सत्यता कसरी पछ्याउने (११) भाग तीन
सत्यता पछ्याउने पहिलो अभ्यास: त्याग्नु
आफू र परमेश्वरबीचका तगाराहरू र परमेश्वरप्रतिको आफ्नो शत्रुता त्याग्नु
१. परमेश्वरबारे आफ्ना धारणा र कल्पनाहरू त्याग्नु: परमेश्वरको कामबारे आफ्ना धारणा र कल्पनाहरू त्याग्नु
(६) परमेश्वरको कामले मानिसहरूका जन्मजात अवस्थाहरू परिवर्तन गर्दैन; यसले तिनीहरूका भ्रष्ट स्वभावहरू परिवर्तन गर्ने अभिप्राय राख्छ
६. जन्मजात अवस्था, मानवता, र भ्रष्ट स्वभावका विभिन्न प्रकटीकरण
यस अवधिमा हाम्रो सङ्गति सत्यता कसरी पछ्याउने भन्ने कुराभित्र रहेको “त्याग्ने” अभ्यासको सिद्धान्तमा समावेश एउटा विशिष्ट विषय—जन्मजात अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरूका बारेमा रहेको छ। यसबारे धेरै पटक सङ्गति गरेपछि, के तिमीहरूले अहिले यी तीन वटा पक्षहरू—जन्मजात अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरूसँग सम्बन्धित केही विशिष्ट प्रकटीकरण र अभिव्यक्तिहरू अलिकति खुट्ट्याएका छौ? (म यी कुराहरूलाई पहिलेभन्दा अलिकति राम्ररी खुट्ट्याउन सक्छु। पहिले, म प्रायजसो चरित्र र भ्रष्ट स्वभावहरूलाई एकै ठाउँमा मिसाउँथेँ, तर परमेश्वरका विगतका केही सङ्गतिमार्फत, म अहिले तिनलाई केही हदसम्म छुट्याउन सक्छु।) यी कुराहरूलाई छुट्याउन किन आवश्यक छ? (हामीले आफूभित्रका कुन-कुन समस्याहरू समाधान गर्नुपर्छ र कुन-कुनलाई हामीले सही तरिकाले लिनु मात्रै पर्छ भन्ने कुरा जान्न सकौँ भनेर यसो गर्न आवश्यक छ।) राम्ररी भन्यौ। यति विस्तृत रूपमा सङ्गति गर्दा जन्मजात अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरूबीचका भिन्नताहरू झनै स्पष्ट हुन्छन्, र मानिसहरूले भ्रष्ट स्वभावहरूबारे र अत्यन्तै खराब चरित्रका प्रकटीकरणहरूबारे झनै स्पष्ट बुझाइ प्राप्त गर्छन्, जुन दुई फरक-फरक कुरा हुन्। विशेष गरी, मानिसहरू खराब चरित्र, भ्रष्ट स्वभावहरू, र जन्मजात अवस्थाहरूका बीचमा भिन्नता छुट्याउन सक्षम हुन्छन्। तिनीहरूले मानवताका निश्चित त्रुटिहरूलाई भ्रष्ट स्वभावहरूका रूपमा लिनेछैनन्, र अवश्य नै, तिनीहरूले जन्मजात अवस्थाहरूभित्रका निश्चित अपर्याप्तता र त्रुटिहरूलाई पनि भ्रष्ट स्वभावहरूका रूपमा लिनेछैनन्। जब मानिसहरूसँग यो खुट्ट्याउने क्षमता हुन्छ, तब तिनीहरू भ्रष्ट स्वभावका विभिन्न प्रकटीकरणका बारेमा झन्-झन् स्पष्ट हुँदै जान्छन्, र भ्रष्ट स्वभावहरूसँग असम्बन्धित