“मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु” | अंश ५८८

“मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु” | अंश ५८८

6 |3 मे 2021

मानिसले आजको कामबारे अनि भविष्यको कामबारे थोरै जान्दछ तर उसले त्यो गन्तव्य बुझ्दैन जसमा मानवजाति प्रवेश गर्नेछ। एक सृष्टि भएको हैसियतले, मानिसले प्राणीको कर्तव्य पालना गर्नुपर्दछ: परमेश्‍वरले जे गर्नुहुन्छ, उसले त्यसैमा उहाँलाई पछ्याउनुपर्छ। मैले तिमीहरूलाई बताउने जुनसुकै मार्गमा तिमीहरू अगाडि बढ्नुपर्छ। आफ्नै निम्ति प्रबन्ध गर्ने तेरो कुनै उपाय छैन अनि आफैमाथि तेरो कुनै प्रभुत्व छैन; परमेश्‍वरको कृपामा सबै छोडिनुपर्छ, अनि हरेक कुरा उहाँकै हातमा छन्। यदि परमेश्‍वरको कामले मानिसलाई समय अगावै एउटा समाप्ति, उद्देश्य वा एउटा सुन्दर गन्तव्य प्रदान गर्‍यो र यदि परमेश्‍वरले मानिसलाई प्रलोभनमा पार्न र उहाँलाई पछ्याउने तुल्याउन यसलाई प्रयोग गर्नुभयो—यदि उहाँले मानिससित सौदा गर्नुभयो भने—यो जित हुने थिएन, न त यो मानिसको जीवनको निम्ति काम हुने थियो। यदि परमेश्‍वरले मानिसलाई नियन्त्रण गर्न अनि उसको हृदयलाई जित्न उसको गन्तव्य प्रयोग गर्ने हो भने यसमा उहाँले मानिसलाई सिद्ध बनाइरहनुभएको हुने थिएन, न त उहाँले मानिसलाई हासिल गर्न नै सक्नुहुने थियो तर त्यसको साटो उहाँले उसलाई नियन्त्रण गर्न उसको गन्तव्यलाई प्रयोग गरिरहनुभएको हुनेथियो। मानिसले आफ्नो भावी उद्देश्य, अन्तिम गन्तव्य अनि आशा गर्नको निम्ति कुनै असल कुरा छ वा छैन भन्ने कुरा भन्दा अरू कुनै कुरालाई वास्ता गर्दैन। यदि मानिसलाई जितको कामको अवधिमा एउटा सुन्दर आशा दिइयो, र यदि मानिसलाई जित्‍नुभन्दा पहिले, पछ्याउनको निम्ति उसलाई एउटा उचित गन्तव्य दिइयो भने मानिसको जितले यसको असरलाई हासिल नगर्ने मात्र होइन तर जितको कामको असर पनि प्रभावित हुनेछ। यसको अर्थ, मानिसको भाग्य र उसको भावी अपेक्षालाई हटाएर अनि मानिसको विद्रोही स्वभावलाई न्याय गरेर अनि त्यसलाई ताडना दिएर मात्रै जितको कामले यसको असरलाई हासिल गर्नसक्छ। यो मानिससित सौदा गरेर अर्थात् उसलाई आशिष् तथा अनुग्रह दिएर होइन तर यसको साटोमा उसलाई “स्वतन्त्रता” बाट वञ्चित गरेर अनि उसको भावी अपेक्षालाई मेटाएर यसद्वारा उसको वफादारितालाई प्रकट गरेर हासिल गर्न सकिन्छ। जितको कामको सार यही नै हो। यदि मानिसलाई सुरुमै सुन्दर आशा दिइयो अनि सजाय र न्यायको काम पछि मात्र गरियो भने मानिसले यो सजाय र न्यायको कामलाई उसको भविष्यमा रहेको अपेक्षाको आधारमा स्वीकार गर्नेथियो र अन्त्यमा सृष्टिकर्ताले आफ्ना सृष्टिहरूबाट पाउनुपर्ने निःशर्त आज्ञाकारीता र आराधना हासिल गर्न सक्नुहुने थिएन; केवल अन्धो, अनजान आज्ञाकारीता मात्र हुनेथियो, अन्यथा मानिसले परमेश्‍वरबाट अन्धाधुन्ध मागहरू गर्नेथियो अनि मानिसको हृदय जित्ने कुरा असम्भव हुनेथियो। परिणामस्वरूप, मानिसलाई प्राप्त गर्ने त्यस्तो जितको काम अथवा परमेश्‍वरको गवाही हुने काम असम्भव हुने थियो। त्यस्ता सृष्टिहरू आफ्नो कर्तव्य पालना गर्न असक्षम हुनेथिए अनि तिनीहरूले परमेश्‍वरसित मोलतोल मात्र गर्नेथिए; यो जित हुने थिएन तर कृपा र आशिष मात्रै हुनेथियो। मानिसको सबैभन्दा ठूलो समस्या भनेको उसले आफ्नो भाग्य र भावी अपेक्षा बाहेक अरू केही सोच्दैन र यिनै कुराहरूलाई मूर्ति बनाउँछ। मानिसले आफ्नो भाग्य र भावी अपेक्षाको खातिर परमेश्‍वरलाई पछ्याउँदछ; परमेश्‍वरप्रतिको उसको प्रेमको कारणले उसले परमेश्‍वरलाई आराधना गर्दैन। अनि यसैले मानिसको जितमा स्वार्थ, लोभ अनि परमेश्‍वरको आराधना गर्न उसलाई बाधा दिने सबै कुराहरूको निराकरण गरिनुपर्छ र त्यसलाई मेटाइनुपर्छ। त्यसो गरेर मानिसको जितका असरहरूलाई हासिल गरिनेछन्। यसको फलस्वरूप, मानिसको जितको प्रथम चरणहरूमा मानिसको जङ्गली लक्ष्यहरू तथा अत्यन्त घातक कमजोरीहरूलाई शुद्ध गर्नु र यसद्वारा परमेश्‍वरप्रति मानिसको प्रेम प्रकट गर्नु अनि मानव जीवनबारे उसको ज्ञान, परमेश्‍वरबारे उसको दृष्टिकोण र उसको अस्तित्वको अर्थलाई परिवर्तन गर्नु आवश्यक छ। यसप्रकारले परमेश्‍वरप्रति मानिसको प्रेमलाई शुद्ध गरिन्छ, अर्को शब्दमा, मानिसको हृदय जितिन्छ। तर सारा सृष्टिप्रति परमेश्‍वरको आचरणमा, परमेश्‍वरले जित्नकै खातिर जित्‍नुहुन्‍न; बरु मानिसलाई हासिल गर्नको निम्ति, आफ्नै महिमाको खातिर अनि मानिसको सबैभन्दा सुरुको मूल प्रतिरूपलाई पुनर्स्थापना गर्नको निम्ति उहाँले जित्नुहुन्छ। यदि जित्नकै खातिर मात्रै उहाँले जित्नु हुनेथियो भने जितको कामको महत्त्व हराउनेथियो। भनाइको अर्थ, यदि मानिसलाई जितिसकेपछि परमेश्‍वर मानिसप्रति उत्तरदायी हुन छोड्नुभयो र मानिसको जीवन र मरणलाई नै बेवास्ता गर्नुभयो भने यो मानवजातिको व्यवस्थापन हुने थिएन, न त मानिसको जित उसको मुक्तिको खातिर नै हुनेथियो। केवल मानिसको जितपछि र अन्त्यमा सुन्दर गन्तव्यमा ऊ आइपुगेपछि मानिसलाई हासिल गर्नु मुक्तिको सबै कामको केन्द्रविन्दु हो र यसले