Nepali Christian Song | परमेश्वरका वचन सदैव अपरिवर्तित सत्यता हुन्
21 जनवरी 2026
१
मेरा वचनहरू सदैव अपरिवर्तित सत्यता हुन्। म मानिसका निम्ति जीवनको आपूर्ति र मानवजातिका निम्ति एक मात्र मार्गदर्शक हुँ। मेरा वचनहरूको मूल्य र अर्थ मानवजातिले तिनलाई अनुमोदन र स्वीकार गर्छन् कि गर्दैनन् भन्ने कुराले नभई ती वचन स्वयम्को सारले निर्धारण गर्छन्। यस पृथ्वीमा भएको एक जनाले पनि मेरा वचनहरू स्विकार्न सकेन भने पनि, मेरा वचनको मूल्य र तिनले मानवजातिलाई गर्ने सहयोगको आकलन कुनै पनि मानिसले लगाउन सक्दैन।
२
मेरा वचनविरुद्ध विद्रोह गर्ने, तिनलाई खण्डन गर्ने, वा अत्यन्तै तिरस्कार गर्ने धेरै मानिसहरूको सामना गर्दा, मेरो मनोवृत्ति यो मात्र हुन्छ: समय र तथ्यहरू नै मेरो गवाही बनून् र मेरा वचन नै सत्यता, मार्ग र जीवन हुन् भनी प्रमाणित गरून्। मैले भनेका सबै कुराहरू सही छन्, यो मानिससँग हुनुपर्ने कुरा हो, र योभन्दा पनि बढी, यो मानिसले स्वीकार गर्नुपर्ने कुरा हो भनी तिनले प्रमाणित गरून्।
३
मलाई पछ्याउने सबैलाई म यो तथ्य जान्ने तुल्याउनेछु: मेरा वचन पूर्ण रूपमा स्वीकार गर्न नसक्नेहरू, मेरा वचनहरू अभ्यास गर्न नसक्नेहरू, मेरा वचनमा उद्देश्य भेट्टाउन नसक्नेहरू, अनि मेरा वचनका कारण मुक्तिको अनुग्रह प्राप्त गर्न नसक्नेहरू मेरा वचनहरूद्वारा निन्दा गरिएकाहरू हुन्; योभन्दा पनि बढी, तिनीहरू ती हुन् जसले मेरो मुक्तिको अनुग्रह गुमाएका छन्, र मेरो डण्डा तिनीहरूबाट कहिल्यै भट्किने छैन। समय र तथ्यहरू नै मेरो गवाही बनून् र मेरा वचन नै सत्यता, मार्ग र जीवन हुन् भनी प्रमाणित गरून्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तिमीहरूले आफ्ना कार्यहरूलाई विचार गर्नुपर्छ
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू