स्वेच्छाचारिताले अरूलाई अनि आफैलाई हानि गर्छ
लिन, अष्ट्रेलिया द्वाराम सन् २०२० अप्रिलमा मलजल कामको मुख्य जिम्मेवारीसहित मण्डली अगुवा चुनिएँ। केही महिनाअघि, केही नयाँ विश्वासी भेलामा...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
पहिले, म सधैँ आफूलाई अत्यन्तै चलाख व्यक्ति ठान्थेँ। म सधैँ अरूको सहयोगविना जे पनि गर्न सक्छु भन्ने सोच्थेँ। स्कूल र घर दुवैमा, मानिसहरूले जस्तोसुकै प्रश्न गरे पनि, मेरा दाजुहरूले उत्तर दिन नसक्दा समेत, म उत्तर दिन सक्थेँ, र यसले गर्दा म तिनीहरूलाई हेला गर्थेँ। मेरा दाजुहरूले मलाई अहङ्कारी भन्थे, र म परिवर्तन हुनुपर्छ र अरूको भावनालाई बुझ्नुपर्छ भनेर भन्थे, तर तिनीहरूलाई मदेखि डाहा लागेकोले यसो भनेका हुन् भन्ने सोच्थेँ, त्यसकारण तिनीहरूको आरोपको बारेमा म वास्ता गर्दिनथिएँ।
२०१९ मा, मैले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। चाँडै नै, मैले परमेश्वरको काम भर्खरै स्वीकार गरेका नयाँ विश्वासीहरूलाई मलजल गर्न थालेँ। त्यो बेला मसँग काम गर्ने तीन जना सिस्टरहरूमध्ये, दुई जनाले केही महिना पहिले मात्रै परमेश्वरको कामलाई स्वीकार गरेका थिए। मलाई काममा सहयोग गर्ने अर्की सिस्टर जोन्ना थिइन्। त्यो बेला मलाई समूह अगुवाको रूपमा छनौट गरिएको थियो, जुन कुराको अर्थ म समूहको सबैभन्दा उत्कृष्ट हुँ भन्ने मलाई लागेको थियो। हामीले सँगै काम गर्दै जाने क्रममा, जब तिनीहरूले मलाई फरक तरिकाले काम गर्न सुझाव दिन्थे, तब म असहमत हुन्थेँ, र मैले भनेजस्तै गर्नुपर्छ भनेर भन्थेँ। उदाहरणको लागि, नयाँ विश्वासीहरूको भेलापछि हरेक पटक सिस्टर जोन्नाले सोध्थिन्, “के हामीले नयाँ विश्वासीहरूलाई तिनीहरूले सबै कुरा बुझे कि बुझेनन् भनेर सोध्ने हो?” म भन्थेँ, “त्यसो गर्नु पर्दैन। मैले पहिले नै भेलामा यो कुरा सोधिसकेको छु, तिनीहरूले सबै कुरा बुझेका छन्, त्यसकारण हामीले फेरि सोध्नु पर्दैन।” सिस्टर जोन्नाले भन्थिन्, “जब तपाईंले परमेश्वरको कामको सत्यताको बारेमा सङ्गति गर्नुहुन्छ, तब तपाईंले अझै विस्तृत रूपमा बताउनुपर्छ। यसले सुसमाचार सुन्ने सम्भावित व्यक्तिहरूलाई परमेश्वरको काम वास्तविक हो भनेर तुरुन्तै निर्धारित गर्न सहयोग गर्नेछ।” म नसोची भन्थेँ, “मैले सबै कुरा भनिसकेँ। दोहोर्याइरहनु पर्दैन।” कहिलेकहीँ, सिस्टर जोन्नाले मलाई गएर नयाँ विश्वासीहरूको परिस्थितिको बारेमा बुझ्नुहोस् भनी भन्थिन्, तर मलाई जान मन लाग्दैनथियो। समूह अगुवाको रूपमा मैले नै उनले गर्ने काम मिलाउनुपर्छ, र उनले मलाई के गर्नुपर्छ भनेर अह्राउनु हुँदैन भन्ने मलाई लाग्थ्यो। कहिलेकहीँ सिस्टर जोन्नाले नयाँ विश्वासीहरूले भेलाहरूमा दिइएका सङ्गतिबाट कुरा बुझे कि बुझेनन् भनेर सोध्थिन्। मेरो कामको बारेमा सधैँ फलोअप गरेको देख्दा मलाई रिस उठ्थ्यो। उनी समूह अगुवा थिइनन्। मलाई यो-त्यो गर्नको लागि भन्ने अधिकार तिनीसँग थिएन। त्यो बेला, म अत्यन्तै अहङ्कारी थिएँ। मैले सिस्टर जोन्नासँग वा मेरा अरू दुई जना सिस्टरसँग सहकार्य गरिनँ। सामान्यतया, म आफै नयाँ विश्वासीहरूलाई सहयोग गर्थेँ, र म तिनीहरूलाई कुनै काम सुम्पँदिनथिएँ। मलाई के लाग्थ्यो भने तिनीहरूले भर्खरै परमेश्वरको कामलाई स्वीकार गरेका छन् र दर्शनहरू सम्बन्धी धेरै सत्यता बुझेका छैनन्, त्यसकारण तिनीहरूले यो काम राम्ररी नगर्न सक्छन्। तिनीहरूसँग भेलाहरू संचालन गर्दा, म सधैँ धेरै बोल्थेँ र तिनीहरूलाई सङ्गति गर्ने मौका दिँदिनथिएँ। तिनीहरूले राम्ररी सङ्गति गर्दैनन् र नयाँ विश्वासीहरूले कुरा बुझ्दैनन् भन्ने मलाई चिन्ता लाग्थ्यो। वास्तवमा, नयाँ विश्वासीहरूले मेरा दुई जना सिस्टरहरूको सङ्गति बुझ्न सक्थे। यति मात्रै हो कि म तिनीहरूलाई नीच ठान्थेँ, त्यसकारण तिनीहरूलाई सङ्गति गर्न दिन मन लाग्दैनथियो। एक पटक, नयाँ विश्वासीहरूलाई जति सक्दो चाँडो साँचो मार्गमा जग बसाल्न सहयोग गर्नको लागि म सत्यताका थप विभिन्न पक्षहरूको बारेमा सङ्गति गर्न चाहन्थेँ, तर मेरा सिस्टरहरूले भने, “तपाईंले त्यसो गर्नु हुँदैन। हाम्रो भेला डेढ घण्टाको मात्रै हुन्छ। तपाईंले धेरै बेर सङ्गति गर्नुभयो भने, पर्याप्त समय हुनेछैन, र नयाँ विश्वासीहरूले बुझ्नेछैनन्। हामीले धेरै वटा भेलाहरूमा सङ्गतिलाई विभाजित गर्न सक्छौँ।” तर मलाई त्यो बेला तिनीहरूको विचार स्वीकार गर्न मन लागेन, र तिनीहरूलाई मनाउन र मेरो कुरा सुन्न लगाउनको लागि मैले सक्दो प्रयास गरेँ। अन्त्यमा, तिनीहरू सहमत हुनुपर्यो। पछि, हामीले बीस जनाभन्दा बढी मानिसहरूलाई मलजल गर्न थाल्यौँ। पहिलो भेलामा लगभग सबै जना नयाँ विश्वासीहरू उपस्थित थिए, तर त्यसपछिका केही भेलाहरूमा, झन्-झन् धेरै जना नयाँ विश्वासीहरू अनुपस्थित हुँदै गइरहेको मैले थाहा पाएँ। अन्त्यमा, सुरुमा बीस जनाभन्दा बढी रहेका मध्ये तीन जना मात्रै नियमित रूपमा भेलामा आउन थाले। मैले नयाँ विश्वासीहरूलाई मलजल गर्न थालेदेखि यस्तो कहिल्यै भएको थिएन। त्यो बेला म निकै अन्योलमा थिएँ र नकारात्मक बनेँ। त्यसपछि एक दिन, अगुवाले मलाई मेरो स्थितिको बारेमा सोधे, र मैले भनेँ, “ठीक छैन। यो बेला, मैले मेरो कर्तव्य त्यति राम्ररी पूरा गरेको छैन। नयाँ विश्वासीहरूसँग राम्ररी सङ्गति गरेपछि हरेक पटक नै म तिनीहरूले बुझे कि बुझेनन् भनेर सोध्छु, र तिनीहरूले सधैँ बुझ्यौँ भनेर भन्छन्, तर तिनीहरू भेलाहरूमा किन आउँदैनन् मलाई थाहा छैन।” अगुवाले मलाई भने, “तपाईंले आफ्नो बारेमा मनन गर्नुपर्छ। के तपाईंले त्यस्तो केही अनुचित कुरा गर्नुभयो जसले गर्दा नयाँ विश्वासीहरूलाई आउन मन लाग्न छोड्यो?” अगुवाले आफ्नो कुरालाई जारी राखे, “तिनीहरूले तपाईंको मलजल गर्ने विषयवस्तु वा शैलीमा कुनै गल्ती देखे कि भनेर के तपाईंले आफ्ना तीन जना सहकर्मी सिस्टरहरूलाई सोध्नुभयो?” मैले भनेँ, “सोधेको छैन, तिनीहरूले कुनै राम्रो सल्लाह दिन सक्छन् जस्तो लाग्दैन।” अगुवाले भने, “समस्या त्यही हो। सधैँ आफ्नो भरोसा गर्नुको सट्टा तपाईंले तिनीहरूको सल्लाह लिनुपर्छ।” अगुवाले भनेको कुरा मलाई सही लाग्यो। मैले मेरा सहकर्मी सिस्टरहरूलाई सोध्ने बारेमा कहिल्यै विचार गरेको थिइनँ। मलाई सधैँ म काम गर्नमा तिनीहरूभन्दा सिपालु छु भन्ने ठान्थेँ, त्यसकारण तिनीहरूको विचार मलाई बेकार लाग्थ्यो।
त्यसपछि अगुवाले मलाई परमेश्वरको वचनको एउटा खण्ड पठाए: “जब तिमीहरूले आफ्ना कर्तव्यहरू पूरा गर्न अरूसँग सहकार्य गरिरहेको हुन्छौ, तब के तिमीहरू फरक विचारहरूप्रति खुला मनका हुन्छौ? के तिमीहरू अरूलाई बोल्न दिन सक्छौ? (म केही मात्रामा गर्न सक्छु। पहिले, प्रायजसो म दाजुभाइ-दिदीबहिनीहरूको सुझाव सुन्दिनथेँ र आफ्नै तरिकाले काम गर्न जिद्दी गर्थेँ। पछि म गलत छु भन्ने कुरा तथ्यले प्रमाणित गरेपछि मात्रै, मैले तिनीहरूको धेरैजसो सुझाव सही थिए, सबैले छलफल गरेको समाधान नै उचित थियो, र मैले आफ्नै दृष्टिकोणमा भर परेर कुराहरू स्पष्टसँग देख्न सकिनँ र ममा कमी थियो भन्ने थाहा पाएँ। यो अनुभव गरेपछि, सद्भावपूर्ण सहकार्य गर्नु कति महत्त्वपूर्ण छ भन्ने मैले महसुस गरेँ।) अनि तैँले यसबाट के देख्न सक्छस्? यो अनुभव गरेपछि, के तैँले केही लाभ प्राप्त गरिस्, र सत्यता बुझिस्? मलाई भन्, के कोही सिद्ध छ? कोही व्यक्ति धेरै बलियो भए