झूटो अगुवालाई समयममै बर्खास्त नगरेकोप्रति चिन्तनमनन

25 अप्रिल 2023

२०२१ को अगष्टमा, मलाई मलजल डिकनको रूपमा छनौट गरियो। त्यो बेला, म नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने र सुसमाचार प्रचार गर्ने दुवै काम गर्थेँ। सुसमाचारसम्बन्धी अनुभव नभएर, मैले सुसमाचारको काममा राम्रो परिणाम हासिल गरिरहेकी थिइनँ। एक दिन, अगुवाले सिस्टर जेनिनलाई सुसमाचारको काम फलोअप गर्न मेरो सहकर्मी बनाए। सुसमाचारको काममा सबैले सामना गरिरहेका समस्याहरू सिस्टर जेनिनले तुरुन्तै बुझिन्, ब्रदर-सिस्टरहरूलाई सङ्गति र पुनरावलोकनको लागि भेला गरिन्, त्यसपछि केही सफल अनुभव र शैलीहरू सुनाइन्। क्रमिक रूपमा, तिनीहरू सुसमाचारको काममा अझै उत्साहित भए र कामका केही सिद्धान्तहरूमा पोख्त बने। केहीपछि नै, हाम्रो गाउँका २० जना मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकारे, र अरू ठाउँमा पनि धेरैभन्दा धेरै मानिसहरूले स्विकारिरहेका थिए। चाँडै नै, हामीले नयाँ मण्डली स्थापना गर्‍यौँ। मैले सोचेँ, जेनिनले विश्‍वास गरेको धेरै भयो, उनको क्षमता राम्रो छ, र उनी काम गर्न सिपालु छिन्। उनी आएपछि, सुसमाचारको काममा निकै प्रगति भएको छ। म उनलाई निकै आदर गर्थेँ। मलाई उनी काम गर्न सक्‍ने र सत्यता खोजी गर्ने व्यक्ति हुन् जस्तो लाग्थ्यो। ममा उनको राम्रो छाप परेको थियो। उनले अरूसामु मलाई जिम्‍मेवार र बोझ लिने व्यक्ति भन्थिन्, र मेरो क्षमता कति राम्रो छ र म कति सक्षम छु भनेर कुरा गर्थिन्। उनले त्यसो भनेको सुन्दा म छक्‍कै पर्थेँ। उनले मलाई निकै आदर गर्ने गरेकी रहेछिन्, र मैले उनको हृदयमा ठाउँ लिएकी रहेछु। मलाई साह्रै खुशी लाग्यो। पछि, म अगुवाको रूपमा छनौट भएँ, र अझै पनि जेनिनसँग आफ्‍नो कर्तव्यको साझेदारी गर्थेँ।

२०२२ को जुनमा, म प्रचारक भएँ, जेनिन अगुवाको रूपमा छनौट भइन्, र मैले उनको कामको जिम्‍मा लिएँ। तर जेनिनको सुसमाचारको काममा त्यति सुधार आएको थिएन र किन हो मलाई थाहा थिएन। उनले नयाँ विश्‍वासीहरूलाई मलजल गर्न ध्यान दिइरहेकी थिइनन्, सुसमाचार प्रचारकहरूसँग भेला हुँदिनथिन्, र अरूको स्थिति वा कठिनाइहरूबारे सङ्गति गर्ने वा हल निकाल्‍ने गर्दिनथिन्। यी समस्याहरू देख्दा मलाई साह्रै चिन्ता लाग्यो र उनको कामको जानकारी लिन उनलाई एउटा मेसेज पठाएँ, तर उनले पढे पनि, जबाफ दिइनन्, मैले सोचेँ: “तिमी अगुवा हौ, तब कसरी मण्डलीको काममा यति गैरजिम्‍मेवार भइरहेकी छ्यौ?” मलाई रिस उठ्यो। उनका समस्या साँच्चै खुलाउन, अनि गैरजिम्मेवार भएको र आफ्नो कर्तव्यमा बोझ नलिएको कारण उनलाई निराकरण गर्न चाहन्थेँ, तर मलाई हामीले विगतमा कति मिलेर काम गरेका थियौँ भन्‍ने याद आयो। उनमा मेरो राम्रो छाप थियो, र उनले मलाई असल अगुवा भन्थिन्, अब त्यो के होला? मैले उनलाई निराकरण गरेँ भने, उनमा परेको मेरो राम्रो छाप हराउने त होइन? हाम्रो सम्‍बन्ध रक्षा गर्नको लागि चुप लाग्‍नु नै बेसजस्तो लाग्यो। यो सोचेपछि, मैले केही नबोल्‍ने निर्णय गरेँ। मैले पढ्नको लागि उनलाई अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू मात्रै पठाएँ र उनलाई बोझको अनुभूति गराउन उनका जिम्‍मेवारी र उनले गर्नुपर्ने कामको क्षेत्रबारे जानकारी दिएँ। मैले उनको लागि कुरा स्पष्ट पारिदिएकी छु, यसपछि के गर्ने हो उनलाई थाहा हुनुपर्छ, र उनको सुसमाचारको काम बिस्तारै लयमा आउनेछ भन्‍ने सोचेँ। तैपनि केही समय पछि, उनी अझै पनि बोझ रहित थिइन् र उनको कामले परिणाम दिएन। यो सुन्दा साँच्‍चै रिस उठ्यो। पहिले उनी यस्तो थिइनन्, तर किन अहिले यस्तो भइन्? म साँच्‍चै उनलाई काटछाँट र निराकरण गर्न, तर त्यसपछि सोचेँ: “उनले प्राय म मण्डलीको कामको लागि कति बोझ लिन्छु र म कति धैर्य र दयालु छु भन्‍नेबारेमा कुरा गरेकी छिन्। यदि मैले उनको समस्या खुलासा गरेँ भने, उनमा परेको मेरो राम्रो छाप मेटिनेछ।” यो सोचेपछि, मैले उनलाई सान्त्वनाका शब्‍दहरू मात्र भनेँ र उनलाई भेलाको लागि थप समय निकाल्‍न र मण्डलीको काम फलोअप गर्न प्रोत्साहन दिएँ। यो सुनेपछि, जेनिनले कर्तव्यप्रतिको आफ्नो मनोवृत्ति सुधार्न जरुरी रहेको स्विकार्दै, भविष्यमा यसबारे राम्रो गर्न चाहेको कुरा गरिन्। मलाई साह्रै खुशी लाग्यो, र सोचेँ: “यसपटक जेनिनले अवश्य नै राम्ररी कर्तव्य निभाउनेछिन्। उनले सुसमाचार प्रचारकहरूलाई अगुवाइ गरेपछि, तिनीहरूको नतिजा पक्‍कै राम्रो हुनेछ।” केही समयपछि नै, मेरी साझेदार सिस्टरले मलाई भनिन्: “अगुवाको रूपमा, जेनिनले कामको फलोअप वा मानिसहरूको वृद्धिविकास गर्दिनन्। उनी नाममात्रको अगुवा हुन् र कहिल्यै वास्तविक काम गर्दिनन्। उनी झूटो अगुवा हुन्। म उनलाई बर्खास्त गरेर अर्को अगुवा छनौट गर्ने सुझाव दिन्छु। यसरी, मण्डलीको कामले गति लिन सक्छ।” अर्की सिस्टरले यो कुरा औल्याउँदै भनिन्, जेनिनले वास्तविक काम नगरेकीले मण्डलीको काममा ढिलाइ भइसकेको छ, र उनलाई तुरुन्तै बर्खास्त गरिनुपर्छ। तर मलाई अझै पनि जेनिन सक्षम छिन् र उनको क्षमता राम्रो छ, उनले आफ्‍नो स्थिति सुधारिन् भने, सुसमाचारको काम राम्रो हुनेछ भन्‍ने लाग्यो। त्यसैले मैले उनको बर्खास्तीलाई थाती राखेँ। पछि, जेनिनको कार्यप्रदर्शन निरन्तर घटिरह्‍यो र उनी पहिलेजस्तै मीठो कुरा गर्छिन्, तर काम गर्दिनन् भनेर अरूले रिपोर्ट गरिरहे। ब्रदर-सिस्टरहरूको प्रतिक्रियाले मलाई साह्रै दुःखित तुल्यायो र मैले उनको वास्तविकता स्पष्ट देख्‍न सकिनछु भन्‍ने लाग्यो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, र मलाई असल-खराब छुट्याउन सिक्‍न डोर्‍याइ मागेँ।

पछि, मैले परमेश्‍वरको यो वचन पढेँ: “कुनै व्यक्तिले कुनै अगुवाले आफ्नो उत्तरदायित्व पूरा गरिरहेको छ कि छैन, वा तिनीहरू झूटा अगुवा हुन् कि होइनन् भनी कसरी मूल्याङ्कन गर्न सक्छ? सबैभन्दा आधारभूत रूपमा, उसले तिनीहरू वास्तविक काम गर्न सक्छन् कि सक्दैनन्, तिनीहरूमा व्यावहारिक काम गर्ने गुण छ कि छैन हेर्नुपर्छ। त्यसपछि, उसले तिनीहरूले साँच्‍चि नै वास्तविक काम गर्छन् कि गर्दैनन् हेर्नुपर्छ। तिनीहरूले के भन्छन् र सत्यतासम्‍बन्धी तिनीहरूको बुझाइ कस्तो छ त्यसलाई बेवास्ता गर्; तिनीहरूले गर्ने सतही काम हेरेर तिनीहरूमा क्षमता, प्रतिभा वा वरदान छ कि छैन, वा तिनीहरूले यो काम राम्ररी गर्छन् कि गर्दैनन् भन्‍ने कुरामा ध्यान नदे—यी कुराहरू महत्त्वपूर्ण छैनन्। तिनीहरूले मण्डलीको सबैभन्दा आधारभूत काम राम्ररी गर्न सक्छन् कि सक्दैनन्, सत्यता प्रयोग गरी समस्याहरू समाधान गर्न सक्छन् कि सक्दैनन्, र मानिसहरूलाई सत्यताको वास्तविकतामा डोर्‍याउन सक्छन् कि सक्दैनन् भन्‍ने कुराचाहिँ महत्त्वपूर्ण छ। सबैभन्दा आधारभूत र अत्यावश्यक कुरा यही हो। यदि तिनीहरू यस्तो वास्तविक काम गर्न नसक्‍ने छन् भने, तिनीहरूको क्षमता जति नै राम्रो भए पनि, तिनीहरूमा जति नै प्रतिभा भए पनि, वा तिनीहरूले जति धेरै कठिनाइ भोग्‍न र मूल्य चुकाउन सके पनि, तिनीहरू झूटा अगुवाहरू नै हुन्। कतिपय मानिसहरू भन्छन्, ‘तिनीहरूले कुनै वास्तविक काम गर्दैनन् भन्‍ने कुरा अहिले बिर्सिदिऊँ। तिनीहरूको क्षमता राम्रो छ र तिनीहरू सक्षम छन्। तिनीहरूलाई केही समय तालिम दिऊँ अनि तिनीहरूले अवश्यै वास्तविक काम गर्नेछन्। यसको साथै, तिनीहरूले कुनै खराबी वा दुष्कर्म गरेका, वा कुनै बाधा वा व्यवधान ल्याएका छैनन्—तपाईंले कसरी तिनीहरू झूटा अगुवा हुन् भनी भन्‍न सक्‍नुहुन्छ?’ यसलाई हामीले कसरी व्याख्या गर्ने? तँ जति प्रतिभावान् भए पनि, तँमा जति क्षमता भए पनि, वा तँ जति शिक्षित भए पनि त्यसको अर्थ छैन, तैँले वास्तविक काम गर्छस् कि गर्दैनस्, र अगुवा र सेवकको उत्तरदायित्व पूरा गर्छस् कि गर्दैनस् त्यसले मात्र अर्थ राख्छ। अगुवाको रूपमा काम गर्दा, के तँ आफ्नो उत्तरदायित्वको दायराभित्रका हरेक विशिष्ट परियोजनामा सहभागी भइस्? काममा पैदा भएका कति वटा समस्याहरू तैँले प्रभावकारी रूपमा समाधान गरिस्? कति मानिसहरूले तेरो काम, तेरो नेतृत्व र तेरो मार्गनिर्देशनको कारण सत्यता सिद्धान्तहरूको बुझाइ हासिल गरे? मण्डलीका कति काम प्रगति भए र अघि बढे? यी नतिजाहरूले मात्र अर्थ राख्छन्। तँ कति नारा फलाक्‍न सक्छस्, धर्मसिद्धान्तका कति शब्द र वाक्यहरूमा पोख्त छस्, हरेक दिन कति घण्टा काम गर्दै बिताउँछस्, र कति थाकेको छस्, यी कुराको कुनै अर्थ छैन। तैँले कति टाढासम्म यात्रा गरेको छस्, कति मण्डलीहरू भ्रमण गरेको छस्, कति धेरै जोखिमहरू मोलेको छस्, र कति कष्ट भोगेको छस्, त्यसको केही अर्थ छैन—यी कुनै कुराको पनि महत्त्व हुँदैन। तेरो जिम्‍मेवारीको दायराभित्रको काम कति प्रभावकारी भयो, यसले कुनै परिणाम हासिल गर्‍यो कि गरेन, तैँले परमेश्‍वरको घरका कति वटा बन्दोबस्त र उद्देश्यहरू कार्यान्वयन गरेर पूरा गरिस्, तिनलाई कति राम्ररी