परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश १३

छ हजार वर्षे व्यवस्थापन योजनाभरि गरिएका सबै काम अब मात्रै समाप्त हुन्छ। यी सबै कामहरू मानिसलाई प्रकट गरेपछि र मानवजातिको बीचमा गरिएपछि मात्र मानवजातिले परमेश्‍वरका सबै स्वभाव साथै उहाँसँग के छ र उहाँ के हुनुहुन्छ भनी जान्नेछ। जब यस चरणको काम पूर्ण रूपमा समाप्त हुन्छ, मानिसले नबुझेका सबै रहस्यहरू प्रकट भएका हुन्छन्, पहिले नबुझेका सबै सत्यताहरू स्पष्ट पारिनेछन्, र मानवजातिलाई उनीहरूको भावी मार्ग र गन्तव्यको बारेमा बताइनेछ। वर्तमान चरणमा गरिनुपर्ने सम्पूर्ण काम यही हो। मानिसले आज हिँडेको बाटो क्रूसको र दुःखको बाटो भए पनि मानिसले जुन अभ्यासहरू गर्छ, र उसले आज जे खान्छ, पिउँछ र उपभोग गर्छ त्यो व्यवस्थाको अधीनमा हुँदा र अनुग्रहको युगमा मानिसले पाएको कुराभन्दा धेरै फरक छ। आज मानिसबाट जे माग गरिन्छ त्यो विगतको जस्तो छैन र व्यवस्थाको युगको मानिससित माग गरिएको जस्तो त झन् छँदै-छैन। अब, व्यवस्थाको अधीनमा परमेश्‍वरले इस्राएलमा आफ्नो काम गरिरहनुभएको बेला मानिससँग के माग गरिएको थियो? मानिसले शबाथ र यहोवाको व्यवस्था पालन गर्नु बाहेक अरू केही गर्नु पर्दैनथियो। कसैले पनि शबाथको दिनमा काम गर्नुहुँदैनथ्यो वा परमप्रभुको व्यवस्था उल्लङ्घन गर्नुहुँदैनथ्यो। तर अहिले त्यस्तो छैन। शबाथमा मानिस काम गर्छ, भेला हुन्छ र सामान्य रूपमा प्रार्थना गर्दछ, र उसमाथि कुनै प्रतिबन्ध लगाइएको छैन। अनुग्रहको युगमा हुनेहरूले बप्तिस्मा लिनुपर्थ्यो, र उनीहरूलाई उपवास बस्न, रोटी भाँच्न, दाखमद्य पिउन, शिर ढाक्न र अरूका खुट्टा धोइदिन लगाइएको थियो। अहिले यी नियमहरू खारिज गरिएका छन्, तर मानिसबाट अझ ठूला मागहरू गरिएका छन्, किनकि परमेश्‍वरको काम अझ गहिरो हुँदैजान्छ र मानिसको प्रवेश अझ उच्च हुँदैजान्छ। विगतमा, येशूले आफ्नो हात मानिसमाथि राख्नुहुन्थ्यो र प्रार्थना गर्नुहुन्थ्यो, तर अब सबै कुरा भनिएको छ, यसैले हात राखेर के हुन्छ र? वचनहरूले मात्र परिणाम प्राप्त गर्न सक्छ। विगतमा जब उहाँले मानिसमाथि आफ्नो हात राख्नुहुन्थ्यो, त्यो मानिसलाई आशिष् दिन र उसका रोगहरू निको पार्नका निम्ति हुन्थ्यो। त्यस बेला पवित्र आत्माले त्यसरी नै काम गर्नुभयो, तर अहिले त्यस्तो छैन। अहिले पवित्र आत्माले काम गर्न र परिणामहरू प्राप्त गर्न वचनहरूको प्रयोग गर्नुहुन्छ। उहाँका वचनहरू तिमीहरूलाई स्पष्ट पारिएको छ, र भनिएजस्तै गरी तिमीहरूले तिनलाई आफ्नो व्यवहारमा उतार्नुपर्छ। उहाँका वचनहरू उहाँका इच्छा हुन्; ती उहाँले गर्न चाहनुभएका काम हुन्। उहाँका वचनहरूद्वारा तैँले उहाँको इच्छालाई र तैँले के प्राप्त गरेको उहाँ चाहनुहुन्छ त्यो बुझ्‍नेछस्, र हातहरू राख्नुपर्ने कुनै आवश्यकताविना नै तैँले सीधै उहाँका वचनहरूलाई व्यवहारमा उतार्न सक्छस्। कसै-कसैले यसो भन्लान्, “तपाईंको हात ममाथि राख्नुहोस्! तपाईंका हातहरू ममाथि राख्नुहोस् र मैले तपाईंको आशीर्वाद पाउन सकूँ र म तपाईंमा सहभागी हुन सकूँ।” यी सबै अतीतका पुराना अभ्यासहरू हुन्, जुन अब