर्शनहरू अपनाउन र मध्यमार्ग अपनाउन भनिरहनुभएको छैन, र उहाँ तँलाई तँ कति ठूलो हृदयको छस् भनेर देखाउन त झनै भनिरहनुभएको छैन। परमेश्‍वरका वचनहरूले मानिसहरूलाई जुन माग गरिएका मानकहरू र सत्यता सिद्धान्तहरूद्वारा सचेत गराउँछन्, तैँले तिनलाई पालना गर्नुपर्छ। तैँले तिनलाई सधैँभरि दृढतापूर्वक पालना गर्ने र आफै उदाहरण बनेर यी सत्यता सिद्धान्तहरू अभ्यास गर्न अगुवाइ गर्ने मात्र होइन, तैँले आफू जस्तै अरूलाई पनि ती पालना गर्न, मान्न, र अभ्यास गर्न अर्ती दिनु, सुपरिवेक्षण गर्नु, सहयोग गर्नु, र मार्गदर्शन गर्नु जरुरी छ। यो परमेश्‍वरले तँलाई गर्न माग गर्नुभएको कुरा हो, र यो तँप्रति उहाँको आज्ञा हो। परमेश्‍वर तँ सही अडानमा दृढ रहेस्, र तैँले परमेश्‍वरका वचनहरूका मापदण्डहरू र सत्यता सिद्धान्तहरूलाई दृढतापूर्वक पालना गरेस् भन्‍ने माग गर्नुहुन्छ। तैँले अहिले नै यो पूरा गर्न नसके पनि, तँ अनिच्छुक भए पनि, तँलाई यो मन नपरे पनि, तँमा धारणाहरू भए पनि, वा तँलाई यसतर्फ प्रतिरोधी महसुस भए पनि, तैँले यसलाई आफ्नो जिम्मेवारी, आफ्नो दायित्वको रूपमा लिनैपर्छ। मानिसहरूलाई सहयोग र मार्गदर्शन गर्न तैँले तिनीहरूसँग सत्यता सिद्धान्तहरू, र परमेश्‍वरबाट आउने सकारात्मक कुराहरूमाथि सङ्गति गर्नैपर्छ, ताकि तिनीहरूले यी कुराहरूबाट लाभ लिन र उन्नयन प्राप्त गर्न सकून्, र तिनीहरू जीवनको सही मार्गमा लाग्न सकून्। यो तेरो जिम्मेवारी हो। शैतानले तँमा हालिदिएको ‘आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन’ भन्‍ने भनाइमा तँ जिद्दीपूर्वक टाँसिनु हुँदैन। परमेश्‍वरको नजरमा, त्यो भनाइ संसारसँग व्यवहार गर्ने एउटा दर्शन मात्रै हो, यो शैतानको छलकपट बोकेको विचार र दृष्टिकोण हो, र यो सही मार्ग हुँदै होइन, न त यो सकारात्मक कुरा नै हो। परमेश्‍वर तँलाई आफूलाई सिधा, मर्यादित तरिकाले आचरणमा ढाल्न माग गर्नुहुन्छ, त्यसैले तैँले के गर्नुपर्छ र के गर्नु हुँदैन भन्‍ने कुरामा तँ स्पष्ट हुनुपर्छ। उहाँ तँलाई मान्छे खुसी पारिहिँड्ने व्यक्ति वा कुरा मिलाउने व्यक्ति बन्न भनिरहनुभएको छैन; उहाँ तँलाई मध्यमार्ग अपनाउन भनिरहनुभएको छैन। तैँले दृढतापूर्वक सत्यता सिद्धान्तहरू पालना गर्नुपर्छ र तँ सही अडानमा दृढ रहनुपर्छ। तैँले जे भन्नुपर्छ त्यो बिलकुल भन्नैपर्छ, र तैँले जे बुझ्नुपर्छ त्यो बुझ्नैपर्छ। नबुझ्नेहरूलाई पनि तैँले सहयोग गर्नैपर्छ; तैँले तिनीहरूलाई धेरै मार्गदर्शन र सहयोग दिनुपर्छ। तैँले तेरा जिम्मेवारी र दायित्वहरू बिलकुल पूरा गर्नुपर्छ। तैँले हात बाँधेर हेरिबस्‍नु पटक्कै हुँदैन, ‘आफूले नचाहेको कुरा अरूमाथि लाद्‌नु हुँदैन’ भन्‍नेजस्ता शैतानले तेरो दिमागमा हालिदिएका दर्शनहरूमा त तँ झनै टाँसिनु हुँदैन। … नैतिक आचरणसम्बन्धी ‘आफूले नचाहेको कुरा अरूमाथि लाद्‌नु हुँदैन’ भन्‍ने भनाइ वास्तवमै र साँच्चै नै मानिसहरूको सोचलाई नियन्त्रण गर्ने शैतानको धूर्त चाल हो। यदि तँ सधैँ यसलाई पालना गर्छस् भने, तँ शैतानका दर्शनहरूअनुसार जिउने व्यक्ति होस्; पूर्णतया शैतानी स्वभावहरूभित्र जिउने व्यक्ति होस्। यदि तँ परमेश्‍वरको मार्ग पछ्याउँदैनस् भने, तैँले सत्यतालाई प्रेम गर्दैनस् र पछ्याउँदैनस्। जेसुकै भए