Nepali Christian Song | परमेश्‍वरले मात्र मानिसलाई सबैभन्दा धेरै प्रेम गर्नुहुन्छ

6 मार्च 2026

परमेश्‍वर आखिरी दिनहरूमा मानवजातिलाई पूर्णतया मुक्ति दिन चाहनुहुन्छ, र उहाँले आज यसरी मानवजातिलाई खुलासा र न्याय गर्न सक्नुहुन्छ किनभने उहाँको व्यवस्थापन योजना यस चरणमा पुगेको छ। परमेश्‍वरले मानवजातिलाई प्रेम गर्नुहुन्छ, त्यसैले मानवजातिलाई मुक्ति दिनुहुन्छ। उहाँले मानवजातिलाई प्रेम गर्नुहुने भएकाले नै र उहाँ प्रेमद्वारा प्रेरित र उत्प्रेरित हुनुभएकाले नै मानवजातिलाई व्यक्तिगत रूपमा मुक्ति दिन उहाँ देह बन्नुहुन्छ र पिशाचका ओडारमा जानुहुन्छ। परमेश्‍वरले मानवजातिलाई प्रेम गर्नुहुने भएकोले नै उहाँ यसो गर्न सक्षम हुनुहुन्छ। यो भ्रष्ट मानवजातिलाई मुक्ति दिनका निम्ति देह बन्न परमेश्‍वरले अपार अपमान सहनु उहाँको प्रेम एकदमै महान्‌ छ भन्‍ने कुराको पूर्ण प्रमाण हो। परमेश्‍वरको वचनका हरफहरूमा अर्ती, सान्त्वना, प्रोत्साहन, सहनशीलता, धैर्य; अनि त्योभन्दा पनि बढी त्यसमा न्याय, सजाय, श्राप, सार्वजनिक खुलासा, र अद्भुत प्रतिज्ञाहरू छन्। विधि जुनसुकै भए पनि, त्यो प्रेमद्वारा नियन्त्रित हुन्छ, र यो उहाँको कामको सार हो।

आज धेरैजसो मानिसहरू किन परमेश्‍वरलाई यति नजिकबाट र यति उत्सुकतासाथ पछ्याउँछन्? किनभने तिनीहरूलाई परमेश्‍वरको प्रेमबारे थाहा छ र तिनीहरू परमेश्‍वरको काम मानवजातिलाई मुक्ति दिनु हो भनेर बुझ्छन्। समय-छनौटको कुरामा परमेश्‍वरको काम अविश्‍वसनीय रूपमा सटीक छ, बिनाकुनै ढिलाइ, हरेक कदमले त्यसअघिको कदमलाई नजिकबाट पछ्याउँछ। उहाँ किन ढिलाइ गर्नुहुन्न? मानवजातिलाई मुक्ति दिन। उहाँ यथासम्भव हदसम्म मानिसलाई मुक्ति दिनुहुन्छ, र उहाँ मुक्ति दिन सकिने एक जनालाई पनि गुमाउन चाहनुहुन्न, जबकि मानिसहरू आफैले आफ्नो नियतिको वास्ता गर्दैनन्। त्यसकारण, संसारमा तिनीहरूलाई सबैभन्दा बढी प्रेम कसले गर्छ भनेर पनि थाहा छैन। तँ आफैलाई समेत प्रेम गर्दैनस् र आफ्नो जीवनको कदर वा सराहना गर्नसमेत जान्दैनस्, र परमेश्‍वरले मात्र मानिसहरूलाई सबैभन्दा बढी प्रेम गर्नुहुन्छ।

थोरै मानिसहरूले मात्र परमेश्‍वरको प्रेम अनुभव गरेका हुन्छन्, तर धेरै मानिस अझै पनि त्यो अनुभव गर्न बाँकी छन्। तिनीहरू आफूप्रतिको प्रेम अझ भरपर्दो हुन्छ भन्‍ने विश्‍वास गर्छन्, तर आफूप्रतिको प्रेम कस्तो प्रकारको हुन्छ भन्‍ने कुराको झन् स्पष्ट बुझाइ तिनीहरूसँग हुनुपर्छ। के मानिसहरूले आफूलाई प्रेम गरेर आफैलाई मुक्ति दिन सक्छन्? परमेश्‍वरको प्रेमले मात्र मानिसहरूलाई मुक्ति दिन सक्छ, त्यो मात्र साँचो प्रेम हो, र पछि तैँले बिस्तारै साँचो प्रेम के हो भन्‍ने अनुभव गर्नेछस्। यदि परमेश्‍वर काम गर्न र मानिसहरूलाई आमनेसामने रूपमा डोऱ्याउन, तिनीहरूसँग दिनरात अन्तरक्रिया गर्न र जिउनको लागि देह नबन्नुभएको भए, तिनीहरूलाई परमेश्‍वरको प्रेम साँच्चै चिन्न पुग्नु सहज हुनेथिएन। यदि परमेश्‍वर देहधारी नबन्नुभएको भए र उहाँले यति धेरै सत्यताहरू व्यक्त नगर्नुभएको भए, मानिसहरूले उहाँलाई कहिल्यै चिन्न सक्ने थिएनन्, र उहाँको प्रेमबारे कसैले थाहा पाउने थिएन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। के तँ मानवजातिप्रतिको परमेश्‍वरको प्रेम बोध गर्दछस्?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्