के मानिसहरूलाई खुशी पार्नेहरूले परमेश्‍वरको स्याबासी जित्‍न सक्छन्

11 अक्टोबर 2021

लियु यि, चीन

म एक विश्‍वासी हुनुभन्दा पहिले, अरू मानिसलाई ठेस नपुर्‍याऊँ र सबैसँग मिलेर रहन सकूँ भनेर सधैं सचेत रहने गर्दथें। कोही कठिन समयबाट गुज्रेको देख्दा म उनीहरूलाई मद्दत गर्थें, अनि आफूमा असल मानवता छ, र म एउटा असल व्यक्ति हूँ भन्ने महसुस हुन्थ्यो। परमेश्‍वरका वचनहरूको न्यायको अनुभव गरेपछि मात्र मलाई मैले आफ्ना सम्बन्धहरूको रक्षा मात्र गरिरहेको छु, न्यायको भावना कतै छैन भन्ने महसुस भयो। महत्वपूर्ण क्षणहरूमा मैले कहिले पनि सत्यताको सिद्धान्त र परमेश्‍वरको घरको हितलाई कायम राख्‍न सकिनँ। मैले आफूलाई स्वार्थी, मानिसलाई खुसी राख्‍न खोज्ने र परमेश्‍वरलाई घिन लाग्‍ने धूर्त व्यक्ति रहेको पाएँ। आफैप्रति पछुतो र घृणा लाग्यो, अनि मैले सत्यता अभ्यास गर्नमा ध्यान केन्द्रित गर्न थालें, र त्यसपछि म परिवर्तन हुन थालें।

म मण्डलीको सिञ्‍चन टोलीको प्रमुख हुँदा, सिस्टर लीसँग काम गर्ने गर्थें। केही समयपछि मैले के देखें भने उनले कुनै पनि बोझ उठाइरहेकी थिइनन् र आफ्नो कर्तव्यमा मेहनत गर्दिनथिन्। उनले बिरलै मात्र दाजुभाइ-दिदीबहिनीहरूलाई उनीहरूको समस्या समाधान गर्न सहयोग गर्थिन्, र कहिलेकाहीं उनले भेलाहरूको समयलाई पनि मिसमास पारिदिन्थिन्। म यो कुरा उनको ध्यानमा ल्याउन चाहन्थें, तर फेरि, उनले यो कर्तव्यमा यति लामो समय बिताएकी छिन्, र मैले उनलाई केही भनेमा उनले म धेरै कठोर छु भन्ने ठान्छिन् कि भन्ने सोच्थें। उनमा मेरो एकदमै राम्रो छाप थियो, त्यसैले, यदि मैले यी कुराहरू खुलासा गरें भने उनले मेरो बारेमा आफ्नो राय परिवर्तन पो गर्लिन् कि? उनको सम्मान नगिरोस् भनेर मैले उनीसँग एक्लाएक्लै भएर सङ्गति गर्ने निधो गरें। हाम्रो सङ्गतिको समयमा, मैले उनको समस्या हल गर्नको लागि सत्यता बताइनँ, बरू विवेकपूर्ण ढङ्गले उनलाई सल्लाह दिएँ, “तिमी आजकल आफ्नो कर्तव्यमा त्यति धेरै प्रभावकारी छैनौ। के तिमीले यो कुरामा चिन्तन गरेकी छौ? यदि तिमी गलत स्थितिमा छौ र त्यसलाई ध्यान दिन सकिएन भने, तिमीले आफ्नो कर्तव्य राम्रोसँग गर्न नसक्‍ने मात्र होइन, यसले तिम्रो जीवन प्रवेशमा समेत हानि गर्न सक्छ।” वास्तवमा मलाई थाहा थियो, वास्तवमा मलाई थाहा थियो, उनी आफ्नो कर्तव्यमा लापरवाह र ध्यान नदिने गर्थिन्, र समस्याको प्रकृति खुट्याउन, उनको निराकरण र खुलासा गर्न मैले सत्यतामा सङ्गति गर्नुपर्थ्यो, ताकि उनले आफ्ना समस्याहरूलाई बुझ्न सकून्। तर यदि म धेरै कठोर भएँ र उनले यो स्वीकार्न सकिनन् भने, यसले हाम्रो सम्बन्ध बिगार्छ र र उनी मसँग रिसाउन सक्छिन् भन्ने मलाई चिन्ता थियो। त्यसैले, मैले उनीसँग धैर्यतापूर्वक सङ्गति गरें।

पछि मैले सिस्टर लीलाई आफ्नो कर्तव्यमा एकदमै प्रतिस्पर्धी र सधैं अरूभन्दा अगाडि जान खोज्ने किसिमको पाएँ। मानिसहरूको प्रशंसा हासिल गर्न नसक्दा उनी नकारात्मक हुने गर्थिन्। मैले केहीपटक उनीसँग हामी दुईमात्र बसी सङ्गति गरें र उनले यसलाई धेरै राम्रोसँग लिएको देखियो, तर कहिल्यै केही परिवर्तन भएन। अगुवाहरूलाई यो अवस्थाको रिपोर्ट गर्ने बारेमा पनि मैले सोचें, तर यो सिस्टर लीको पछाडि छुरा रोप्‍नु जस्तै हुनेछ भनेर म डराएँ। मैले उनको मन दुखाएँ भने त्यसपछि हामी कसरी मिल्न सक्छौँ र? हामीले एकअर्कालाई राम्रोसँग जान्दथ्यौं, र भनाइ छ “परिचित अनुहारबाट लाभ मिल्छ।” मैले ठानें, म उनलाई सहयोग जारी राख्छु, र उनी अझै पनि त्यै बाटोमा गइरहिन् भने अगुवाहरूसँग कुरा गर्ने समय अझै मसँग रहनेछ।