पनि, तैँले पछ्याउनुपर्ने सिद्धान्त र तैँले गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको मानिसहरूलाई सकेजति सहयोग गर्नु हो। तैँले शैतानले भन्‍ने कुरा अभ्यास गर्नु हुँदैन, जुनचाहिँ ‘आफूले नचाहेको कुरा अरूमाथि लाद्‌नु हुँदैन’ र मानिसहरूलाई खुसी पार्ने ‘बाठो’ व्यक्ति बन्नुपर्छ भन्‍ने हो। मानिसहरूलाई आफूले सकेजति सहयोग गर्नु भनेको के हो? यसको अर्थ आफ्ना जिम्‍मेवारी र दायित्व पूरा गर्नु हो। तैँले कुनै कुरा तेरो जिम्‍मेवारी र दायित्वको भाग हो भन्‍ने थाहा पाउनेबित्तिकै, परमेश्‍वरका वचनहरू र सत्यतामा सङ्गति गर्नुपर्छ। आफ्ना जिम्‍मेवारी र कर्तव्य पूरा गर्नु भनेको यही हो(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (१०))। परमेश्‍वरका वचनबाट मैले के देखेँ भने “आफूले नचाहेको कुरा अरूमाथि लाद्‌नु हुँदैन” भन्‍ने कुरा त एउटा रणनीति रहेछ, मानिसहरूलाई भ्रष्ट बनाउन र उनीहरूको सोच नियन्त्रण गर्न शैतानले प्रयोग गर्ने एउटा चाल रहेछ। जब मानिसहरू शैतानी दर्शनहरूअनुसार जिउँछन्, तब उनीहरूका अन्तरक्रियाहरूमा सत्यता अभ्यास गर्ने माहोल रहँदैन, र उनीहरू एकअर्काप्रति सहिष्णु बन्छन् र एकअर्काको बचाउ गर्छन्। यदि सबैजना आफ्नै भ्रष्ट स्वभावअनुसार जिउँछन् भने, शैतानले नियन्त्रण पाउँछ र दुष्टता हावी हुन्छ। अन्ततः पवित्र आत्माले उनीहरूलाई त्याग्नुहुन्छ। मैले अहिल्यै परमेश्‍वरका वचन र उहाँका मागहरू पूर्ण रूपमा पालन गर्न वा व्यवहारमा लागू गर्न नसकेकी भए पनि, मैले आफ्ना जिम्मेवारीहरू पूरा गर्नुपर्थ्यो र आफ्नो अन्तर्दृष्टि तथा परमेश्‍वरका वचनसम्बन्धी बुझाइबारे अरूसँग सङ्गति गर्नुपर्थ्यो। मैले मानिसहरूलाई उनीहरूका कर्तव्यमा सत्यताका सिद्धान्तहरूविपरीत गइरहेको देखेमा, अरूप्रति लचिलो र आफूप्रति नरम बन्नु साटो, म सिद्धान्तमा अडिग रहनुपर्थ्यो र उनीहरूसँग सङ्गति गर्दै उनीहरूका समस्याहरू औँल्याएर सहयोग गर्नुपर्थ्यो। अनि मात्रै मैले मण्डलीको कामलाई कायम राखेकी र मेरो जिम्मेवारी पूरा गरेकी हुनेथिएँ। मैले सत्यतालाई व्यवहारमा लागू गर्न उदाहरण बनेर अगुवाइ पनि गर्नुपर्थ्यो। मेरो कर्तव्यमा समस्याहरू थिए भन्‍ने कुरा साँचो थियो, तर म आफैलाई छुट दिन, नाटक गर्न वा यथार्थबाट भाग्‍न मिल्दैनथ्यो। यस्तो गरेको भए, मैले कहिल्यै कुनै प्रगति गर्ने थिइनँ। मैले सक्रिय रूपमा आफ्ना समस्याहरूलाई आत्मसात गर्नुपर्थ्यो, अरूको निगरानी स्विकार्नुपर्थ्यो, र आफ्नो कर्तव्यलाई गम्भीरताका साथ लिनुपर्थ्यो। मलाई के पनि महसुस भयो भने अरूको आलोचना गर्नका लागि आफू गल्ती र समस्याहरूबाट मुक्त हुनुपर्छ भन्‍ने विचार सत्यतासँग पटक्कै मेल खाँदैन। म पनि गम्भीर शैतानी स्वभाव भएकी एउटी भ्रष्ट मानव हुँ। म प्रायः आफ्नो कर्तव्यमा सत्यताका सिद्धान्तहरूविपरीत जान्छु, र मैले परमेश्‍वरको न्याय, सजाय र काटछाँटबाट गुज्रन आवश्यक छ। मलाई ब्रदर-सिस्टरहरूको निगरानी पनि आवश्यक छ। मैले आफूलाई सही रूपमा हेर्नुपर्छ ताकि यदि थप समस्याहरू देखा परे भने, मैले तिनको सामना गर्नुपर्नेछ, तिनबाट भाग्‍ने वा आफूलाई लुकाउने काम गर्नुहुँदैन। यो कुरा महसुस हुनु मेरा लागि अन्तर्दृष्टिपूर्ण थियो, र मैले अभ्यास गर्ने मार्ग भेट्टाएँ।

