परमेश्‍वरका दैनिक वचनहरू | “परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्वपूर्ण हुन्छ” | अंश २४५

परमेश्‍वरका दैनिक वचनहरू | “परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्वपूर्ण हुन्छ” | अंश २४५

5 |19 अप्रील 2021

परमेश्‍वरको स्वभाव प्रत्येक व्यक्तिका निम्ति अत्यन्त अमूर्त विषयजस्तै देखिन्छ र वास्तवमा त्यस्तै हो, साथै यो प्रत्येक व्यक्तिले सजिलै स्वीकार गर्न सक्‍ने विषय पनि होइन, किनकि उहाँको स्वभाव मानवजातिको व्यक्तित्व जस्तो होइन। परमेश्‍वरको पनि आफ्नै आनन्द, रीस, दुःख र खुशीका भावनाहरू छन्, तर यी भावनात्मक अभिव्यक्तिहरू मानिसका भावनात्मक अभिव्यक्तिहरूभन्दा फरक छन्। परमेश्‍वर जो हुनुहुन्छ उहाँ त्यही हुनुहुन्छ, र उहाँसँग जे छ, उहाँसँग त्यही छ। उहाँले व्यक्त गर्नुभएका र प्रकट गरिदिनुभएका सबै कुराहरू उहाँका सारतत्त्व र उहाँका पहिचानका प्रतिनिधित्वहरू हुन्। उहाँ जो हुनुहुन्छ र उहाँसँग जे छ त्यसलाई, साथै उहाँका सारतत्त्व र पहिचानलाई कुनै पनि मानिसले प्रतिस्थापन गर्न सक्दैन। उहाँको स्वभावमा मानिसजातिका निम्ति उहाँको प्रेम, मानवजातिको सान्त्वना, मानवजातिको घृणा, र मानवजातिको सामान्य बुझाइ सबै नै समावेश छन्। मानिसको व्यक्तित्व आशावादी, जीवन्त, वा संवेदनाहीन हुन सक्छ। परमेश्‍वरको स्वभाव सबै थोकहरू र सबै जीवित प्राणीहरूका शासकको, सारा सृष्‍टिका प्रभुको स्वभाव हो। उहाँको स्वभावले आदर, शक्ति, प्रताप, महानता, र सबैभन्दा महत्वपूर्ण सर्वोच्‍चताको प्रतिनिधित्व गर्छ। उहाँको स्वभाव अख्तियारको सङ्केत हो, सबै धार्मिकताको सङ्केत, सबै सुन्दरता र असलपनको सङ्केत हो। यी सबैभन्दा अझ महत्वपूर्ण कुरा त विजयी गर्न नसकिने वा अन्धकार र कुनै पनि शत्रुको शक्तिले आक्रमण गर्न नसकिने व्यक्तिलाई सङ्केत गर्दछ, साथै सृष्‍टि गरिएका कुनै प्राणीले उल्‍लङ्घन (उहाँले कुनै उल्‍लङ्घन सहन सक्‍नुहुन्‍न) गर्न नसकिने व्यक्तिलाई सङ्केत गर्दछ। उहाँको स्वभावले सर्वोच्‍च शक्तिको सङ्केत गर्छ। कुनै पनि व्यक्ति वा व्यक्तिहरूले उहाँको काम वा उहाँको स्वभावलाई अवरोध पुर्‍याउन सक्दैन। तर मानिसको व्यक्तित्व पशुभन्दा अलिकति उच्‍च छ। मानिस आफैमा वा मानिससँग कुनै अख्तियार छैन, कुनै स्वतन्त्रता छैन, मानिससँग आफैलाई पार गरेर जाने क्षमता पनि छैन, तर उसको सारतत्त्वमा सबै प्रकारका मानिसहरू, घटनाहरू र थोकहरूको नियन्‍त्रणमा विवश हुने स्वभाव हुन्छ। परमेश्‍वरको आनन्द धार्मिकता र ज्योतिमा अस्तित्वमा रहन्छ र उदय हुन्छ, किनकि अन्धकार र दुष्‍टको विनाश भएको छ। उहाँ मानवजातिमा ज्योति र असल जीवन ल्याउनुभएको कुरामा आनन्द मनाउनुहुन्छ। उहाँको आनन्द धार्मिकताको आनन्द हो, यो सबै सकारात्मक कुराको सङ्केत हो, त्यसभन्दा अझ बढी यो शुभ अवसरको सङ्केत हो। अन्यायको अस्तित्व र हस्तक्षेपले मानवजातिमा ल्याउने हानीको कारण, दुष्‍टता र अन्धकार अस्तित्वमा भएको कारण, सत्यतालाई हटाउने कुराहरू अस्तित्वमा भएका कारण, सुन्दर र असल कुराहरूको विरोध गर्ने तत्त्वहरू अस्तित्वमा भएका कारण, र अन्यायको कारण