सिस्टर लीको कर्तव्यमा उनको कार्यसम्पादन निरन्तर खस्कँदै गयो र उनी नवआगन्तुकहरूको समस्या हल गर्न नसक्‍ने भइन्। एउटा भेलामा उनीहरूको समस्याको हल गर्ने प्रयासमा उनले आधारहीन सङ्गति गरिन्। हामीले यसलाई मिलेर ठीक गर्यौं, तर पछि यस्तै समस्याहरूको सामना गरेको बेला उनले फेरि उही गलत सङ्गति गरिन्। उनी नव-विश्‍वासीहरूको समस्या हल गर्न असफल मात्र भइनन्, उनले त उनीहरूलाई गलत मार्गमा पनि डोर्‍याइन्। जब मैले यसबारेमा थाहा पाएँ, मैले आफूलाई नै दोषी ठहर्‍याएँ, र त्यो मार्गमा सिस्टर ली कसरी बाधादायक थिइन् भन्ने कुरा म खुलासा गर्न चाहन्थें, तर उनलाई देख्‍नेबित्तिकै मेरो बोली बन्द भयो। मैले केवल तिमीले गलत तरिकाले सङ्गति गर्यौ भनेर यो कुरालाई सामान्य देखाएँ। म अस्पष्ट थिएँ र यताउता कुरा घुमाएँ, उनीमाथि धेरै कठोर भएँ भने उनको मन दुख्ला र मेरो बारेमा उनले नराम्रो सोच्न थाल्लिन् भनेर डराएँ। नतिजास्वरूप, उनले आफूलाई बुझ्न पाइनन्। मैले उनमा राम्रो बुझाइ नभएको र सिञ्‍चन कर्तव्यको लागि उनी योग्य नरहेको पाएँ, त्यसैले सिद्धान्ततः उनको ठाउँमा अर्कोलाई ल्याइनुपर्थ्यो र मैले यो कुरा अगुवाहरूलाई रिपोर्ट गर्नुपर्थ्यो। तर मैले आफ्नो सोच बदलें, उनको मन दुखाउँछु र यतिका लामो समय सँगै काम गरेका हामी साथी नभएर दुश्मन बन्छौँ कि भनी डराएँ। अन्त्यमा, मैले सत्यताको सिद्धान्त पालना गरिनँ, र अगुवाहरूलाई उनको बारेमा रिपोर्ट गर्ने कुरालाई पछि सारें। मैले आफैलाई एउटा खराब स्थितिमा पुर्‍याएँ, किनकि मैले सत्यतालाई व्यवहारमा लागू गरिरहेकी थिइनँ र मेरो काममा आउने समस्याहरूलाई मैले नदेखेजस्तो गर्न थालें। मलाई सिस्टर लीको कार्यसम्पादनमा बानी पर्यो, र हामी सतही रूपमा राम्रोसँग घुलमिल रहेसम्म म सन्तुष्ट थिएँ। मैले परमेश्‍वरको घरको कामलाई कायम राख्‍नेबारेमा सोचिरहेकी थिइनँ, र वास्तवमा के भैरहेको छ भन्ने कुरा पनि अगुवाहरूलाई भनिनँ।

अनि, एक दिन चिनियाँ कम्युनिष्ट पार्टीको सुराकीहरूले आफूलाई निगरानी गरिरहेको सिस्टर लीलाई थाहा भयो। उनले आफ्नो कर्तव्य गरिरहेमा अन्य दाजुभाइ-दिदीबहिनीहरूलाई असर पुर्‍याउन सक्थिन्। यो खबर सुनेर मेरो मुटुको ढुकढुकी बढ्यो। यो एउटा निकै गम्भीर मामिला भएकोले मैले अन्ततः उनको अवस्थाको बारेमा अगुवाहरूलाई जानकारी गराएँ। अगुवाहरूले मलाई एउटा कडा प्रतिक्रिया लेखेर पठाए: “सिस्टर ली उनको कर्तव्यमा लापरवाह छिन् र उनको बुझाइ दिग्भ्रमित छ। उनको व्यवहार लामो समयदेखि बाधादायक हुँदा पनि तपाईंले लामो समयसम्म रिपोर्ट गर्नुभएन। तपाईंले मानिसलाई खुसी पार्ने व्यक्ति बन्दै केवल मध्यमार्गी अपनाउनुभयो। यसले परमेश्‍वरको घरको काममा बिलम्ब र क्षति गरेको छ। तपाईंले साँच्‍चै नै आफूमाथि चिन्तन गरी आफैलाई चिन्न जरुरी छ।” उनीहरूले एउटा प्रवचनका केही अंश पनि समावेश गरे: “मानिसलाई खुशी राख्‍न प्रयास गर्ने व्यक्तिले आफ्नो विवेकको प्रयोग गर्न असफल हुन्छन्। उनीहरूले सत्यताको सिद्धान्त राम्रोसँग जान्दछन्, तर तिनको पालना गर्दैनन्। उनीहरूले आफ्नो व्यक्तिगत हितलाई प्रभावित गर्ने कुनै पनि कुरामा सत्यताको सिद्धान्तलाई किनारा लगाइदिन्छन्, केवल आफ्नो निजी लाभको रक्षा गर्छन्। जब मानिसलाई खुसी पार्ने व्यक्तिले कुनै खराब व्यक्तिले खराब कार्य गरेको देख्छ, उनीहरूलाई थाहा हुन्छ यी कार्यहरूले परमेश्‍वरको घरको कार्यमा बाधा उत्पन्न गर्छन् र मण्डलीको जीवनलाई अस्तव्यस्त बनाउँछन्, तर उनीहरू एक शब्द पनि बोल्दैनन्, तिनीहरूको मन दुख्छ कि भनेर डराउँछन्। उनीहरूले तिनीहरूको न त खुलासा न त रिपोर्ट नै गर्छन्। उनीहरूमा न्याय वा जिम्मेवारीको कुनै पनि बोधको पूर्ण अभाव हुन्छ। यस प्रकारका मानिसहरू मण्डलीमा कुनै पनि कर्तव्य निर्वाह गर्न उपयुक्त हुँदैनन्—उनीहरू व्यर्थका हुन्छन्। मानिसहरूलाई खुशी पार्ने व्यक्तिहरू इमानदार देखिन्छन् र अरूले उनीहरू असल मानवता भएका असल मानिस हुन् भन्ने सोच्छन्, केही अगुवा र सेवकहरूले उनीहरूको जगेर्ना पनि गर्छन्। यो बिल्कुलै मूर्खता हो। मानिसहरूलाई खुसी पार्ने व्यक्तिलाई कहिल्यै जगेर्ना गर्ने कोसिस गर्नु हुँदैन, किनकि उनीहरूले केही पनि हासिल गर्न सक्दैनन्। मूलत:, उनीहरूले सत्यतालाई प्रेम गर्दैनन्, न त सत्यतालाई स्वीकार नै गर्छन्, सत्यतालाई व्यवहारमा लागू गर्ने बारेमा त कुरै नगरौं। यही कारणले गर्दा परमेश्‍वरले मानिसहरूलाई खुसी पार्नेहरूलाई सबभन्दा धेरै घृणा गर्नुहुन्छ। यदि यस्ता मानिसले वास्तवमा पश्‍चात्ताप गर्दैनन् भने उनीहरूलाई हटाइनेछ” (कार्य बन्दोबस्तहरू)। अगुवाहरूद्वारा यति कठोर रूपमा काँटछाँट र निराकरण गरिनु मेरो लागि निकै मन दुखाउने कुरा थियो, खास गरी, जब मैले “मानिसहरूलाई खुसी पार्ने व्यक्ति” भन्ने शब्दहरू देखें। मैले आफ्नो आँसु रोक्‍न सकिनँ: म कसरी मानिसहरूलाई खुसी पार्ने व्यक्ति हुन सक्छु? परमेश्‍वरले मानिसहरूलाई खुसी पार्ने व्यक्तिहरूलाई घृणा गर्नुहुन्छ। उनीहरू व्यर्थका हुन्छन् र उनीहरूलाई हटाइनेछ। म धेरै नै दुःखी भएँ र मैले वास्तवमा नै मानिसहरूलाई खुशी पार्ने व्यक्तिहरूले गर्ने कार्य नै गरेको थिएँ, तर म मानिसहरूलाई खुसी पार्ने व्यक्ति हुँ भन्ने कुरा स्वीकार गर्नै सकिनँ। आखाँभरि आँसु पारेर मैले प्रार्थना गरें: “हे परमेश्‍वर, मैले सत्यको अभ्यास नगरेर परमेश्‍वरको घरको कामलाई बाधा पुर्‍याएँ। मैले दुष्ट कार्य गरें, र अगुवाहरूले मलाई निराकरण गर्नु सही थियो। तर मैले अझै पनि आफूलाई गहिरोसँग बुझेको छुइनँ। कृपया मलाई आफूलाई चिन्न अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस्।”

