प्रकोपका बीचमा कसरी साँचो पश्चाताप प्राप्त गर्ने

21 फेब्रुअरी 2021

By Xiaoyu, USA

२०२० मा, कोभिड-१९ भाइरसले विश्वलाई एकाएक प्रभावित गर्यो र संसारलाई त्रासले डुबायो। अफ्रिकामा धुइरो लागेर आएका सलहहरूको विशाल संख्या पनि ठूलो धक्का दिने कुरा थियो। महामारी र अनिकालको आगमनको साथसाथै, प्रभुमा विश्वास गर्नेहरूको बढ्दो संख्याले प्रभुको आगमनको दिन नजिकै छ र परमेश्वरको राज्य आउनै लागेको छ भन्ने अनुभूति दिन थालेको छ। प्रभु येशूले एक पटक भन्नुभएको थियो, “पश्‍चात्ताप गर: किनभने स्वर्गको राज्य नजिकै छ(मत्ती ४:१७)। प्रभु हामी सबैबाट यही चाहना गर्नुहुन्छ। यदि हामी साँच्चिकै पश्चाताप गर्छौं भने मात्र हामी परमेश्वरद्वारा सुरक्षित गरिनेछौं र महा सङ्कष्टको अघि स्वर्गीय राज्यमा ल्याइनेछौं। त्यसोभए साँचो पश्चाताप भनेको के हो र हामी यसलाई कसरी हासिल गर्न सक्दछौं?

पश्चातापको उल्लेखमा, प्रभुका धेरै विश्वासीहरूले भन्नेछन्, “अहिले हामी प्रभुमा विश्वास गर्ने हुनाले, हामी कसम खादैनौं वा झगडा गर्दैनौं, हामी अरूप्रति सहिष्णु र धैर्यशाली छौं, हामी प्राय: प्रभुलाई प्रार्थना गर्छौं र स्वीकार्छौं, हामी काम गर्छौं र प्रभुको लागि स्वयमलाई समर्पित गर्छौं, र हामी जेलमा राखिएपछि पनि प्रभुको नाम इन्कार गर्दैनौं। यो राम्रो व्यवहारले प्रमाणित गर्छ कि हामीले साँच्चिकै पश्चाताप गरेका छौं। जब प्रभु फर्कनुहुन्छ, हामी उहाँसँगै स्वर्गीय राज्यमा प्रवेश गर्नेछौं।” हामीले प्रभुमा विश्वास गर्न थालेपछि, हामीले हाम्रो खराब बानीहरू त्याग्यौं; हामी नम्र, सहिष्णु भयौं, हामीले अरूलाई सहयोग गर्‍यौं, र हामी त्याग गर्न र सुसमाचार प्रचार गर्न र प्रभुलाई साक्षी दिनको लागि स्वयमलाई समर्पित गर्न सक्षम भयौं। हाम्रो व्यवहारमा वास्तवमा केही परिवर्तनहरू भएता पनि हामीले आफूलाई पापको हतकडीबाट मुक्त गरेका छैनौं र अझै पनि पापको बीचमै बाँच्दछौं, भाग्न असमर्थ छौं भन्ने कुरा अस्वीकार गर्न सकिदैन। उदाहरणको लागि, जब कसैले हामीलाई हानि पुर्‍याउने कुरा गर्छ जसले हाम्रो प्राथमिक रुचिहरूको उल्लंघन गर्दैन, हामी धैर्य गर्न सक्षम हुन्छौं, र हामी तिनीहरूलाई यसमा अगाडि सार्दैनौं। तर जब कसैले त्यस्तो कुरा गर्छ जसले हाम्रो प्रतिष्ठा र हैसियतमा चोट पुर्‍याउँछ र हामीलाई अप्ठ्यारोमा पार्छ, हामी तिनीहरूको केही आलोचना नगरेतापनि हाम्रो हृदयमा तिनीहरूप्रति क्रोध र पूर्वाग्रह हुन्छ र हामी बदला लिने समेत सोच्न सक्छौं। धेरै कुरामा हामीले कुनै ठूलो कुकर्म नगरेको देखिएतापनि हाम्रो हृदयले प्रायजसो खराब विचारहरूमा धोका दिन्छ। कहिलेकाँही हामी केही समयको लागि सहनशीलता र आत्मसंयमको लागि सक्षम हुन सक्छौं, तर हाम्रो लागि जब अति हुन्छ, हामीले अझै पनि खराब गर्ने सम्भावना हुन्छ। जब यस्ता कुराहरू हामीमा खुलासा र प्रकट हुन्छन् र हामी अझै पापको हतकडीबाट उम्कन्छौं, के हामीले साँच्चिकै पश्चाताप गरेको भन्न सकिन्छ?