समस्याहरूका बारेमा उप्रान्त तिललाई पहाड बनाउँदैनन्। साथ साथै, तिनीहरूसँग भ्रष्ट स्वभावहरू वास्तवमा के हुन् भन्ने कुराको अझै स्पष्ट बुझाइ पनि हुन्छ। त्यसोभए के तिमीहरू भ्रष्ट स्वभावहरू वास्तवमा के हुन् भनेर स्पष्ट रूपमा व्याख्या गर्न सक्छौ? के जन्मजात अवस्थाहरूसँग भ्रष्ट स्वभावहरूको कुनै सम्बन्ध हुन्छ? के ती जन्मजात अवस्थाहरूबाट प्रभावित हुन्छन्? (हुँदैनन्।) मानौँ कुनै व्यक्ति हेर्नमा राम्रो छ, गोरो छाला भएको छ, र उसको अनुहारको बनावट मिलेको छ—के उसको रूप राम्रो भएकाले, उसमा कुनै भ्रष्ट स्वभाव हुँदैन, उसको मानवता उसको रूपजस्तै सिद्ध र शुद्ध हुन्छ, ऊ पटक्कै अहङ्कारी वा दुष्ट हुँदैन बरु अत्यन्तै पवित्र हुन्छ भनेर भन्न सकिन्छ? के यसो भन्न सकिन्छ? (सकिँदैन।) यसरी सङ्गति गरेपछि, यी तीन पक्ष—भ्रष्ट स्वभावहरू, जन्मजात अवस्थाहरू, र मानवता—बीचका भिन्नताहरू अब मूलतः स्पष्ट भएका छन्, होइन र? (छन्।) तिनलाई खुट्ट्याउन सजिलो छ।
व्यापार गर्नमा सिपालु हुनु
पछिल्लो पटक, हामीले व्यापार गर्न मन पराउने बारेमा सङ्गति गरेका थियौँ। व्यापार गर्न मन पराउने र रुचाउने यस प्रकटीकरणलाई कुन पक्षअन्तर्गत वर्गीकरण गरिनुपर्छ? (जन्मजात अवस्थाहरू।) यसलाई किन जन्मजात अवस्था मानिन्छ? (यो एउटा रुचि र सोख हो, त्यसैले यसलाई जन्मजात अवस्था मानिन्छ।) एकातिर, यो एउटा रुचि र सोख हो; अर्कोतिर, यदि कुनै व्यक्ति व्यापार गर्न मन पराउँछ र ऊसँग व्यापारको समझ छ—ऊ व्यावसायिक अध्ययन नगरीकनै प्राकृतिक रूपमा त्यसमा सिपालु हुन्छ, र ऊ अरूको मार्गदर्शनविनै यो बुझ्न र कसरी पैसा कमाउन, नाफा निकाल्न, व्यापारका अवसरहरू हात पार्न, आदि जान्दछ भने—त्यस व्यक्तिसँग आफ्नो जन्मजात अवस्थाहरूभित्रै व्यापार गर्ने सबल पक्ष हुन्छ। यदि कुनै व्यक्तिसँग जन्मजात रूपमै यो सबल पक्ष हुन्छ भने, यो निश्चय नै एउटा जन्मजात अवस्था हो, र जन्मपछि प्राप्त हुने प्रभावहरूसँग जन्मजात अवस्थाहरूको खासै सम्बन्ध हुँदैन। हेर् त, कतिपय मानिस १५ वा १६ वर्षको उमेरमा स्कुलमै हुँदा व्यापार गर्न सिक्न थाल्छन्। तिनीहरू आफूसँग कुनै राम्रो कुरा भएपिच्छे त्यो कुरा बेच्ने उपायहरू सोच्छन्। तिनीहरू आफ्ना आमाबुबाले दिएका जन्मदिनका उपहारहरू समेत बेच्छन्। तिनीहरू आफ्नो पकेट खर्चले केही किन्दैनन्, बरु व्यापार गर्नका लागि त्यो सबै बचत गरेर राख्छन्। १८ वा १९ वर्षको उमेरसम्ममा, तिनीहरू