इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू, भाग ८: १८ वर्षीय इसाईलाई चार जना प्रहरीद्वारा घण्टौँसम्म कुटपिट गरियो र करेन्ट लगाइयो

9 मार्च 2026

सन् २०२३ को अन्त्यमा, सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई पूर्ण रूपमा ध्वस्त पार्ने उद्देश्यले रचिएको चिनियाँ कम्युनिस्ट पार्टीको “तीन-वर्षे समग्र युद्ध” समाप्त भयो। यसले मण्डलीलाई उन्मूलन गर्ने आफ्नो लक्ष्य हासिल गर्न सकेन, त्यसैले यसले तुरुन्तै “तीन-वर्षे कठिन लडाइँ” सुरु गर्‍यो। सन् २०२५ यो “कठिन लडाइँ” को दोस्रो वर्ष हो। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका इसाईहरूलाई पूर्ण रूपमा “शून्यमा झार्न” र हटाउन, देशभरि सामूहिक गिरफ्तारी अभियानहरू निरन्तर चलिरहेका छन्। ग्वाङदोङ प्रान्त ती ठाउँहरूमध्ये एक थियो जहाँ इसाईहरूको गिरफ्तारी र सतावट विशेष गरी क्रूर थियो; जुलाईमा मात्रै, सिसिपिले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका कम्तीमा १४७ जना इसाईहरूलाई पक्राउ गर्‍यो। हाओ काई (छद्म नाम) तिनै इसाईहरूमध्ये एक हुन् जो यो अभियानको लहरमा पक्राउ परेका र सताइएका थिए। पक्राउ पर्दा उनी भर्खर १८ वर्ष पुगेका थिए। हाओ काईलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीबारे जानकारी चुहाउन बाध्य पार्न, चार जना प्रहरी अधिकारीहरूले पालैपालो उनको शरीरका विभिन्न भागमा विद्युतीय लाठीले करेन्ट लगाए। उनीहरूले उनको पीडालाई बेवास्ता गर्दै लगातार सात-आठ घण्टासम्म कुटपिट गरे र करेन्ट लगाए। हाओ काईलाई मर्न पाए हुन्थ्यो भन्ने अवस्थामा पुग्ने गरी विद्युतीय करेन्टको यातना दिइयो, तर अत्यधिक पीडाको बाबजुद, उनले आफ्नो आस्था त्याग्न वा “तीन बयानको पत्र” (ग्यारेन्टी, पश्चात्ताप र त्यागको पत्र) मा हस्ताक्षर गर्न अस्वीकार गरे। त्यसपछि प्रहरीले उनको गुप्ताङ्गमा करेन्ट लगाउने तयारी गर्दै जबरजस्ती उनको पाइन्ट तल तानिदिए, तर हाओ काईले छल्नका लागि मरिहत्ते गर्दै सङ्घर्ष गरे। परमेश्‍वरमा विश्वास गरेर, उनी जीवनको सही मार्गमा हिँडिरहेका थिए, त्यसोभए उनले कुन कानुन तोडे? सिसिपि प्रहरीले यी १८ वर्षीय इसाईलाई किन यति क्रूरतापूर्वक यातना दियो? यस भागमा, हामी तपाईँहरूका लागि “१८ वर्षीय इसाईलाई चार जना प्रहरी अधिकारीद्वारा घण्टौँसम्म कुटपिट गरियो र करेन्ट लगाइयो” ल्याएका छौँ।

00:22 मुख्य अंशहरू

02:34 अन्तर्वार्ता दिने इसाईको परिचय

03:23 परमेश्‍वरमा विश्वास गरेको कारण पक्राउ

05:14 सोधपुछ कक्षमा सतावट: हाओ काईलाई चार जना प्रहरीद्वारा बर्बरतापूर्वक करेन्ट लगाइयो

20:09 प्रहरीले उन्मत्त रूपमा हाओ काईलाई “तीन बयानको पत्र” मा हस्ताक्षर गर्न जोरजबरजस्ती गर्‍यो

26:06 रिहा र घर फिर्ती: हाओ काईको शरीर घाउले भरिएको, उनको आत्मा वेदनामा

32:41 हाओ काईकी आमाको हृदयविदारक चित्कार

37:28 अन्तिम टिप्पणीहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू, भाग ३: चिनियाँ कम्युनिस्ट पार्टीद्वारा गरिएको इसाईहरूको निरङ्कुश सतावटको एक तथ्यगत अभिलेख (भाग ३)

मार्क्सवादी-लेनिनवादी विचारधारामा स्थापित भएको सिसिपिले आफ्ना जनतालाई भ्रमित पार्न आक्रामक रूपमा नास्तिकतालाई बढावा दिन्छ जसको उद्देश्य...

इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू, भाग ७: जेलबाट रिहा भएकी इसाईसँगको विशेष अन्तर्वार्ता: धर्म परिवर्तन गराउने जबरजस्ती प्रयासहरूका बाबजुद आफ्नो आस्थामा अडिग

सन् २०२० को सेप्टेम्बरमा, सिसिपिले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई उन्मूलन गर्न तीन वर्षे “समग्र युद्ध” सुरु गर्‍यो। शान्दोङ प्रान्त...

इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू, भाग ४: सन् २०२० मा, सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई पूर्ण रूपमा नष्ट गर्ने प्रयासमा सिसिपिले तीन-वर्षे “समग्र युद्ध” सुरु गर्‍यो

धेरै वर्षदेखि, सिसिपिले सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई दमन गर्दै र सताउँदै आएको छ। मण्डलीलाई पूर्ण रूपमा कुल्चीमिची र सखाप पार्न,...

इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू, भाग १: चिनियाँ कम्युनिस्ट पार्टीद्वारा गरिएको इसाईहरूको निरङ्कुश सतावटको एक तथ्यगत अभिलेख (भाग १)

चिनियाँ कम्युनिस्ट पार्टी (CCP), ७० वर्ष बढी शासन गरेको नास्तिक मार्क्सवादी पार्टी हो। यस अवधिमा, हरेक पार्टी नेताले अथक रूपमा धार्मिक...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्