कार्यान्वयन गरिस्, र पछि ती कामका विषयमा कति राम्ररी फलोअप गरिस् भन्‍नेचाहिँ महत्त्वपूर्ण हुन्छ। अनि, तैँले कामसँग सम्बन्धित हेलचेक्र्याइँ, विचलन, वा सिद्धान्त उल्लङ्घनका कति वटा समस्याहरू समाधान, सुधार वा परिपूर्ति गरिस्, कामदारहरू, प्रशासन, वा विभिन्‍न विशेषज्ञ कामहरूसँग सम्‍बन्धित कति वटा समस्याहरू समाधान गर्न सहयोग गरिस्, र त्यो काम परमेश्‍वरको घरका सिद्धान्त र मापदण्डहरूअनुसार गरिस् कि गरिनस् भन्‍ने कुरा महत्त्वपूर्ण हुन्छ। कुनै अगुवा वा सेवकले आफ्‍नो जिम्‍मेवारी पूरा गरिरहेको छ कि छैन भनेर मापन गर्ने केही मापदण्डहरू यिनै हुन्(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। कुनै अगुवा सक्षम हो कि झूटो अगुवा हो भनेर निर्धारित गर्नको लागि, उसले राम्रो बोल्छ कि बोल्दैन त्यो सुनेर, वा उसको क्षमता, सीपहरू, वा उसले गरेका असल कार्यहरूलाई हेरेर हुँदैन। जाँच्‍नुपर्ने मुख्य कुरा तिनीहरूले वास्तविक काम गर्छन् कि गर्दैनन्, तिनीहरू जिम्‍मेवार छन् कि छैनन्, र अगुवाको कर्तव्य निभाउन सक्छन् कि सक्दैनन् भन्‍ने हो। जेनिनमा केही क्षमता थियो र उनी काम गर्न सक्‍ने व्यक्ति थिइन्, तर उनले मिठो कुरा मात्र बोल्थिन्, व्यवहारमा उतार्ने वा उचित काम गर्ने गर्दिनथिन्। उनले अगुवाले गर्नुपर्ने काम गरिरहेकी थिइनन्। उनले कुनै खराब वा दुष्कर्म गरिरहेकी छिन् जस्तो देखिँदैनथ्यो, तर अगुवाको रूपमा, उनले मेसेजहरू पठाउने र नारा फलाक्‍ने मात्रै गर्थिन्। उनले कहिल्यै पनि मण्डलीको काम जाँच्‍ने वा फलोअप गर्ने गर्दिनथिन्। उनले भर्खरै कर्तव्य थालेका नयाँ विश्‍वासीहरूलाई मलजल गर्दिनथिन्। सुसमाचारको काममा अरूलाई समस्या हुँदा, उनले सङ्गति गर्ने वा समस्या सुल्झाउने गर्दिनथिन्, र कर्तव्यलाई प्रायजसो बेवास्ता गर्थिन्। मैले उनलाई कर्तव्यप्रतिको आफ्‍नो मनोवृत्ति सुधार्न यस अवधिमा धेरैपटक सम्झाएँ, तर उनले बदलिन सहमति जनाए पनि, पहिले जस्तै व्यवहार गर्थिन् र हराउँथिन्। सुसमाचारको काम ठप्‍प भएको थियो र विभिन्‍न प्रोजेक्टहरूमा कुनै परिणाम आएको थिएन। उनले आत्मचिन्तन गरिरहेकी थिइनन्, र ब्रदर-सिस्टरहरूलाई विभिन्‍न बहानाहरू बनाएर टार्थिन्। कर्तव्यप्रति उनको मनोवृत्ति र उनको विभिन्‍न व्यवहारको आधारमा हेर्दा उनी परमेश्‍वरले खुलासा गर्नुभएझैँ व्यावहारिक काम नगर्ने झूटो अगुवा थिइन्, र उनलाई चाँडै बर्खास्त गरिनुपर्थ्यो। तर मैले परमेश्‍वरको वचनअनुसार हेर्ने वा मानिसहरूलाई चिन्‍ने गरिनँ। मैले जेनिनको मष्तिष्क, क्षमता, र सक्षमता मात्रै देखेँ। उनले काम गर्न सक्छिन् भन्‍ने लाग्थ्यो, तर म उनले वास्तवमै के काम गरिरहेकी छिन् वा उनले कस्तो परिणाम पाइरहेकी छिन् भनेर हेर्दिनथेँ। मैले अझै उनीमाथि आशा गरिरहेकी थिएँ। उनले पहिलेजस्तै मण्डलीको कामलाई अघि बढाउनेछिन् भन्‍ने भरोसा गरेकी थिएँ, त्यसकारण मैले उनलाई थप मौका दिइरहेँ। म कति अज्ञानी मूर्ख रहेछु! मेरी साझेदार सिस्टरले जेनिनको विषयमा प्रतिक्रिया दिएकी थिइन् र उनलाई बर्खास्त गर्ने सुझाव दिएकी थिइन्, तर म आफ्‍नो दृष्टिकोणमा अडिग रहँदै उनलाई मौका दिएर थप सहयोग गर्न चाहँदै थिएँ, त्यसैले मैले उनलाई समयमै बर्खास्त गरिनँ, जसले मण्डलीको काममा गम्‍भीर असर पर्‍यो। मैले कर्तव्यमा रेखदेखको जिम्मा राम्ररी निभाइरहेकी छैनँ र मण्डलीको काम प्रभावित हुन दिइरहेकी छु भन्‍ने थाहा भयो। के झूटो अगुवाले पनि यस्तै व्यवहार गर्दैन र? मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, र मलाई आफ्‍नो भ्रष्टता चिन्‍न अगुवाइ गर्न अनुरोध गरेँ।

एक दिन, मैले परमेश्‍वरको यो वचन पढेँ। “केही मण्डली अगुवाहरूले लापरवाही र झारातिरुवा शैलीमा आफ्नो कर्तव्य निभाउने दाजुभाइ वा दिदीबहिनीहरूलाई देख्दा गाली गर्नुपर्ने भए पनि तिनीहरूलाई गाली गर्दैनन्। जब परमेश्‍वरको घरको हितप्रति स्पष्ट रूपमा हानिकारक हुने कुरा तिनीहरूले देख्छन्, अरूलाई अलिकति पनि ठेस नपुगोस् भनेर तिनीहरूले नदेखेझैँ गर्छन् र कुनै जाँच-पड्ताल गर्दैनन्। वास्तवमा, तिनीहरूले मानिसहरूको कमीकमजोरीबारे साँच्‍चै चासो दिइरहेका हुँदैनन्; बरु, तिनीहरूको अभिप्राय भनेको मानिसहरूको मन जित्‍नु हो, र त्यो कुरा तिनीहरूलाई राम्ररी थाहा हुन्छ: ‘यदि मैले यसलाई जारी राखेँ र कसैलाई ठेस पुर्‍याइनँ भने, तिनीहरूले म असल अगुवा हुँ भन्‍ने सोच्‍नेछन्। तिनीहरूले मेरो बारेमा असल र उच्‍च राय बनाउनेछन्। तिनीहरूले मलाई पहिचान दिनेछन् र मलाई मन पराउनेछन्।’ परमेश्‍वरको घरको हितलाई जतिसुकै क्षति पुर्‍याए तापनि र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा जतिसुकै ठूलो वाधा पुर्‍याइए तापनि वा तिनीहरूको मण्डली जीवनलाई जतिसुकै ठूलो मात्रामा विचलित पारिए तापनि, त्यस्ता अगुवाहरू आफ्ना शैतानी दर्शनमा लागिरहन्छन् र कसैलाई पनि ठेस पुर्‍याउँदैनन्। तिनीहरूको हृदयमा आत्म-निन्दाको भावना हुँदैन। कसैले बाधा र व्यवधान ल्याइरहेको देख्दा, बढीमा तिनीहरूले छोटकरीमा यो विषयको बारेमा अनौपचारिक रूपमा उल्लेख गर्लान्, तर यसलाई त्यतिमै टुङ्‍ग्याउँछन्। तिनीहरूले सत्यताको बारेमा सङ्‍गति गर्दैनन्, न त तिनीहरूले त्यो व्यक्तिका समस्याहरूको सारलाई औँल्याउँछन्, तिनीहरूले ती व्यक्तिहरूको स्थिति चिरफार गर्नु त परै जाओस्। तिनीहरूले परमेश्‍वरको इच्‍छा के हो भन्‍नेबारे कहिल्यै कुरा गर्दैनन्। मानिसहरूले प्रायजसो कस्ता गल्तीहरू गर्छन् वा प्रायजसो कस्तो भ्रष्ट स्वभाव प्रकट गर्छन् भनेर झूटा अगुवाहरूले कहिल्यै खुलासा वा विश्‍लेषण गर्दैनन्। तिनीहरूले कुनै वास्तविक समस्या समाधान गर्दैनन्, बरु मानिसहरूको गलत व्यवहार र भ्रष्टताको प्रकटीकरणलाई सधैँ सहन्छन्, र मानिसहरू जति नै नकारात्मक र कमजोर भए पनि चिन्ता गर्दैनन्, केवल धर्मसिद्धान्तका केही शब्‍दहरू प्रचार गर्छन्, केही सतही अर्ती दिएजस्तो गर्छन्, अनि विवादबाट जोगिने प्रयास गर्छन्। फलस्वरूप, परमेश्‍वरका चुनिएका मानिसहरूले आफ्‍नो बारेमा मनन गर्ने र आफूलाई चिन्‍ने प्रयास गर्दैनन्, तिनीहरूले विभिन्‍न प्रकारका भ्रष्टताको प्रकटीकरणबारे कुनै समाधान पाउँदैनन्, र कुनै जीवनप्रवेश हासिल नगरी शब्‍दहरू, वाक्यांशहरू, धारणा र कल्‍पनाहरूमा जिउँछन्। तिनीहरूले हृदयमा यस्तोसमेत विश्‍वास गर्छन्, ‘हाम्रो अगुवालाई हाम्रो कमजोरीको बारेमा परमेश्‍वरलाई भन्दा पनि राम्रो बुझाइ छ। हाम्रो कद परमेश्‍वरको मापदण्डअनुसार जिउनको निम्ति धेरै सानो हुन सक्छ, तर हामीले केवल हाम्रो अगुवाका मापदण्डहरू पूरा गर्नुपर्छ; हाम्रो अगुवाको आज्ञापालन गरेर हामीले परमेश्‍वरको आज्ञापलान गरिरहेका हुन्छौँ। यदि माथिबाट हाम्रो अगुवालाई प्रतिस्थापन गर्ने दिन आयो भने, हामीले आवाज उठाउनेछौँः हाम्रो अगुवालाई राखिराख्‍न र माथिबाट उनको प्रतिस्थापन हुन नदिन हामी माथिकाहरूसित वार्ता गर्नेछौँ र हाम्रा मागहरूमा सहमत हुन उहाँलाई दवाब दिनेछौँ। यसरी हामी अगुवासित सही व्यवहार गर्नेछौँ।’ जब मानिसहरूसित हृदयभित्र यस्ता विचारहरू हुन्छन्, जब अगुवासँग तिनीहरूको त्यस्तो सम्बन्ध हुन्छ, र हृदयमा तिनीहरूले आफ्नो अगुवाप्रति निर्भरता, सराहना, र श्रद्धा अनुभूति गर्छन्, तिनीहरूले त्यो अगुवामा अझै धेरै विश्‍वास गर्न थाल्छन्, त्यही अगुवाका शब्‍दहरू सुन्‍न चाहन्छन्, र परमेश्‍वरका वचनहरूभित्र सत्यता खोज्‍न छोड्छन्। त्यस्तो अगुवाले मानिसहरूको हृदयमा लगभग परमेश्‍वरको स्थान लिइसकेको हुन्छ। यदि कुनै अगुवाले परमेश्‍वरका चुनिएका मानिसहरूसँग त्यस्तो सम्बन्ध कायम राख्‍न इच्छा गर्छ भने, र यदि उसले यसबाट आफ्नो हृदयमा आनन्दको अनुभूति प्राप्त गर्छ र परमेश्‍वरका चुनिएकाहरूले आफूलाई यस्तै व्यवहार गर्नुपर्ने हो भनी विश्‍चास गर्छ भने, त्यस्ता अगुवाहरू र पावलबीच कुनै भिन्‍नता हुँदैन, र तिनीहरूले पहिल्यै ख्रीष्टविरोधीहरूको मार्गमा पाइला टेकिसकेका हुन्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु एक)। परमेश्‍वरको वचनले मेरो कर्तव्यमा रहेको मेरो घृणित मनसाय खुलासा गरिदियो। मैले जेनिनले वास्तविक काम गरिरहेकी छैनन् भन्‍ने देखेँ, तर उनको समस्या खुलासा वा विश्‍लेषण गर्ने, वा उनलाई तुरुन्तै बर्खास्त गर्ने गरिनँ। उनलाई पुलपुलाइरहेँ र पश्‍चात्ताप गर्ने मौका दिइरहेँ। तर मलाई उनको कमजोरीको चिन्ता लागेर वा उनलाई सहयोग गर्न चाहेर यसो गरेकी थिइनँ, बरु मेरो वास्तविक अभिप्राय त जेनिनको मनमा असल अगुवाको रूपमा रहेको मेरो छवि जोगाउनु र अरूको आदर पाउनु थियो। पहिले पनि हाम्रो कर्तव्यमा सँगै काम गरेका थियौँ र उनले सधैँ मलाई राम्रो सोच्थिन्। उनले प्राय म मण्डलीको कामप्रति कति जिम्‍मेवार छु, र म कति असल अगुवा हुँ भनेर अरूको अघि कुरा गर्ने गर्थिन्। यदि मैले उनका समस्याहरू खुलासा गर्थेँ, औँल्याउँथेँ र उनलाई निराकरण गर्थेँ भने, हाम्रो सम्‍बन्ध बरबाद हुने थियो र उनमा भएको मेरो राम्रो छवि हराउने थियो। जेनिनमा असल अगुवाको रूपमा रहेको यो छवि रक्षा गर्न, मैले उनको समस्या खुलासा गरिनँ, उनलाई निराकरण गरिनँ, उनको कार्य र व्यवहार विश्‍लेषण गरिनँ, तर त्यसो गरेको भए, उनलाई आफ्‍नो समस्या थाहा हुन्थ्यो र तुरुन्तै बाटो सुधार्ने मौका पाउनेथिन्। मैले उनलाई सान्त्वना र सल्‍लाहका केही शब्‍दहरू मात्रै दिएँ, अनि थप भेलाहरूमा सहभागी हुन र कामको फलोअप गर्न प्रोत्साहन दिएँ, र कुराहरूलाई त्यतिकै छोडिदिएँ। मेरी साझेदार सिस्टरले मलाई सिद्धान्तअनुसार धेरैपटक जेनिनलाई बर्खास्त गर्न अनुरोध गरिन्, तर यसो गरेर मैले उनलाई चिढ्याउनेछु, र उनले मलाई राम्रो ठान्‍न छोड्नेछिन् भन्‍ने चिन्ताले, मैले उनलाई बर्खास्त गर्न ढिलाइ गरेँ। ख्रीष्टविरोधीहरूले आफ्‍नो नाम र हैसियतको खातिर काम गर्छन् र बोल्छन्, अरूले कर्तव्यमा सिद्धान्तहरू उल्‍लङ्घन गरिरहेका देख्दा, तिनीहरूको आलोचना वा निराकरण गर्दैनन् भनेर परमेश्‍वरले खुलासा गर्नुभएको छ। तिनीहरूको उद्देश्‍य मानिसहरूको हृदयमा स्थान लिनु, अरूको आदर कमाउनु, र मानिसहरूलाई आफ्‍नो अघि ल्याउनु हो। अरूमा रहेको मेरो राम्रो छवि रक्षा गर्न, मैले मण्डलीको काम बेवास्ता गरेँ, र झूटो अगुवाले वास्तविक काम नगरिरहेको देख्दा, उनलाई खुलासा, निराकरण, वा बर्खास्त गरिनँ। मैले मानिसहरूको हृदयमा स्थान लिन र सबैलाई म दयालु, धैर्य, र असल अगुवा हुँ भनेर देखाउन यसो गरेकी थिएँ। यसरी कर्तव्य निभाएर मैले मेरा ब्रदर-सिस्टरहरूलाई सहयोग वा सुधार गरिरहेकी थिइनँ, र यसले तिनीहरूलाई सत्यता बुझाउने वा परमेश्‍वरको अघि ल्याउने थिएन। बरु, तिनीहरूलाई मेरो अघि ल्याउने र मेरो आदर र भक्ति गर्न लगाउने थियो। यसरी मैले मानिसहरूलाई बहकाइरहेकी र आफ्नो पक्षमा ल्याइरहेकी थिएँ, म ख्रीष्टविरोधी मार्गमा हिँडिरहेकी थिएँ। मलाई मण्डलीबाट एकपछि अर्को गरी निष्कासन, खुलासा र निकाला गरिएका ख्रीष्टविरोधीहरूको याद आयो। यदि मैले पश्‍चात्ताप नगरी वा परिवर्तन नभई यसरी नै काम गरिरहेकी भए, म पनि तिनीहरूजस्तै निष्कासित हुने र हटाइनेथिएँ। यो सोचेपछि, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, र आफ्‍नो असफलताको जडबारे मनन गर्न अगुवाइ गर्न अनुरोध गरेँ।

पछि, मैले परमेश्‍वरको वचनको एउटा खण्ड पढेँ। “जब कुनै कुरा आइपर्छ, तँ जीवन-दर्शनअनुसार जिउँछस्, र सत्यता अभ्यास गर्दैनस्। तँलाई सधैँ अरूलाई चिढ्याउँछु भन्‍ने डर लाग्छ, तर परमेश्‍वरलाई चिढ्याउँछु भन्‍ने डर लाग्दैन, र अन्तर्वैयक्तिक सम्‍बन्धहरू जोगाउन तैँले परमेश्‍वरको घरका हितहरूसमेत बलि चढाउँछस्। यसरी व्यवहार गर्नुका परिणामहरू के हुन्छन्? तैँले सधैँ आफ्‍ना अन्तर्वैयक्तिक सम्‍बन्धहरू त राम्ररी जोगाउनेछस्, तर तैँले परमेश्‍वरलाई चिढ्याएको हुनेछस्, र उहाँले तँलाई घृणा र इन्कार गर्नुहुनेछ, र उहाँ तँदेखि क्रोधित हुनुहुनेछ। सन्तुलनको हिसाबमा, कुन राम्रो हो? यदि यो कुरा बताउन सक्दैनस् भने, तँ पूर्ण रूपमा भ्रमित छस्; यसले तैँले अलिकति पनि सत्यता बुझेको छैनस् भन्‍ने प्रमाणित गर्छ। यदि यो कुरा महसुसै नगरी तँ यसरी नै अघि बढिरहन्छस् भने खतरा वास्तवमै निकै ठूलो हुन्छ, र अन्त्यमा, तैँले सत्यता प्राप्त गर्न सक्‍नेछैनस्। नोक्‍सानी बेहोर्ने तँ नै हुनेछस्। यस विषयमा, यदि तैँले सत्यता खोजी गर्दैनस्, र तँ असफल हुन्छस् भने, के भविष्यमा तँ सत्यता खोजी गर्न सक्षम हुनेछस्? यदि तँ अझै त्यसो गर्न सक्दैनस् भने, त्यो अब घाटाको मात्रै कुरा हुनेछैन—अन्त्यमा तँलाई निष्कासित नै गरिनेछ। यदि तँसँग ‘राम्रो व्यक्ति’ का उत्प्रेरणा र दृष्टिकोणहरू छन् भने, सबै कुरामा तँ सत्यताको अभ्यास र सिद्धान्त पालना गर्न असमर्थ हुनेछस्, अनि तँ सधैँ असफल हुनेछस् र लड्नेछस्। यदि तँ ब्युँझिदैनस् र सत्यता खोजी गर्दैनस् भने, तँ गैरविश्‍वासी होस्, र तैँले सत्यता र जीवन कहिल्यै पाउनेछैनस्। त्यसो भए तैँले के गर्नुपर्छ त? त्यस्ता कुराहरूको सामना गर्दा, तैँले प्रार्थनामा परमेश्‍वरलाई पुकार्नुपर्छ, मुक्तिको लागि बिन्ती गर्नुपर्छ, र परमेश्‍वरसित मलाई सिद्धान्त पालन गर्न, गर्नुपर्ने कुरा गर्न, सिद्धान्तहरूअनुसार कामकुरा सम्‍हाल्‍न, आफ्नो स्थानमा खडा हुन, परमेश्‍वरको घरका हितहरूको रक्षा गर्न, र परमेश्‍वरको घरको काममा कुनै हानि आउन नदिन थप विश्‍वास