प्रार्थना गरेपछि, मैले परमेश्‍वरका वचनहरूमा यी कुराहरू पढें: “कतिपय मानिसहरूले आफूसँग असल मानवता भएकोमा जहिल्यै पनि घमन्ड गर्छन्, तिनीहरूले कहिल्यै नराम्रो काम नगरेका, अरूका सम्पत्तिहरू नचोरेका वा अरू मानिसहरूका थोकहरूको लालच नगरेका दाबी गर्छन्। जब रुचिहरूको विषयमा विवाद हुन्छ तब घाटा रोज्दै तिनीहरू अरूलाई फाइदा उठाउन दिने हदसम्‍म जान्छन्, अनि सबैले तिनीहरूलाई असल मानिसहरू ठानून् भनेर तिनीहरू कसैको बारेमा कहिल्यै नराम्रो कुरा गर्दैनन्। तापनि, परमेश्‍वरको घरमा आफ्ना कर्तव्यहरू पूरा गर्दा तिनीहरू चलाक र चिप्ला कुरा गर्ने गर्छन्, सधैँ तिनीहरूका आफ्नै लागि योजना बनाउँछन्। तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको घरको हितको बारेमा सोच्दैनन्, तिनीहरू परमेश्‍वरले जरुरी ठान्नुभएको कुरालाई जरुरी ठान्दैनन् वा परमेश्‍वरले सोच्नु भएजस्तो प्रकारले सोच्दैनन्, र तिनीहरू आफ्ना कर्तव्यहरू पूरा गर्न आफ्ना रुचिहरूलाई पन्साउन सक्दैनन्। तिनीहरू कहिल्यै आफ्नो रुचिहरू त्याग्दैनन्। दुष्कर्मीहरूले दुष्कर्म गरिरहेका देखेर पनि तिनीहरूले तिनीहरूको पर्दाफास गर्दैनन्; तिनीहरूसित कुनै पनि प्रकारका सिद्धान्तहरू हुँदैन। यो राम्रो मानवताको उदाहरण होइन। यस्तो व्यक्तिले के भन्छ त्यसमा ध्यान नदे; ऊ कसरी जिउँछ, उसले के प्रकट गर्छ, र उसले आफ्ना कर्तव्यहरू पूरा गर्दा उसको आचरण कस्तो हुन्छ, साथसाथै उसको आन्तरिक अवस्था कस्तो छ र उसले कुन कुरालाई प्रेम गर्छ त्यो तैँले हेर्नुपर्छ। यदि उसको आफ्नै ख्याति र सम्पत्तिप्रतिको प्रेम परमेश्‍वरप्रतिको उसको बफादारीभन्दा बढी छ भने, यदि उसको ख्याति वा सम्पत्तिप्रतिको प्रेम परमेश्‍वरको रुचिभन्दा बढी छ वा यदि उसले आफ्नै ख्याति र सम्पत्तिप्रतिको प्रेम परमेश्‍वरका निम्ति देखाएको सम्मानभन्दा बढी हुन्छ भने ऊ मानवता भएको व्यक्ति होइन(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। “धेरै जना मानिसहरू असल व्यक्ति हुनु वास्तवमा सजिलो छ, र यसको लागि केवल कम बोल्नु र बढी काम गर्नु आवश्यक हुन्छ, असल हृदय हुनुपर्छ, र कुनै खराब उद्देश्य हुनु हुँदैन भन्‍ने विश्‍वास गर्छन्। जहीँ गए पनि यसले तिनीहरूले उन्नति हुन्छ, मानिसहरूले तिनीहरूलाई मन पराउँछन् भन्‍ने कुरालाई निश्चित गर्छ, र त्यस्तो व्यक्ति बन्नु नै पर्याप्त छ भन्‍ने तिनीहरूको विश्‍वास हुन्छ। तिनीहरू यतिसम्म गर्छन् कि तिनीहरू सत्यताको पछि लाग्न नै चाहँदैनन्; तिनीहरू असल मानिसहरू हुनुमा नै सन्तुष्ट बन्छन्। तिनीहरू सत्यताको पछि लाग्ने विषय र परमेश्‍वरको सेवा गर्नु अति नै जटिल कुरा हो भन्‍ने सोच्छन्; तिनीहरू के सोच्छन् भने, त्यसका लागि धेरै सत्यताहरू बुझ्नु आवश्यक हुन्छ, र त्यो कसले पूरा गर्न सक्छ? तिनीहरूले केवल सजिलो मार्ग लिन चाहन्छन्—जुन असल मानिसहरू बन्नु र तिनीहरूका आफ्ना कर्तव्यहरू पूरा गर्नु हो—र त्यत्ति गर्नु पर्याप्त हुन्छ भनी सोच्छन्। के यो विचार उचित छ र? के एक असल व्यक्ति बन्नु वास्तवमा त्यत्ति सजिलो छ? तिमीहरूले ठूलठूला कुराहरू गर्दै बोल्ने असल मानिसहरू समाजमा प्रशस्त भेट्टाउनेछौ, र बाहिरबाट हेर्दा तिनीहरूले कुनै ठूलो खराबी गरेको जस्तो नदेखिए पनि, भित्री रूपमा तिनीहरू छली र चलाक हुन्छन्। निश्‍चित रूपमा, तिनीहरूले कुनै पनि अवस्थालाई पहिचान गर्न सक्छन्, र तिनीहरूको बोल्ने शैलीमा तिनीहरू सहज र सांसारिक हुन्छन्। मेरो दृष्टिकोणमा, त्यस्तो ‘असल व्यक्ति’ एक झूटो, कपटी व्यक्ति हो; त्यस्तो व्यक्तिले असल भएको बहाना मात्रै गरिरहेको हुन्छ। यता पनि ठीकै, उता पनि ठीकै हुनेहरू अरू सबै भन्दा दुष्ट हुन्छन्। तिनीहरू कसैलाई दुःखी नबनाउने कोसिस गर्छन्, तिनीहरू मानिसहरूलाई खुसी तुल्याउनेहरू हुन्, तिनीहरू परिस्थितिहरूअनुसार चल्छन्, र कसैले पनि तिनीहरूलाई बुझ्न सक्दैन। त्यस्तो व्यक्ति एउटा जिउँदो शैतान जस्तो हो!(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यतालाई अभ्यास गरेर मात्रै भ्रष्ट स्वभावका बन्धनहरूलाई तोड्न सकिन्छ”)। परमेश्‍वरका वचनहरूमा भएका सबै कुराहरू मेरो मस्तिष्कमा ठोकिए, र म पूर्ण विश्‍वस्त भएँ। मैले म मानिसहरूलाई खुशी पार्ने अर्थात, फेददेखि टुप्पोसम्मकै “असल व्यक्ति” रहेको देखें। सिस्टर लीसँगको मेरो कार्यमा हाम्रो सम्बन्धको रक्षा गर्न म बिरालोको चालमा हिँडे। उनले अरूको लागि कार्यबोझ नउठाउँदा र सँधै गल्ती गरिरहेको देख्दा, उनले सँधै नाम र दामको लागि होडबाजी गरिरहँदा, र परमेश्‍वरको घरको कामलाई प्रभावित बनाइरहँदा, मैले उनीसँग सङ्गति गर्नुपर्थ्यो र यो कुरालाई तत्काल औंल्याउनुपर्थ्यो। तर मैले उनको मन दुख्ला कि भनेर यो मामिला सामान्य रहेको जस्तो गरी उनीसँग कुरा गरें। यो उपयोगी थिएन, न त उनीप्रति प्रेमपूर्ण नै थियो—यो हानिकारक थियो। उनको बुझाइ कमजोर छ र उनी सिञ्‍चन कर्तव्यको लागि योग्य छैनन् भन्ने मलाई थाहा थियो, तर उनको मन दुखाउन, उनलाई मेरो बारेमा नराम्रो सोच्ने बनाउन म चाहन्नथें, त्यसैले मैले अगुवाहरूसमक्ष रिपोर्ट गर्न ढिलाइ गरें। सिञ्‍चन कार्यलाई राम्रोसँग नबुझेकी एउटा लापरवाह व्यक्तिलाई मैले राखें, जसको कारण परमेश्‍वरको घरको काममा अवरोध पुग्यो। म शैतानको एउटा सेवक बनेको थिएँ, परमेश्‍वरको घरको कामलाई निकै बिगारेको थिएँ। मेरो विश्‍वासमा, सतही रूपमा मैले मेरो परिवार र करियरलाई छोडेर दिनरात नभनी काम गरें र मूल्य चुकाएँ, तर जब समस्या आयो, परमेश्‍वरको घरको हितको साटो मैले केवल आफ्नो हित सोचें। म परमेश्‍वरमा विश्‍वास गर्थें, तर म उहाँसँग मन र मस्तिष्‍कले एक थिइनँ। अनि मैले कसरी आफूलाई एउटा विश्‍वासी भनूँ? म परमेश्‍वरको अगाडि जिउन योग्य थिइनँ! यो सोचेर मलाई पीडा भयो, म टुटें, र सत्यताको सिद्धान्तलाई धोका दिएकोमा र परमेश्‍वरको घरको हितलाई हानि पुर्‍याएकोमा पछुतो मानें।

