Christian Song | सर्वशक्तिमान् परमेश्वरका लागि प्रशंसा कहिल्यै रोकिनेछैन | २०२६ स्तुतिका स्वरहरू
16 जनवरी 2026
१
सर्वशक्तिमान् परमेश्वर, आखिरी दिनहरूका ख्रीष्ट,
सत्यता व्यक्त गर्नुहुन्छ र पूर्वमा पूर्ण महिमासाथ देखा पर्नुहुन्छ।
हामी परमेश्वरको आवाज सुन्छौँ, उहाँसामु फर्किन्छौँ।
परमेश्वरका वचनको आनन्द उठाउँछौ, थुमाको विवाह भोजमा सहभागी हुन्छौँ।
दाजुभाइ हो! गाओ! मानिसमाझ आउनुभएकोमा परमेश्वरको प्रशंसा गर!
दिदीबहिनी हो! अघि आएर नाच! राज्यमा जीवन साँच्चै अद्भुत छ!
ओह! परमेश्वरको उपस्थितिमा जिउनु निकै ठुलो आशिष् हो!
२
आखिरी दिनहरूमा न्यायको काम परमेश्वरको घरबाट सुरु हुन्छ।
उहाँको वचनको खुलासा र न्यायले हामीलाई लाजले लुक्ने ठाउँ छोड्दैन।
धेरै शोधन र कष्ट भोगे पछि,
हाम्रो भ्रष्ट स्वभाव पखालिन्छ;
हामी सत्यता र जीवन हासिल गर्छौँ, र साँच्चै आशिषित छौँ।
दाजुभाइ हो! आओ हेर! राज्यको भोजको प्रचुरता निकै ठुलो छ!
दिदीबहिनी हो! आओ सुन! परमेश्वरको वचनमा अख्तियार छ,
र त्यसले करोडौँको हृदय विजय गरिसकेको छ!
३
परमेश्वरको न्याय अनुभव गर्दा, उहाँको धार्मिकता देख्छौँ;
परमेश्वरको डर मान्छौँ र उहाँका सबै प्रबन्धमा समर्पित हुन्छौँ।
आफ्ना सांसारिक बन्धन फाल्छौँ र पूर्ण हृदयसाथ परमेश्वरप्रति आफूलाई समर्पित गर्छौँ;
परमेश्वरका वचनभित्र शोक वा पीडाबिना जिउँछौँ।
दाजुभाइ हो! अघि आओ! सबैले परमेश्वरको गवाही दिऊँ!
दिदीबहिनी हो! नरोकिओ!
परमेश्वरलाई सन्तुष्ट पार्न साँचो हृदय अर्पण गरौँ!
हामी सम्पूर्ण हृदय र मनले आफ्ना कर्तव्य पूरा गरौँ।
४
परमेश्वरले विजेताहरूको समूह बनाउनुभएको छ।
उहाँका मानिस सबैले उहाँको काम प्रसार गर्दै छन्, त्यसको गवाही दिँदै छन्।
राज्यको सुसमाचार संसारभर सबै देशहरूमा फैलिँदैछ।
परमेश्वरको सर्वशक्तिमान्ता र बुद्धिका लागि उहाँको जयजयकार र प्रशंसा गर्छौँ।
दाजुभाइ हो! नयाँ गीतहरू गाओ! महिमा प्राप्त गर्नुभएकोमा परमेश्वरको प्रशंसा गर!
दिदीबहिनी हो! अघि आएर नाच! परमेश्वरको महान् कामको समापनको प्रशंसा गर!
सर्वशक्तिमान् परमेश्वरको प्रशंसा गर्न कहिल्यै रोक्नेछैनौँ!
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू