हैकम जमाउने आफ्नो मार्ग त्याग्दै

20 जनवरी 2022

काइली, फ्रान्स

गत वर्ष मलाई नवप्रवेशीहरूलाई मलजल गर्ने जिम्मेवारी दिइयो। सुरुमा म एक्लैले दुईवटा मण्डली सम्हालिरहेकी थिएँ। पछि कुनै कारणवश अगुवाले सिस्टर लिलियन र मलाई एउटा मात्रै मण्डलीको जिम्‍मा लिने प्रबन्ध गरिन्। यस्तो प्रबन्ध देखेर म अलिक खिन्न भएँ। “मैले पहिला दुईवटा मण्डली सम्हाल्ने गर्थें, अहिले एउटा मात्र सम्हाल्दैछु, तैपनि उनीहरूले मलाई सहकर्मी दिन्छन्। के त्यो साँच्चै आवश्यक छ र? कुनै पनि उपलब्धि निश्‍चय नै दुई जनाले प्राप्त गरेको देखिनेथियो, अनि अरूको ध्यान ममाथि पर्नेथिएन र कसैले पनि मेरो मान गर्नेथिएन। यदि म एक्लैले यो कर्तव्य सम्हालें भने दाजुभाइ-दिदीबहिनीले मलाई एक्लैले यत्ति धेरै गर्न सक्ने रहेछिन् भनेर देख्नेछन्। तिनीहरूले मलाई त्यो काममा सक्षम देख्नेछन् र त्यो कर्तव्यको लागि नभई नहुने व्यक्ति ठान्नेछन्। त्यो धेरै प्रशंसनीय हुनेछ। तर सहकर्मीसित काम गर्दा त मेरो पूरै निर्णय चल्न सक्दैन, त्यसैले मेरो आधा शक्ति जान्छ नि होइन र? मैले हरेक कुरामा सहकर्मीको विचार सोध्नुपर्ने हुनेथियो र म अयोग्य देखिन्थें।” यस्तो सोचाइले गर्दा त्यो प्रबन्धको साँच्चै विरोध गरें र ती अगुवाले कतै गल्ती पो गरेकी हुन् कि वा मलाई तुच्छ ठानेकी पो हुन् कि भनेर सोचें। अरू सबै मण्डलीमा दुई जना इन्चार्ज छन् भन्ने मलाई थाहा थियो, तर मलाई लाग्थ्यो म निकै योग्य छु त्यसैले अरूलाई जस्तै व्यवहार मलाई गरिनु हुँदैन। मैले लिलियनलाई एकदमै बेवास्ता गर्दैथिएँ, अनि आफूले गरेका धेरै कुराबारे समेत तिनलाई बताइनँ।

एकपटक, दुईवटा समूहलाई मिसाउनुपर्ने भयो किनभने कुनै पनि समूहमा पर्याप्त सदस्य थिएनन्। मलाई लाग्यो, यति सजिलो त म आफैले गर्न सकिहाल्ने कुरा हो नि। पहिला पनि मैले त्यस्तो कामकुरा आफैले सम्हालेकी थिएँ, त्यसैले लिलियनसँग छलफल गर्नु जरुरी छैन। मैले अग्रसर भएर ती समूहहरूलाई मिसाएँ। लिलियनले सोधखोज गर्दा, मैले त्यो गरिसकें भनेर निर्धक्कसित भनें। अर्कोपटक, अगुवाले हामीलाई नवप्रवेशीमध्ये कसलाई चाहिँ सुसमाचार प्रचारका लागि वृद्धिविकास गर्न सकिन्छ भनेर हेर्न लगाइन्, तसर्थ मैले सीधै असल व्यक्तिहरूको एउटा समूह बनाएँ। तिनीहरूले सुसमाचार प्रचारका लागि सिद्धान्तहरू सिक्दै गर्दा एक जना आफ्‍नै काममा व्यस्त भएको देखें। अरू कोहीसँग छलफल नै नगरी मैले तिनलाई त्यो समूहबाट अन्यत्र सारेँ र सुसमाचार सुनाउने काममा तिनलाई सहभागी हुन दिइनँ। सुसमाचार कामका इन्चार्ज रहेका ब्रदरले यो कुरा थाहा पाएपछि मलाई निराकरण गरे, उनले मलाई निर्णयहरू गर्दा सहकर्मीलाई सामेल नगरी एकतन्त्री भएर मनमानी गरेको भने। त्यतिबेला मैले उनको कुरामा सही थापें, तर मेरो भ्रष्टता त्यति गम्भीर रहेछ भनेर भित्रदेखि विश्‍वासै लागेन।

त्यस्ता कुराहरू धेरै पटक भइसकेपछि, एक दिन लिलियननले मलाई भेटेर भनिन्, “हामी सहकर्मी हौं। तपाईंले आफै कामकुरा गर्न सक्नुहुने भए पनि मलाई जानकारी दिनुपर्छ ताकि मैले पनि हाम्रो काममा कसरी प्रगति भइरहेको छ भनेर थाहा पाउन सकूँ। रिजले कुनै कुरा आइपर्दा जहिले पनि आफ्ना सहकर्मीसित कामकुराबारे छलफल गर्ने प्रयास गर्छिन्। उनीहरूले सबै कुराबारे सँगै छलफल गर्छन्।” मैले सोचें, “यदि मैले तिमीलाई बताएँ भने पनि तिमीले मेरो सल्लाह लिने नै हो, त्यसैले हामीले त्यो औपचारिकता पूरा गर्नुपर्छ र? रिजलाई कुनै कुरा कसरी गर्ने भनेर थाहा हुँदैन र सधैँ सोध्ने गर्छिन्। मैले गर्न सकिरहेकी छु भने त्यसमा किन चिन्ता? सहकर्मी त झन्झट हो, हरेक कुराबारे तिमीसित छलफल गर्नुपर्छ। यस्तो लाग्छ कि म कनिष्ठ भएर वरिष्ठ व्यक्तिलाई रिपोर्ट गर्दैछु र म अयोग्य ठहरिरहेकी छु।” पछि तिनले मलाई निकै पटक यो कुरा बताइन्, तर मैले पहिला झैं कामकुरा गरिरहेँ। कहिलेकाहीँ तिनले मलाई हाम्रो कर्तव्यमा रहेका निश्‍चित कुराहरूबारे सोध्थिन्, तर म तिनलाई तिरस्कार गर्थें, हामीले भर्खरै छलफल गरिसकेका कुराबारे सोध्दैछिन् भनेर सोच्ने गर्थें। हाम्रा कार्य छलफलहरूमा, कहिलेकाहीँ लिलियनले घरीघरी सुस्केरा हालेको म सुन्थें, र तिनलाई मैले विवशमा पारेको भन्ने लागेको पो हो कि भनेर सोच्थें। मलाई अलिक ग्लानि भयो। तर त्यसपछि, मैले तिनलाई केही पनि गरेकी छैनँ भनेर सोच्थें, त्यसैले त्यसलाई गम्भीरतासाथ लिन्नथिएँ। एक दिन तिनले मलाई यो मण्डली तपाईं आफै सम्हाल्न सक्नुहुन्छ त भनेर सोधिन्। त्यतिबेला तिनले किन मलाई त्यो सोधेकी होलिन् भनेर बुझिनँ र कतै तिनी स्थानान्तरण पो हुँदैछिन् कि भन्ने सोचेँ। मलाई लाग्यो त्यो त राम्रो हुनेछ, मैले तिनलाई कामकुराको रिपोर्ट त दिनुपर्नेछैन र म इन्चार्ज बन्न सक्छु। त्यसैले, मैले सक्छु भनेर जवाफ दिएँ। मेरो उत्तर सुनेर लिलियनले केही भनिनन्। मैले तिनलाई असाध्यै बाधा दिएको हुनाले तिनले केही गर्न नसकेकी र राजीनामा दिन चाहेकी कुरा पछि मैले थाहा पाएँ। त्योबेला, मैले तिनीप्रति राम्रो आचरण राखेकी थिइनँ भनेर स्वीकार त गरें, तर आत्मसमीक्षा गरिनँ।