हामी परमेश्वरका वचनहरूको अंश पढ़ौं, “व्यवहारमा मात्र भएका परिवर्तनहरू अस्थिर हुन्छन्; यदि मानिसहरूको जीवनका स्वभावहरूमा कुनै परिवर्तन भएन भने, ढिलो वा चाँडो उनीहरूको भ्रष्ट पक्षहरू आफै प्रकट हुन्छन्। उत्साह, साथै त्यस समय पवित्र आत्माले गर्नुभएको केही काम नै उनीहरूको व्यवहारमा आएको परिवर्तनको स्रोत हुने भएकोले, उत्साहित हुनु वा क्षणिक दया देखाउनु तिनीहरूका निम्ति धेरै सजिलो हुन्छ। जसरी अविश्‍वासीहरू भन्छन्, ‘एउटा असल काम गर्नु सजिलो हुन्छ; जीवनभरि असल कामहरू गर्नुचाहिँ गाह्रो हुन्छ।’ मानिसहरूले आफ्‍नो जीवनभरि नै असल कार्यहरू गरिरहन सक्दैनन्। व्यक्तिको व्यवहार जीवनद्वारा निर्देशित हुन्छ; व्यक्तिको जीवन जस्तो हुन्छ, उसको व्यवहार पनि त्यस्तै हुन्छ, र प्राकृतिक रूपमा जे प्रकट हुन्छ त्यसले जीवनको साथै त्यस व्यक्तिको प्रकृतिको पनि प्रतिनिधित्व गर्दछ। नक्कली चीजहरू टिक्न सक्दैनन्। जब परमेश्‍वरले मानिसलाई मुक्ति दिनका लागि काम गर्नुहुन्छ, त्यो मानिसलाई असल व्यवहारले सिँगार्नका निम्ति हुँदैन—परमेश्‍वरको कामको उद्देश्य मानिसहरूका स्वभावहरूलाई परिवर्तन गर्नु, उनीहरूलाई नयाँ मानिसहरूका रूपमा फेरि जन्माउनु भन्‍ने हुन्छ। … असल व्यवहार गर्नु नै परमेश्‍वरको अधीनमा बस्नु होइन, यो ख्रीष्टसँग मिल्दोजुल्दो हुनु हो भन्‍ने कुरा त परै जाओस्। व्यवहारमा परिवर्तनहरू हुने कुरा सिद्धान्तमा आधारित हुन्छ र उत्साहको कारण जन्मेका हुन्छन्; ती परमेश्‍वरको साँचो ज्ञान वा सत्यमा आधारित हुँदैनन्, ती पवित्र आत्माको मार्गनिर्देशनमा निर्भर हुने त परै जाओस्। कहिलेकहीँ यस्तो समय पनि हुन्छ जब मानिसहरूले गर्ने काम पवित्र आत्माद्वारा निर्देशित हुन्छ, तापनि त्यो जीवनको अभिव्यक्ति होइन, यो परमेश्‍वरलाई चिन्नु जस्तै हो भन्‍ने कुरा त परै जाओस्; व्यक्तिको व्यवहार जति सुकै राम्रो भए पनि, त्यसले उनीहरू परमेश्‍वरको अधीनमा बसेका छन् वा उनीहरूले सत्यको अभ्यास गरेका छन् भन्ने प्रमाणित गर्दैन। व्यवहारमा हुने परिवर्तनहरू क्षणिक भ्रम मात्र हुन्; ती जोशका प्रकटीकरणहरू मात्र हुन्। ती कुराहरूलाई जीवनका अभिव्यक्तिहरू भनेर भन्न सकिँदै(ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “बाहिरी परिवर्तनहरू र स्वभावमा हुने परिवर्तनहरू बीचको भिन्नता” )