र सामर्थ्य दिनुहोस् भनी अनुरोध गर्नुपर्छ। यदि तैँले आफ्‍नो आत्म-हित, प्रतिष्ठा, र ‘राम्रो व्यक्ति’ को दृष्टिकोणलाई त्याग्‍न सकिस् भने, र यदि तैँले आफूले गर्नुपर्ने काम इमानदार, र एकाग्र हृदयले गर्छस् भने, तैँले शैतानलाई जितेको हुनेछस्, अनि सत्यताको यो पक्ष हासिल गरेको हुनेछस्। यदि तँ अरूसँगका तेरा सम्‍बन्धहरू कायम राख्दै र कहिल्यै सत्यता अभ्यास नगरी, सिद्धान्त पालन गर्ने आँट नगरी, सधैँ शैतानको दर्शनअनुसार जिउँछस् भने, के तैँले अरू मामलाहरूमा सत्यता अभ्यास गर्न सक्छस्? तँसँग कुनै विश्‍वास, कुनै शक्ति हुनेछैन। यदि तैँले कहिल्यै सत्यता खोजी गर्न वा सत्यता स्वीकार गर्न सक्दैनस् भने, के परमेश्‍वरमाथिको त्यस्तो विश्‍वासले तँलाई सत्यता हासिल गर्न दिन्छ? (दिँदैन।) अनि यदि तैँले सत्यता हासिल गर्न सक्दैनस् भने, के तैँले मुक्ति पाउन सक्छस्? सक्दैनस्। यदि तँ सधैँ शैतानको दर्शनअनुसार जिउँछस्, र तँमा सत्यताको वास्तविकता छँदै छैन भने, तैँले कहिल्यै मुक्ति पाउन सक्दैनस्। सत्यता प्राप्त गर्नु मुक्ति पाउनका लागि पूरा गर्नैपर्ने अनिवार्य सर्त हो भन्‍ने कुरा तँलाई स्पष्ट हुनुपर्छ। त्यसो भए तैँले कसरी सत्यता प्राप्त गर्न सक्छस्? यदि तैँले सत्यता अभ्यास गर्न सक्छस् भने, यदि तँ सत्यताअनुसार जिउन सक्छस्, र सत्यता तेरो जीवनको आधार बन्छ भने, तैँले सत्यता र जीवन पाउनेछस्, र तँ मुक्ति पाउनेहरूमध्येको एक हुनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरको वचनबाट मैले के बुझेँ भने, मैले आफ्‍नो हैसियत, छवि, र सम्‍बन्ध रक्षा गर्नु र मण्डलीको काम बेवास्ता गर्नुको मुख्य कारण त म मान्छे खुसी पार्ने, सांसारिक दर्शनहरूद्वारा प्रभावित भएकीले पो रहेछ। म शैतानी। सांसारिक विचारहरूद्वारा प्रभावित थिएँ, जस्तै “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ,” र “आफू टाढा हुन नसकिने मानिसहरूसँग राम्रो सम्‍बन्ध कायम राख्‍नुपर्छ।” म सोच्थेँ, अरूलाई आफूलाई मन पराउने र आदर गर्ने बनाउन, नम्र र दयालु हुनुपर्छ, र मानिसहरूलाई कहिल्यै घोचेर बोल्नु हुँदैन, अरूको समस्या देख्दा, त्यसलाई बेवास्ता गर्नु ठीक हुन्छ, कहिल्यै धेरै कडा व्यवहार गर्नु हुँदैन वा कसैलाई चिढ्याउनु हुँदैन, र यसरी सबैले हामीलाई मन पराउँछन्। म मान्छे खुसी पार्ने यस्ता विचारअनुसार जिउँथेँ, र जेनिनले वास्तविक काम नगरेको देख्दा, मैले उनलाई खुलासा, निराकरण, वा बर्खास्त गरिनँ। मैले आफ्‍नो हैसियत र छवि रक्षा गरेँ तर मैले जेनिनका समस्याहरू खुलासा गर्ने वा उनलाई तुरुन्तै बर्खास्त गर्ने काम नगरेकीले, सुसमाचारको काममा ढिलाइ भयो। मैले आफ्‍नो प्रतिष्ठा, हैसियत, र सम्‍बन्धलाई कर्तव्यभन्दा माथि राखेँ, र आफ्‍नो छवि र प्रतिष्ठा रक्षा गर्न, मैले मण्डलीको कामको पटक्‍कै रक्षा गरिनँ। म साँच्‍चै स्वार्थी र धूर्त रहेछु। मान्छे खुसी पार्ने यस्ता विचारअनुसार जिएर म झन्झन् चिप्ले, कपटी, र मानवत्वरहित बन्दै गएकी थिएँ। परमेश्‍वरको वचनले भन्छ, “यता पनि उता पनि ठिक्‍क पार्नेहरू सबैभन्दा दुष्ट हुन्छन्। तिनीहरू कसैलाई दुःखी नबनाउने कोसिस गर्छन्, तिनीहरू मानिसहरूलाई खुसी तुल्याउनेहरू हुन्, तिनीहरू परिस्थितिहरूअनुसार चल्छन्, र कसैले पनि तिनीहरूको वास्तविकतालाई देख्‍न सक्दैन। त्यस्तो व्यक्ति एउटा जिउँदो शैतान जस्तो हो!(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता अभ्यास गरेर मात्रै भ्रष्ट स्वभावका बन्धनहरूलाई तोड्न सकिन्छ)। मान्छे खुसी पार्नेहरूलाई परमेश्‍वर घृणा र तिरस्कार गर्नुहुन्छ। मान्छे खुसी पार्ने विचारहरूमा भर परेर कहिल्यै सत्यता वा मुक्ति प्राप्त गर्न सकिँदैन। यो महसुस गरेपछि मलाई निकै डर लाग्यो। मैले परमेश्‍वरको अघि अपराध गरेकी छु र यो स्थितिलाई सुधार गरेर साँचो पश्‍चात्ताप गरिनँ भने, परमेश्‍वरले मलाई त्याग्‍नु र हटाउनुहुनेछ भन्‍ने थाहा भयो। परमेश्‍वरको वचनले मलाई अभ्यासको मार्ग पनि देखायो, अर्थात् आफ्‍नो नाम र हैसियत रक्षा गर्न मन लाग्दा, मैले परमेश्‍वरलाई अझै बढी प्रार्थना गर्नुपर्छ, उहाँसित शक्ति माग्‍नुपर्छ, अनि सिद्धान्तअनुसार काम गर्दै इमानदार हृदयले कर्तव्य निभाउन सिक्‍नुपर्छ। यसले ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा मात्रै होइन, मण्डलीको काममा पनि फाइदा गर्छ। मैले परमेश्‍वरलाई म सत्यताको अभ्यास गर्छु, सिद्धान्तअनुसार काम गर्छु, र मण्डलीका हितहरू रक्षा गर्छु भनेर प्रार्थना गरेँ।

त्यसपछि मैले परमेश्‍वरको यो वचन पढेँ। “विविध कामका सुपरिवेक्षकहरू र विविध महत्त्वपूर्ण कामहरूप्रति जिम्मेवार व्यक्तिहरूका परिस्थितिहरूको बारेमा सुसूचित रहने र आवश्यक परेमा तिनीहरूलाई तुरुन्तै पुनः बाँडफाँड वा प्रतिस्थापन गर्ने ताकि अनुपयुक्त मानिसहरूलाई काममा राख्दा हुने क्षति रोक्‍न वा घटाउन सकियोस् र कार्यकौशलता र प्रगति निर्बाध भइरहोस्(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। “अगुवा र सेवकहरूको दायित्वको एउटा भाग विभिन्‍न परियोजनाका इन्‍चार्ज रहेका र महत्त्वपूर्ण कामको जिम्‍मा पाएका मानिसहरूले के-कसो गर्दै छन् भनेर जान्‍नु हो। अनि, यी मानिसहरू को हुन्? सबैभन्दा आधारभूत व्यक्तिहरू मण्डली अगुवाहरू हुन्, त्यसपछि समूह सुपरभाइजर र टोली अगुवाहरू हुन्। विभिन्‍न प्रोजेक्टका इन्‍चार्ज र महत्त्वपूर्ण कामको निम्ति जिम्मेवार मानिसहरूको हकमा, के तिनीहरूमा सत्यताको वास्तविकता छ कि छैन, तिनीहरू आफ्ना कार्यहरूमा सिद्धान्तअनुरूप छन् कि छैनन्, र तिनीहरूले मण्डलीको काम राम्रोसित गर्न सक्छन् कि सक्दैनन् भनेर बुझ्‍नु र निश्‍चित गर्नु अत्यावश्यक र अत्यन्तै महत्त्वपूर्ण हुँदैन र? यदि अगुवा र सेवकहरूले विभिन्‍न परियोजनाहरूको लागि जिम्मेवार रहेका मुख्य-मुख्य सुपरिवेक्षकहरूको अवस्थालाई सही तरिकाले बुझ्छन् र कामदारहरूको सुहाउँदो समायोजन गर्छन् भने, यो हरेक कार्यक्रमलाई पहरा दिनुजस्तै हो। यो आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गरेसमान हो। यदि यी कर्मचारीहरूलाई सही तरिकाले मिलाइएको छैन र समस्या उत्पन्‍न भयो भने, मण्डलीको काममा ठूलो असर पर्नेछ। यदि यी कर्मचारीहरू असल मानवता भएका, विश्‍वासमा जग बसालेका, मामिलाहरू सम्हाल्नमा जिम्मेवार, र समस्याहरू समाधान गर्नका लागि सत्यता खोजी गर्न सक्षम छन् भने, तिनीहरूलाई कार्यभारी बनाउँदा धेरै समस्याहरूबाट बच्‍न सकिनेछ। महत्त्वपूर्ण कुरा के छ भने उक्त काम सहजैसँग अगाडि बढ्न सक्छ तर टोलीका सुपरिवेक्षकहरू भरपर्दा छैनन्, तिनीहरूको मानवता कमजोर छ र तिनीहरूसित शिष्टता छैन, र तिनीहरूले सत्यता अभ्यास गर्दैनन्—र यसबाहेक, तिनीहरू बाधा उत्पन्‍न गर्ने किसिमका छन् भने—त्यसपछि यसले तिनीहरूको जिम्‍मामा रहेको काममा र तिनीहरूले डोर्‍याउने विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको जीवनप्रवेशमा नकारात्मक असर गर्नेछ। अवश्य नै, त्यो असर ठूलो वा सानो हुन सक्छ। यदि सुपरिवेक्षकहरू गम्भीरता नभएका वा आफ्नो कर्तव्यप्रति लापरवाह छन् भने, यसले कामलाई ढिलो गराउन सक्छ; प्रगतिको गति सुस्त हुनेछ र काम केही मात्रामा कम प्रभावकारी हुनेछ। यद्यपि, यदि तिनीहरू ख्रीष्टविरोधी हुन् भने, यो समस्या गम्भीर हुन्छ: यो अलिअलि अदक्ष र अप्रभावकारी हुने समस्या होइन—तिनीहरूले आफू जिम्मेवार रहेका काममा समग्र रूपमा बाधा र क्षति पुर्‍याउँछन्। अनि त्यसैले, विभिन्‍न परियोजनाका इन्चार्ज र महत्त्वपूर्ण कामका जिम्‍मेवार व्यक्तिहरूको अवस्थाबारे जानकारी राख्‍ने, र कसैले व्यावहारिक काम गरिरहेको छैन भन्‍ने थाहा पाउँदा, समयमै कामदार समायोजन र बर्खासी गर्ने काम भनेको एक दायित्व हो जसलाई अगुवा तथा सेवकहरूले छल्न सक्दैनन्—यो अत्यन्तै गम्भीर, र अत्यन्तै महत्त्वपूर्ण काम हो। यदि अगुवा र सेवकहरूले विभिन्‍न परियोजनाका इन्चार्ज र महत्त्वपूर्ण कामका जिम्मेवार व्यक्तिहरूको व्यक्तित्व अनि कर्तव्य र सत्यताप्रतिको तिनीहरूको मनोवृत्तिका साथै हरेक चरण र अवधिमा तिनीहरूको स्थिति र प्रकटीकरणहरूबारे सुसूचित रहन सक्छन् र परिस्थितिअनुसार तुरुन्तै यी कुराहरू समायोजन गर्न वा सम्हाल्न सक्छन् भने, काम एकनासले अघि बढ्न सक्छ। यसको विपरीत, यदि ती मानिसहरू मण्डलीहरूमा जथाभाबी दौडिन्छन् र वास्तविक काम गर्दैनन् अनि अगुवा र सेवकहरूले तुरुन्तै यसलाई पहिचान गरी समायोजन गर्दैनन्, बरु अनेक किसिमका गम्‍भीर समस्याहरू देखा परेर परमेश्‍वरको घरको काममा ठूलो असर पुर्‍याएपछि मात्रै लापरवाही रूपमा तिनीहरूलाई सम्‍हाल्‍ने र हेरफेर गर्ने अनि परिस्थितिलाई सुधार्ने र समस्यामुक्त पार्ने प्रयास गर्छन् भने, ती अगुवा र सेवकहरू बेकामे हुन्। तिनीहरू बर्खास्त गरेर हटाइनुपर्ने पक्‍का झूटा अगुवाहरू हुन्(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। परमेश्‍वरको वचनबाट मैले के बुझेँ भने, मण्डलीका प्रोजेक्टहरू सफलतापूर्वक अघि बढाउनको लागि अगुवाले हरेक प्रोजेक्टको सुपरभाइजर र अरू महत्त्वपूर्ण व्यक्तिहरूको बारेमा समयमै सोधपुछ गर्नुपर्छ र आफूले पत्ता लगाएका कुनै पनि अनुपयुक्त व्यक्तिलाई तुरुन्तै बर्खास्त वा फेरबदल गर्नुपर्छ। कुनै सुपरभाइजर, अगुवा, वा सेवकले वास्तविक काम गरिरहेको छैन, र यसले मण्डलीको काममा असर र ढिलाइ हुँदै छ भन्‍ने थाहा पाउँदा, तिनीहरूले तुरुन्तै यिनीहरूसँग सङ्गति गर्नुपर्छ, र यी मानिसहरू परिवर्तन हुँदैनन् र सेवा गर्नसमेत लायक छैनन् भने, यिनीहरूलाई तुरुन्तै स्थानान्तर वा बर्खास्त गरिनुपर्छ। यसले मण्डलीको काममा फाइदा गर्छ। प्रयोगयोग्य मानिसहरूलाई राख्‍नुपर्छ र अयोग्यहरूलाई बर्खास्त गर्नुपर्छ, खाँचो पर्नेहरूलाई सङ्गति र सहयोग गर्नुपर्छ, र निराकरण गर्नुपर्नेहरूलाई निराकरण गर्नुपर्छ, र सत्यता खोजी गर्नेहरूलाई जगेर्ना गर्नुपर्छ। जेनिन आफ्‍नो कर्तव्यमा यतिञ्‍जेल झारातिरुवा, बोझ नलिने, र गैरजिम्‍मेवार भइरहेकी थिइन्। अगुवाहरूले उनलाई धेरैपटक सङ्गति दिएका थिए, तर उनी कहिल्यै परिवर्तन भइनन्। यसले मण्डलीको काममा गम्‍भीर असर गरिरहेको थियो। उनी साँच्‍चै नै व्यावहारिक काम नगर्ने झूटो अगुवा थिइन् र उनलाई तुरुन्तै बर्खास्त गरिनुपर्थ्यो, जबकि असल मानवता भएको जिम्‍मेवार व्यक्तिलाई जगेर्ना गरिनुपर्थ्यो। यसबाट मण्डलीको काममा फाइदा पुग्‍ने र सुसमाचारको काममा सहज वृद्धि हुने थियो। यो सोचेपछि, मेरो हृदय पूर्ण रूपमा स्पष्ट र उज्यालो भयो, र मैले परमेश्‍वरलाई एउटा वाचा गरेँ: “जब म फेरि यस्तो समस्या सामना गर्छु, म सिद्धान्तअनुसार अभ्यास गर्नेछु र आफ्‍नो जिम्‍मेवारी पूरा गर्नेछु।” मैले परमेश्‍वरलाई सत्यता अभ्यास गर्न पनि डोर्‍याइ मागेँ।

पछि मैले जेनिनसित उनका हरेक समस्याबारे कुरा उठाएँ, र उनी वास्तविक काम नगर्ने झूटो अगुवा हुन् भनी खुलासा गरेँ। मैले उनी रिसाएको देखेँ, तर उनले केही भन्‍ने आँट गरिनन्। मैले सोचेँ: “यदि मैले उनका थप समस्याहरू खुलासा गरेँ भने, हाम्रो सम्‍बन्ध पूर्ण रूपमा तोडिनेछ र उनमा भएको मेरो राम्रो छवि बरबाद हुनेछ।” अनि मलाई म फेरि पुरानै शैलीमा फर्कँदै गरेको महसुस भयो, त्यसैले परमेश्‍वरसँग प्रार्थना गरेँ: “परमेश्‍वर, म सत्यता अभ्यास गर्न, र कर्तव्य निभाउन चाहन्छु, सङ्गति गर्नुपर्ने कुरा सङ्गति गर्न चाहन्छु, र अरूमा भएको मेरो छविबारे वास्ता गर्न छोड्न चाहन्छु। बिन्ती छ मलाई मेरो भ्रष्ट स्वभावको बाधाबाट पार पाउने शक्ति दिनुहोस्।” प्रार्थनापछि, मैले जेनिनसँग सङ्गति गर्न जारी राखेँ, एकपटकमा एउटा गर्दै उनका समस्याहरू उठाएँ र उनले व्यावहारिक काम नगरेको खुलासा गरेँ। त्यो बेला उनलाई नरमाइलो लागे पनि, मेरो खुलासा र आलोचनाविना, उनले आफ्‍ना समस्याहरू देख्‍नेथिनन् भनेर अन्तिममा मलाई भनिन्। उनले आफ्‍नो भ्रष्टताको गहिराइ स्वीकार गरिन् र परिवर्तन हुन अनि मण्डलीले जे गरे पनि त्यसलाई स्वीकार गर्न चाहन्छु भनेर भनिन्। उनले यसो भनेको सुनेपछि मैले परमेश्‍वरलाई धन्यवाद दिएँ। परमेश्‍वरको वचनअनुसार अभ्यास गर्दा मैले अपेक्षा गरेजस्तो मेरो सम्‍बन्ध तोडिएन बरु शान्ति र ढुक्‍कपनको ठूलो अनुभूति भयो। जेनिनलाई बर्खास्त गरेपछि, हामीले सुसमाचारको काम रेखदेख गर्न अर्को ब्रदर छनौट गर्‍यौँ। तिनले आफ्‍नो कर्तव्यमा साँच्‍चै बोझ लिन्थे र सुसमाचार फैलाउने काममा अरूलाई डोर्‍याउँथे। केही समयपछि, सुसमाचारको कामले फेरि गति लिन थाल्यो।

यसले मलाई के महसुस गरायो भने कर्तव्य निभाउँदा शैतानी स्वभावमा भर पर्दा यसले आफैलाई हानि गर्ने मात्रै होइन, मण्डलीको काममा पनि असर पार्छ। परमेश्‍वरका वचनहरू र सत्यताका सिद्धान्तअनुसार आफ्‍नो कर्तव्य निभाउनु मात्रै परमेश्‍वरको इच्‍छाअनुसार हुन्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

म भावनामा बहेँ

सन् २०१७ को मेमा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम स्विकारेँ। परमेश्‍वरमा विश्‍वास गरेपछि म बिरामीबाट निको भएर...

सुसमाचार प्रचार गर्नुको चाबी जिम्‍मेवारी नै हो

म आफ्‍नो कर्तव्यलाई त्यति गम्‍भीर रूपमा लिँदिनथिएँ र प्रायजसो सुस्त हुन्थेँ। म प्रायजसो अल्याङटल्याङ गर्थेँ। म सुसमाचार प्रचार गर्न लायक...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्