एउटा भेलामा, सबैभन्दा पहिले मैले भर्खरै मेरो कर्तव्यमा देखिएका समस्याहरूबारे कुरा गरेँ, मेरो झाराटारुवापनको प्रकृतिको खुलासा र चिरफार गरेँ, र सबैलाई मलाई सुपरिवेक्षण गर्न अनुरोध गरेँ। मैले उनीहरूलाई यसलाई एउटा सिकाइका रूपमा लिन पनि आग्रह गरेँ। अन्त्यमा, मैले एकदमै झाराटारुवा रहँदै आएका दुई जना ब्रदर-सिस्टरको नामै तोकेर त्यो समस्या औँल्याएँ, र बदलिन नसक्दा निम्तने परिणामहरूबारे सङ्गति गरेँ। त्यसो गरेपछि मलाई निकै चैन महसुस भयो। मेरा लागि त्यो क्षण निकै हृदयस्पर्शी थियो जब मैले काटछाँट गरेका एक जना ब्रदरले त्यसरी नामै तोकेर औँल्याएका कारण आफ्नो समस्या स्विकारे, उनले मलाई एउटा सन्देश पठाउँदै यसो भने: “यदि मलाई त्यसरी खुलासा र काटछाँट नगरिएको भए, म मेरो समस्याबारे पूर्णतः अन्जान रहने थिएँ। मलाई यसरी सहयोग गर्नुभएकोमा धन्यवाद। अब म साँच्‍चै चिन्तन गर्न र सत्यतामा प्रवेश गर्न चाहन्छु।” यो सन्देशले मलाई निकै भावुक बनायो। म पहिले काटछाँट र खुलासा गरिन मन पराउँदिनथिएँ, त्यसकारण अरूलाई त्यस्तो गर्न झनै चाहन्नथेँ, तर वास्तवमा त्यसो नगर्नु उनीहरूको भलो गर्नु रहेनछ। आफ्नै प्रतिष्ठा र हैसियत जोगाउन, सधैँ सबैका कर्तव्यका समस्याहरूलाई छुट दिएको र सहेको, र आफ्नो कर्तव्य वा जिम्मेवारीहरू पूरा नगरेकामा मैले गहिरो पछुतो गरेँ। म साँच्चै परमेश्‍वर, र ब्रदर-सिस्टरहरूप्रति ऋणी थिएँ। मलाई के महसुस भयो भने परमेश्‍वरका वचनहरू मात्रै त्यस्ता सिद्धान्त हुन् जसको आधारमा हामीले आफूलाई व्यवहारमा ढाल्नुपर्छ र आचरण गर्नुपर्छ। कुरा नचपाइकन अरूका समस्याहरू औँल्याउन सक्नु उनीहरूका लागि उपयोगी हुन्छ—र यसले हामीलाई पनि लाभ मिल्छ। तर “आफूले नचाहेको कुरा अरूमाथि लाद्‌नु हुँदैन” भन्‍ने कुरा वास्तवमा एउटा शैतानी भ्रम हो जसले मानिसहरू र हामी आफैलाई हानि पुर्‍याउँछ। मेरो कर्तव्यमा समस्याहरू आउँदा सधैँ काटछाँटमा परिने हो कि भनेर डराउनु, र अरूलाई उनीहरूका समस्याहरूका लागि खुलासा गर्न र काटछाँट गर्न अनिच्छुक हुनुको अर्थ मैले काटछाँट गरिनुको महत्त्व बुझेकी रहेनछु भन्‍ने पनि मैले देखेँ। परमेश्‍वरका वचनहरूले भन्छन्: “मानिसहरूको सुपरिवेक्षण गर्नु, तिनीहरूलाई नियाल्नु, तिनीहरूलाई बुझ्ने प्रयास गर्नु—यो सबै तिनीहरूलाई परमेश्‍वरमाथिका विश्‍वासमा सही मार्गमा प्रवेश गर्न सहयोग गर्न, परमेश्‍वरले अह्राउनुभएअनुसार र सिद्धान्तअनुरूप आफ्‍नो कर्तव्य पूरा गर्न सक्षम तुल्याउन, तिनीहरूलाई कुनै पनि बाधा वा अवरोध सिर्जना गर्न नदिन, र तिनीहरूलाई व्यर्थको काम गर्न रोक्नका लागि हो। यसो गर्नुको उद्देश्य पूर्णतया तिनीहरूप्रति र परमेश्‍वरको घरको कामप्रतिको जिम्‍मेवारी देखाउनु हो; यसमा कुनै दुर्भाव लुकेको हुँदैन(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (७))। यो साँचो हो। हामी सबैमा भ्रष्ट स्वभाव छ र हामी सबै आफ्नो कर्तव्यमा झाराटारुवा र चिप्ले बन्न सक्छौँ। यदि हाम्रो कामको सुपरिवेक्षण र निरीक्षण गर्ने, वा सङ्गति र सल्लाह दिने अनि हाम्रा समस्याहरूका लागि हामीलाई काटछाँट गर्ने कोही भएन भने, हामीले पक्कै पनि राम्रो काम गर्न सक्दैनौँ। हामी केवल आफ्नो देहका बारेमा विचार गर्नेछौँ र सुखसुविधामा लिप्त हुनेछौँ, वा मण्डलीको काममा अवरोध पुर्‍याउने गरी मनमानी ढङ्गले काम गर्नेछौँ। त्यसैले, जब अगुवाहरूले कामको सुपरिवेक्षण गर्छन् वा हामीलाई काटछाँट गर्छन्, त्यो उनीहरू आफ्नो कर्तव्यमा जिम्मेवार भइरहेको हुनु हो र त्यो मण्डलीको कामलाई कायम राख्नका लागि गरिनु हो। यो हाम्रो जीवन प्रवेशका लागि पनि राम्रो हुन्छ, हामीलाई अप्ठ्यारोमा पार्न गरिएको होइन। तर म एउटी सुपरिवेक्षक भएर पनि “आफूले नचाहेको कुरा अरूमाथि लाद्‌नु हुँदैन” भन्‍ने शैतानी दर्शनलाई पछ्याइरहेकी थिएँ। मैले अरूका कर्तव्यमा समस्याहरू देखेँ तर पनि सबैप्रति असल भएर बसेँ। मैले कसैसँग सङ्गति गरिनँ, कसैलाई सहयोग वा काटछाँट गरिनँ, बरु उनीहरूलाई छुट दिएँ र जोगाएँ। यो गैरजिम्मेवारीपन थियो, र अरू तथा मण्डलीका लागि हानिकारक थियो भनेर भन्‍नु नपर्ला। यो अनुभवले मेरो यो भ्रामक विचारलाई बदलिदियो र मलाई सुपरिवेक्षण, आलोचना, काटछाँट र खुलासाको महत्त्व बुझायो।