पनि, र ऊ सक्षम र प्रतिभाशाली भए पनि, ऊ अझै पनि सिद्ध हुँदैन। यो एक तथ्य हो। मानिसहरूमा यो बुझाइ हुनैपर्छ, र मानिसहरूमा आफ्नै सबल पक्ष र गुणहरू अनि आफ्नै कमजोरीहरूप्रति हुनुपर्ने सही मनोवृत्ति यही हो; यो मानिसहरूमा हुनुपर्ने चेतना हो। यदि तँसँग यो चेतना छ भने, तँ आफ्नै सबल पक्ष र कमजोरीहरूलाई, साथै अरूकालाई पनि सही तरिकाले लिन सक्छस्, र यसरी तँ अरूसँग सामञ्जस्यपूर्ण रूपमा सहकार्य गर्न सक्षम हुनेछस्। यदि तँ सत्यताको यो पक्ष बुझ्छस् र सत्यता वास्तविकताको यस पक्षमा प्रवेश गर्न सक्छस् भने, तँ दाजुभाइ तथा दिदीबहिनीहरूसँग मित्रवत् रूपमा रहन सक्छस्, र आफ्ना कमजोरीहरू हटाउन तिनीहरूका सबल पक्षहरूबाट सिक्न सक्छस्। यसरी, तैँले जुनसुकै कर्तव्य निर्वाह गरिरहेको भए पनि वा तैँले जे गरिरहेको भए पनि, तँ त्यसमा झन्-झन् राम्रो हुँदै जानेछस् र तँसँग परमेश्वरको आशिष् हुनेछ। यदि तैँले सधैँ आफूलाई निकै सिपालु रहेको र अरूलाई तुलनात्मक रूपमा खराब रहेको ठान्छस् भने, र तँ सधैँ अन्तिम निर्णय आफै गर्न चाहन्छस् भने, यो समस्यापूर्ण हुनेछ। यो स्वभावसम्बन्धी समस्या हो। के त्यस्ता मानिसहरू अहङ्कारी र आत्मधर्मी हुँदैनन् र?” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूले मेरो समस्या औँल्याइदिए। परमेश्वर भन्नुहुन्छ, “जब तिमीहरूले आफ्ना कर्तव्यहरू पूरा गर्न अरूसँग सहकार्य गरिरहेको हुन्छौ, तब के तिमीहरू फरक विचारहरूप्रति खुला मनका हुन्छौ? के तिमीहरू अरूलाई बोल्न दिन सक्छौ?” परमेश्वरले गर्नुभएका प्रश्नहरूलाई हेर्दा, मैले यो अवधिमा मेरा तीन जना सिस्टरहरूसँग गरेको सहकार्यको बारेमा विचार गरेँ। म तिनीहरूका सबै सुझाव अस्वीकार गर्थेँ। तिनीहरूको विचार राम्रो वा सही हुँदा पनि, म सधैँ असहमत हुन्थेँ किनभने म तिनीहरू जत्तिको सिपालु छैन भन्ने तिनीहरूले नसोचून् भन्ने चाहन्थेँ। म सबैभन्दा उत्कृष्ट हुँ, त्यसकारण राम्रो सल्लाह दिन सक्ने म मात्रै हुँ भनेर सोच्थेँ। म समूहको अगुवा थिएँ, त्यसकारण तिनीहरूले मैले भनेको मान्नुपर्छ र मेरो कुरा सुन्नुपर्छ, मैले तिनीहरूको कुरा सुन्ने होइन भन्ने मलाई लाग्थ्यो। परमेश्वरका वचनहरूले हरेक व्यक्तिका कमीकमजोरीहरू हुन्छन् र अरूबाट उसलाई सहयोग चाहिन्छ भनेर भन्छन्, तर म सधैँ आफूलाई उत्कृष्ट, र म अरूभन्दा उच्च छु भन्ने ठान्थेँ। के यो घमण्ड थिएन र? मैले परमेश्वरका वचनहरूमा के देखेँ भने, परमेश्वरले त्यस्ता मानिसहरूलाई घृणा गर्नुहुन्छ।
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ: मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा काम सधैँ दोहोर्याएर गर्नुपर्छ भने, सबैभन्दा ठूलो समस्या विशेषज्ञ ज्ञानको कमी वा अनुभवको अभाव हुँदैन, बरु तिनीहरू अत्यन्तै आत्मधर्मी र अहङ्कारी हुने भएकाले, तिनीहरूले मिलेर काम गर्न नचाहेकाले, बरु स्वेच्छाचारी र एकतर्फी रूपमा काम गर्ने गरेकोले यस्तो हुन्छ—यसको फलस्वरूप तिनीहरूले गरेको काम भद्रगोल हुन्छ, र केही पनि हासिल हुँदैन, र सबै प्रयास खेर जान्छ। अनि यसमा सबैभन्दा गम्भीर समस्या मानिसहरूको भ्रष्ट स्वभाव हुन्छ। यदि मानिसहरूका भ्रष्ट स्वभावहरू अत्यन्तै गम्भीर छन् भने, तिनीहरू असल मानिस होइनन्, तिनीहरू दुष्ट मानिस हुन्। दुष्ट मानिसहरूका स्वभावहरू सामान्य भ्रष्ट स्वभावभन्दा निकै गम्भीर हुन्छन्। दुष्ट मानिसहरूले दुष्ट कार्यहरू गर्ने सम्भावना हुन्छ, तिनीहरूले मण्डलीका काममा अवरोध गर्ने र बाधा दिने सम्भावना हुन्छ। आफ्नो कर्तव्य निर्वाह गर्दा दुष्ट मानिसहरूले गर्न सक्ने भनेकै काम खराब रूपमा गर्नु र भताभुङ्ग