साना व्यापारिक उद्यमहरू सञ्चालन गर्न सक्षम भइसकेका हुन्छन्। विद्यालयमा तिनीहरूको अङ्क औसत मात्रै हुन्छ, तर तिनीहरूसँग व्यापार गर्नका लागि दिमाग हुन्छ, तिनीहरू हिसाबकिताब गर्नमा छिटोछरितो हुन्छन्, र तिनीहरूसँग व्यापार गर्ने विशेष खुबी हुन्छ—यो एउटा सबल पक्ष हो। व्यापार गर्न मन पराउनु जन्मजात अवस्थाहरूभित्रका सबल पक्षहरू वा रुचि र सोखहरूको वर्गमा पर्छ। जे होस्, यो जन्मजात अवस्थाहरूको एउटा पक्ष हो, र व्यापार गर्न मन पराउने प्रकटीकरणलाई यहीँ वर्गीकरण गरिन्छ। कतिपय मानिससँग व्यापारसँग सम्बन्धित सोख वा सबल पक्ष नहुन पनि सक्छ। तिनीहरू व्यापार गर्दा मुख्यतया मानिसहरूलाई ठग्ने र छल गर्ने कुरामा भर पर्छन्। तिनीहरू आफ्नै कडा परिश्रम र प्रयासद्वारा वा वैध व्यापारिक माध्यम र विधिहरू प्रयोग गरेर पैसा कमाउँदैनन्, बरु नाफा निकाल्ने र पैसा कमाउने आफ्नो लक्ष्य हासिल गर्नका लागि सबै प्रकारका धोकाधडी र छल, र कानुनी छिद्रहरूको फाइदा प्रयोग गर्छन्। यो कस्तो प्रकारको समस्या हो? त्यस्ता मानिसहरू निरन्तर यसरी नै व्यापार सञ्चालन गर्छन्—के यसमा तिनीहरूको मानवताको सार समावेश हुन्छ? (हुन्छ।) यस्तो मानवता असल हुन्छ कि खराब? (यो खराब हुन्छ।) यो कसरी खराब हुन्छ? त्यस्ता मानिसहरूको मानवताको कुरा गर्दा, सामान्य रूपमा भन्दा, तिनीहरूको चरित्र खराब हुन्छ। मानिसहरूले व्यापार गर्नुको उद्देश्य सधैँ पैसा कमाउनु नै हुन्छ। यदि तँ व्यापार सञ्चालन गर्ने वैध माध्यमद्वारा पैसा कमाउँछस् भने, यो तँसँग भएको सक्षमता हो, र यो परमेश्वरले तँलाई दिनुभएको सबल पक्षले ल्याएको फाइदा हो। तर यदि कसैले व्यापार सञ्चालन गर्ने वैध माध्यममार्फत नभई सबै प्रकारका धोकाधडी र छलमार्फत पैसा र नाफा प्राप्त गर्छ भने, त्यस्ता मानिसहरूमा निष्ठा हुँदैन र तिनीहरूको चरित्र नीच हुन्छ। के त्यस्ता मानिसहरूमा विवेक हुन्छ? (हुँदैन।) बोलिचालीको भाषामा भन्दा, तिनीहरूको विवेक पूर्ण रूपमा कुहिएको हुन्छ—तिनीहरूमा अलिकति पनि विवेक हुँदैन। हामी किन तिनीहरूमा कुनै विवेक हुँदैन भनेर भन्छौँ? (सामान्यतया, विवेक भएका मानिसहरू अरू मानिसहरूलाई ठगेपछि र छल गरेपछि त्यसबाट दोषारोपण महसुस गर्छन्, र तिनीहरूले उप्रान्त ती कुराहरू गर्दैनन्। तर, विवेक नभएका मानिसहरू नाफा प्राप्त गर्नेबारे मात्रै वास्ता गर्छन्। तिनीहरूको विवेकमा कुनै सचेतना हुँदैन, त्यसैले तिनीहरू ती कुराहरू गरिरहन्छन्।) तिनीहरूको विवेकले काम गर्दैन; तिनीहरूमा अलिकति पनि विवेक हुँदैन भनेर पनि भन्न सकिन्छ। यदि तिनीहरूमा विवेक हुन्थ्यो भने, तिनीहरूको विवेकले काम गर्नेथ्यो, र त्यसपछि कसैलाई एक पटक ठगी गरेपछि, तिनीहरूले आफ्नो विवेकबाट आत्म-ग्लानि महसुस गर्नेथिए। तिनीहरूलाई नाफा कमाए पनि भित्रभित्रै नराम्रो महसुस हुनेथ्यो। तिनीहरूले त्यो पैसा खर्च गर्दा तिनीहरूको अनुहार रातो हुनेथ्यो, र तिनीहरूलाई भित्र असहज महसुस हुनेथ्यो, अनि आफूले गरेको कुरा फोहोरी र नीच थियो भन्ने महसुस हुनेथ्यो। यसरी, त्यस बेलादेखि, तिनीहरूले फेरि कहिल्यै कसैलाई ठगी गर्नेथिएनन्; सम्भावित नाफा जतिसुकै ठूलो भए पनि, तिनीहरू त्यसो कहिल्यै गर्नेथिएनन्—यो विवेकको काम हो। तर अरूलाई छल गर्न, मूर्ख बनाउन, र ठगी गर्न सिपालुहरूले आफूले चाहेको बेला हरेक पटक यसो गर्नेछन्। तिनीहरू सफल भएपछि, त्यो पैसा खर्च गर्दा तिनीहरूलाई हृदयमा नराम्रो महसुस हुँदैन। पैसा हात पारेपछि, तिनीहरू आफूलाई चलाख र बुद्धिमान् ठान्छन्, र आफ्ना ठगी गर्ने रणनीतिहरूको सफलतामा प्रसन्न हुन्छन् र विशेष रूपमा गर्व गर्छन्। तिनीहरू तौल कम भएका सामानहरू बेच्छन्, तिनीहरू नक्कली औषधि, नक्कली जिन्सेङ, पानी हालिएको मासु बेच्छन्—तिनीहरूले बेच्ने हरेक कुरा मिसावटयुक्त र भ्रामक हुन्छ। तिनीहरू संलग्न हुने हरेक व्यापारिक उद्यममा ठगी गर्ने रणनीति र पासोहरू समावेश हुन्छन्, र तिनीहरूले कमाउने सबै पैसा धोखाधडीका माध्यमबाट प्राप्त गरिएको हुन्छ। तिनीहरू जुनसुकै व्यापारमा संलग्न भए पनि उचित मूल्य लिएर नियम-पालन गर्ने तरिकाले कहिल्यै व्यापार सञ्चालन गर्दैनन्। हेर् त, कतिपय मानिस व्यापार गर्दा विशेष गरी नियमित ग्राहकहरूलाई ठगी गर्छन्। उदाहरणका लागि, यदि तँ तिनीहरूबाट बारम्बार सामान किन्छस् र तिनीहरूलाई तँसँग पैसा छ भन्ने थाहा छ भने, तिनीहरूले अरूलाई १० युआनमा बेच्ने सामानका लागि तँसँग १०० युआन लिनेछन्। तिनीहरूले यसो समेत भन्नेछन्, “म यो अरू कसैलाई बेच्दिनँ—म यो तिम्रो लागि मात्रै राख्छु। हाम्रो सम्बन्ध कति बलियो छ, हेर त? तिमी राम्रो मूल्य पाइरहेका छौ, होइन र?” तिनीहरू मानिसहरूलाई ठगी गर्छन् र उनीहरूलाई कृतज्ञ महसुस समेत गराउँछन्—तिनीहरू कति सिपालु ठग हुन्! आफ्नो विवेकमा आत्म-ग्लानिको बोध नभएका मानिसहरूले जे गरे पनि आफ्नो विवेकमा कुनै हप्की वा सचेतना महसुस