परमेश्‍वरका दैनिक वचनहरू: देहधारण | अंश १२१

मानिसलाई शैतानले भ्रष्ट तुल्याएको छ र ऊ परमेश्‍वरका प्राणीहरूमध्ये सबैभन्दा उच्च छ, त्यसकारण मानिसलाई परमेश्‍वरको मुक्तिको खाँचो छ। परमेश्‍वरको मुक्तिको पात्र मानिस नै हो, शैतान होइन र मुक्त गरिने भनेको मानिसको देह र मानिसको प्राण नै हो, दियाबलस होइन। शैतान परमेश्‍वरको विनाशको पात्र हो, मानिस परमेश्‍वरको मुक्तिको पात्र हो र मानिसको देहलाई शैतानले भ्रष्ट तुल्याएको छ, त्यसकारण सुरुमा मुक्त गरिने मानिसको देह नै हुनुपर्छ। मानिसको देहलाई अत्यन्तै गहन रूपमा भ्रष्ट तुल्याइएको छ र यो परमेश्‍वरलाई विरोध गर्ने कुरा बनेको छ, यति हदसम्म कि यसले खुलेआम परमेश्‍वरको अस्तित्वको विरोध र इन्कार गर्छ। यो भ्रष्ट देह अत्यन्तै हठी छ र देहको भ्रष्ट स्वभावलाई निराकरण गर्न वा परिवर्तन गर्न जत्तिको कठिन अरू केही छैन। बाधाहरू पैदा गर्नको लागि शैतान मानिसको देहमा आउँछ र परमेश्‍वरको काममा बाधा ल्याउन र परमेश्‍वरको योजनामा हानि गर्न यसले मानिसको देह प्रयोग गर्छ, यसरी मानिस शैतान नै बनेको छ र परमेश्‍वरको शत्रु बनेको छ। मानिसलाई मुक्त गर्नको लागि, उसलाई पहिले विजय गरिनैपर्छ। यही कारणले गर्दा नै परमेश्‍वर चुनौतीमा उठ्नुहुन्छ र आफ्‍नो अभिप्रायको काम गर्न र शैतानसँग लडाइँ गर्न देहमा आउनुहुन्छ। उहाँको उद्देश्य भनेको भ्रष्ट तुल्याइएको मानिसलाई मुक्ति दिनु र उहाँको विरुद्धमा विद्रोह गर्ने शैतानलाई हराउनु र नष्ट गर्नु हो। मानिसलाई विजय गर्ने आफ्नो कामद्वारा उहाँले शैतानलाई पराजित गर्नुहुन्छ, जबकि यही क्रममा उहाँले भ्रष्ट मानवजातिलाई मुक्त गर्नुहुन्छ। यसरी, यो एकै पटकमा दुईवटा उद्देश्यहरू हासिल गर्ने काम हो। मानिससँग अझै राम्ररी संलग्न हुन र मानिसलाई राम्ररी विजय गर्नको लागि उहाँले देहमा काम गर्नुहुन्छ, र देहमा बोल्नुहुन्छ र देहमा नै सबै काम गर्नुहुन्छ। अन्तिम पटक परमेश्‍वर देह बन्नुहुँदा, आखिरी दिनहरूको उहाँको कार्यलाई देहमा समाप्त गरिनेछ। उहाँले सबै मानिसहरूलाई प्रकारअनुसार वर्गीकरण गर्नुहुनेछ, आफ्नो सम्पूर्ण व्यवस्थापनलाई समाप्त गर्नुहुनेछ र देहको उहाँको सम्पूर्ण कामलाई पनि समाप्त गर्नुहुनेछ। पृथ्वीको उहाँको सबै काम सकिएपछि, उहाँ पूर्ण रूपमा विजयी बन्नुहुनेछ। देहमा काम गर्ने क्रममा, परमेश्‍वरले मानवजातिलाई पूर्ण रूपमा विजय गर्नुभएको हुनेछ र मानवजातिलाई पूर्ण रूपमा प्राप्त गर्नुभएको हुनेछ। के यसको अर्थ उहाँको सम्पूर्ण व्यवस्थापन समाप्त भइसकेको हुनेछ भन्ने होइन र? उहाँले शैतानलाई पूर्ण रूपमा हराएपछि र विजय बन्नुभएपछि, जब परमेश्‍वरले देहमा आफ्नो काम समाप्त गर्नुहुन्छ, तब मानिसलाई भ्रष्ट तुल्याउने थप मौका शैतानसँग हुनेछैन। परमेश्‍वरको पहिलो देहधारणको काम भनेको मानिसका पापहरूको छुटकारा र क्षमा थियो। अहिले यो मानवजातिलाई विजय गर्ने र पूर्ण रूपमा प्राप्त गर्ने काम हो, ताकि शैतानसँग उप्रान्त त्यसको काम गर्ने कुनै मार्ग नहोस् र त्यो पूर्ण रूपमा हारोस् अनि परमेश्‍वर पूर्ण रूपमा विजय बन्नुभएको होस्। देहको काम यही नै हो र यो परमेश्‍वर स्वयंले गर्नुहुने काम हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३५३

प्रत्येक दिन प्रत्येक व्यक्तिको काम र विचारहरू एक जना व्यक्तिका आँखाले हेर्छन्, त्यसको साथसाथै तिनीहरूका आफ्नै भोलिका दिनको निम्ति ती...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश १८

यहोवाले इस्राएलीहरूका बीचमा गर्नुभएको कार्यले मानवजातिको बीचमा परमेश्‍वरको सांसारिक उद्‍गम स्थान स्थापना गर्‍यो, जुन एउटा पवित्र स्थान पनि...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २१०

आखिरी दिनहरू आइपुगेका छन् र विश्‍वभरिका देशहरू गोलमालमा छन्। राजनीतिक अस्तव्यस्तता छ, अनिकाल, रूढी, बाढी-पहिरो र खडेरी जताततै देखा परेको छ।...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ७५

येशूले पाँच हजारलाई खुवाउनुहुन्छ यूहन्‍ना ६:८-१३ उहाँका चेलाहरूमध्ये एक, सिमोन पत्रुसका भाइ अन्द्रियासले उहाँलाई भने, यहाँ एउटा केटो छ,...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्