परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १२३

मानव जीवनका छ महत्वपूर्ण मोडहरू (छनौट गरिएका खण्डहरू)

दोस्रो महत्वपूर्ण मोड: हुर्कनु-बढ्नु

मानिसहरू जुन प्रकारको परिवारमा जन्‍मन्छन् त्यसको आधारमा, तिनीहरू घरको फरक-फरक वातावरणमा हुर्कन्छन् र तिनीहरूले आफ्‍ना आमाबाबुबाट फरक-फरक पाठहरू सिक्‍छन्। व्यक्ति कसरी वयस्क हुँदै जान्छ त्यसका अवस्थाहरूलाई यी तत्वहरूले निर्धारित गर्छन्, र हुर्कनु-बढ्नुले व्यक्तिको जीवनको दोस्रो महत्त्वपूर्ण समयबिन्दुलाई प्रतिनिधित्व गर्छ। अवश्य नै, यो समयबिन्दुको बारेमा पनि मानिसहरूसँग कुनै विकल्‍प हुँदैन। यो पनि निश्‍चित, पूर्वनिर्धारित हुन्छ।

१. सृष्टिकर्ताले हरेक व्यक्ति वयस्क हुनको लागि निश्‍चित अवस्थाहरूको योजना बनाउनुभएको हुन्छ

व्यक्तिले आफू हुर्कने क्रममा उसलाई शिक्षा दिने र प्रभाव पार्ने मानिस, घटना, वा काम-कुराहरूलाई छनौट गर्न सक्दैन। व्यक्तिले कस्तो ज्ञान वा सीपहरू प्राप्त गर्छ, उसले के-कस्ता बानी-व्यहोराको विकास गर्छ त्यसलाई उसले छनौट गर्न सक्दैन। व्यक्तिको आमाबाबु र इष्टमित्र को हुन्छन्, ऊ कस्तो प्रकारको वातावरणमा हुर्कन्छ त्यसको बारेमा व्यक्तिले केही पनि बोल्‍न पाउँदैन; व्यक्तिको वरिपरिका मानिस, घटना, र काम-कुराहरूसँगको उसको सम्‍बन्ध, र तिनले उसको विकासमा कसरी प्रभाव पार्छन्, यी सबै व्यक्तिको नियन्त्रणभन्दा बाहिरका कुराहरू हुन्। त्यसो भए, कसले यी कुराहरूको निर्णय गर्छ? कसले तिनको व्यवस्थापन गर्छ? मानिसहरूसँग यस विषयमा कुनै विकल्‍प नहुने हुनाले, तिनीहरूले यी कुराहरू आफ्‍नो लागि निर्णय गर्न नसक्‍ने हुँदा, र अवश्य पनि तिनले स्वाभाविक रूपमै आकार नलिने हुँदा, भन्नै पर्दैन, यी मानिसहरू, घटनाहरू, र काम-कुराहरूको निर्माण सृष्टिकर्ताकै हातमा छ। अवश्‍य नै, जसरी सृष्टिकर्ताले हरेक व्यक्तिको जन्‍मको खास परिस्‍थितिहरूको बन्दोबस्त गर्नुहुन्छ, त्यसरी नै उहाँले व्यक्ति कस्ता खास परिस्‍थितिहरूमा हुर्कन्छ भन्ने कुराको पनि बन्दोबस्त गर्नुहुन्छ। यदि व्यक्तिको जन्‍मले उसको वरिपरिका मानिसहरू, घटना, र काम-कुराहरूलाई परिवर्तन गर्छ भने, त्यस व्यक्तिको वृद्धि र विकासले पनि तिनलाई अवश्य नै प्रभाव पार्नेछ। उदाहरणको लागि, कतिपय मानिसहरू गरिब परिवारमा जन्‍मन्छन्, तर धनसम्पत्तिले घेरिएर हुर्कन्छन्; अरू सम्‍पन्‍न परिवारमा जन्‍मन्छन्, तर तिनीहरूको परिवारको सम्‍पत्तिमा ह्रास आएको कारणले, तिनीहरू गरिब वातावरणमा हुर्कन्छन्। कसैको जन्‍मलाई निश्‍चित नियमले सञ्चालित गर्दैन, र कुनै पनि व्यक्ति अपरिहार्य, निश्‍चित परिस्‍थितिहरूमा हुर्कँदैन। यी कुराहरू व्यक्तिले कल्‍पना वा नियन्त्रण गर्न सक्‍ने कुराहरू होइनन्; ती व्यक्तिको नियतिका उपजहरू हुन्, र व्यक्तिकै नियतिले तिनलाई निर्धारण गरेको हुन्छ। अवश्‍य नै, मूल रूपमा, यी कुराहरू हरेक व्यक्तिको लागि सृष्टिकर्ताले पूर्वनिर्धारित गरिदिनुभएको नियतिद्वारा निर्धारित हुन्छन्; व्यक्तिको नियतिमाथि सृष्टिकर्ताको सार्वभौमिकता अनि यसको निम्ति उहाँको योजनाद्वारा ती कुराहरू निर्धारित हुन्छन्।