अगुवाले लिलियनलाई अर्को प्रोजेक्टका लागि प्रयास लगाउनमा ध्यान दिन भनिन्, अनि म मण्डलीका अझ धेरै कामको लागि जिम्मेवार भएँ। म मनमनै खुसी थिएँ, अब आफ्नो सीप देखाउन र पूरै निर्णय गर्न सक्छु भनेर सोचें। तर कुरा सोचेको जस्तो पटक्कै भएन। मेरो कर्तव्य झनै गाह्रो भयो, अनि दाजुभाइ-दिदीबहिनीलाई कर्तव्यमा समस्या आइपर्दा त्यसको सार बुझ्न सकिनँ, त्यसैले त्यसलाई जरैदेखि निमिट्यान्न पार्न सकिनँ। केही समयपछि, झन् धेरै नवप्रवेशीहरू नियमित भेला भइरहेका थिएनन् र अगुवाले मेरो कार्यप्रस्तुति खराब छ भनिन्। लिलियनले पनि धेरै पटक मेरा समस्याहरू औंल्याइन्, मलाई एकलकाँटे र अरूसित परामर्श नगर्ने, अनि कामकुरामा सत्यता नखोज्ने व्यक्ति भनेर भनिन्। त्यतिबेला, म एकदमै हठी थिएँ र त्यसलाई स्वीकार वा आत्मसमीक्षा गरिनँ। त्यसपछि, मेरो स्थिति झनै खराब हुँदै गयो र म सधैँ अलमल्लमा परें। एक दिन, अगुवाले मसँग कुरा गर्न चाहेको कुरा बताइन्, र अर्की सिस्टरसहित भेट्ने प्रबन्ध मिलाइन्। ती सिस्टरको व्यवहार राम्रो छैन भनेर सुनेकी थिएँ, त्यसैले यो कुरालाई म ती सिस्टर जस्तो छु भनेर अगुवालाई लागेको होला भन्ने अर्थमा लिएँ। यो सोच्दा मलाई अलिक डर लाग्यो। के मेरो समस्या साँच्चै त्यत्ति गम्भीर थियो? के मलाई बर्खास्त गरिँदै छ? पहिला दुईवटा मण्डली सम्हाल्दा त सबै कुरा ठीकठाकै चलिरहेको थियो, तर अहिले एउटा मण्डली सम्हाल्दा चाहिँ पहिला गरिसकेको चिरपरिचित काम गर्दा पनि किन मैले राम्ररी गरिरहेकी छैनँ? ममा केही खराबी हुनुपर्छ। मैले परमेश्‍वरसामु आएर प्रार्थना गरें, मेरो समस्याबारे चिन्तन गरी बुझ्न मार्गदर्शन गर्नुहोस् भनें।

त्यसपछि एक दिन, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “जब दुई जना मानिसहरू कुनै कुराको लागि जिम्‍मेवार हुन्छन्, र तिनीहरूमध्ये एक जनामा ख्रीष्टविरोधीको सार छ, तब त्यस व्यक्तिमा के प्रकट हुन्छ? चाहे जेसुकै होस्, काम सुचारु गर्ने, प्रश्‍नहरू गर्ने, कामकुरा मिलाउने, र समाधान निकाल्‍ने उही मात्र हुन्छ। अनि प्रायजसो, त्यस्ता व्यक्तिहरूले आफ्‍नो सहकर्मीलाई पूर्ण रूपमा अन्धकारमा राख्छन्। तिनीहरूको नजरमा उक्त सहकर्मी को हुन्छ? तिनीहरूको सहायक हुँदैनन्, सहकर्मी छ भनेर देखाउन राखेको व्यक्ति मात्रै हुन्छन्। ख्रीष्टविरोधीहरूको नजरमा, सहकर्मीहरू अस्तित्वहीन हुन्छन्। जब-जब समस्या आउँछ, तब ख्रीष्टविरोधीले त्यसबारेमा राम्ररी विचार गर्छ, र कुनै कार्यदिशा तय गरेपछि, तिनीहरूले यसो गर्नुपर्छ भनेर अरू सबैलाई जानकारी दिन्छन्, र कसैलाई पनि प्रश्‍न गर्ने अनुमति हुँदैन। अरूसँगको तिनीहरूको सहकार्यको सार के हुन्छ? मूलतः त्यो अन्तिम निर्णय गर्नु, अरू कसैसित कहिल्यै समस्याहरूबारे छलफल नगर्नु, कामको पूर्ण जिम्मेवारी नलिनु, र आफ्ना सहकर्मीहरूलाई सजावटको वस्तु बनाउनु हो। तिनीहरू सधैँ एक्लै काम गर्छन् र कहिल्यै अरूसित सहकार्य गर्दैनन्। तिनीहरू अरू कसैसित आफ्नो कामबारे कहिल्यै छलफल वा कुराकानी गर्दैनन्, तिनीहरू प्राय: एक्लैले निर्णय लिन्छन् र मामलाहरू सम्हाल्छन्, र धेरै कुरामा, कार्य गरिसकेपछि मात्र कामकुरा कसरी सकाइएका वा सम्हालिएका थिए भनी अरू मानिसले थाहा पाउँछन्। अरू मानिसहरूले तिनीहरूलाई भन्छन्, ‘सबै समस्याहरू हामीसँग छलफल गरिनुपर्छ। तपाईंले त्यो व्यक्तिलाई कहिले तह लगाउनुभयो? तपाईंले उसलाई कसरी सम्हाल्नुभयो? हामीलाई यसबारेमा कसरी थाहा भएन?’ तिनीहरूले न त स्पष्टीकरण दिन्छन् न त कुनै ध्यान नै दिन्छन्; तिनीहरूका लागि, आफ्नो सहकर्मीको कुनै कामै हुँदैन, उनीहरू सजावट वा देखाउने चिज मात्र हुन्। जब केही कुरा आइपर्छ, तिनीहरूले विचार गर्छन्, निर्णयमा पुग्छन्, र आफूलाई जसरी इच्छा लाग्छ त्यसरी काम गर्छन्। तिनीहरूको वरिपरि जति नै धेरै मानिसहरू भए पनि, तिनीहरूले ती मानिसहरू त्यहाँ छैनन् जस्तो व्यवहार गर्छन्। ख्रीष्टविरोधीको लागि, ती मानिसहरू त हावाजस्तै अदृश्य हुन पनि सक्छन्। यसलाई मध्यनजर गर्दा, के अरूसँगको तिनीहरूको साझेदारीको कुनै वास्तविक पक्ष छ? बिलकुलै छैन, तिनीहरूले झारा टार्ने र भूमिका खेलेको बहाना गर्ने काम मात्र गरिरहेका हुन्छन्। अरूले तिनीहरूलाई यसो भन्छन्, ‘समस्याको सामना गर्दा किन तपाईंले सबैसँग सङ्गति गर्नुहुन्‍न?’ तिनीहरूले यसरी जवाफ दिन्छन्, ‘तिनीहरूलाई के थाहा छ? समूहको अगुवा म हुँ, निर्णय गर्नु मेरै हातको कुरा हो।’ अरूले भन्छन्, ‘अनि तपाईंले किन तपाईंको सहकर्मीसँग सङ्गति गर्नुभएन?’ तिनीहरूले उत्तर दिन्छन्, ‘मैले उहाँलाई भनेँ, र उहाँसँग कुनै राय थिएन।’ तिनीहरू आफैले नियमकानुनको धज्जी उडाइरहेको तथ्यलाई ढाकछोप गर्नको लागि अरू मानिससँग कुनै राय छैन वा तिनीहरू आफैले विचार गर्न सक्दैनन् भन्‍ने कुरालाई प्रयोग गर्छन्। तर यसपछि पनि तिनीहरूले अलिकति पनि आत्म-विश्‍लेषण गर्दैनन्। यस्तो व्यक्तिले सत्यतालाई स्विकार्न असम्भव हुनेछ। यो ख्रीष्टविरोधी प्रकृतिको एउटा समस्या हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरको पालना गर्न होइन तर तिनीहरूको आफ्‍नै कुरा पालना गर्न लगाउँथे (भाग एक))। परमेश्‍वरका वचनहरूले मेरो स्थिति एकदमै राम्रोसित व्याख्या गरे। हरेक वचन पढ्दा परमेश्‍वरले सीधै मेरो खुलासा गरिरहनुभएको जस्तो लाग्यो। मैले अन्त्यमा के बुझें भने, हरेक कुरामा आफै अन्तिम निर्णय गर्न खोज्नु, लिलियनको अस्तित्व नै छैन जस्तो व्यवहार गर्नु, र आफै गर्न सकिहाल्छु भन्ने बहाना गर्दै तिनीसित परामर्श नगर्नु भनेको त तानाशाह हुनु र ख्रीष्टिविरोधीको मार्गमा हिंड्नु पो रहेछ। पहिलेको कुरा हेर्दा, मैले सदैव त्यही प्रकारले काम गर्दै आइरहेकी थिएँ। जब दुईवटा समूह मिसाउने बेला आयो, मैले लिलियनसँग छलफल नगरी त्यो काम गरें, उनलाई सूचना समेत दिइनँ। मैले एक जना नवप्रवेशी आफ्नो काममा व्यस्त भएको देख्दा, उपयुक्त कदम के होला भनेर तिनीसँग छलफल गरिनँ, तर मैले तिनलाई सीधै समूहबाट निकालें र तिनको कर्तव्य छिनेँ। लिलियनले केही प्रोजेक्टको प्रगति र नयाँ विश्‍वासीहरूबारे सोध्दा धीर भई जवाफ दिनुको साटो म रिसाएँ र प्रतिरोधी भएँ, यो त तिनको कनिष्ठ भएर वरिष्ठलाई रिपोर्ट गर्नु जस्तो हो भन्ठानें। त्यसैले मैले तिनलाई बेवास्ता गरें। जहिले पनि म नै अन्तिम निर्णय गर्न चाहन्थें, अख्तियार जमाउन चाहन्थें। म आफ्नो कर्तव्यमा एकतन्त्री र मनमानी थिएँ, कसैसित पनि काम गर्न चाहन्नथिएँ र मैले लिलियनलाई बाधा दिएँ। त्यो मैले कर्तव्य गरिरहेको कसरी भयो र? यसले मण्डलीको काममा बाधा पुगिरहेको थियो र मैले शैतानको नोकरको रूपमा काम गरिरहेकी थिएँ।

पछि मैले परमेश्‍वरका वचनको अर्को खण्ड भेट्टाएँ: “अगुवा र सेवकहरू, अनि कुनै पनि कर्तव्य गर्ने सबै व्यक्तिको सहकर्मी हुने भए पनि, ख्रीष्टविरोधीहरूले आफूमा राम्रो क्षमता छ र आफू साधारण मानिसहरूभन्दा असल छु, त्यसकारण साधारण मानिसहरू आफ्नो सहकर्मी हुन योग्य हुँदैनन्, र तिनीहरू सबै आफूभन्दा तल्‍लो स्तरका हुन्छन् भन्‍ने विश्‍वास गर्छन्। त्यसैले ख्रीष्टविरोधीहरू अन्तिम निर्णय आफै गर्न मन पराउँछन् र अरू कसैसँग पनि छलफल गर्न चाहँदैनन्। त्यसो गर्दा आफू केही नकामको अयोग्य देखिनेछु भन्‍ने तिनीहरूलाई लाग्छ। यो कस्तो प्रकारको दृष्टिकोण हो? यो कस्तो प्रकारको स्वभाव हो? के यो अहङ्कारी स्वभाव हो? तिनीहरूले अरूसँग सहकार्य गर्नु र विभिन्‍न विषयमा छलफल गर्नु, तिनीहरूलाई सोधपुछ गर्नु र तिनीहरूबाट खोजी गर्नु अशोभनीय र अपमानजनक, र आत्मसम्मानमा ठेस लगाउने कुरा हो भन्‍ने ठान्छन्। त्यसकारण, आफ्‍नो आत्मसम्‍मानको रक्षा गर्न, तिनीहरूले आफूले गर्ने कुनै कुरामा पारदर्शिता देखाउँदैनन्, न त तिनीहरूले यसबारेमा अरूलाई नै बताउँछन्, अरूसँग यसबारेमा छलफल गर्नु त परै जाओस्। तिनीहरूलाई के लाग्छ भने, अरूसँग छलफल गर्नु भनेको आफू असक्षम छु भन्‍ने देखाउनु हो; सधैँ अरूका विचार माग्‍नु भनेको आफू मूर्ख र आफै विचार गर्न नसक्‍ने छु भनी देखाउनु हो; कुनै काम पूरा गर्न वा केही समस्या समाधान गर्न अरूसँग काम गर्दा त्यसले आफूलाई निकम्मा देखाउँछ। के यो तिनीहरूको अहङ्कारी र मूर्ख मानसिकता होइन र? के यो तिनीहरूको भ्रष्ट स्वभाव होइन र? तिनीहरूभित्रको अहङ्कार र आत्मधार्मिकता एकदमै प्रस्ट देखिन्छ; तिनीहरूले सामान्य मानव समझ पूरै गुमाएका हुन्छन्, र तिनीहरूको दिमाग ठेगानमा हुँदैन। तिनीहरूले सधैँ आफूसित क्षमता छ, आफै कामकुरा फत्ते गर्न सक्छन् र अरूसित सहकार्य गर्नु आवश्यक छैन भन्ने सोच्छन्। तिनीहरूसँग यस्ता भ्रष्ट स्वभाव भएका हुनाले, तिनीहरूले सौहार्दपूर्ण सहकार्य हासिल गर्न सक्दैनन्। तिनीहरूले अरूसँग सहकार्य गर्नु भनेको आफ्नो शक्तिलाई फितलो बनाउनु र टुक्र्याउनु हो, अरूसँग काम बाँड्दा, आफ्‍नै शक्ति कम हुन्छ भन्‍ने विश्‍वास गर्छन् र तिनीहरूले आफ्‍नो लागि सबै कुराको निर्णय गर्न सक्दैनन्, अर्थात् तिनीहरूमा साँचो शक्तिको कमी हुन्छ, जुन तिनीहरूको लागि ठूलो घाटा हो। त्यसकारण, तिनीहरूलाई जेसुकै आइलागे पनि, यदि तिनीहरूलाई यो कुरा बुझेको छु त्यसलाई सम्हाल्ने उचित तरिका जानेको छु भन्‍ने लाग्छ भने, तिनीहरूले यसबारेमा अरू कसैसँग छलफल गर्नेछैनन्, र तिनीहरूले सारा आदेशहरू दिनेछन्। अरूलाई थाहा दिनुभन्दा गल्ती गर्न रुचाउँछन्, अरूसँग शक्ति बाँड्नुभन्दा गलत नै हुन रुचाउँछन्, र आफ्नो काममा अरूलाई हस्तक्षेप गर्न दिनुभन्दा निष्कासित हुन रुचाउँछन्। यस्तो व्यक्ति ख्रीष्टविरोधी हो। तिनीहरूले आफ्‍नो शक्ति अरू कसैसँग बाँड्नुभन्दा, परमेश्‍वरको घरका हितहरूमा हानि पुर्‍याउन, परमेश्‍वरको घरका हितहरूमा सम्झौता गर्न चाहन्छन्। तिनीहरूलाई के लाग्छ भने, आफूले कुनै काम गर्दा वा कुनै मामला सम्हाल्दा, यो कर्तव्यपालन होइन, बरु आफ्नो प्रदर्शन गर्ने र अरूभन्दा विशिष्ट बन्ने, अनि शक्ति प्रयोग गर्ने मौका हो। त्यसकारण, तिनीहरूले अरूसित मिलेर सहकार्य गर्नेछु र मामलाहरू आइपर्दा त्यसबारे अरूसित छलफल गर्नेछु भन्ने गरे पनि, सत्य कुरा के हो भने, तिनीहरू हृदयमा, आफ्नो शक्ति वा हैसियत त्याग्न अनिच्छुक छन्। तिनीहरू सोच्छन् कि यदि तिनीहरूले केही धर्मसिद्धान्त बुझेका छन् र त्यो काम आफै गर्न सक्छन् भने, तिनीहरूले अरू कसैसँग सहकार्य गर्नु पर्दैन; तिनीहरूले सोच्छन्, यो काम आफै अघि बढाउनुपर्छ र आफै पूरा गर्नुपर्छ, र त्यसरी मात्रै यसले तिनीहरूलाई दक्ष बनाउन सक्छ। के यो दृष्टिकोण ठीक छ? तिनीहरूबाट सिद्धान्तहरू उल्लङ्घन भएमा, तिनीहरूले कर्तव्य पूरा गरिरहेका हुँदैनन्, तिनीहरू परमेश्‍वरको आज्ञा पूरा गर्न सक्षम हुँदैनन्, र तिनीहरूले परिश्रम मात्र गरिरहेका हुन्छन् भन्ने कुरा तिनीहरूलाई थाहा हुँदैन। कर्तव्यपालनको दौरान सत्यता सिद्धान्तहरू खोजी गर्नुको सट्टा, तिनीहरूले आफ्‍ना विचार र मनसायहरूअनुसार शक्ति प्रयोग गर्छन्, धाक लगाउँछन्, र आफ्‍नै प्रदर्शन गर्छन्। तिनीहरूको साझेदार सहकर्मी जो भए पनि वा तिनीहरूले जे काम गरे पनि, तिनीहरूले कामकुराबारे छलफल गर्न कहिल्यै चाहँदैनन्, तिनीहरू सधैँ आफै काम गर्न चाहन्छन्, र सधैँ आफै अन्तिम निर्णय लिन चाहन्छन्। तिनीहरूले कामकुरा पूरा गर्न स्पष्टतः शक्तिसँग खेलिरहेका र शक्ति प्रयोग गरिरहेका हुन्छन्। ख्रीष्टविरोधीहरू सबैले शक्तिलाई प्रेम गर्छन्, र जब तिनीहरूसँग हैसियत हुन्छ, तिनीहरू अझै बढी शक्ति चाहन्छन्। अनि, जब ख्रीष्टविरोधीहरूसँग शक्ति हुन्छ, तिनीहरूले आफ्नो हैसियत प्रयोग गरेर प्रदर्शन गर्ने र आफ्‍नो सान देखाउने सम्भावना हुन्छ, ताकि अरूले तिनीहरूलाई आदरभावले हेरून् र तिनीहरू अरूभन्दा फरक देखिन सकून्। यसरी ख्रीष्टविरोधीहरू शक्ति र हैसियतमा लीन हुन्छन्, र आफ्नो शक्ति कहिल्यै परित्याग गर्दैनन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरको पालना गर्न होइन तर तिनीहरूको आफ्‍नै कुरा पालना गर्न लगाउँथे (भाग एक))। यो पढेपछि म त्यति बिघ्न हैकम जमाउने बन्‍नु र अरूसित काम गर्न इच्छुक नहुनुको कारण त मण्डलीको काममा धेरै मानिसहरू सामेल गरियो भने मेरो अधिकार छरपस्ट हुनेछ र म एकमात्र इन्चार्ज हुँदिनँ, अरूलाई अह्राउखटाउ गर्न पाउँदिनँ, वा अरूबाट प्रशंसा पाइँदैन भनेर पो रहेछ भन्ने देखेँ। मैले पहिला मण्डलीको कामको जिम्मेवारी सम्हालेकी थिएँ, र मसित अनुभव छ, यसको लागि क्षमता छ र म योग्य छु भनेर सोचेँ। मैले यसैको आडमा अहङ्कारी हुँदै, म विशेष व्यक्ति हुँ र अरूभन्दा माथि छु भन्ने सोचाइ राखें। लिलियनले केही गर्नुअघि मैले तिनीसँग छलफल गरूँ भन्ने चाहन्थिन्, तर त्यसो गर्दा म असक्षम देखिन्छु भन्ने मलाई लाग्यो, त्यसैले म आफ्नै बलबुतामा कामकुरा गर्थें। कहिलेकाहीँ चाहिँ तिनीसित परामर्श लिनुपर्छ कि भनेर सोच्थें, तर आडम्बर देखाउन र अरूको प्रशंसा पाउन तिनीसँग भन्ने विचार नै हुँदैन भन्ने सोच्दै मैले तिनीसित छलफल गरे पनि मसित सहमत भइहाल्ने त हुन् नि भन्ने तर्क निकालेँ। मैले यसलाई लिलियनसित काम नगर्ने बहानाको रूपमा प्रयोग गरें। हामी दुवैले सँगै मण्डलीको काम गरून् भनेर मण्डलीले प्रबन्ध गरेको थियो। हरेक प्रोजेक्टमा सहभागी हुने, त्यसको विस्तृत जानकारी र प्रगतिबारे जान्ने तिनको अधिकार थियो, तर मैले ती आफै गर्नका लागि तिनलाई पन्छाएँ, कामकुराबारे जान्ने र बोल्ने तिनको अधिकार छिनेँ, तिनलाई नाम मात्रको इन्चार्ज बनाएँ। मैले तिनलाई सहभागी हुन नदिई सबै कामकुरा आफ्नो हातमा लिएँ। के मैले यस्तो गर्नुको सार ख्रीष्टविरोधीले आफ्नै साम्राज्य खडा गर्ने कार्यकै जस्तो थिएन र? मैले ठूलो रातो अजिङ्गरको तानाशाही र पूर्ण नियन्त्रणबारे, र मानिसहरूले त्यसको कुरा चुपचाप सुन्नुपर्छ भन्‍ने बारेमा सोचेँ। मेरो हकमा, मैले आफूले गर्ने सबै कुराको इन्चार्ज हुन चाहेँ, हैकम जमाएँ र अरूसित कामकुराबारे छलफल गर्न इच्छुक भइनँ। म मण्डलीमा तानाशाह थिएँ र पूरै नियन्त्रण जमाउथें। म कसरी त्यो ठूलो रातो अजिङ्गरभन्दा फरक थिएँ र? मैले यसबारे जति धेरै सोचें, अरूसित सहकार्य गर्न इन्कार गर्ने मेरो समस्या उति नै धेरै गम्भीर रहेको महसुस गरें, र मलाई अलिक डर लाग्यो। मण्डलीमा ख्रीष्ट र सत्यताको शक्ति चल्छ। जेसुकै भए तापनि, हामीले सत्यता खोज्नुपर्छ र सिद्धान्तअनुसार कामकुरा गर्नुपर्छ। तर मैले सम्हालेको मण्डलीमा सधैँ सर्वेसर्वा निर्णय गर्न चाहें। के मैले शासक हुन खोजेकी थिइनँ र? कसरी सत्यता अभ्यास गर्ने र मण्डलीका हितको रक्षा गर्ने भनेर मैले विचार गरिरहेकी थिइनँ, बरु आफ्ना व्यक्तिगत चाहनाहरू पूरा हुन्छन् कि हुँदैनन् भनेर सोचें। अन्त्यमा गएर, मेरै कारणले मण्डलीको काम पूरै बिग्रियो, र मैले त्यो मार्गमा बाधा र रोकावट ल्याइरहेकी थिएँ। मैले त्यो कर्तव्य निर्वाह गर्न पाउनु परमेश्‍वरको अनुग्रह थियो। म सत्यताको पछि लागूँ, दाजुभाइ-दिदीबहिनीसित मिलेर काम गरूँ, र नयाँ विश्‍वासीहरूलाई राम्रोसँग मलजल गरी तिनीहरूलाई चाँडै साँचो मार्गमा पाइला टेक्न सक्ने बनाऊँ भन्‍ने परमेश्‍वरको इच्छा थियो। तर मैले यसलाई आडम्बर देखाउने, शक्ति प्रयोग गर्ने र अरूलाई मेरो मान गर्न लगाउने मौकाको रूपमा लिएँ। म सधैँ हैकम जमाउने व्यक्ति थिएँ, आफ्ना सीपहरू देखाइ टोपल्थें। यसले मण्डलीको काममा बाधा मात्र पुऱ्याएन, दाजुभाइ-दिदीबहिनीलाई चोट पनि पुऱ्यायो र मेरो आफ्नै जीवनमा पनि हानि गऱ्यो।