परमेश्वरका वचनहरूले हामीलाई देखाउँछन् कि हामीले परमेश्वरमा विश्वास गर्न थालेपछि हाम्रो आचरणमा सुधार भएतापनि, यसको मतलब हाम्रो जीवन स्वभावमा परिवर्तन आएको छ भन्ने होइन। सबै भन्दा राम्रो व्यवहार उत्साहको परिणाम हो, यो धर्मसिद्धान्त र नियमबाट जन्मेको व्यवहार हो, वा यो पवित्र आत्माद्वारा उत्प्रेरित भएकोले उत्पन्न हुने अभ्यास हो। यो हामीले सत्यलाई बुझेको कारणले होइन, यो हामीसँग परमेश्वरको ज्ञान भएको कारणले होइन, र यो त्यस्तो अभ्यास होइन जुन परमेश्वरलाई संतुष्ट गर्ने र प्रेम गर्ने हाम्रो चाहनाबाट स्वाभाविक रूपमा आउँदछ। शैतानले हामीलाई गम्भीरतापूर्वक भ्रष्ट पारेको छ र हामी सबै किसिमका शैतानी भ्रष्ट स्वभावहरू—अहङ्कार, धूर्तता, दुष्टता, कठोरता र दुष्कर्मले भरिएका छौं। यदि यी स्वभावहरू समाधान गरिदैनन् भने, हामी केही निश्चित नियमहरू पालना गर्न सक्ने भएतापनि र बाहिरबाट धार्मिक देखिएतापनि, यो लामो समयसम्म टिक्दैन, र जब हामी कुनै असहमतिको सामना गर्छौं, तब हामी आफैंलाई पाप गर्नबाट रोक्न सक्दैनौं। उदाहरणको लागि, हाम्रो अहङ्कारी र दम्भी शैतानी प्रकृतिद्वारा नियन्त्रित भई, हामी सधैं अरूलाई हाम्रो आदर गर्ने बनाउन कोसिस गर्छौं, र जब अरूले हामीले भनेका कुरा गर्दैनन् भने हामी क्रोधित हुन्छौं र तिनीहरूलाई व्याख्यान दिन थाल्छौं। हाम्रो छली प्रकृतिबाट निर्देशित भई, हामीले सबै कुरा हाम्रो आफ्नै हितलाई विचारमा राखेर गर्छौं; जब घरका सबै चीजहरू सहजै हुँदै जान्छन्, हामी चीजहरू त्याग गर्न र आफैलाई परमेश्वरको निम्ति समर्पित गर्न इच्छुक हुन्छौं, र हामी कुनै पनि कठिनाई सहन सक्छौं। तर जब दुर्भाग्य आउँछ, हामी हाम्रो सुरक्षा नगर्नुभएकोमा परमेश्वरलाई दोष दिन्छौं। हामीले त्याग गरेकोमा हामी पछुताउन सुरु गर्न पनि सक्छौं, र परमेश्वरलाई विश्वासघात गर्ने बारेमा विचार गर्छौं। सूची जारी रहन्छ। यसले देखाउँदछ कि यदि हाम्रा भ्रष्ट स्वभावहरू समाधान नगरिएमा हामी सत्यको अभ्यास गर्न सक्दैनौं वा परमेश्वरको आज्ञा पालन गर्न सक्दैनौं, र उहाँलाई विरोध समेत गर्न सक्छौं। उदाहरणका लागि, दुई हजार वर्ष पहिलेका फरिसीहरूलाई लिनुहोस्। बाहिरबाट, तिनीहरूले कुनै खराब काम गरेको देखिएन। तिनीहरू सुसमाचार प्रचार गर्न टाढा-टाढासम्म यात्रा गर्थे, प्रायः मानिसहरूलाई धर्मशास्त्र व्याख्या गर्थे र मानिसहरूलाई व्यवस्था पालन गर्न सिकाउँथे। तिनीहरूको धेरैजसो व्यवहार राम्रो थियो, तर जब प्रभु येशू देखा पर्नुभयो र आफ्नो कामको थालनी गर्नुभयो, उहाँ बाहिरी रूपमा सामान्य र साधारण देखिनुभएको र उहाँ मसीह नकहलाइनुभएको, अनि उहाँबारे सबै कुरा तिनीहरूको धारणासँग अमिल्दो भएको कारणले, तिनीहरूका अहंकारी र दम्भी शैतानी स्वभावहरू खुलासा भए। उनीहरूले कुत्सित रूपमा प्रभु येशूको आलोचना र ईश्वरनिन्दा गरे र अन्तमा उनीहरूले रोमी अधिकारीहरूसित प्रभु येशूलाई क्रूसमा टाँग्ने षडयन्त्र गरे।