मैले पछि परमेश्‍वरका वचनहरूमा यी कुराहरू पढें: “शैतानले मानिसहरूलाई राष्ट्रिय सरकारहरू अनि प्रख्यात र महान् व्यक्तिहरूको शिक्षा र प्रभावमार्फत भ्रष्ट तुल्याउँछ। तिनीहरूका दुष्ट शब्दहरू मानिसको जीवन प्रकृति बनेका छन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’ भन्‍ने भनाइ शैतानको चिरपरिचित भनाइ हो, जसलाई हरेक व्यक्तिमा हालिएको छ र यो मानिसको जीवन बनेको छ। जीवन जिउने दर्शनहरूका पनि अन्य शब्दहरू छन् जुन यही भनाइ जस्तै छन्। शैतानले हरेक देशको उत्कृष्ट परम्परागत संस्कृतिलाई प्रयोग गरेर मानिसहरूलाई शिक्षित तुल्याउँछ र मानिसहरूलाई विनाशको सीमा विहीन खाल्डोमा खसेर त्यसद्वारा पुरिने तुल्याउँछ, अनि अन्त्यमा तिनीहरूलाई परमेश्‍वरले नाश गर्नुहुनेछ किनकि तिनीहरूले शैतानको सेवा र परमेश्‍वरको प्रतिरोध गर्छन्। समाजमा दशकौंदेखि सक्रिय कुनै व्यक्तिलाई यो प्रश्न सोधेको कल्पना गरौं: ‘तपाईं यो संसारमा यति लामो समय जिउनुभएको छ र यति धेरै उपलब्धि हासिल गर्नुभएको छ, त्यसकारण तपाईं जुन उक्तिहरूद्वारा जिउनुहुन्छ ती प्रसिद्ध उक्तिहरू के-के हुन्?’ उसले भन्न सक्छ, ‘एउटा सबैभन्दा महत्वपूर्ण चाहिँ “जसले उपहार ल्यायो, उही हाकिमको प्यारो, अनि चापलुसी नगर्नेले केही पनि उपलब्धि प्राप्त गर्दैन” भन्‍ने हो।’ के यी शब्दहरूले त्यो व्यक्तिको प्रकृतिको प्रतिनिधित्व गर्दैनन् र? पद प्राप्त गर्नलाई अनैतिक ढङ्गबाट जुनसुकै साधन प्रयोग गर्नु त्यो व्यक्तिको प्रकृति बनेको छ, र अधिकारी बन्ने कुराले नै उसलाई जीवन प्रदान गर्छ। मानिसहरूका जीवन, तिनीहरूका आचरण र व्यवहारमा अझै थुप्रै शैतानी विषहरू छन्; तिनीहरूमा सत्यता लगभग हुँदैन। उदाहरणको लागि, तिनीहरूको जीवन जिउने दर्शनहरू, तिनीहरूका काम गर्ने शैलीहरू, र तिनीहरूका नीति-वाणीहरू सबै ठूलो रातो अजिङ्गरका विषहरूद्वारा भरिएका छन्, र ती सबै शैतानबाट आउँछन्। यसरी, मानिसहरूको हाड र रगतमा बगिरहेका सबै कुराहरू शैतानबाट आएका कुराहरू हुन्। शक्ति हातमा भएका ती सबै अधिकारीहरू अनि तालिम र उपलब्धि हासिल गरेका व्यक्तिहरूको सफलताका आफ्नै बाटाहरू र गोप्य रहस्यहरू हुन्छन्। के ती गोप्य रहस्यहरूले तिनीहरूको प्रकृतिको प्रतिनिधित्व गर्दैनन् र? तिनीहरूले संसारमा त्यति ठूला कामहरू गरेका छन् तर कसैले पनि तिनका पछाडिका योजनाहरू र षडयन्त्रहरूलाई देखे-बुझेका हुँदैनन्। यसले तिनीहरूको प्रकृति कति घातक र विषालु छ भनेर देखाउँछ। मानवजातिलाई शैतानले गहन रूपमा भ्रष्ट पारेको छ। शैतानको विष हरेक व्यक्तिको रगतमा बग्छ र मानिसहरूको प्रकृति भ्रष्ट, दुष्ट, प्रतिक्रियावादी छ अनि शैतानका दर्शनहरूले भरिपूर्ण छ र ती दर्शनहरूमा डुबेको छ भन्‍ने देख्‍न सकिन्छ—यो यसको पूर्णतामा यस्तो प्रकृति हो जसले परमेश्‍वरलाई विश्‍वासघात गर्छ। यही कारणले गर्दा मानिसहरूले परमेश्‍वरको विरोध गर्छन् र परमेश्‍वरको विरुद्धमा उभिन्छन्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “मानिसको प्रकृति कसरी जान्ने”)। परमेश्‍वरका वचनहरूमा प्रकट भएको कुराले मलाई के देखायो भनें, मानिसहरूलाई खुसी पार्ने व्यक्तिको रूपमा, मलाई शैतानको दर्शनले दिग्भ्रमित र नियन्त्रित गरेको थियो, जस्तै कि “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “साथी बढे बाटो बढ्छ,” “परिचित अनुहारले फाइदा ल्याउँछ,” “कुनै कुरा गलत छ भन्‍ने थाहा छ भने, त्यो नभनेकै बेस,” र “मान्छेलाई कम्‍मरभन्दा मुनि कहिल्यै नकुट्नू।” यी शैतानी दर्शनहरू मभित्र गहिरोसँग गाडिएका थिए, र यी कुराहरूसँगै म बाँचिरहेकी, झन् स्वार्थी र धूर्त हुँदै गइरहेकी थिएँ। योभन्दा पहिले म परमेश्‍वरमा विश्‍वास गर्थें, मैले कहिल्यै पनि कसैलाई बेखुसी बनाउने कुनै पनि कार्य गरिनँ। व्यवसायमा, मानिसले जे सुन्न चाहन्थे म त्यही भन्थें, र ती शैतानी दर्शनहरूअनुसार चल्नु नै जिउने चतुर तरिका हो भन्ने लाग्यो, त्यो तरिकाले आफूले व्यवहार गर्दा त्यसले क्षमता देखायो, र मैले रबाफ पनि देखाएँ। विश्‍वासी भइसकेपछि, मैले सत्यताको अभ्यास गरिनँ, तर शैतानका यी विषहरूद्वारा नै बाँचिरहें। सिस्टर लीले आफ्नो कर्तव्यमा भ्रष्ट आचरण देखाइरहेको मैले देखें, तर सङ्गतिमा यो कुरा मैले उनलाई औंल्याइनँ, उनको भ्रष्टता चिरफार गर्ने कुरा त परै छोडौं, बरू हाम्रो सम्बन्ध बिग्रिन्छ कि भनेर धेरै डराउँदै यसलाई सामान्य तरिकाले बताएँ। मैले उनलाई परमेश्‍वरको घरको काममा बाधा पुर्‍याइरहेको देख्दा, हाम्रो अगुवालाई रिपोर्ट गरिनँ, यसो गर्नु भनेको उनको पछाडि छुरा घोच्नु हो भन्ने लाग्यो। म कस्तो वाहियात! कुनै समस्याको रिपोर्ट गर्नु भनेको परमेश्‍वरको घरको कामलाई कायम राख्‍नु हो—यो सही र उचित हो। यसले सिस्टर लीलाई उनको क्षमता र कदअनुसार कर्तव्य प्रदान गर्न पनि मण्डलीलाई मद्दत गर्ने थियो। यो सिस्टर ली र मण्डली दुवैको लागि लाभदायक हुने थियो, तर यो नराम्रो कुरा हो भन्ने लाग्यो। अनि मैले यी शैतानी विषहरूले मानिसलाई कति ठूलो हानि गर्दा रहेछन् भन्ने महसुस गरेँ। तिनले मेरो हेर्ने नजरलाई विकृत बनाउन मलाई छल गरे र भ्रष्ट बनाएँ, र मैले सही गलत, आरोह अवरोह छुट्याउन सकिनँ। म स्वार्थी र नीच थिएँ, लाभबाहेक अरू केही खोज्दिनथें। मैले कुनै सिद्धान्त र अडानविना नै काम गरें। ममा न्यायको भावना थिएन, र अलिकति पनि साँचो मानवको गुण भएको जीवन बाँचिरहेको थिइनँ। यो महसुस भएपछि मभित्र यी शैतानी दर्शनहरूप्रति र मानिसहरूलाई खुसी पार्ने मेरो आफ्नै सोचहरूप्रति घृणा भरियो। मलाई आफूले काम गरेको तरिकासँग साँच्‍चै नै घृणा भयो र अब यस्तो बनिरहन चाहन्नथें। अबउप्रान्त शैतानद्वारा मूर्ख बनाइन र हानिमा पर्न चाहन्नथें। सत्यताको अभ्यास गर्नु कति अमूल्यु हुन्छ भन्ने पनि मलाई आभास भयो, त्यसैले मानिसहरूलाई खुसी पार्ने व्यक्ति हुनुको आफ्नो समस्या समाधान गर्न मैले सत्यताको खोजी गर्न सुरू गरें।