मैले परमेश्‍वरका वचनहरू वाचन गरिएको भिडियो हेरें, जसले मेरा गलत दृष्टिकोणलाई पुरै बद्लिदियो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ: “सौहार्दपूर्ण सहकार्यमा धेरै कुरा समावेश हुन्‍छन्। यसमा कम्तीमा पनि, यी धेरै कुराहरूमध्ये एउटाचाहिँ अरूलाई बोल्न र विभिन्‍न सुझावहरू राख्‍न दिनु हो। यदि तँ सच्चा रूपमा विवेकसङ्गत छस् भने, तैँले जुनै प्रकारको काम गरे पनि, पहिले सत्यता सिद्धान्तहरू खोज्न सिक्‍नुपर्छ, र अरूका रायहरू खोज्न अग्रसर हुनुपर्छ। तैँले प्रत्येक सुझावलाई गम्भीरतापूर्वक लिइस् र त्यसपछि अरूसित मिलेर समस्याहरू समाधान गरिस् भने, आधारभूत रूपमा सौहार्दपूर्ण सहकार्यलाई पूर्णता दिनेछस्। यस तरिकाले, तैँले आफ्नो कर्तव्यमा एकदमै कम कठिनाइको सामना गर्नेछस्। जुनै समस्या आइपरे पनि, ती समाधान गर्न र सम्हाल्न सजिलो हुनेछ। यही नै सौहार्दपूर्ण सहकार्यको प्रभाव हो। कहिलेकाहीँ, सानातिना मामिलाहरूमा विवादहरू हुन्छन्, तर जबसम्म यिनले काममा असर गर्दैनन्, ती समस्या बन्नेछैनन्। तथापि, मण्डलीको कामसँग सम्बन्ध भएका महत्त्वपूर्ण र प्रमुख मामिलाहरूमा, तैँले सहमति कायम गर्नुपर्छ र ती समाधान गर्न सत्यता खोजी गर्नुपर्छ। यदि अगुवा वा सेवकको रूपमा, तैँले सधैँ आफूलाई अरूभन्दा माथि ठान्छस्, र त्यो सरकारी पद भएझैँ आफ्नो कर्तव्यमा रमाउँछस्, सधैँ तेरो हैसियतका लाभहरू लिन्छस्, आफ्‍नै योजनाहरू बनाउँदै, सधैँ आफ्नै ख्याति, प्राप्ति र हैसियतको सोचविचार र उपभोग गर्दै, सधैँ आफ्नै उद्यम चलाउँदै, र सधैँ उच्‍च हैसियत प्राप्त गर्ने, अझ धेरै मानिसहरूलाई व्यवस्थापन र नियन्त्रण गर्ने, र आफ्नो शक्तिको दायरा विस्तार गर्ने प्रयास गर्दै, कुनै सरकारी अधिकारीजस्तै गरी, यदि तँ आफ्नो कर्तव्यमा मस्त हुन्छस् भने, त्यो समस्या हो। आफू सरकारी अधिकारी भएजस्तै गरी कुनै महत्त्वपूर्ण कर्तव्यलाई आफ्नो पदको फाइदा उठाउने मौकाको रूपमा लिनु निकै खतरनाक हुन्छ। यदि तँ सधैँ यस्तरी व्यवहार गर्छस्, अरूसँग सहकार्य गर्न चाहँदैनस्, आफ्नो शक्तिलाई कम गर्न र त्यो अरू कसैसित बाँड्न चाहँदैनस्, अरू आफूप्रतिको ध्यान अरू कसैले तानेको चाहँदैनस्, सबैको आकर्षणको केन्द्रबिन्दु बन्‍न खोज्छस्, र आफै मात्र शक्तिको उपभोग गर्न चाहन्छस् भने, तँ एक ख्रीष्टविरोधी होस्। तथापि, यदि तैँले सत्यतालाई प्रायजसो खोजी गर्छस्, आफ्नो देह, प्रेरणा र विचारहरूविरुद्ध विद्रोहको अभ्यास गर्छस्, र आफै अग्रसर भएर अरूसँग सहकार्य गर्न, अरूसित परामर्श र खोजी गर्नलाई मन खोलेर कुरा गर्न, अरूका विचार र सुझावहरूलाई ध्यानपूर्वक सुन्‍न, र जसकोबाट आएको भए पनि सही र सत्यतासँग मिल्दो सल्लाहलाई स्विकार्न सक्छस् भने, तैँले बुद्धिमानीपूर्ण र सही तरिकाले अभ्यास गरिरहेको हुन्छस्, र तँ गलत मार्गबाट बच्न सक्षम हुन्छस्, र यो तेरो लागि सुरक्षा हो। तैँले अगुवासम्बन्धी उपाधिहरू त्याग्‍नुपर्छ, हैसियतको तुच्छ धाक लगाउन छोड्नुपर्छ, यसको साटो आफूलाई सामान्य व्यक्ति ठान्‍नुपर्छ, अरूकै बराबरी स्तरमा खडा हुनुपर्छ, र आफ्नो कर्तव्यप्रति जिम्मेवार मनोवृत्ति अपनाउनुपर्छ। यदि तैँले आफ्नो कर्तव्यलाई सधैँ आधिकारिक उपाधि र हैसियत, वा सम्मान ठान्छस्, र अरू मानिसहरूको काम तेरो पदको निम्ति काम र सेवा गर्नु हो भन्ने कल्पना गर्छस् भने, यो समस्याजनक कुरा हो, अनि परमेश्‍वरले तँलाई तिरस्कार गर्नुहुनेछ र उहाँ तँदेखि विरक्तिनुहुनेछ। यदि तैँले आफू अरूसमान नै हुँ, आफूलाई परमेश्‍वरबाट थोरै बढी कार्यादेश र जिम्मेवारी प्राप्त भएको मात्र हो भन्‍ने विश्‍वास गर्छस् भने, यदि तैँले आफूलाई तिनीहरूसँगको समान स्थानमा राख्‍न सिक्‍न सक्छस्, र अरू मानिसले के सोच्छन् भनेर सोध्‍नलाई झुक्‍नसमेत सक्छस् भने, र यदि तैँले तिनीहरूको कुरा गम्भीरतापूर्वक, नजिकबाट र ध्यानपूर्वक सुन्‍न सक्छस् भने, तैँले अरूसित सौहार्दपूर्ण रूपमा सहकार्य गर्नेछस्। यो सौहार्दपूर्ण सहकार्यले कस्तो प्रभाव पार्नेछ? यसको प्रभाव ठूलो हुन्छ। तैँले आफूसित पहिला कहिल्यै नभएका कुराहरू प्राप्त गर्नेछस्, जुन सत्यताको ज्योति र जीवनका वास्तविकताहरू हुन्; तैँले अरूका सद्गुणहरू पत्ता लगाउनेछस् र तिनीहरूका सबल पक्षबाट सिक्नेछस्। अर्को कुरा पनि छ: तँ अरूलाई मूर्ख, मन्द बुद्धिको, बेवकुफ, आफूभन्दा तुच्छ ठान्छस्, तर जब तँ तिनीहरूको राय सुन्छस् वा अरू मानिसले तँसामु आफ्नो मन खोल्छन्, तब तैँले अनजानमै कोही पनि तैँले सोचे जत्ति साधारण हुँदैन, हरव्यक्तिले फरक सोच र विचार दिन सक्छ, र हरव्यक्तिका आफ्नै गुणहरू हुन्छन् भनेर पत्ता लगाउनेछस्। यदि तैँले सौहार्दपूर्ण रूपमा सहकार्य गर्न सिकिस् भने, त्यसले तँलाई अरूका सबल पक्षबाट सिक्न मद्दत गर्ने मात्र नभई तेरो अहङ्कार र आत्मधर्मीपन खुलासा गर्न र तँलाई आफू चलाख छु भन्ने कल्पना गर्नबाट रोक्न सक्छ। जब तँ आफूलाई अरू सबैभन्दा स्मार्ट र राम्रो छु भन्ठान्न छोड्छस्, तब यो आत्मकेन्द्रित र आत्मप्रशंसा गर्ने स्थितिमा जिउन छोड्नेछस्। अनि त्यसले तँलाई बचाउनेछ, होइन र? अरूसँग सहकार्य गर्दा तैँले सिक्नुपर्ने पाठ र लिनुपर्ने लाभ यही हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरको पालना गर्न होइन तर तिनीहरूको आफ्‍नै कुरा पालना गर्न लगाउँथे (भाग एक))। यो हेरिसकेपछि के बुझें भने, मैले लिलियनसित सहकार्य गर्न नचाहनु र मेरो अधिकार विभाजन हुन्छ भनेर डराउनुको कारण त परमेश्‍वरले मलाई दिनुभएको कर्तव्यलाई मैले मेरो जिम्‍मेवारीको रूपमा नहेरेकोले गर्दा पो रहेछ। बरू मैले त्यसलाई आफ्नो आधिकारिक पद ठानें, मानौं त्यो मेरो ओहोदा र मुकुट हो। मैले अरूसित सहकार्य गर्न मानिनँ, र सधैँ उच्च एवम् पराक्रमी हुन खोजें, आफूलाई विशिष्ट व्यक्ति बनाउन चाहें। त्यो गलत मार्ग थियो। वास्तवमा, मसित सत्यता र समस्याहरू समाधान गर्ने तरिकाबारे सतही बुझाइ थियो भनेर त्यस समय अवधिले प्रकट गऱ्यो। मैले हाम्रो कामलाई समग्र रूपमा विचार गरिरहेकी पनि थिइनँ र व्यवहारिक काम त गर्दै गरिनँ भन्दा पनि हुन्छ। दाजुभाइ-दिदीबहिनीलाई जीवन प्रवेशमा आइपर्ने समस्याहरूमा मदत गर्नु त संघर्ष नै थियो, म एक्लैले गर्न नसकेका थुप्रै कामहरू थिए। अरूको सामर्थ्यबाट सिक्न र आफ्ना कमजोरीलाई बलमा परिणत गर्नका लागि मसित सँगै काम गर्ने, कामकुराबारे छलफल गर्ने र प्रतिक्रिया दिने अरू कसैको मलाई खाँचो थियो। मैले सोचें, देहधारी परमेश्‍वरले मानिसजातिको मुक्तिको लागि धेरै सत्यताहरू व्यक्त गर्नुहुन्छ तर उहाँले अलिकति पनि अहङ्कार देखाउनुहुन्न। उहाँले धेरै कुरामा मानिसका सुझाव सुन्नुहुन्छ र कहिल्यै आडम्बर देखाउनुहुन्न। उहाँले मानिसजातिलाई मलजल गर्न र पोषण दिन सधैँ चुपचाप सत्यताहरू व्यक्त गरिरहनुभएको छ। परमेश्‍वरको सार धेरै दयालु र प्रेमिलो छ। तर म शैतानद्वारा भ्रष्ट पारिएकी, शैतानी स्वभावहरूले भरिएकी अनि सत्यता नबुझेकी थिएँ। मैले बुझ्न नसकेका धेरै कुरा थिए। तैपनि म आफूलाई विशेष ठान्दै उच्च र पराक्रमी मान्थें, काम जत्रोसुकै भए पनि सहकर्मीविनै, कसैलाई विचारै नगरी आफै सम्हाल्न सकिहाल्छु भनी सोच्थें। मअति नै अहङ्कारी र अविवेकी थिएँ। वास्तवमा, हाम्रो कर्तव्यमा कामकुराबारे छलफल गर्नु र सङ्गति गर्नु त अक्षमताको प्रदर्शन नभई व्यावहारिक र बुद्धिमान कुरा हो। यो त आफूले देख्न वा बुझ्न नसक्ने कुरा अरूबाट प्राप्त गर्नु, र आफ्‍नो घमण्डको गलत मार्गलाई त्याग्नु हो। कर्तव्य राम्ररी पूरा गर्ने र परमेश्‍वरको सुरक्षा प्राप्त गर्ने एकमात्र मार्ग यही हो। अहिले, मैले परमेश्‍वरको इच्छा बुझें। कामकुराबारे छलफल गर्नु, सहयोगी हुनु र एकअर्काको कमजोरीलाई बलमा परिणत गर्नु नै कर्तव्य राम्ररी पूरा गर्ने र परमेश्‍वरलाई खुसी पार्ने एकमात्र तरिका हो।

पछि मैले परमेश्‍वरको वचनका अर्को खण्ड भेटें, जसले मलाई पछ्याउने मार्ग भेट्न सहयोग गऱ्यो। परमेश्‍वरका वचनले भन्छन्: “जब तिमीहरूले आफ्‍ना कर्तव्यहरू पूरा गर्न अरूसँग सहकार्य गरिरहेको हुन्छौ, तब के तिमीहरू फरक विचारहरूप्रति खुला मनका हुन्छौ? के तिमीहरू अरूलाई बोल्‍न दिन सक्छौ? (म केही मात्रामा गर्न सक्छु। पहिले, प्रायजसो म दाजुभाइ-दिदीबहिनीहरूको सुझाव सुन्दिनथेँ र आफ्‍नै तरिकाले काम गर्न जिद्दी गर्थेँ। पछि म गलत छु भन्‍ने कुरा तथ्यले प्रमाणित गरेपछि मात्रै, मैले तिनीहरूको धेरैजसो सुझाव सही थिए, सबैले छलफल गरेको समाधान नै उचित थियो, र मैले आफ्नै दृष्टिकोणमा भर परेर कुराहरू स्पष्टसँग देख्न सकिनँ र ममा कमी थियो भन्‍ने थाहा पाएँ। यो अनुभव गरेपछि, सद्‌भावपूर्ण सहकार्य गर्नु कति महत्त्वपूर्ण छ भन्‍ने मैले महसुस गरेँ।) अनि तैँले यसबाट के देख्‍न सक्छस्? यो अनुभव गरेपछि, के तैँले केही लाभ प्राप्त गरिस्, र सत्यता बुझिस्? के तिमीहरूलाई कोही सिद्ध छ भन्‍ने लाग्छ? मानिसहरू जति नै दह्रिला भए पनि, वा जति नै सक्षम र प्रतिभावान् भए पनि, तिनीहरू अझै पनि सिद्ध हुँदैनन्। मानिसहरूले यो कुरालाई मान्‍नैपर्छ, यो तथ्य हो र मानिसहरूमा आफ्‍नो योग्यता र सामर्थ्य वा गल्तीहरूलाई सही तरिकाले व्यवहार गर्न हुनुपर्ने मनोवृत्ति हो; यो मानिसहरूमा हुनुपर्ने तर्कसङ्गतता हो। आफूमा त्यस्तो तर्कसङ्गतता भयो भने, तैँले आफ्‍ना र अरूका सामर्थ्यहरू र कमजोरीहरूलाई उचित तरिकाले सम्हाल्न सक्छस्, र यसले तँलाई तिनीहरूसँग सद्‍भावमा रही काम गर्न सक्‍ने तुल्याउनेछ। यदि तैँले सत्यताको यो पक्ष बुझेको छस् र तँ सत्यता वास्तविकताको यो पक्षमा प्रवेश गर्न सक्छस् भने, दाजुभाइ-दिदीबहिनीहरूको सबल पक्ष प्रयोग गर्दै तिनीहरूसँग सद्‍भावको साथ मिलेर बस्दै आफूसँग भएको कुनै पनि कमजोरीलाई पूर्ति गर्न सक्छस्। यसरी, तैँले जुनसुकै कर्तव्य निर्वाह गरिरहेको भए पनि वा तैँले जे गरिरहेको भए पनि, तँ सधैँ यसमा अझ उत्तम हुँदै जानेछस् र परमेश्‍वरको आशिष्‌ पाउनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। यो साँचो हो। महान् र सक्षम हुँदैमा कोही व्यक्ति पूर्ण हुँदैन। सबैसित क्षमता र कमजोरी दुवै हुन्छ अनि त्यसलाई उचित तरिकामा सम्हाल्नुपर्छ। हामीले अरूका सल्लाह सुझाव सुन्न र एकअर्कालाई बलियो बनाउन सिक्नुपर्छ। यस्तो असल समझ भएमा मात्र हामी अरूसित राम्ररी सहकार्य गर्न सक्छौं। पहिला, मैले नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने कामलाई मात्र ध्यान दिइरहेकी थिएँ, र लिलियनले चाहिँ सुसमाचार कामको देखरेख गरिरहेकी थिइन्। यदि मैले ती सबै कामको जिम्मेवारी लिएकी भए, त्यसलाई सम्हाल्न वा राम्ररी पूरा गर्न मेरो वशको कुरा हुने थिएन। अनि आफ्नो कर्तव्यमा धेरैवटा कुराबारे मेरो दृष्टिकोण सीमित थियो। म हतार गर्ने व्यक्ति थिएँ। हाम्रा अगुवाले मेरो कामबारे सोधपूछ गर्दा धेरै गल्ती र राम्ररी नगरिएका कामकुरा औंल्याउँथिन्। सहकर्मीविना कर्तव्य राम्रोसँग गर्न सक्दिनँ भन्ने मैले महसुस गरें। मैले त्यस कुरालाई पहिला कहिल्यै बुझेकी थिइनँ र आफूलाई चिनिनँ। म अहङ्कारी थिएँ, सधैँ इन्चार्ज हुन चाहन्थें र अरूसित काम गर्न सक्दिनँथिएँ। यसले मण्डलीको काममा बाधा पुऱ्यायो। यो थाहा पाएपछि मलाई असाध्यै दोषी महसुस भयो, त्यसैले उप्रान्त भ्रष्टतामा जिउन चाहन्नँ र आफ्नो कर्तव्यमा लिलियनसित मिलेर काम गर्न तयार छु भन्दै परमेश्‍वरलाई मनमनै प्रार्थना गरें।

त्यसपछि, हामीले सँगै काम गर्दा सिस्टर लिलियनसित थुप्रै क्षमता भएको मैले देखें। तिनी मभन्दा धेरै विचारशील थिइन् र समस्या पर्दा सत्यता सिद्धान्तहरू खोजी गर्थिन्। सत्यताबारे सङ्गति गर्दा तिनी विस्तृत रूपमा जान्थिन्। म अगुवा भएकी त्यति धेरै भएको थिएन, त्यसैले मण्डलीको काम कसरी सम्हाल्ने भनेर मलाई त्यति राम्रोसित थाहा थिएन। कामलाई विस्तृत रूपमा सम्हाल्नुपर्दा र समस्या समाधान गर्न सत्यतामा सङ्गति गर्नुपर्दा म एक प्रकारको अन्धाधुन्ध स्थितिमा हुन्थें। ती कुराहरूमा म तिनको बराबरी थिइनँ। अनि मभन्दा तिनी धेरै प्रेमिलो थिइन्; नवप्रवेशीलाई अप्ठेरो स्थितिमा मदत गर्दा तिनले बारम्बार सङ्गति गर्थिन्। तिनले राम्रो काम गरिसकेकी छिन् भनेर मैले भन्दा, अझै राम्रो गर्नु छ भनेर तिनी भन्थिन्। मैले कसरी तिनलाई सहयोग गरिनँ तर अनावश्यक ठानें भनेर मैले सोचें। त्यति बेला तिनी नकारात्मक भएकी थिइन्, तर तिनले तुरुन्तै आफ्नो स्थितिलाई अर्कैतिर मोडेर सक्रियतासाथ आफ्नो कर्तव्य पूरा गरिरहिन्। मैले तिनलाई बेवास्ता गरेकी भए पनि तिनले मलाई बारम्बार प्रश्नहरू सोधिरहन्थिन्। तिनी प्रेमिलो र धीर थिइन् र आफ्नो कर्तव्यको लागि साँचो रूपमा जिम्मेवारी सम्हाल्‍थिन्। मसित यी गुणहरूको कमी थियो। त्यो कुरा बुझेपछि मलाई साह्रै नराम्रो लाग्यो। मेरो भ्रष्ट स्वभावले लिलियनलाई कत्ति चोट पुऱ्याएकी रहेछु र मण्डलीको काममा कत्ति धेरै हानि गरेकी रहेछु भनेर मैले बुझें। यदि म सुरुदेखि नै तिनीसित सहकार्य गर्न उत्सुक भएकी भए, मैले सबै कुराबारे तिनीसित छलफल गरेकी भए, कामकुराले अर्को मोड लिनेथियो। पछुतोले भरिएर म परमेश्‍वरसामु आएँ र प्रार्थना गरें, “हे परमेश्‍वर, मैले आफ्नो भ्रष्टता र कमीकमजोरीलाई देख्न सकें, र अहिले तपाईंको इच्छालाई बुझें। अबउसो म लिलियनसित सहकार्य गर्नेछु र मानव स्वभावमा जिउनेछु।”