पार्नु मात्रै हो; तिनीहरूको श्रममा सार्थकताभन्दा बढी समस्या हुन्छ। कतिपय मानिसहरू दुष्ट हुँदैनन्, तर तिनीहरूले आफ्नै भ्रष्ट स्वभावअनुसार आफ्नो कर्तव्य निर्वाह गर्छन्—र तिनीहरूले पनि आफ्नो कर्तव्य उचित रूपमा पूरा गर्न सक्दैनन्। समग्रमा, भ्रष्ट स्वभावले मानिसहरूलाई आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नबाट अत्यन्तै चरम रूपमा बाधा दिन्छ। मानिसहरूको भ्रष्ट स्वभावको कुन पक्षले तिनीहरूको कर्तव्य निभाउने प्रभावकारितामा सबैभन्दा बढी प्रभाव पारेको हुन्छ भन्ने तिमीहरूलाई लाग्छ? (अहङ्कार र आत्मधार्मिकता।) अहङ्कार र आत्मधार्मिकताका मुख्य मुख्य प्रकटीकरणहरू केके हुन्? स्वेच्छाचारी र एकतर्फी रूपमा काम गर्ने, आफ्नै बाटो हिँड्ने, अन्य मानिसहरूको सुझाव नसुन्ने, अरूसँग सल्लाह नलिने, सद्भावपूर्ण सहकार्य नगर्ने, र कामकुरामा सधैँ आफूले नै अन्तिम निर्णय गर्न प्रयास गर्ने। केही दाजुभाइ-दिदीबहिनीहरूले निश्चित कर्तव्य पूरा गर्न सहकार्य गरिरहेको हुनसक्ने भए पनि, तिनीहरू प्रत्येक तिनीहरूको आ-आफ्नै काममा संलग्न भए पनि, केही निश्चित समूह अगुवा वा सुपरिवेक्षकहरूले नै सधैँ अन्तिम निर्णय गर्न चाहन्छन्; तिनीहरूले जे गरिरहेको भए पनि, तिनीहरूले अरूसँग कहिल्यै मिलेर सहकार्य गर्दैनन्, र तिनीहरू सङ्गतिमा सहभागी हुँदैनन्, र अरूको सहमति नलिईकनै हतारमा काम गर्छन्। तिनीहरूले अरू सबैलाई तिनीहरूको कुरा मात्रै सुन्न लगाउँछन्, र यसैमा समस्या हुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न सद्भावपूर्ण सहकार्य चाहिन्छ)। परमेश्वरका यी वचनहरू मलाई गहन रूपमा छोए। मैले किन यसभन्दा पहिले मैले किन आफ्नो कर्तव्य प्रभावकारी रूपमा पूरा गर्न सकिनँ मैले बुझेको थिइनँ। परमेश्वरका वचनहरू पढिसकेपछि मात्रै मलाई मेरो स्वभाव अत्यन्तै अहङ्कारी भएको र मैले अरूसँग सहकार्य गर्न नसकेकोले यस्तो भएको रहेछ भन्ने थाहा भयो। त्यो अवधिमा, म तीन जना सिस्टरसँग काम गर्थेँ, तर म नै सधैँ अन्तिम निर्णय गर्थेँ। भेलाहरूमा सङ्गति गर्ने विषयवस्तुको बारेमा छलफल गर्दा हरेक पटक नै हरेकले आ-आफ्नो विचार र दृष्टिकोण प्रदान गर्नुपर्छ त्यसपछि हामीले भेला प्रभावकारी हुन्छ भन्ने कुरालाई सुनिश्चित गर्न भेलाको समग्र विषयवस्तु के हुनेछ भनेर निर्णय गर्नुपर्छ। तर म तिनीहरूको विचार नबुझी आफै निर्णय गर्थेँ किनभने मलाई मेरो विचार राम्रो छ र मैले अरूको कुरा सुन्नुपर्दैन भन्ने लाग्थ्यो। सबैले विरोध जनाउँदा, म यसलाई इन्कार गर्न विभिन्न बहाना खोज्थेँ। अरूको सल्लाह स्वीकार गर्नै नसक्ने गरी अत्यन्तै अहङ्कारी भएको हुनाले, मैले परमेश्वरको अगुवाइ वा आशिष पाइनँ र म आफ्नो कर्तव्यमा प्रभावकारी भइनँ। यस पटकको मेरो असफलताले मेरो पर्दाफास गर्यो।
पछि, अगुवाले मलाई परमेश्वरको वचनका दुई वटा खण्डहरू पठाए। परमेश्वर भन्नुहुन्छ: “यदि तैँले आफ्नो हृदयमा साँच्चै सत्यतालाई बुझ्छस् भने, सत्यता अभ्यास गर्न र परमेश्वरमा समर्पित हुन जान्नेछस् अनि तँ सत्यताको पछि लाग्ने मार्गमा स्वाभाविक रूपले हिँड्नेछस्। यदि तँ हिँड्ने मार्ग सही र परमेश्वरका अभिप्रायअनुरूप छ भने, पवित्र आत्माको कामले तँलाई त्याग्नेछैन—यस अवस्थामा तैँले परमेश्वरलाई धोका दिने सम्भावना कमभन्दा कम हुँदै जानेछ। सत्यताविना दुष्टता गर्न सजिलो हुन्छ, र तैँले नचाहँदा नचाहँदै पनि त्यो गर्नेछस्। उदाहरणका लागि, यदि तँमा अहङ्कारी र अभिमानी स्वभाव भएको भए, परमेश्वरको प्रतिरोध नगर भनेर भनिँदा कुनै फरक पर्ने थिएन, किनभने तैँले आफूलाई नियन्त्रण गर्न सक्ने थिइनस्—यो तेरा लागि अनायासै