Nepali Christian Song | परमेश्‍वरको मुक्ति प्राप्त गर्नेहरू मात्र जीवित हुन्

6 अप्रिल 2026

अन्धकारको प्रभावमा जिउने सबै मृत्युका बीचमा जिउनेहरू हुन्, र शैतानद्वारा स्वामित्वमा राखिएकाहरू हुन्। परमेश्‍वरद्वारा मुक्ति नदिइएमा, न्याय नगरिएमा र सजाय नदिइएमा, मानिसहरू मृत्युको प्रभावबाट उम्कन सक्दैनन्; तिनीहरू जीवित बन्न सक्दैनन्। यस्ता मृत मानिसहरूले परमेश्‍वरको गवाही दिन सक्दैनन्, न त तिनीहरू परमेश्‍वरद्वारा प्रयोग गरिन नै सक्छन्, तिनीहरूले राज्यमा प्रवेश गर्ने कुरा त परै जाओस्। परमेश्‍वरले मृतहरूले होइन, जीवितहरूले गवाही दिएको चाहनुहुन्छ, र उहाँ मृतहरूले होइन, जीवितहरूले उहाँका लागि काम गरून् भन्नुहुन्छ।

“मृतहरू” ती हुन् जसले परमेश्‍वरको प्रतिरोध गर्छन् र परमेश्‍वरविरुद्ध विद्रोह गर्छन्; तिनीहरू ती हुन् जो आत्मामा भावशून्य छन् र परमेश्‍वरका वचनहरू बुझ्दैनन्; तिनीहरू ती हुन् जो सत्यता अभ्यास गर्दैनन् र जोसँग परमेश्‍वरप्रति रत्तीभर बफादारी छैन, तिनीहरू ती हुन् जो शैतानको सत्ताअन्तर्गत जिउँछन् र शैतानद्वारा शोषित हुन्छन्। यदि मानिसहरू जीवित प्राणीहरू बन्न र परमेश्‍वरको गवाही दिन, अनि परमेश्‍वरद्वारा अनुमोदित हुन चाहेमा, तिनीहरूले परमेश्‍वरको मुक्ति स्विकार्नैपर्छ; तिनीहरू खुसीसाथ उहाँको न्याय र सजायमा समर्पित हुनैपर्छ र तिनीहरूले परमेश्‍वरको काटछाँट खुसीसाथ स्वीकार गर्नैपर्छ। त्यसपछि मात्र परमेश्‍वरले माग गर्नुभएका सबै सत्यतालाई तिनीहरूले अभ्यास गर्न सक्‍नेछन्, र त्यसपछि मात्र तिनीहरूले परमेश्‍वरको मुक्ति प्राप्त गर्नेछन् र साँच्चिकै जीवित प्राणी बन्नेछन्।

जीवितहरू ती हुन् जसलाई परमेश्‍वरले मुक्ति दिनुभएको छ; तिनीहरू परमेश्‍वरद्वारा न्याय गरिएका र सजाय दिइएका हुन्छन्, तिनीहरू आफूलाई अर्पण गर्न इच्छुक हुन्छन् र परमेश्‍वरका लागि आफ्नो जीवन त्याग्न खुसी हुन्छन् र तिनीहरूले खुसीसाथ आफ्नो सम्पूर्ण जीवन परमेश्‍वरमा अर्पित गर्नेछन्। जब जीवितहरूले परमेश्‍वरको गवाही दिन्छन् तब मात्र शैतानलाई लज्जित बनाउन सकिन्छ; जीवितहरूले मात्र परमेश्‍वरको सुसमाचारको काम फैलाउन सक्छन्, जीवितहरू मात्र परमेश्‍वरका अभिप्राय अनुसारका हुन्छन्, र जीवितहरू मात्र वास्तविक मानिसहरू हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँ जीवित भएको व्यक्ति होस्?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्