यो अनुभव मेरा लागि साँच्‍चै हृदयस्पर्शी थियो। मैले के देखेँ भने जब हामी शैतानी दर्शनहरूअनुसार जिउँछौँ, तब हाम्रा सबै विचार विकृत हुन्छन्। हामी सकारात्मक कुराहरू र नकारात्मक कुराहरूबीच भिन्नता छुट्याउन सक्दैनौँ, र कुन कुरा सत्यताका सिद्धान्तहरू तथा परमेश्‍वरका मागहरूअनुरूप छ भन्‍ने हामीलाई थाहा हुँदैन। शैतानी दर्शनहरूको पछि लाग्नु र मण्डलीको काममा अवरोध गर्ने र बाधा दिने कामहरू गर्नु सजिलो हुन्छ। परमेश्‍वरका वचनअनुसार मानिस र कामकुराहरूलाई हेर्नु, र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्नु र आचरण गर्नु मात्र उहाँको अभिप्रायअनुरूप हुन्छ। मैले सत्यता अभ्यास गर्दाको मिठास पनि चाख्न पाएँ, र भविष्यमा परमेश्‍वरले जे माग गर्नुहुन्छ, त्यसमा ध्यान केन्द्रित गर्ने आत्मविश्‍वास प्राप्त गरेँ। परमेश्‍वरलाई धन्यवाद!

सम्बन्धित विषयवस्तु

के “आफूप्रति कठोर र अरूप्रति सहनशील हुनु” साँच्चिकै एउटा सद्गुण हो?

पहिले, म सधैँ सोच्थेँ, म अरूप्रति सहनशील र उदार हुनुपर्छ, अरूको भावनाको ख्याल गर्ने र कठिनाइ बुझ्ने हुनुपर्छ। म अरूलाई असहज बनाउनुको साटो...

विभिन्न कर्तव्यहरूबीच हैसियतको कुनै भिन्नता हुँदैन

लिन सेन, चीनहुर्किँदै गर्दा, हाम्रो परिवारमा पुरुषहरू नै सधैँ घरमूली हुन्थे, अनि सबै कुरामा मेरो बुबाले भनेकै चल्थ्यो। उहाँले कहिल्यै घरको...

के अरूले जिम्मा दिएको कुरामा निष्ठावान् रहनु सही तरिका हो?

यिन आन, चीनमेरो हजुरबुबा हाम्रो गाउँमा निकै प्रतिष्ठित व्यक्ति हुनुहुन्थ्यो र उहाँ सधैँ अरूलाई खुसीसाथ मद्दत गर्नुहुन्थ्यो। म सानो छँदा,...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्