मेरो खोजीमा मैले परमेश्‍वरआ यी वचनहरू पढें: “असल मानवता हुनका लागि एउटा मापदण्ड हुनुपर्छ। यसमा संयमको बाटो अपनाउने, सिद्धान्तहरूलाई नपछ्याउने, कसैलाई चोट नपुऱ्याउन कोसिस गर्ने, जहाँ जाँदा पनि चापलुसी गरेर कृपा पाउने, आफूले भेट्ने सबै जनासँग नरम र चिप्लो कुरा गर्ने, र सबैलाई राम्रो महसुस गराउने कुरा समावेश हुँदैन। यो त्यो मापदण्ड होइन। त्यसो भए मापदण्ड के हो? यसमा परमेश्‍वर, अन्य व्यक्तिहरू र घटनाहरूलाई साँचो हृदयले व्यवहार गर्ने, जिम्मेवारी उठाउन सक्‍ने, र सबै जनाले प्रत्यक्ष रूपमा देख्न र महसुस गर्न सक्ने प्रकारले कामहरू गर्ने कुराहरू सम्मिलित हुन्छन्। यसबाहेक, परमेश्‍वरले मानिसहरूको हृदय तलास गर्नुहुन्छ र तिनीहरू प्रत्येकलाई जान्नुहुन्छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। “के प्राकृतिक रूपमा होमा हो मिलाउने कुनै व्यक्ति वास्तवमै असल व्यक्ति हो त? परमेश्‍वरले कस्तो व्यक्तिलाई सत्यता धारण गर्ने वास्तविक असल व्यक्तिको रूपमा हेर्नुहुन्छ? सबैभन्दा पहिले, एक व्यक्तिले परमेश्‍वरको इच्छालाई बुझ्नुपर्छ अनि सत्यतालाई बुझ्नुपर्छ। दोस्रो, एक व्यक्तिले आफूले सत्यता बुझेको आधारमा त्यो सत्यतालाई व्यवहारमा अपनाउन सक्‍नुपर्छ। … अर्थात्, जुन क्षण यो व्यक्तिले उनीहरूसित समस्या भएको थाहा पाउँछ, तब त्यसको समाधान गर्न उनीहरू परमेश्‍वरको सामु आउन सक्छन्, र उहाँसँग सामान्य सम्बन्ध कायम राख्‍न सक्छन्। त्यस्तो व्यक्ति कमजोर र भ्रष्ट, साथै विद्रोही हुन सक्छ, अनि उसले अहङ्कार, स्व-धार्मिकता, धूर्तता, र छलीपनजस्ता सबै प्रकारका भ्रष्ट स्वभावहरू प्रकट गर्न सक्छ। तापनि, एकपटक उनीहरूले स्व-चिन्तन गरेर यी कुराहरूका बारेमा थाहा पाएपछि, ती कुराहरूलाई उनीहरूले समयमै समाधान गर्न र त्यसबाट फर्केर परिस्थिति बदल्न सक्छन्। यो त्यस्तो व्यक्ति हो जसले सत्यतालाई प्रेम गर्छ र जसले सत्यतालाई व्यवहारमा अपनाउँछ; परमेश्‍वरको नजरमा यस्तो व्यक्ति एक असल व्यक्ति हो(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “मानवीय स्वरूप पाउनका निम्ति आफ्नो सम्पूर्ण हृदय, मस्तिष्क र प्राणसहित उचित ढङ्गले आफ्नो कर्तव्य पूरा गर्न आवश्यक हुन्छ”)। मैले त्यसपछि सर्वशक्तिमान परमेश्‍वरका वचनहरूको अर्को खण्डको बारेमा सोचें: “मण्डलीमा, मप्रतिको साक्षीमा दृढ़ होऊ, सत्यलाई समर्थन गर; सही कुरो सही नै हो अनि गलत कुरो गलत नै हो। कालो अनि सेतोमा नअलमलिओ। तिमीहरू शैतानसँग लड्नु पर्नेछ अनि तिमीहरूले त्यसलाई पूर्ण रूपले पराजित गर्नुपर्नेछ, ताकि त्यो फेरि कहिले पनि नउठोस्। तिमीहरूले मेरो साक्षीको सुरक्षा गर्न तिमीहरूमा भएको सबै कुरो अवश्यै दिनुपर्नेछ। यो तिमीहरूको कामको लक्ष्य हुनुपर्नेछ-यो नभुल(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ४१)। परमेश्‍वरका वचनहरूमार्फत् मैले के बुझेँ भने, एउटा साँचो असल व्यक्तिले शान्ति कायम राख्‍न र कसैको मन नदुखोस् भनेर पर बस्दैन। उनीहरू इमानदार र स्पष्ट हुन्छन्, प्रेम र घृणाबीच भेद छुट्याउँछन्, उनीहरू सत्यताका सिद्धान्तहरूलाई कायम राख्छन्, अरूको मन दुख्ला कि भनेर डराउँदैनन्, र परमेश्‍वरको घरको हितको रक्षा गर्छन्। त्यस प्रकारको व्यक्तिमा मात्र न्यायको बोध हुन्छ, जसलाई परमेश्‍वरले प्रशंसा गर्नुहुन्छ। त्यस प्रकारको व्यक्तिमा मात्र न्यायको बोध हुन्छ, जसले परमेश्‍वरको प्रशंसा जित्‍न सक्छ। मैले परमेश्‍वरको मापदण्डहरू बुझिसकेपछि, एउटा प्रार्थना गरें अनि संकल्प गरें, म सत्यताको अभ्यास गर्नेछु र परमेश्‍वरको घरको हितको रक्षा गर्नेछु, मानिसहरूलाई खुसी पार्ने मभित्रको पुरानो व्यक्तिलाई सधैंको लागि बिदा गर्नेछु र आफूलाई नयाँ बनाउनेछु।

यो मामिलालाई हेरिसकेपछि, अगुवाहरूले सिस्टर लीलाई उनको कर्तव्यबाट हटाइनुपर्छ भन्ने निश्चय गरे, र मलाई गएर उनीसँग सङ्गति गर्न भनें। मैले सोचें, “म नै किन? यदि उनले उनको बारेमा अगुवाहरूलाई भन्ने म नै थिएँ, र यसैले गर्दा उनको ठाउँमा अरूलाई ल्याइँदैछ भन्ने थाहा पाइन् भने, उनी मसँग पक्‍कै पनि रिसाउनेछिन्, र यसले हाम्रो सम्बन्ध बिगार्नेछ।” यस्तो सोच्दा, मैले सत्यताको अभ्यास गर्न असफल भएर कसरी परमेश्‍वरको घरको कामलाई हानि पुर्‍याएको थिएँ भन्नेबारेमा सोचेँ र मलाई थाहा भयो अब मैले मानिसहरूलाई खुसी पार्ने व्यक्ति बन्न छोड्नुपर्छ। सिस्टर लीसँग सङ्गति गर्ने कार्यमा मलाई लगाएर परमेश्‍वरले मेरो परीक्षा लिँदै हुनुहुन्थ्यो, मैले सत्यताको अभ्यास गर्न र सिद्धान्तअनुसार चल्न सक्छु कि सक्दिन भनेर हेर्न चाहनुहुन्थ्यो। मैले बाटैभरि परमेश्‍वरलाई प्रार्थना गरिरहें, मलाई मार्गदर्शन गर्नुहोस् भनिरहें। मलाई यो पनि थाहा थियो, यदि मैले सिस्टर लीको समस्या उनीसँग स्पष्ट गरिनँ र उनले ती कुराहरू बुझ्न सकिनन् भने, यसले उनलाई बिल्कुलै मद्दत गर्नेछैन, बरू उल्टै चोट पुर्‍याउनेछ। यो सोचमा, म अब कहिल्यै मानिसहरूलाई खुसी पार्ने व्यक्ति बन्नेछैन भनी दृढ निश्चय गरें। अनि त्यसैले, मैले सिस्टर लीसँग सङ्गति गरें, र कर्तव्यमा उनको लापरवाहको प्रकृति र यसका परिणामहरू चिरफार गरें, र उनका ती सबै व्यवहारहरूको खुलासा गरें, जसले परमेश्‍वरको घरको कामलाई बाधा गरेको थियो। यी सबै सुनेपछि उनले आफूलाई समर्पित गर्न र आफ्नो बारेमा चिन्तन गर्न तत्पर भइन्। सत्यताको अभ्यास गरेपछि मैले धेरै राम्रो र शान्ति महसुस गरें।

परमेश्‍वरले त्यसपछि मेरो परीक्षा लिन अर्को अवस्था खडा गर्नुभयो। एउटी बहिनीलाई केही समय बुझ्ने मौका पाएपछि, उनमा अहङ्कारी स्वभाव रहेको र उनले अरूको सुझाव स्वीकार गर्न नचाहने गरेको महसुस गरें, यसले केहीलाई उनीबाट नियन्त्रित भएको महसुस गरायो। म अनि मसँगै काम गर्ने सिस्टर लियु उनीसँग सङ्गति गर्न गयौं र उनको काम गर्ने तौरतरिका उजागर गर्यौं, तर उनले यो स्वीकार गरिनन्। उनले आफ्नो मामिलामा बहस पनि गरिन् र अनुहार बिगारिन्। यो कुराले ममा अलिक हिच्किचाहट महसुस भयो, उनले मेरो बारेमा खराब राय बनाउनेछिन् भन्ने सोच आयो। त्यसपछि म उनको सामना कसरी गरूँ? ठीक त्यही समय अरू केही भैदियो, र हामी जानु पर्‍यो। बाटोमा फर्कदा मैले सोचिरहेको थिएँ, कसरी यो बहिनी यस्तो मनोमानी भइन् र सत्यतालाई स्वीकार गरिरहेकी छैनन्। उचित सङ्गतिविना त हाम्रो सम्बन्ध तनावपूर्ण हुनेछ। मैले ठानें, अर्कोपटक उनीसँग सङ्गति गर्न म मेरो साथीलाई पठाउँछु। केही दिनपछि मैले फेरि उनलाई देखें र उनी मप्रति पूर्ण रूपमा मिलनसार थिइन्। मलाई लाग्यो हामीले पछिल्लोपटक उनको समस्या वास्तवमै समाधान गरेका थिएनौं, त्यसैले उनीसँग सङ्गति गर्न म फेरि जानुपर्नेछ, र उनले फेरि पनि सत्यता स्वीकार गर्न अस्वीकार गरिन् भने, उनलाई निराकरण गरिनुपर्छ। तर जब उनले मेरो लागि कुर्सी ल्याएर मेरो स्वास्थ्यको बारेमा सोधिन्, मेरो मुखमा चाबी लगाइएको जस्तो लाग्यो। म केही भन्न चाहन्थें, तर मैले मुख नै खोल्न सकिनँ। मलाई लाग्यो, जुन क्षण म सङ्गतिमा खुल्नेछु, यसले हाम्रो सम्बन्धलाई खराब गर्नेछ, र त्यो मैत्रीपूर्ण वातावरणलाई नष्ट गर्नेछ। यदि उनले पहिलेजस्तै प्रवृत्ति देखाइन् र सत्यता स्वीकार गरिनन् भने, म पूरै असहज स्थितिमा हुनेछु। मैले ठानें, म आफ्ना शब्दहरू बुद्धिमानीपूर्वक छान्नेछु, र कठोर हुनबाट टाढै बस्‍नेछु। त्यसैबेला मलाई के महसुस भयो भने मलाई फेरि मानिसहरूलाई खुसी पार्न र मेरो अन्तरव्यैक्तिक सम्बन्धहरू रक्षा गर्ने चाहना हुँदैछ। मैले तुरुन्त परमेश्‍वरलाई प्रार्थना गरें र उहाँसँग शक्ति मागें। मेरो प्रार्थनापछि मैले सर्वशक्तिमान परमेश्‍वरका वचनहरूको यो खण्डको बारेमा सोचें: “तेरो शैतानी, भ्रष्ट स्वभावले तँलाई नियन्त्रण गरिरहेको हुन्छ; तँ तेरो आफ्‍नै मुखको समेत मालिक होइनस्। तैँले इमानदार शब्‍दहरू बोल्‍न चाहे पनि, तैँले ती बोल्‍न पनि सक्दैनस् र तँ ती बोल्‍न पनि डराउँछस्। तैँले आफूले गर्नुपर्ने कुराहरू, आफूले भन्‍नुपर्ने कुराहरू, अनि तैँले लिनुपर्ने जिम्‍मेवारीको दश हजार भागको एक भाग गर्न वा बोल्‍न पनि सक्दैनस्; तेरा हात-खुट्टा तेरो शैतानी, भ्रष्ट स्वभावले बाँधिएका छन्। तँ आफूलाई काबुमा राख्‍ने अवस्थामा छैनस्। तेरो शैतानी, भ्रष्ट स्वभावले नै तँलाई कसरी बोल्‍ने भनेर बताउँछ, अनि तँ त्यसरी नै बोल्छस्; यसले तँलाई के गर्ने भनेर बताउँछ, अनि तैँले त्यही कुरा गर्छस्। … तैँले सत्यताको खोजी गर्दैनस्, तैँले सत्यताको अभ्यास गर्ने कुरा त परै जाओस्, तैपनि तँ प्रार्थना गरिरहन्छस्, आफ्‍नो संकल्प निर्माण गरिरहन्छस्, अठोट लिइरहन्छस्, र शपथ खाइरहन्छस्। अनि यो सबैबाट के आउँछ? तँ अझै पनि होमा हो मिलाउने मान्छे नै रहन्छस्: ‘म कसैलाई पनि रिस उठाउनेछैन, न त म कसैलाई चिढ्याउनेछु। यदि कुनै विषयसँग मेरो कुनै सम्‍बन्ध छैन भने, म यसबाट टाढै बस्‍नेछु; मसँग कुनै सम्‍बन्ध नै नभएका कुराहरूको बारेमा म केही पनि बताउनेछैन, अनि यसमा कुनै अपवाद छैन। यदि कुनै कुराले मेरो चासोहरू, मेरो अभिमान, वा मेरो आत्मसम्‍मानमा चोट पर्‍याउँछ भने, म यसलाई कुनै ध्यान दिनेछैन, र म यसलाई होशियारीको साथ लिनेछु; मैले हतारमा काम गर्नु हुँदैन। सबैभन्दा अग्लो कीलालाई नै पहिले ठोकिन्छ, र म त्यति मूर्ख पनि छैन!’ तँ तेरो दुष्टता, धूर्तता, कठोरता, अनि सत्यतालाई घृणा गर्ने तेरा भ्रष्ट स्वभावहरूद्वारा पूर्ण रूपमा नियन्त्रित छस्। तिनले तँलाई पूर्ण रूपमा काबुमा राखेका छन्, र तेरो लागि यो हनुमान राजाले लगाउने सुनौलो चक्रभन्दा पनि असहनीय र नियन्त्रण गर्न नसकिने भएको छ। भ्रष्ट स्वभावको नियन्त्रणमा जिउनु अत्यन्तै हैरानीपूर्ण र पीडादायी कुरा हो! मलाई भन, यदि तिमीहरूले सत्यताको खोजी गर्दैनौ भने, के तिमीहरूको भ्रष्टतालाई त्याग्‍न सहज हुन्छ त? के यो समस्यालाई समाधान गर्न सकिन्छ त? म तिमीहरूलाई भन्छु, यदि तिमीहरूले सत्यताको खोजी गर्दैनौ र तिमीहरूको विश्‍वासमा तिमीहरू भ्रमित छौ भने, धेरै वर्षसम्‍म प्रवचनहरू सुने पनि यसको कुनै काम हुनेछैन, र तँ अन्त्यसम्‍मै यसरी नै दृढ भएर अघि बढिरहिस् भने, बढीमा तँ एक धर्म-ठग अनि फरिसी बन्‍नेछस्, अनि त्यही नै त्यसको अन्तिम नतिजा हुनेछ। यदि तँ योभन्दा पनि खराब छस् भने, तँ परीक्षामा पर्ने घटना आइपर्न सक्छ, र तैँले आफ्‍नो कर्तव्यलाई गुमाउनेछस् र परमेश्‍वरलाई धोका दिनेछस्। तेरो पतन भइसकेको हुनेछ। तँ सधैँ भीरको टुप्पामा हुनेछस्! अहिले, सत्यताको खोजी गर्नु जत्तिको महत्त्वपूर्ण कुरा अरू केही पनि छैन। योबाहेक अरू कुनै कुराको खोजी गर्नु व्यर्थ छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यता अभ्यास गर्नेहरू मात्रै परमेश्‍वरको डर मान्‍नेहरू हुन्”)। परमेश्‍वरका वचनहरूले मभित्र मानिसहरूलाई खुसी पार्ने व्यक्ति रहेको सत्यताको खुलासा गर्‍यो। जब मैले त्यो बहिनीलाई केही मनोमानी भएको र सत्यता स्वीकार नगरिरहेको देखें, मैले आगोमा घिउ थप्‍न वा मेरो छविलाई गिराउन चाहिनँ, अरू समस्यालाई पर राख्‍न चाहें। उनीसँगको मेरो सम्बन्ध रक्षा गर्न मैले कसैलाई उनीसँग कुरा गर्न पठाउन चाहें। म अझै पनि मानिसहरूलाई खुसी राख्‍ने व्यक्ति हुँदै थिएँ! मैले पहिले सत्यताको अभ्यास नगरेको कारणले गर्दा कसरी परमेश्‍वरको घरको कार्यमा हानि पुर्‍याएकी थिएँ भन्ने पनि सोचें। मैले त्योबेला सत्यताको अभ्यास गर्ने मेरो मौका गुमाएकी थिएँ, र योपटक मैले पछुतोले हुनेवाला काम गर्नु हुँदैन भन्ने मलाई थाहा थियो। मैले यो थाहा पाउनेबित्तिकै, मभित्र शक्ति आएको महसुस भयो: सत्यताको अभ्यास गर्नु नै सर्वोपरि हो र फेरि पनि म यो अवसर गुमाउन सक्दिन। मैले हिम्मत जुटाएँ र ती बहिनीसँग सङ्गति गरें, उनले के गरिरहेकी छिन् र उनको कार्यको प्रकृति कस्तो छ भनेर खुलासा गरें। उनले मेरो कुरा सुनिन् र यो स्वीकार गरिन्, र पश्‍चात्ताप गर्न तत्पर भइन्। सत्यताको अभ्यास गर्न सकेकोमा मलाई आफ्नो हृदयमा शब्दले वर्णन गर्न नसकिने खुसीको आभास भयो। अन्ततः मैले केही सत्यताको अभ्यास गर्न सकेको थिएँ, र मेरो आत्मामा मैले शान्ति र आनन्द महसुस गरें। जिउने यो सही तरिका थियो, मभित्र मानव गुण भएजस्तो लाग्यो।

परमेश्‍वरले ममाथि गर्नुभएको धेरै स-साना कुराहरूलाई फर्केर सोच्दा, मेरो भ्रष्ट स्वभावलाई बदल्न परमेश्‍वरको न्याय बिल्कुल आवश्यक थियो भन्ने म देख्छु। मेरो खुलासा गर्न परमेश्‍वरले खडा गर्नुभएका ती सबै परिस्थितिहरू नभएको भए, वा उहाँको वचनहरूको न्याय र प्रकाश नभएको भए, म कस्तो व्यक्ति हुँ भन्ने मैले कहिल्यै जान्नेथिइनँ, न त शैतानको विषहरूद्वारा म कसरी बाँचिरहेकी थिएँ भन्ने सत्यता नै थाहा पाउँथें। परमेश्‍वरको मुक्ति र मानवजातिको रुपान्तरण कति व्यवहारिक छन्, र ती कति मुस्किलले प्राप्त हुन्छन् भन्ने कुरा कुराको प्रशंसा गर्न थालें! आज केही सत्यताको अभ्यास गर्ने र केही मानव गुण भएको जीवन जिउने मेरो सक्षमता सबै नै परमेश्‍वरको न्याय र सजायको कृपाले भएको हो। परमेश्‍वरले मेरो मुक्ति गराउनुभएकोमा म धेरै आभारी छु!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

बिमारहरूको चिन्ताबाट मुक्त

जिन छिन, चीनमेरी आमा क्यान्सर लागेर मेरो बिहेअघि नै बित्नुभो र मेरा बुबालाई ५७ वर्षको हुँदा उच्च रक्तचाप भएर उहाँको रक्तनली फुट्यो, उहाँको...

छोराको घातक रोगको सामना गर्दा

लियाङ शिन्, चीनदुई वर्षअघि मेरो छोराको कम्मरमा अचानक अत्यधिक पीडा सुरु भयो। हामीले जाँच गरायौं र डाक्टरले जाँचको रिपोर्ट चिन्ताजनक रहेको, र...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्