हुने कुरा हुनेथियो। तैँले जानाजानी त्यसो गर्ने थिइनस्; तैँले आफ्नो अहङ्कारी र अभिमानी प्रकृतिको प्रभुत्वमा परेर त्यसो गर्ने थिइस्। तेरो अहङ्कार र अभिमानले तँलाई परमेश्वरलाई हेयको नजरले हेर्न र उहाँलाई बेवास्ता गर्न लगाउनेथ्यो; तिनले तँलाई आफूलाई उच्च पार्नतिर प्रवृत्त गर्नेथिए, र तँलाई हरेक मोडमा आफूलाई प्रदर्शन गर्ने तुल्याउनेथिए; तिनले तँलाई अरूलाई हेयको नजरले हेर्न लगाउनेथिए, र तेरो हृदयमा आफूबाहेक अरू कसैलाई नराख्न लगाउनेथिए; तिनले तेरो हृदयबाट परमेश्वरको स्थान खोस्नेथिए, र अन्ततः तँलाई परमेश्वरको स्थानमा बस्न र मानिसहरूलाई तँप्रति समर्पित हुन माग गर्न लगाउनेथिए, र तँलाई आफ्नै विचार, सोच, र धारणाहरूलाई सत्यताका रूपमा पुज्न लगाउनेथिए। आफ्नो अहङ्कारी र अभिमानी प्रकृतिको वशमा पर्ने मानिसहरूले कति धेरै खराबी गरेका छन्! दुष्कर्म गर्ने समस्या समाधान गर्न, उनीहरूले पहिले आफ्नो प्रकृतिको समस्या समाधान गर्नुपर्छ। स्वभावमा परिवर्तन नगरी यो समस्याको आधारभूत समाधान ल्याउन सम्भव हुँदैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ)। “तैँले याद राख्नुपर्छ: आफ्नो कर्तव्य निर्वाह गर्नु भनेको आफ्नै सञ्चालन वा तेरो आफ्नै उद्यममा लाग्नु होइन। यो तेरो निजी काम होइन, यो मण्डलीको काम हो, र तैँले आफ्नो सबल पक्षहरूको मात्र योगदान दिन्छस्। परमेश्वरको व्यवस्थापनका कार्यमा तैँले गर्ने काम मानिसको सहकार्यको एउटा सानो भाग मात्रै हो। तेरो त एक छेउको सानो भूमिका मात्रै हो। तैँले बहन गर्ने जिम्मेवारी त्यही हो। तँमा यो समझ हुनुपर्छ। त्यसकारण, जति मानिसहरूले आफ्नो कर्तव्य एकसाथ निर्वाह गरिरहेका भए पनि, वा तिनीहरूले जे कठिनाइ सामना गरे पनि, हरेकले सबैभन्दा पहिले गर्नुपर्ने कुरा भनेको परमेश्वरलाई प्रार्थना गर्नु र सँगै सङ्गति गर्नु, सत्यता खोजी गर्नु, र त्यसपछि अभ्यासका सिद्धान्तहरू के-के हुन् भनी निर्धारित गर्नु हो। तिनीहरूले यसरी आफ्नो कर्तव्य निर्वाह गरे भने, अभ्यासको मार्ग भेट्टाउनेछन्। कतिपय मानिसहरूले सधैँ आफ्नो प्रदर्शन गर्ने प्रयास गर्छन्, र कुनै कामको लागि जिम्मेवारी दिइँदा, तिनीहरूले सधैँ अन्तिम निर्णय आफै गर्न चाहन्छन्। यो कस्तो प्रकारको व्यवहार हो? यो स्वेच्छाचारी र एकतर्फी रूपमा काम गर्नु हो। आफूले गर्ने कामको बारेमा तिनीहरूले अरूलाई जानकारी नदिई योजना बनाउँछन्, र आफ्ना रायहरूका बारेमा कसैसित छलफल गर्दैनन्; तिनीहरूले ती कुराहरूलाई न त अरूसँग भन्छन् न त अरूको अगाडि खोल्छन्, बरु तिनलाई आफ्नो हृदयमा लुकाएर राख्छन्। जब काम गर्ने समय आउँछ तब अरूले तिनलाई ठूलो ठानून् भनी तिनीहरू सधैँ आफ्ना प्रतिभाशाली उपलब्धिहरूले अरूलाई चकित पार्न, सबैलाई ठूलो आश्चर्यमा पार्न चाहन्छन्। के त्यो तैँले आफ्नो कर्तव्य पूरा गरेको हो त? तिनीहरूले आफ्नो प्रदर्शन गर्ने प्रयास गरिरहेका हुन्छन्; र जब तिनीहरूले हैसियत र प्रसिद्धि प्राप्त गर्छन्, तब तिनीहरूले आफ्नै कामकारवाही अघि बढाउन थाल्छन्। के त्यस्ता मानिसहरू उग्र महत्त्वाकाङ्क्षाले भरिएका हुँदैनन् र? तैँले किन आफूले गर्न लागेको काम कसैलाई भन्दैनस्? यो काम तेरो एक्लैको मात्र होइन, तब किन तँ यो कसैसँग छलफल नगरी गर्छस् र तेरो आफ्नै निर्णय लिन्छस्? त्यस विषयमा कसैले जान्न नसकोस् भनी तँ किन गुप्त रूपमा काम गर्छस्, किन तँ पर्दापछाडि काम गर्छस्, ताकि त्यसबारे कसैलाई थाहा नहोस्? तँ किन सधैँ मानिसहरूलाई आफूमा मात्र ध्यान दिन लाउने कोसिस गर्छस्? स्पष्ट छ, तँ यो कामलाई तेरो आफ्नै व्यक्तिगत कामका रूपमा हेर्छस्। तँ मालिक होस्, र अरू सबै कामदार हुन्—उनीहरू सबैले तेरा लागि काम गर्छन्। जब तँमा निरन्तर यस्तो मानसिकता हुन्छ, के यो समस्या होइन र? के यस प्रकारको व्यक्तिले शैतानकै स्वभाव प्रकट गर्दैन र? जब यस्ता मानिसहरूले कर्तव्य निर्वाह गर्छन्, ढिलोचाँडो तिनीहरूलाई हटाइनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न सद्भावपूर्ण सहकार्य चाहिन्छ)। परमेश्वरका वचनहरू पढिसकेपछि मात्रै मलाई अहङ्कार मेरो प्रकृति बनेको छ र मैले स्वाभाविक रूपमा प्रकट गर्ने कुरा बनेको छ भन्ने थाहा भयो। मण्डलीमा मैले हैसियत पाएपछि, म अरूभन्दा सिपालु छु, र समूह अगुवाको रूपमा म नै सबैभन्दा उचित व्यक्ति हुँ भन्ने देखाउनको लागि म आफ्नो प्रदर्शन गर्नको लागि मात्रै यो मौकाको प्रयोग गर्न चाहन्थेँ। म सधैँ मेरा सहकर्मीहरूलाई म तिनीहरूभन्दा असल छु र मलाई तिनीहरूको सल्लाह वा सहयोग चाहिँदैन भनेर प्रमाणित गर्न पनि चाहन्थेँ। मेरो अहङ्कारको कारण, मलाई सधैँ मैले सबै कुरा जानेको छु र अरूको कुरा सुन्नु बेकार छ भन्ने लाग्थ्यो। मैले आफ्नै विचारहरूलाई सत्यता झैँ लिन्थेँ, अरूलाई मैले चाहेको कुरा गर्न लगाउथेँ, र आफ्नो कर्तव्यमा सत्यताको खोजी गर्ने वा परमेश्वरमा भरोसा गर्ने गर्दिनथिएँ। बरु, नयाँ विश्वासीहरूलाई मलजल गर्न म आफ्नै अनुभव र मानसिक क्षमतामा भर पर्थेँ, अनि अरूलाई मेरो कुरा सुन्न र मैले भनेको मान्न जबरजस्ती गर्थेँ। के यो व्यवहार प्रधान स्वर्गदूतको जस्तै थिएन र? प्रधान स्वर्गदूत अहङ्कारी थिए र त्यसले परमेश्वरको आराधना गर्दैनथियो। यो परमेश्वरकै स्तरमा उभिन चाहन्थ्यो, र अन्त्यमा, यसले धेरै जना स्वर्गदूतहरूको साथमा परमेश्वरलाई धोका दियो। म अहङ्कारी स्वभावको पासोमा परेर जिएँ, सत्यतालाई स्वीकार गर्दिनथिएँ, र अरूलाई मेरै कुरा मान्न लगाउँथेँ। मैले प्रधान स्वर्गदूतले जस्तै परमेश्वरको विरोध गरिरहेको र उहाँलाई धोका दिइरहेको थिएँ। मलाई के पनि याद आयो भने, परमेश्वरमा विश्वास गर्नुभन्दा पहिले, म अत्यन्तै अहङ्कारी व्यक्ति थिएँ। मेरा दाजुहरू लगायत म जतिको कुरा नजान्ने मानिसहरूलाई म हेप्थेँ। बच्चा हुँदा, जब मैले जाँचमा सबैभन्दा राम्रो अङ्क पाउँदिनथिएँ, तब मेरो बुबाले मलाई चिच्याउँदै गाली गर्नुहुन्थ्यो, “तैँले सबैलाई जितेर जाँचमा पहिलो स्थान ल्याउनुपर्छ!” मेरो बाजेले पनि मलाई यसो भन्नुहुन्थ्यो, “तैँले उत्कृष्ट बन्न लागिपर्नुपर्छ, अनि तैँले सम्मान पाउँछस्।” उहाँहरूको कुरा सुनेपछि, म सधैँ अरू सबैभन्दा माथि उठ्न र म अरूभन्दा दह्रिलो छु भनेर देखाउन आफूलाई पहिलो स्थानमा राख्न प्रयास गर्थेँ। अरूको कुरा सुन्दा म नराम्रो देखिनेछु भन्ने लाग्थ्यो, त्यसकारण म अरूबाट सल्लाह लिन चाहँदिनथिएँ। परमेश्वरको वचनबाट मात्रै मलाई यी विचारहरू पूर्ण रूपमा गलत रहेछन् भन्ने थाहा भयो। म सधैँ आफूलाई अरूभन्दा माथि राख्थेँ र अरूले भनेको मान्दिनथिएँ। यो शैतानी स्वभाव हो। म परिवर्तन भइनँ भने, म आफ्नो कर्तव्यमा असल परिणामहरू प्राप्त गर्न असफल मात्रै हुँदिनथिएँ, तर मैले दुष्कर्म गर्थेँ र परमेश्वरको विरोध गर्नेथिएँ, र अन्त्यमा, मलाई परमेश्वरले हटाउनुहुनेथियो र दण्ड दिनुहुनेथियो। परमेश्वरको वचन पढेपछि मैले के पनि बुझेँ भने मेरो कर्तव्य व्यक्तिगत करियर होइन, यो मण्डलीको काम हो। जब म कठिनाइहरूको सामना गर्छु, तब मैले ती समाधान गर्न अरूसँग काम गर्नुपर्छ, र निर्णय गर्नुभन्दा पहिले, मैले मेरा सहकर्मीहरूसँग सल्लाह लिनुपर्छ। यदि मैले अरूको विचार नबुझी निर्णयहरू गरेँ र मण्डलीको काममा ढिलाइ गराएँ भने, यसरी आफ्नो कर्तव्य पूरा गर्नु दुष्कर्म गर्नु हो। यो कुरा पहिचान गरिसकेपछि, मैले मेरो कर्तव्यप्रतिको आचरणलाई परिवर्तन गर्न र अरूसँग मैत्रीपूर्ण रूपमा सहकार्य गर्न चाहेँ।
पछि, मेरो भक्तिको समयमा, मैले परमेश्वरको वचनको अर्को खण्ड भेटेँ: “तिमीहरू के भन्छौ, के अरूसँग सहकार्य गर्नु गाह्रो हुन्छ? वास्तवमा, गाह्रो हुँदैन। तिमीहरूले यो सजिलो छ भनेर समेत भन्न सक्छौ। तर पनि किन मानिसहरूलाई यो काम कठिन लाग्छ? किनभने तिनीहरूसँग भ्रष्ट स्वभाव हुन्छ। मानवता, विवेक, र समझ भएका मानिसहरूका लागि, अरूसँग सहकार्य गर्नु तुलनात्मक रूपमा सहज हुन्छ, र तिनीहरूले यसबाट आनन्द पनि लिन सक्छन्। किनभने कुनै व्यक्तिको क्षेत्र जे भए पनि, र उसले जे गरिरहेको भए पनि, उसले एक्लै काम पूरा गर्न सहज हुँदैन, त्यसैले मार्गदर्शन गर्ने र मदत गर्ने व्यक्ति हुनु सधैँ राम्रो हुन्छ—यसरी काम गर्नु आफू एक्लैले गर्नुभन्दा धेरै सहज हुन्छ। यसको साथै, मानिसहरूको क्षमताले के गर्न सक्छ वा तिनीहरू आफैले के अनुभव गर्न सक्छन् भन्ने कुराको पनि सीमा हुन्छ। सबै विषयमा कोही पनि पोख्त हुन सक्दैन; एउटै व्यक्तिले सबै कुरा जान्नु, सबै कुरामा सक्षम हुनु, र सबै कुरा हासिल गर्नु असम्भव हुन्छ—त्यो असम्भव कुरा हो, र सबैमा यो कुराको समझ हुनुपर्छ। त्यसकारण, तैँले महत्त्वपूर्ण वा महत्त्वहीन कार्य जे गरे पनि तँलाई सधैँ सहायता गर्ने, मार्गदर्शन र सल्लाह दिने, वा तँसँग सहकार्य गर्ने कोही चाहिनेछ। यो तैँले अझै सही रूपमा काम गर्ने, थोरै गल्तीहरू गर्ने र तँ बरालिने सम्भावना कम हुने कुरा सुनिश्चित गर्ने एउटै तरिका हो—र यो राम्रो कुरा हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्वरका वचनहरू मनन गरिसकेपछि, मैले के बुझेँ भने, अरूसँग सहकार्य गरेर मात्रै हामीले साँचो रूपमा आफ्नो कर्तव्य पूरा गर्न र सामान्य मानवतामा जिउन सक्छौँ। मेरा कति जना सहकर्मीले केही महिना पहिले मात्रै परमेश्वरको कामलाई स्वीकार गरेका छन् र भर्खरै मलजलको काम सुरु गरेका छन्, त्यसकारण तिनीहरूले नबुझेका धेरै कुरा छन्, तर मैले परमेश्वरमा विश्वास गरेको तीन वर्ष भयो र मैले तिनीहरूले भन्दा बढी अनुभव बटुलेको छु भन्ने लाग्थ्यो, त्यसकारण मैले कहिल्यै पनि तिनीहरूको सुझाव र विचारलाई स्वीकार गरिनँ। अहिले मात्रै मलाई यो दृष्टिकोण गलत छ भन्ने थाहा भयो। मैले परमेश्वरमा विश्वास गरेको धेरै भएको भए पनि र तिनीहरूले भन्दा बढी अनुभव बटुलेको भए पनि, यसको अर्थ म सबै कुरामा तिनीहरूभन्दा सिपालु छु भन्ने हुँदैनथियो। मेरा ब्रदर-सिस्टरहरूसँग सहकार्य नगरी, मैले आफ्नो कर्तव्य राम्ररी पूरा गर्नु असम्भव हुन्छ। कहिलेकहीँ भेलाहरूमा, मैले केही सत्यतालाई सतही रूपमा मात्रै बुझेको हुन्थेँ र नराम्ररी सङ्गति गर्थेँ, त्यसकारण अझै स्पष्ट रूपमा सङ्गति गर्नको लागि मलाई सहकर्मीको आवश्यकता पर्थ्यो। कहिलेकहीँ बिरामी भएको कारण नयाँ विश्वासीहरू भेलामा आउन सक्दैनथिए, वा कामको कारण नियमित रूपमा सहभागी हुन पाउँदैनथिए, र म तिनीहरूको परिस्थितिसँग मिल्ने किसिमको परमेश्वरको वचन भेट्टाउन सक्दिनथिएँ त्यसकारण मलाई मेरा सहकर्मीहरू चाहिन्थ्यो। वास्तवमा, हरेकले परमेश्वरको अन्तर्दृष्टि पाउने मौका पाएको हुन्छ। परमेश्वरले मलाई मात्रै अन्तर्दृष्टि र क्षमता दिनुभएको थिएन। मैले आफूलाई निकै उच्च ठानेको थिएँ र अरूलाई मूर्ख ठान्थेँ। यो गल्ती थियो, र यो मूर्खता थियो। परमेश्वरको अन्तर्दृष्टि र अगुवाइ हामीले काम सम्बन्धी कति धेरै अनुभव बटुलेका छौँ भन्ने कुरामा होइन, तर हामीले सत्यताको खोजी गर्न र त्यसलाई स्वीकार गर्न सक्छौँ कि सक्दैनौँ भन्ने कुरामा निर्भर रहन्छ। र हरेकको आ-आफ्नै सबल पक्ष हुन्छ, जस्तै सिस्टर जोन्ना, उनले आफ्नो कर्तव्यमा बोझ लिन्थिन् र प्रायजसो राम्रो सुझाव दिन्थिन्। मैले मेरी सिस्टरसँग सहकार्य गर्नुपर्थ्यो र मेरा कमीकमजोरीहरूलाई हटाउनको लागि उनका सबल पक्षहरूबाट सिक्नुपर्थ्यो।
पछि, मैले आफ्नो कर्तव्यमा मेरा ब्रदर-सिस्टरहरूको विचार सुन्ने प्रयास गरेँ। हरेक भेलाको अन्त्यमा, मेरी सिस्टरले नयाँ विश्वासीहरूलाई तिनीहरूले मैले भनेको कुरा बुझे कि बुझेनन् भनी व्यक्तिगत रूपमा सोध्न लगाउँदा, मैले उनले सुझाव दिए अनुसार नै गर्थेँ र पहिले जस्तो विरोध गर्न छोडेँ। यसको साथै, भेलाहरूमा उनले मलाई नयाँ विश्वासीहरूसँग अझै विस्तृत रूपमा सङ्गति गर्न र नयाँ विश्वासीहरूको समस्या समाधानको लागि सक्दो प्रयास गर्न अनुरोध गर्दा, मैले त्यो पनि भनेको मान्न थालेँ। कहिलेकहीँ, उनले मलाई नयाँ विश्वासीहरूलाई मलजल गर्ने बारेमा केही राम्रा उपायहरू बताउँथिन्, र म तिनलाई लागू गर्थेँ। त्यसपछि, मैले अझै धेरै नयाँ विश्वासीहरूले भेलाहरूमा सहभागिता जनाउन थालेको देखेँ, र मलाई निकै खुशी लाग्यो। मलाई परमेश्वरका यी वचनहरू याद आयो: “पवित्र आत्माले परमेश्वरद्वारा प्रयोग गरिने निश्चित मानिसहरूमा मात्रै होइन, अझ भन्नुपर्दा, मण्डलीमा पनि काम गर्नुहुन्छ। उहाँले जोकोहीमा पनि काम गरिरहनुभएको हुन सक्छ। उहाँले वर्तमान समयमा तँमा काम गर्न सक्नुहुन्छ, र तैँले यो कामको अनुभव गर्नेछस्। अर्को अवधिमा, उहाँले अरू कसैमा काम गर्न सक्नुहुन्छ, जुन अवस्थामा तैँले चाँडो पछ्याउनुपर्छ; तँ वर्तमान प्रकाशलाई जति नजिकबाट पछ्याउँछस्, तेरो जीवन त्यति नै वृद्धि हुन सक्छ। कोही व्यक्ति जस्तोसुकै प्रकारको भए पनि, यदि पवित्र आत्माले उसमा काम गर्नुहुन्छ भने, तैँले पछ्याउनैपर्छ। तँ आफैले कामकुराहरू भोग्दा, तैँले उसको भोगाइको वास्तविक अनुभव प्राप्त गरिस् भने, तैँले अझ उच्च कुराहरू प्राप्त गर्नेछस्। यस प्रकारको अभ्यासमार्फत, तैँले अझ छिटो प्रगति गर्नेछस्। यो मानिसले सिद्धता प्राप्त गर्ने मार्ग र जीवन वृद्धि हुने माध्यम हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्वरप्रति समर्पित हुनेहरूलाई अवश्य पनि परमेश्वरले प्राप्त गर्नुहुनेछ)। परमेश्वरका वचनहरूले मलाई मैले आफ्नो कर्तव्यमा अहङ्कारी भएर आफ्नै कुरामा जिद्दी गर्नु हुँदैन, र अरूसँग सहकार्य गर्नुपर्छ भन्ने कुरा अझै स्पष्ट रूपमा बुझ्न सहयोग गरे। किनभने पवित्र आत्माले प्रत्येकलाई अन्तर्दृष्टि र प्रकाश दिनुहुन्छ। व्यक्तिले परमेश्वरलाई विश्वास गरेको जति धेरै समय भए पनि वा ऊसँग हैसियत भए पनि नभए पनि, उसले भनेको कुरा सत्यता अनुरूप छ भने, हामीले यसलाई स्वीकार गर्नुपर्छ र पालना गर्नुपर्छ। यदि हामीले सुन्न मानेनौँ भने, हामीले हाम्रो कर्तव्यमा परमेश्वरको आशिष् पाउनेछैनौँ। यो अनुभवले मलाई आफ्नो कर्तव्यमा मैत्रीपूर्ण सहकार्य गर्नुको महत्त्वलाई देखायो।
लिन, अष्ट्रेलिया द्वाराम सन् २०२० अप्रिलमा मलजल कामको मुख्य जिम्मेवारीसहित मण्डली अगुवा चुनिएँ। केही महिनाअघि, केही नयाँ विश्वासी भेलामा...
झेङ्गलिआङ्ग, चीनसर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गरेपछि, म मण्डलीमा सधैँ सुसमाचार फैलाउँदै आएको थिएँ। पछि, म सुसमाचार...
एक दिन सुसमाचार कामको जिम्मा लिनका लागि कसैलाई छनौट गर्न मण्डलीमा चुनाव भयो। अचम्मको कुरा, नतिजा सुनाउँदा त ब्रदर-सिस्टरहरूले मलाई चुनेका...
छेन जिन, चीनसन् २०१२ मा, म मण्डली अगुवा चयन भएँ। परमेश्वरको मार्गदर्शनले गर्दा, हाम्रो मण्डलीको सुसमाचारको कामले केही नतिजा ल्यायो, अनि...