माथिका पदले देखाउँदछ कि यदि हाम्रो आन्तरिक जीवन स्वभावमा कुनै परिवर्तन आएको छैन भने, हाम्रो बाह्य आचरणमा परिवर्तनहरू भएतापनि, हामी अझै हाम्रो शैतानी भ्रष्ट स्वभावद्वारा नियन्त्रित हुनेछौं र पाप गर्न तथा कुनै पनि क्षणमा परमेश्वरको विरोध गर्न उत्तरदायी हुनेछौं। त्यस्ता व्यक्तिहरूले साँचो पश्चाताप गरेका पनि छैनन् र स्वर्गको राज्यमा प्रवेश गर्न मौलिक रूपमा अयोग्य हुन्छन्। जसरी बाइबलमा भनिएको छ, “पाप गर्ने जो-कोही पापको दास हो। अनि दास घरमा सदासर्वदा बस्दैन: तर पुत्रचाहिँ सदासर्वदा बस्छ(यूहन्‍ना ८:३४-३५)

साँचो पश्चाताप भनेको के हो?

त्यसोभए साँचो पश्चाताप भनेको के हो? बाइबलले अभिलेख राख्दछ, “उहाँका आज्ञाहरू अनुसार गर्नेहरू आशिषित् हुन्, तिनीहरूले जीवनको रुखको अधिकार पाउन सक्छन् र प्रवेशद्वार भएर सहरभित्र प्रवेश गर्न सक्छन्(प्रकाश २२:१४)। “त्यसकारण तिमीहरू पवित्र हुनुपर्छ, किनकि म पवित्र छु(लेवी ११:४५)। परमेश्वर पवित्र हुनुहुन्छ। उहाँले मानिसको पापलाई तुच्छ ठान्नुहुन्छ, र त्यसैले साँचो पश्चातापको मापदण्ड तब हुन्छ जब मानिसहरूमा विभिन्न शैतानी स्वभावहरू—अहंकार, धूर्तता, दुष्टता, र कठोरता—शुद्ध पारिएको र परिवर्तन गरिएको हुन्छ, जब तिनीहरू आफ्नो परिवेशको पर्वाह नगरी परमेश्वरका वचनहरू अभ्यास गर्छन्, उप्रान्त पाप वा परमेश्वरको विरोध गर्दैनन्, तर साँच्चिकै परमेश्वरको आज्ञापालन र आदर गर्दछन्, र जब ती पूर्ण रूपमा परमेश्वरबाट हासिल भइसकेका हुन्छन्। त्यस्ता व्यक्तिहरूले मात्र साँचो पश्चाताप गरेका छन्।

किन हामीले प्रभुमाथिको हाम्रो विश्वासमा साँचो पश्‍चाताप प्राप्त गर्न सकेका छैनौं?