मात्रै मानिसको मुक्तिको लक्ष्यलाई हासिल गर्न सक्दछ। अर्को शब्दमा, मानिस सुन्दर गन्तव्यमा आइपुग्नु र विश्राममा प्रवेश गर्नु हरेक सृष्टिले प्राप्त गर्नुपर्ने भावी अपेक्षाहरू र सृष्टिकर्ताद्वारा गरिनुपर्ने काम हुन्। यदि मानिसले यो काम गर्नुथियो भने, यो अति नै सीमित हुनेथियो: यसले मानिसलाई एउटा निश्चित बिन्दुमा लानेथियो तर यसले मानिसलाई अनन्त गन्तव्यमा ल्याउन सक्नेथिएन। मानिसले मानिसको नियति निर्धारण गर्न सक्दैन, यस बाहेक, न त उसले मानिसको भावी अपेक्षा र भावी गन्तव्यलाई सुरक्षित गर्न सक्छ। तथापि, परमेश्‍वरद्वारा गरिने काम फरक हुन्छ। परमेश्‍वरले मानिसलाई सृष्टि गर्नुभएको कारण, उहाँले उसलाई डोर्‍याउनुहुन्छ, उहाँले मानिसलाई मुक्ति दिनुहुने कारणले उहाँले उसलाई पूरै मुक्ति दिनुहुनेछ र उसलाई पूर्ण रूपले प्राप्त गर्नुहुनेछ उहाँले मानिसलाई अगुवाइ गर्नुहुने हुनाले, उहाँले उसलाई उचित गन्तव्यमा ल्याउनुहुनेछ; अनि उहाँले मानिसलाई सृष्टि गर्नुभएको र व्यवस्थित गर्नुभएको कारण उहाँले मानिसको भाग्य तथा भावी अपेक्षाको जिम्मेवारी पनि लिनुपर्छ। सृष्टिकर्ताद्वारा गरिने काम यही नै हो। जितको काम मानिसको भावी अपेक्षालाई शुद्ध गरेर हासिल गरिने भएतापनि, मानिसलाई अन्ततः उसको निम्ति परमेश्‍वरले तयार गर्नुभएको उचित गन्तव्यमा ल्याइनु नै पर्छ। परमेश्‍वरले मानिसको निम्ति काम गर्नुहुने भएकोले नै मानिससित एउटा गन्तव्य हुन्छ र उसको भाग्य सुनिश्चित हुन्छ। यहाँ उल्लेख भएको उचित गन्तव्य भन्नाले विगतका समयहरूमा शुद्ध गरिएका मानिसको आशा र भावी अपेक्षा होइन, ती दुई फरक छन्। ती कुराहरू जसको लागि मानिसले आशा गर्दछ र पछ्याउँछ, ती उसको देहका अत्याधिक लालसाहरूको अनुसरणबाट उत्पन्न भएका तृष्‍णाहरू हुन्, मानिसले पाउनुपर्ने गन्तव्य होइन। यसैबीच परमेश्‍वरले मानिसको निम्ति जे तयार गर्नुभएको छ, ती उसलाई शुद्ध पारिएपछि मानिसले पाउनुपर्ने आशिषहरू तथा प्रतिज्ञाहरू हुन् जुन परमेश्‍वरले संसार सृष्टि गरिसक्नुभएपछि मानिसको निम्ति तयार गर्नुभयो, जुन मानिसका छनौटहरू, धारणाहरू, कल्पनाहरू अथवा देहद्वारा कलङ्कित हुँदैनन्। यो गन्तव्य एउटा विशेष व्यक्तिको निम्ति तयार गरिएको होइन तर सम्पूर्ण मानवजातिको विश्रामको स्थान हो। अनि यसरी यो गन्तव्य मानवजातिको निम्ति सबैभन्दा उचित गन्तव्य हो।

— “वचन शरीरमा देखा पर्नुहुन्छ” बाट

थप हेर्नुहोस्

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्