परमेश्‍वर क्रोधित बन्‍नुहुन्छ। उहाँको क्रोध सबै किसिमका नकारात्मक कुराहरू अस्तित्वमा रहनेछैन भन्‍ने सङ्केत हो, यो भन्दा पनि अझ महत्वपूर्ण कुराचाहिँ यसले उहाँको पवित्रताको सङ्केत गर्छ। उहाँको शोकको कारण मानवजाति नै हो, उहाँले मानवजातिमा आशा राख्‍नुभएको थियो, तर ती मानवजाति अन्धकारमा पतन भएका छन्, किनकि उहाँले मानवजातिमा गर्नुभएको काम उहाँको अपेक्षाहरूको नापसम्म आउँदैनन्, किनकि उहाँले प्रेम गर्नुभएका मानवजाति सबै जना ज्योतिमा जिउन सक्दैनन्। उहाँले निर्दोष मानवजातिप्रति दुःख महसुस गर्नुहुन्छ, साथै इमानदार तर अज्ञानी मानिस, र असल तर आफ्नै दृष्टिकोणको अभाव भएका मानिसप्रति पनि उहाँले दुःख महसुस गर्नुहुन्छ। उहाँको दुःख उहाँको भलोपन र उहाँको कृपाको सङ्केत हो, सुन्दरता र दयाको सङ्केत हो। उहाँको खुशी निश्‍चय नै उहाँका शत्रुहरूलाई पराजित गर्ने र मानिसको इमानदारीता जित्‍ने कार्यबाट आउँछ। यो भन्दा अझ बढी त शत्रुहरूका सबै शक्तिहरूको निष्कासन र विनाशबाट उहाँ खुशी बन्‍नुहुन्छ, किनकि यसरी मानिसजातिले असल र शान्तिपूर्ण जीवन प्राप्‍त गर्छन्। परमेश्‍वरको खुशी मानिसको आनन्द जस्तै होइन, बरु यो त असल फलहरू बटुल्नु जस्तै र आनन्दभन्दा अझ धेरै ठूलो कुरा हो। उहाँको खुसीयालीले मानवजाति यस समयदेखि दुःखकष्टबाट छुटकारा पाएको र मानवजाति ज्योतिको संसारमा प्रवेश गरेको सङ्केत दिन्छ। अर्कोतिर, मानवजातिको भावनाहरू उसका आफ्ना चाहनाहरूबाट उत्पन्‍न भएका हुन्छन्, त्यो धार्मिकता, ज्योति वा सुन्दर कुरा र स्वर्गबाट दिइएको अनुग्रहका निम्ति हुँदैन। मानवजातिका भावनाहरू स्वार्थी हुन्छन् र ती अन्धकारको संसारका हुन्। यिनीहरू परमेश्‍वरका इच्छा र योजनाका निम्ति अस्तित्वमा आएका होइनन्, त्यसैले मानिस र परमेश्‍वरलाई एउटै स्थानमा राखेर कुरा गर्न मिल्दैन। परमेश्‍वर सदासर्वदा सर्वोच्‍च हुनुहुन्छ र उहाँ आदरयोग्य हुनुहुन्छ भने मानिस सदैव तुच्छ र मूल्यहीन छन्। यसैकारण परमेश्‍वरले सधैँ मानिसजातिका निम्ति आफैलाई बलिदान गर्नुहुन्छ र समर्पित गर्नुहुन्छ; मानिसले चाहिँ सधैँ आफ्नो निम्ति राख्‍छ र आफ्नै निम्ति मात्र प्रयत्‍न गर्छ। परमेश्‍वरले सदैव मानिसहरूको अस्तित्व कायम राख्‍न पीडा उठाउनुहुन्छ, तैपनि मानिसले कहिल्यै पनि ज्योति वा धार्मिकताको खातिर कुनै मूल्य चुकाउँदैन। मानिस अत्यन्तै कमजोर छ सानातिना कठिनाइ पनि सहन सक्दैन, मानिसले कहिल्यै पनि अरू मानिसहरूलाई ध्यान दिँदैन तर सधैँ आफ्नै निम्ति मात्र प्रयत्‍न गर्छ। मानिस सधैँ स्वार्थी हुन्छ, भने परमेश्‍वर स्वार्थरहित हुनुहुन्छ। परमेश्‍वर न्याय, भलाइ र सुन्दर कुराहरूका स्रोत हुनुहुन्छ भने मानिसहरू घृणित र दुष्‍ट कुराहरू प्रकट गर्न मात्र सफल हुन्छन्। परमेश्‍वरले धार्मिकता र सुन्दरताको आफ्नो सारतत्त्व कहिल्यै अदलबदल गर्नुहुन्‍न, तर मानिसले पूर्ण रूपमा कुनै पनि समयमा कुनै पनि परिस्थितिमा धार्मिकतालाई धोखा दिएर परमेश्‍वरदेखि टाढा रहन सक्छ।

— “वचन शरीरमा देखा पर्नुहुन्छ” बाट

थप हेर्नुहोस्

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्