केही मानिसहरूले सोध्न सक्दछन्, “किन हामीले प्रभुको छुटकारालाई स्वीकार गरेका भएपनि र हाम्रा पापहरू क्षमा भएका भएतापनि, हामी साँचो पश्चाताप प्राप्त गर्न असमर्थ छौं?” यसको मुख्य कारण यो हो कि अनुग्रहको युगमा, प्रभु येशूले छुटकाराको काम गर्नुभयो, जुन मानिसका भ्रष्ट स्वभावहरूलाई बदल्ने काम थिएन। हामी परमेश्वरका वचनहरूको अर्को अंश पढौं, “येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नु भएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशू पापको बलि बन्न र मानिसको पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्वरले अझ ठूलो काम गर्नु आवश्यक थियो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। यसले हामीलाई सूचित गर्दछ कि अनुग्रहको युगमा, प्रभु येशूले मानिसजातिको छुटकाराको काम मात्र गर्नुभयो, जसको असर मानिसहरूलाई स्वीकार र पश्चात्ताप गर्ने बनाउनु थियो। छुटकाराको कामको भागको रूपमा, प्रभु येशूले पश्चातापको मार्ग बताउनुभयो, मानिसहरूलाई कसरी उनीहरूका पापहरू स्वीकार गर्ने र पश्‍चाताप गर्ने, क्रूस बोक्ने र प्रभुको पछि लाग्ने भनी सिकाउनुभयो। त्यसैले पनि, तिनीहरूले आफैंलाई प्रेम गरे जस्तै अरूलाई पनि प्रेम गर्नुपर्दछ, तिनीहरू नम्र, धैर्यवान र सहनशील हुनुपर्दछ, र मानिसहरूलाई सत्तरी पटक सात गुणा क्षमा गर्नुपर्दछ, र त्यस्तै अरू पनि। यी सबै त्यो समयमा मानिसको कदको आधारमा मानिसले बनाएका आवश्यकताहरू थिए; जब मानिसहरूले पाप गरे, तिनीहरू आफ्ना पापहरू स्वीकार गर्न र पश्चात्ताप गर्न प्रभु येशूसामु उपस्थित भए, तिनीहरूका पापहरू क्षमा गरिए, र उनीहरू परमेश्वरसामु आउने र परमेश्वरको आराधना गर्न जारी राख्ने भए। ती सबै कुराहरू प्रभु येशूद्वारा व्यक्त गरिएका सत्यहरू थिए जुन त्यतिबेलाका मानिसहरूले बुझ्न सक्थे। तर यो मानिसहरूका स्वभावहरू बदल्नमा सम्मिलित भएन, र हामीले बाइबल जति पढेतापनि, हामीले जसरी आफ्ना पापहरू स्वीकार गरेर पश्‍चाताप गरेतापनि, वा हामीले जसरी आफूलाई जितेतापनि, हामी आफैलाई पापबाट मुक्त गर्न र साँचो पश्‍चाताप प्राप्त गर्न असक्षम रहन्छौं।

साँचो पश्‍चाताप कसरी प्राप्त गर्ने

त्यसोभए, हामी कसरी साँचो पश्‍चाताप प्राप्त गर्न सक्छौं? प्रभु येशूले भविष्यवाणी गर्नुभयो, “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ: किनभने उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन; तर उहाँले जे सुन्‍नुहुन्‍छ उहाँले त्यही बोल्‍नुहुनेछ: र उहाँले तिमीहरूले आउनेवाला कुराहरू देखाउनुहुनेछ(यूहन्‍ना १६:१२-१३)। “मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ(यूहन्ना १२:४८)। “तपाईंको सत्यताद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस्: तपाईंको वचन सत्यता हो(यूहन्‍ना १७:१७)। यी वचनहरूले हामीलाई देखाउँदछन् कि त्यस समयका मानिसहरूको कद ज्यादै कम भएकोले, अनुग्रहको युगको अवधिमा प्रभु येशूले धेरै सत्यताहरू व्यक्त गर्नुभएन वा हाम्रो शैतानी प्रकृति समाधान गर्ने उपायहरू प्रदान गर्नुभएन। यसप्रकार प्रभुले भविष्यवाणी गर्नुभयो कि आखिरी दिनहरूमा उहाँ फर्कनुहुनेछ, उहाँले अझ बढी र अझ उच्च सत्यताहरू व्यक्त गर्नुहुनेछ, र उहाँले न्यायको काम र मानिसहरूलाई शुद्ध पार्ने काम गर्नुहुनेछ, जसले हामीलाई पापको हतकडीबाट पूर्णतया स्वतन्त्र तुल्याउनेछ र शुद्ध पार्नेछ र बदल्नेछ, र प्रभुको पुनरागमनमा न्यायको काम स्वीकार गरेर र शुद्ध गरेर मात्र हामी साँचो पश्चाताप प्राप्त गर्न सक्दछौं।

आज, प्रभु येशू फर्कनुभएको छ: उहाँ देहधारी सर्वशक्तिमान् परमेश्वर हुनुहुन्छ। प्रभु येशूको छुटकाराको कामको जगमा, सर्वशक्तिमान् परमेश्वरले परमेश्वरको घरबाट सुरू गर्दै न्यायको काम गर्नुभएको छ, उहाँले मानवजातिको मुक्तिका लागि आवश्यक सबै सत्यता प्रकट गर्नुभएको छ, र उहाँ आखिरी दिनहरूको उहाँको मुक्तिलाई स्वीकार गर्नेहरूलाई न्याय गर्न, शुद्ध पार्न, र सिद्ध गर्न आउनुभएको छ। सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “आखिरी दिनहरूमा ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्दहरू र कार्यहरूलाई जाँच गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानवको कर्तव्य, मानवले कसरी परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, मानव कसरी परमेश्‍वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको वासस्थान हो, र परमेश्‍वरका विरुद्धको शत्रुवत् दबाब हो भन्‍ने विषयमा बोलिएको हुन्छ। न्यायको आफ्नो कामलाई कार्यान्वयन गर्नुहुँदा परमेश्‍वरले थोरै वचनहरूद्वारा मानवको प्रकृतिलाई स्पष्ट मात्र पार्नुहुन्न; उहाँले प्रकट गर्नुहुन्छ, निराकरण गर्नुहुन्छ र लामो समयसम्म छिँवल्नुहुन्छ। प्रकट गर्ने, निराकरण गर्ने, र छिँवल्ने यी तरिकाहरू सामान्य वचनहरूसँग साट्न सकिँदैन, तर यसको सत्यताबाट मानव पूर्ण रूपमा वञ्चित भएको हुन्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस किसिमको न्यायद्वारा मात्र मानव नियन्त्रणमा रहन सक्छ र परमेश्‍वरमा समर्पित हुनका लागि पूर्ण रूपमा विश्‍वस्त हुन्छ, र यसका साथसाथै परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। न्यायको कामले मानवलाई परमेश्‍वरको इच्छा, परमेश्‍वरको कामको उद्देश्य, र उसले बुझ्नै नसक्ने रहस्यहरूको गहिरो बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सारतत्व, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा विश्‍वास राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो(वचन शरीरमा देखा पर्नुहुन्छको “ख्रीष्टले सत्यतासँगै न्यायको काम गर्नुहुन्छ”)

जब सर्वशक्तिमान् परमेश्वरले सत्य व्यक्त गर्नुहुन्छ र आखिरी दिनहरूमा मानिसलाई न्याय गर्ने र शुद्ध पार्ने काम गर्नुहुन्छ, उहाँले पश्चाताप गर्ने धेरै तरिकाहरू मात्र बताउनुहुन्न तर न्यायका वचनहरू पनि व्यक्त गर्नुहुन्छ, परमेश्वरको आज्ञा पालन नगर्ने र विरोध गर्ने हाम्रो प्रकृति र पदार्थहरू, र हाम्रो भ्रष्टताको सत्यता उजागर गर्नुहुन्छ; उहाँ हामीलाई विभिन्न सत्यहरू प्रदान गर्नुहुन्छ, जस्तै कसरी इमानदार हुने, कसरी परमेश्वरको आज्ञा पालन गर्ने, कसरी परमेश्वरलाई प्रेम गर्ने, र यस्तै, जसद्वारा हामीलाई हामीमाथी आइपर्ने सबै चीजहरूमा अभ्यास गर्ने बाटो दिनुहुन्छ। परमेश्वरका वचनहरूको न्यायको अनुभवद्वारा, हामी शैतानले हामीलाई कति गम्भीर रूपमा भ्रष्ट पारेको छ र हाम्रा प्रकृति र पदार्थहरू अहंकारी, धूर्त, दुष्ट र कठोर शैतानी स्वभावहरूले भरिएका छन् भनी बिस्तारै जान्दछौं। यी चीजहरूद्वारा जिउँदा, हामीले जिउने कुरामा केही मानवी छैन, हामी अरूलाई घिनलाग्दो छौं र यसबाहेक, हामी परमेश्वरलाई घिनलाग्दो र तिरस्कृत छौं। परमेश्वरको न्यायका वचनहरूबीच, हामी देख्छौं कि हामी नीच र दुष्ट छौं, परमेश्वरसामु बाँच्न अयोग्य छौं, र तब मात्र हामी आफ्ना पापहरूलाई घृणा गर्न थाल्छौं र पश्चाताप गर्न चाहन्छौं। त्यही समयमा, हामी परमेश्वरको धर्मी स्वभाव जान्दछौं जसले कुनै अपराधलाई सहनुहुन्न र यदि हामी सत्यको अभ्यास गर्दैनौं भने हामी अवश्य पनि परमेश्वरद्वारा घृणित र अस्वीकृत हुनेछौं। त्यसोभए मात्र हामीमा परमेश्वरको डर पैदा हुन्छ, हामी देहलाई त्यागेर सत्यको अभ्यास गर्न थाल्छौं, हामीसँग बिस्तारै परमेश्वरप्रति आज्ञाकारी हुने केही वास्तविकता आउँछ, र हामी अबदेखि परमेश्वर विरुद्ध विद्रोह र प्रतिरोध गर्दैनौं।