त्यसपछि, लिलियनसित काम गर्दा, मैले तिनलाई यस्ता कुराहरू सोध्ने सुनिश्चित गरें, “के तपाईंलाई यो ठीक जस्तो लाग्छ? तपाईंको कुनै सुझाव छ कि?” एकपटक, हामीले कामबारे छलफल गर्दैगर्दा, तिनले मलाई नवप्रवेशीहरूलाई मलजल गर्ने काम कस्तो हुँदैछ भनेर सोधिन्। मैले मनमनै सोचें, “यसबारे हामीले केही दिनअघि मात्रै कुरा गरेको, फेरि किन कुरा गर्नुपऱ्यो? केही समस्या पऱ्यो भने त्यसलाई म सम्हाल्न सकिहाल्छु नि।” म फेरि तिनलाई पन्छाउन चाहन्थें। त्यसपछि, फेरि मेरो पुरानो समस्या सुरु हुँदै गरेको मैले महसुस गरें, मेरो इन्चार्ज हुने चाहना पलाउँदै थियो। मैले तुरुन्तै प्रार्थना गरें, भ्रष्ट स्वभावले काम नगरूँ भनेर परमेश्‍वरलाई मार्गदर्शन मागें। प्रार्थनापछि, अहिलेसम्मका मेरा सबै विफलताहरूबारे सोचें, म कत्ति तानाशाही र हैकम जमाउने थिएँ, आफ्नै तरिकामा कामकुरा गर्न चाहने र आडम्बरी थिएँ। त्यसो गर्नु पूर्णतया शैतानलाई व्यक्त गर्नु थियो। मैले आफूलाई त्यागेर परमेश्‍वरका वचनहरू अभ्यास गर्नुपर्थ्यो, र तिनीसित सहकार्य गर्नुपर्थ्यो। तसर्थ, मैले तिनीसित काम गर्दाको विषयमा आफूले जाने जत्ति सबै कुरा इमानदारीपूर्वक बताएँ, र मैले बताइसकेपछि, लिलियनले पनि आफ्ना विचारहरू पोखिन्। मैले तिनको सङ्गतिबाट केही कुरा सिकें र कर्तव्य पूरा गर्ने उत्कृष्ट तरिका यही हो भन्ने मलाई लाग्यो।

त्यसपछि, मैले आफ्नो कर्तव्यमा समस्या सामना गर्दा छलफल गर्न तिनलाई खोज्ने गर्थें, र यी समस्या समाधान गर्न मिलेर सत्यताको खोजी गरी सङ्गति गर्थ्यौं। यसको केही समयपछि, मेरो स्थिति सुध्रियो र मेरो कर्तव्य प्रस्तुतिमा पनि सुधार आयो। म परमेश्‍वरप्रति एकदमै कृतज्ञ छु। अनि आफ्नो कर्तव्यमा आफूलाई त्याग्दा, अरूसित मिलेर काम गर्दा र एकअर्काका कमीकमजोरीहरू परिपूर्ति गर्दा मात्र, परमेश्‍वरको मार्गदर्शन प्राप्त गर्न सकिने रहेछ भनेर मैले देखेकी छु!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

रेखदेखप्रतिको प्रतिरोधबारे मनन

२०२१ मा, म मण्डलीमा मलजल कामको इन्‍चार्ज थिएँ। त्यो अवधिमा, अगुवाले हाम्रो कामको रेखदेख र जानकारी राख्‍न प्रायजसो हाम्रो कामको प्रगतिबारे...

आलोचना गरिँदा मेरो खुलासा भयो

स्यारोन, स्पेनडिसेम्बर २०२१ को एकदिन अर्को सिस्टरले मलाई अर्को मण्डलीबाट हाम्रो मण्डलीमा स्थानान्तरण भएर आएकी सिस्टर एड्रियानाले अन्य...

आखिरमा आफ्नो कर्तव्य कसरी पूरा गर्ने भनेर मैले सिकेँ

क्षिन्‍चेङ, इटालीसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “आफ्नो दायित्वलाई पूरा गर्ने प्रक्रियाद्वारा मानिस बिस्तारै परिवर्तन गरिन्छ, र यही...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्