परमेश्‍वरका दैनिक वचनहरू: देहधारण | अंश १०९

ख्रीष्‍टको कार्य र अभिव्यक्तिले नै उहाँको स्वभावलाई निर्धारित गर्छ। उहाँमा समर्पित गरिएको साँचो हृदयलाई उहाँले पूर्ण गर्न सक्‍नुहुन्‍छ। उहाँले स्वर्गका परमेश्‍वरलाई साँचो हृदयले आराधना गर्न सक्‍नुहुन्‍छ, र साँचो हृदयद्वारा नै उहाँले परमेश्‍वर पिताको इच्छालाई खोज्‍नुहुन्छ। यी सबैलाई उहाँको सारद्वारा नै निर्धारित गरिन्छ। र उहाँको सारद्वारा नै उहाँको प्राकृतिक प्रकाशलाई निर्धारित गरिन्छ; मैले यसलाई “प्राकृतिक प्रकाश” भन्‍नुको कारण के हो भने उहाँको अभिव्यक्ति अनुकरण होइन, वा मानिसको शिक्षाको परिणाम, वा मानिसले गरेको धेरै वर्षको परिश्रमको परिणाम होइन। उहाँले यो सिक्‍नुभएन वा आफैलाई यसद्वारा सजाउनुभएन; बरु, यो उहाँ आफैमा अन्तर्निहित छ। मानिसले उहाँको कार्य, उहाँको अभिव्यक्ति, उहाँको मानवता, र उहाँको सामान्य मानवताको सम्पूर्ण जीवनलाई इन्कार गर्न सक्छ, तर उहाँले स्वर्गमा परमेश्‍वरलाई साँचो हृदयले आराधना गर्नुहुन्छ भन्‍ने कुरालाई कसैले पनि इन्कार गर्न सक्दैन; उहाँ स्वर्गमा हुनुहुने पिताको इच्छालाई पूरा गर्नको लागि आउनुभएको हो भन्‍ने कुरालाई कसैले पनि इन्कार गर्न सक्दैन, र उहाँले परमेश्‍वर पितालाई जुन इमानदारीताको साथ खोज्‍नुहुन्छ त्यसलाई कसैले पनि इन्कार गर्न सक्दैन। उहाँको स्वरूप इन्द्रियहरूका लागि आकर्षक नभए तापनि, उहाँको उपदेश असाधारण नभए तापनि, र उहाँको कार्य मानिसले कल्‍पना गरेजस्तो पृथ्वीलाई छताछुल्ल पार्ने वा स्वर्गलाई हल्‍लाउने किसिमको नभए तापनि, उहाँ वास्तवमा नै ख्रीष्‍ट हुनुहुन्छ, जसले साँचो हृदयको साथ स्वर्गमा हुनुहुने पिताको इच्छालाई पूरा गर्नुहुन्छ, जो स्वर्गीय पिताप्रति पूर्ण रूपमा समर्पित हुनुहुन्छ, र मृत्युसम्‍मै आज्ञाकारी हुनुहुन्छ। किनभने उहाँको सार ख्रीष्‍टकै सार हो। मानिसले यो सत्यतालाई विश्‍वास गर्न कठिन छ, तर सत्य यही नै हो। जब ख्रीष्‍टको सेवकाइ पूर्ण रूपमा पूरा भएको हुन्छ, उहाँको कार्यद्वारा मानिसले के कुरालाई देख्‍न सक्छ भने उहाँको स्वभाव र उहाँको अस्तित्वले स्वर्गको परमेश्‍वरको स्वभाव र अस्तित्वलाई प्रतिनिधित्व गर्छ। त्यो समयमा, उहाँको सम्पूर्ण कार्यको योगले उहाँ वास्तवमा देहधारी हुनुहुने वचन हुनुहुन्छ, र देह र रगतले बनिएको मानिसजस्तो हुनुहुन्‍न भन्‍ने कुरालाई पुष्‍टि गर्न सक्छ। पृथ्वीमा ख्रीष्‍टले गर्नुहुने कार्यको हरेक चरणले प्रतिनिधित्व गर्ने आफ्नै महत्त्व छ, तर हरेक चरणको वास्तविक कार्यलाई अनुभव गर्ने मानिसले उहाँको कार्यको महत्त्वलाई बुझ्‍न सक्दैन। परमेश्‍वरले आफ्नो दोस्रो देहधारणद्वारा अघि सार्नुभएका कार्यको विभिन्‍न चरणहरूको हकमा यो विशेष गरी लागू हुन्छ। ख्रीष्‍टको वचनलाई मात्रै सुनेका वा देखेका तर उहाँलाई कहिल्यै नदेखेका धेरैजसोले उहाँको कार्यका धारणाहरूलाई बुझेका हुँदैनन्; ख्रीष्‍टलाई देखेका र उहाँको वचनलाई सुनेका, साथै उहाँको कार्यलाई अनुभव गरेका मानिसहरूले उहाँको कार्यलाई स्वीकार गर्न कठिन हुन्छ। के यो ख्रीष्‍टको स्वरूप र सामान्य मानवता मानिसले चाहेको जस्तो नभएको कारणले गर्दा हो? ख्रीष्‍ट गइसक्‍नुभएपछि उहाँको कार्यलाई स्वीकार गर्ने मानिसहरूमा त्यस्तो कठिनाइहरू हुँदैन, किनभने तिनीहरूले उहाँको कार्यलाई मात्रै स्वीकार गर्छन् र ख्रीष्‍टको सामान्य मानवतासँग तिनीहरू सम्पर्कमा आउँदैनन्। परमेश्‍वरप्रतिको आफ्नो धारणाहरूलाई त्याग्‍न मानिस असक्षम छ र उसले उहाँलाई तीव्रताको साथ जाँच्छ; यसको कारण के हो भने मानिसले उहाँको स्वरूपमा मात्रै विशेष ध्यान दिन्छ र उहाँको कार्य र उहाँको वचन अनुसार उहाँको सारलाई पहिचान गर्न सक्दैन। यदि मानिसले ख्रीष्‍टको स्वरूपको निम्ति आफ्नो आँखा बन्द गर्छ वा ख्रीष्‍टको मानवताको बारेमा छलफल गर्नबाट टाढा बस्छ, र उहाँको ईश्‍वरत्व, जसको काम र वचनलाई कुनै पनि मानिसले प्राप्‍त गर्दैन, त्यसको बारेमा मात्रै कुरा गर्छ भने, मानिसका आधा जति धारणाहरू घट्नेछन्, र सबै मानिसका कठिनाइहरू समेत समाधान हुनेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्‍टको सार हो

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५०८

यदि मानिसहरू शैतानको प्रभावमा परे भने, तिनीहरूभित्र परमेश्‍वरप्रति कुनै प्रेम हुँदैन, र तिनीहरूको पहिलेको दर्शन, प्रेम, र सङ्कल्प हराइसकेको...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १३२

जीवनमा अय्यूबले गरेको खोजी र प्राप्तिले तिनलाई शान्त भएर मृत्युको सामना गर्ने तुल्यायो पवित्रशास्‍त्रमा अय्यूबको बारेमा यस्तो लेखिएको छ:...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४९६

मानिसहरूको बाहिरी स्वभावलाई परमेश्‍वरले गर्नुहुने निराकरण पनि उहाँको कार्यको एक अंश हो; उदाहरणका लागि मानिसको बाहिरी, असामान्य मानवता वा...