२. मानिसहरू हुर्कने विभिन्‍न परिस्‍थितिहरूले फरक-फरक भूमिकाहरू पैदा गर्छन्

व्यक्तिको जन्‍मका परिस्‍थितिहरूले आधारभूत रूपमा तिनीहरू हुर्कने वातावरण र परिस्‍थितिहरूलाई स्थापित गर्छन्, त्यसै गरी, व्यक्ति जुन परिस्‍थितिहरूमा हुर्कन्छ ती उसको जन्‍मका परिस्‍थितिहरूका उपज हुन्। यस अवधिमा, व्यक्तिले भाषा सिक्‍न सुरु गर्छ, र व्यक्तिको मस्तिष्कले विभिन्‍न नयाँ कुराहरू भेट्ने र आत्मसात् गर्ने गर्छ, जुन प्रक्रियाको अवधिमा व्यक्ति निरन्तर वृद्धि भइरहेको हुन्छ। व्यक्तिले आफ्‍नो कानले सुन्‍ने, आफ्‍नो आँखाले देख्‍ने, र आफ्‍नो मस्तिष्कले लिने कुराहरूले बिस्तारै उसको भित्री संसारलाई भर्छ र चलायमान बनाउँछ। व्यक्तिको सम्पर्कमा आउने मानिसहरू, घटना, र विभिन्‍न कुराहरू; उसले सिक्‍ने सामान्य चेतना, ज्ञान, र सीपहरू; अनि व्यक्तिलाई सिकाइने वा उसको मस्तिष्कमा हालिने उसलाई प्रभाव पार्ने विचार-शैलीहरूले व्यक्तिको जीवनको नियतिलाई निर्देशित गर्नेछ र प्रभाव पार्नेछ। व्यक्तिले हुर्कने क्रममा सिक्‍ने भाषा र उसको विचार-शैलीलाई उसले आफ्‍नो जवान अवस्थामा बिताएको वातावरणबाट अलग गर्न सकिँदैन, र त्यो वातावरणमा आमाबाबु र दाजुभाइ वा दिदीबहिनी, अनि तिनीहरूका आसपासका अरू मानिसहरू, घटना, र विभिन्न कुराहरू पर्छन्। त्यसैले, व्यक्तिको विकासको क्रम ऊ हुर्कने वातावरणले निर्धारण गर्छ, र यो अवधिमा उसको सम्पर्कमा आउने मानिसहरू, घटना, र अन्य कुराहरूमा पनि निर्भर हुन्छ। व्यक्ति जुन अवस्थाहरूमा हुर्कन्छ त्यो धेरै पहिले नै अग्रिम रूपमा पूर्वनिर्धारित गरिएको हुने हुनाले, यो प्रक्रियाको अवधिमा ऊ जुन वातावरणमा हुर्कन्छ, त्यो पनि स्वाभाविक रूपमै पूर्वनिर्धारित गरिएको हुन्छ। व्यक्तिका विकल्‍प र रुचिहरूद्वारा यसको निर्णय गरिँदैन, बरु सृष्टिकर्ताका योजनाहरू अनुरूप, सृष्टिकर्ताका सावधानीपूर्ण बन्दोबस्त र व्यक्तिको जीवनको नियतिमाथिको उहाँको सार्वभौमिकताद्वारा निर्धारित गरिन्छ। तसर्थ, वृद्धि हुने क्रममा कुनै पनि व्यक्तिले भेट्ने मानिसहरू, अनि तिनीहरूको सम्पर्कमा आउने अन्य कुराहरू सबै नै सृष्टिकर्ताको योजनाबद्ध कार्य र बन्दोबस्तसँग स्वाभाविक रूपमै जोडिएका हुन्छन्। मानिसहरूले यस प्रकारका जटिल पारस्परिक सम्‍बन्धहरूलाई पूर्वानुमान गर्न सक्दैनन्, न त तिनीहरूले तिनलाई नियन्त्रण गर्न वा बुझ्‍न नै सक्‍छन्। व्यक्ति हुर्कने वातावरणलाई विभिन्‍न फरक-फरक कुराहरू र मानिसहरूले प्रभाव पार्छन्, र कुनै पनि मानिसले त्यस्ता सम्‍बन्धहरूको विशाल जालोलाई बन्दोबस्त गर्न वा योजनाबद्ध गर्न सक्दैन। सृष्टिकर्ता बाहेक कुनै पनि व्यक्ति वा थोकले सबै मानिसहरू, काम-कुरा अनि घटनाहरूको देखा पराइलाई नियन्त्रण गर्न सक्दैन, न त तिनीहरूले आफूलाई कायम गर्न वा तिनीहरू हराएर जाने प्रक्रियालाई नै नियन्त्रण गर्न सक्छन्, अनि यस्तै सम्‍बन्धहरूको विशाल जालोले नै व्यक्तिको विकासलाई सृष्टिकर्ताले पूर्वनिर्धारित गर्नुभएअनुसार आकार दिन्छ र मानिसहरू हुर्कने विभिन्‍न वातावरणहरूको निर्माण गर्छ। मानिसहरूले आफ्‍ना मिसन सफलतापूर्वक पूरा गर्न सकून् भनेर ठोस, बलिया जगहरू बसाल्दै, यसले नै सृष्टिकर्ताको व्यवस्थापन कार्यका लागि आवश्यक विभिन्‍न भूमिकाहरू निर्माण गर्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४७१

आखिरी दिनहरूमा परमेश्‍वरले गर्नुभएको कामको निम्ति अय्यूबकोमा भएको भन्दा धेरै ठूलो आत्मविश्‍वासको आवश्यकता पर्छ। आत्मविश्‍वासविना मानिसहरूले...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४३७

मण्डलीको जीवन केवल एउटा यस्तो प्रकारको जीवन हो जहाँ मानिसहरू परमेश्‍वरको वचनको स्वाद लिन भेला हुन्छन्, र यसले व्यक्तिको जीवनको सानो भागलाई...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १९३

जब अनुग्रहको युगमा परमेश्‍वर तेस्रो स्वर्गमा फर्कनुभयो, त्यसबेला सम्पूर्ण मानवजातिलाई छुटकारा दिने परमेश्‍वरको काम वास्तवमा अन्तिम चरणमा...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश १४

पवित्र आत्माको कामको हरेक चरणलाई पनि मानिसको गवाहीको आवश्यकता पर्छ। कार्यको हरेक चरण परमेश्‍वर र शैतानबीचको युद्ध हो र युद्धको निशाना शैतान...