परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४४१

जब तैँले आफैलाई जीवनका लागि सुसज्जित पारिरहेको हुन्छस्, तैंले परमेश्‍वरको वचनहरू खाने र पिउने कुरामा ध्यान दिनु पर्दछ, तैँले परमेश्‍वरको ज्ञान, मानव जीवनबारे तेरो दृष्टिकोण, र निश्‍चित रूपमा, आखिरी दिनहरूको अवधिमा परमेश्‍वरले गर्नुभएको काम सम्‍बन्धी तेरो ज्ञानको कुरा गर्न सक्नुपर्दछ। तैंले जीवनलाई पछ्याउने हुनाले, तैंले आफैलाई यी कुराहरूद्वारा सुसज्जित पार्नुपर्छ। जब तँ परमेश्‍वरको वचन खान्छस् र पिउँछस्, तब तैंले ती कुराहरूसँग तेरो आफ्नै वास्तविकतालाई नाप्नुपर्छ। अर्थात्, जब तैंले आफ्नो वास्तविक अनुभवको क्रममा तेरा कमजोरीहरू पत्ता लगाउँछस्, तब तैँले अभ्यास गर्ने मार्ग खोज्न, तेरा गलत अभिप्राय र धारणाहरूलाई त्याग्‍न सक्‍नुपर्छ। यदि तँ सधैँ यी थोकहरूका लागि प्रयास गर्छस् र तिनलाई हासिल गर्न तेरो हृदय समर्पित गर्छस् भने, तब तँसँग हिँड्ने मार्ग हुनेछ, तैँले रित्तो महसुस गर्नेछैनस्, यसरी तैँले एउटा सामान्य स्थिति कायम राख्न सक्छस्। तब मात्र तँ आफ्नो जीवनको बोझ बोक्ने, विश्‍वास भएको व्यक्ति हुनेछस्। किन केही मानिसहरूले परमेश्‍वरका वचनहरू पढेपछि ती अभ्यास गर्न सक्दैनन्? के तिनीहरूले अत्यन्त महत्त्वपूर्ण कुराहरू बुझ्न नसकेकाले गर्दा होइन र? के तिनीहरूले जीवनलाई गम्भीरतासाथ नलिएकाले गर्दा होइन र? तिनीहरूले महत्त्वपूर्ण कुराहरूलाई बुझ्न नसक्नु र तिनीहरूसँग अभ्यास गर्ने कुनै मार्ग नहुनुको कारण के हो भने, जब उनीहरूले परमेश्‍वरका वचनहरू पढ्छन्, तब तिनीहरू ती वचनसँग आफ्नो अवस्थालाई जोड्न सक्दैनन्, न त उनीहरूले आफ्नै अवस्थालाई नै वशमा राख्न सक्छन्। कतिपय मानिसहरू भन्छन्: “म परमेश्‍वरका वचनहरू पढ्छु र मेरो अवस्थालाई ती वचनसँग जोड्छु, र म भ्रष्ट र कमजोर क्षमताको छु भन्‍ने मलाई थाहा छ, तर म परमेश्‍वरको इच्छा पूरा गर्न सक्दिनँ।” तैंले केवल सतह मात्र देखेको छस्; तँलाई थाहा नभएका धेरै वास्तविक कुराहरू छन्: शरीरका मनोरञ्जनहरूलाई कसरी पन्साउने, आत्म-धार्मिकतालाई कसरी पन्साउने, आफैलाई कसरी परिवर्तन गर्ने, यी कुराहरूमा कसरी प्रवेश गर्ने, तेरो क्षमतालाई कसरी सुधार गर्ने? र कुन पक्षबाट सुरु गर्ने। तैंले सतहका केही कुराहरूलाई मात्र बुझ्छस्, र तैंले जानेको कुरा यति मात्र हो कि तँ धेरै भ्रष्ट छस्। जब तँ आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्छस्, तब तैँले तँ कति धेरै भ्रष्ट छस् भन्ने बारेमा मात्र कुरा गर्छस्, र यस्तो देखिन्छ कि तैँले आफैलाई चिन्छस् र तेरो जीवनका लागि तैँले ठूलो बोझ बोक्छस्। वास्तविकतामा त, तेरो भ्रष्ट स्वभाव परिवर्तन भएको छैन, जसले के प्रमाणित गर्छ भने तैंले अभ्यास गर्ने मार्ग फेला पारेको छैनस्। यदि तैंले कुनै मण्डलीको नेतृत्व गरिरहेको छस् भने, तैंले दाजुभाइ-दिदीबहिनीहरूको अवस्थालाई बुझ्न र त्यो कुरा औंल्याउन सक्नुपर्छ। के यसो भनेर मात्र पुग्छ: “तिमी मानिसहरू अनाज्ञाकारी र पछौटे छौ!”? होइन, तैंले निश्‍चित रूपमा उनीहरूको अनाज्ञाकारिता र पछौटेपन कसरी प्रकट हुन्छन् त्यो बताउनुपर्छ। तैंले उनीहरूको अनाज्ञाकारी अवस्थाहरू, उनीहरूका अनाज्ञाकारी व्यवहारहरू, र उनीहरूका शैतानी स्वभावहरूको बारेमा कुरा गर्नैपर्छ, र तैंले यी कुराहरू त्यसरी बताउनुपर्छ कि तेरा वचनहरूमा सत्यता छ भनी तिनीहरू पूर्ण रूपले विश्‍वस्त होऊन्। तेरा कुराहरू बुझाउन तथ्य र उदाहरणहरू प्रयोग गर्, र उनीहरू कसरी विद्रोही व्यवहारबाट अलग हुन सक्छन् त्यो सटीक रूपले भन्, र अभ्यास गर्ने मार्ग देखा—मानिसहरूलाई विश्‍वस्त तुल्याउनुपर्ने यसरी नै हो। यसो गर्नेहरूले मात्र अरूलाई नेतृत्व गर्न सक्छन्; उनीहरूमा मात्र सत्यताको वास्तविकता हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (७)

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १७६

परमेश्‍वरले मानवजातिको लागि तयार गर्नुहुने दैनिक भोजन र पेयपदार्थ (छनौट गरिएका खण्डहरू) अन्‍न, फलफूल, सागसब्‍जी र सबै किसिमका बदामजस्ता...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३३४

जब-जब गन्तव्यको उल्लेख गरिन्छ, तिमीहरूले त्यसलाई विशेष गम्भीरताका साथ व्यवहार गर्छौ। यसबाहेक, यो यस्तो कुरा हो जसको बारेमा तिमीहरू विशेष...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १४१

यी समयहरूमा परमेश्‍वरको काम बुझ्नु भनेको, सामान्यतया, आखिरी दिनहरूमा देहधारी परमेश्‍वरको मुख्य सेवकाइ के हो, र पृथ्वीमा उहाँ के गर्न...

परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २८२

परमेश्‍वरमा विश्‍वास गर्दा, परमेश्‍वरलाई कसरी चिन्नुपर्छ? व्यक्तिले पथभ्रष्ट वा भ्रमित नभई परमेश्‍वरका वचनहरू अनि परमेश्‍वरको आजको कामको...