परमेश्वरको न्याय र ताडनाको अनुभव पाउँदै हामी पापबाट पूर्ण रूपमा जोगिन्छौं, हामी हाम्रो शैतानी प्रकृतिबाट अब हतकडी लगाइदैनौं, र हामी परमेश्वरका वचनहरू अभ्यास गर्न र परमेश्वरको आज्ञापालन गर्न र आराधना गर्न स्वतन्त्र छौं। त्यसोभए मात्र हामी साँचोरूपमा पश्चाताप गरेको र परिवर्तन भएको भन्न सकिन्छ, र त्यसपछि मात्र हामी स्वर्गीय राज्यमा प्रवेश गर्न योग्य हुन्छौं। स्पष्ट छ, परमेश्वरको आखिरी दिनहरूका न्यायको कार्यलाई स्वीकार्नु नै साँचो पश्चाताप र परिवर्तनको एक मात्र मार्ग हो। यस बिन्दुमा, मलाई विश्वास छ कि तपाईंले अब साँचो पश्चाताप प्राप्त गर्ने मार्ग देख्न सुरु गरिसक्नुभएको छ—त्यसोभए अब हामीले के-के छनौट गर्नुपर्छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

बाइबलका अन्त-समयका चिन्हहरू देखा परेको छ: हामी कसरी प्रभुको पुनरागमनलाई स्वागत गर्न सक्छौं?

By Anyuan, Philippines दुई हजार वर्षअघि, प्रभुका अनुयायीहरूले उहाँलाई सोधे, “तपाईंको आगमन र संसारको अन्तको चिन्ह के हुनेछ?” (मत्ती २४:३)।...

इसाई भक्तिहरू: आखिरी दिनहरूमा फर्केर आउनुहुँदा प्रभु येशूलाई अझै पनि येशू नै भनिनेछ?

हान लेइ, चीन गत दुई सहस्‍त्राब्दीको अवधिमा, इसाईहरूले उहाँ हाम्रा एक मात्र मुक्तिदाता हुनुहुन्छ, हामीले येशूको नामद्वारा मात्रै मुक्ति...

महामारी आएको छ: परमेश्‍वरको सुरक्षा पाउन इसाईले के गर्नुपर्छ?

आजभोली, महामारी विश्‍वभरि फैलिएको छ। संसारभरि करोडौँ मानिसहरू मरिरहेका छन् र हाम्रो बीचमा ठूला-ठूला विपत्तिहरू आइरहेका छन् भन्‍ने अनुभूति...

परमेश्‍वरले विभिन्न युगहरूमा विभिन्न नामहरू लिनुको अर्थ के हो?

यहोवा परमेश्‍वरले हामीलाई पुरानो करारमा स्पष्टसँग बताउनुहुन्छ: “म, यहोवा नै हुँ; र म बाहेक कोही पनि मुक्तिदाता छैन” (यशैया ४३:११)। “यहोवा …...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्