अप्रचलित भएका छन्, किनकि युग परिवर्तन भएको छ। न त उद्देश्य विहीन रूपले न त नियमहरू अनुसार, तर पवित्र आत्माले युगअनुसार काम गर्नुहुन्छ। युग परिवर्तन भएको छ, र नयाँ युगले अनिवार्य रूपमा नै आफ्नो साथमा नयाँ काम ल्याउँदछ। कामको हरेक चरणमा यही कुरा लागू हुन्छ, त्यसैले उहाँको काम कहिल्यै दोहोरिँदैन। अनुग्रहको युगमा, येशूले त्यस प्रकारको काम प्रशस्तै गर्नुभयो, जस्तै बिरामीलाई निको पार्ने, भूतहरू निकाल्ने, मानिसको निम्ति प्रार्थना गर्न ऊमाथि आफ्नो हात राख्ने र मानिसलाई आशिष्‌ दिने। तापनि, वर्तमान समयमा त्यसो गर्नु अर्थहीन हुनेछ। पवित्र आत्माले त्यस समयमा त्यसरी नै काम गर्नुभयो, किनकि त्यो अनुग्रहको युग थियो, र मानिसले उपभोग गर्न सक्ने पर्याप्त अनुग्रह थियो। ऊबाट कुनै प्रकारको मूल्य माग गरिएको थिएन र जबसम्म ऊसँग विश्‍वास हुन्थ्यो, तबसम्‍म उसले अनुग्रह प्राप्त गर्थ्यो। सबैसँग अनुग्रहको साथ व्यवहार गरिन्थ्यो। अब युग परिवर्तन भएको छ, र परमेश्‍वरको काम अझ अगाडि बढेको छ; सजाय र न्यायको माध्यमबाट मानिसको विद्रोहीपन र मानिसभित्रको अशुद्ध थोकहरूलाई हटाइन्छ। त्यो चरण मुक्तिको चरण भएकोले मानिसले उपभोग गर्न सक्ने प्रशस्त अनुग्रह प्रकट गर्दै, अनुग्रहको माध्यमद्वारा तिनीहरूका पाप क्षमा गर्न परमेश्‍वरले त्यस प्रकारले काम गर्न आवश्यक भयो। यस वर्तमान चरणचाहिँ दण्ड, न्याय, वचनहरूको प्रहार, साथै अनुशासन र वचनहरूको प्रकाशद्वारा मानिसभित्रको अधर्मलाई प्रकट गर्नु हो, यसैले कि त्यसपछि मानवजातिले मुक्ति पाउन सकोस्। यो काम छुटकाराभन्दा अझ गहिरो हुन्छ। अनुग्रहको युगमा भएको अनुग्रह मानिसको उपभोगका लागि पर्याप्त थियो; अब मानिसले यो अनुग्रहको अनुभव गरिसकेको छ, अब उसले यो उपभोग गर्नुपर्दैन। यो कामको समय अब बितिसकेको छ र अब यो गर्नुपर्दैन। अब मानिस वचनको न्यायद्वारा बच्नुपर्छ। मानिसको न्याय भएपछि, उसले सजाय पाएपछि र शोधन गरिएपछि त्यसैद्वारा उसको स्वभाव परिवर्तन हुन्छ। के यो सबै मैले बोलेका वचनहरूको कारणले गर्दा होइन र? कामको प्रत्येक चरणलाई सम्पूर्ण मानवजातिको प्रगति र युग अनुरूप नै गरिन्छ। काम सबै महत्त्वपूर्ण छ, र यो सबै अन्तिम मुक्तिका लागि गरिन्छ, यसैले कि मानवजातिले भविष्यमा एक राम्रो गन्तव्य पाउन सकोस्, र अन्त्यमा मानवजाति प्रकारअनुसार वर्गीकरण हुन सकोस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४७७

पत्रुसले येशूलाई पछ्याउन थालेपछि स्वभाविक प्रकाशहरू देखा परेका भए तापनि, स्वभावमा तिनी सुरुदेखि नै पवित्र आत्मामा समर्पित हुन र ख्रीष्टको...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३६८

युगहरूभरि, धेरै जना निराशामा र अनिच्छुक हुँदै यस संसारबाट बिदा भएका छन् र धेरै जना आशा र विश्‍वासको साथ यहाँ आएका छन्। मैले धेरैको निम्ति...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४१२

मानिसहरूले परमेश्‍वरका वचनहरू जति धेरै ग्रहण गर्छन्, उनीहरूले त्यति नै धेरै अन्तर्दृष्टि प्राप्त गर्छन् र परमेश्‍वरलाई चिन्ने आफ्‍नो खोजीमा...