गर्दैनन्, त्यसैले त्यस्ता मानिसहरूमा विवेक हुँदैन भनेर भन्न सकिन्छ। तिनीहरूको समझ जस्तोसुकै भए पनि, तिनीहरूको विवेकलाई मात्रै हेर्दा, यी मानिसहरूमा मानवता हुँदैन र तिनीहरूको चरित्र नीच हुन्छ। यो कुन हदसम्म नीच हुन्छ? तिनीहरूमा विवेक र मानवता हुँदैन। अर्थात्, तिनीहरूमा सामान्य मानिसहरूमा हुने विवेकको सचेतना, कार्य, र सीमाहरूको कमी हुन्छ। यी सीमाहरूविना, तिनीहरू जे पनि गर्न सक्षम हुन्छन्। व्यापार गर्दा, तिनीहरू ठगी र छलमा संलग्न हुन सक्छन्; कुनै पनि व्यापारिक सञ्चालनमा, तिनीहरू धाँधली गर्न र नियमहरू तोड्न सक्छन्। तिनीहरू कुनै पनि अनैतिक कार्य गर्न सक्छन्। घर बनाउँदा समेत, तिनीहरू कमसल सामग्रीहरू प्रयोग गर्छन्। हेर् त—मुख्य भूमि चीनमा भवनहरू ढल्कनु र भत्किनुको कारण के हो? यसको कारण के हो भने, अत्यधिक नाफा कमाउनका लागि, निर्माणकर्ताहरूले कमसल कङ्क्रिट मिश्रण अनुपात र स्टिलको डन्डी प्रयोग गर्ने विधिहरू अपनाए, जसले भवनहरूको अवस्थालाई असर गरिसकेको थियो। फलस्वरूप, मानिसहरू सरेको धेरै समय नबित्दै, कतिपय भवन भत्किन्छन्। यदि पाँच वा छ म्याग्निच्युडको भूकम्प गयो भने, धेरैजसो भवन भत्किनेछन्, र परिणामहरू अकल्पनीय हुनेछन्। ती कालो हृदय भएका ठेकेदारहरूमा अलिकति पनि विवेक हुँदैन—मानिसहरू मरेको देखेपछि, तिनीहरू परिस्थिति सम्हाल्नका लागि जवाफी उपायहरू अपनाउन तुरुन्तै आफ्ना पृष्ठपोषकहरू खोज्छन्। यदि तिनीहरूका पृष्ठपोषकहरू पर्याप्त रूपमा बलिया छन् र तिनीहरूसँग जवाफी उपायहरू छन् भने, मामिलालाई सफलतापूर्वक ढाकछोप गर्न सकिन्छ। ती केही मृत्युलाई अलिकति काज-किरियाकोखर्च दिएर टारिन्छ, र तिनीहरूलाई कसैले पनि जवाफदेही ठहराउन पटक्कै सक्नेछैन। तिनीहरूको विवेकमा कुनै सचेतना हुँदैन; केही मृत्युहरूको त कुरै छोडौँ—दर्जनौँ, सयौँ, वा दसौँ हजार मानिसहरू मरे पनि, तिनीहरूका लागि यसको कुनै अर्थ हुँदैन। तिनीहरूको नजरमा, मानव जीवन कमिलाहरूको भन्दा फरक हुँदैन—तिनको कुनै अर्थ हुँदैन। मलाई भन्, के त्यस्ता मानिसहरूमा विवेक हुन्छ? विवेक नभएका मानिसहरूमा कुनै मानवता हुँदैन भनेर भन्न सकिन्छ। त्यसोभए, व्यापार गर्दा अरूलाई छल गर्ने र ठग्ने तिनीहरूका कार्यहरू भ्रष्ट स्वभावका प्रकटीकरणहरू हुन् त? (हुन्।) यसभित्र विशिष्ट भ्रष्ट स्वभावहरू हुन्छन्। कुन-कुन भ्रष्ट स्वभावहरू? (क्रूरता र छलीपन।) तिनीहरूका विशिष्ट र प्रतिनिधिमूलक भ्रष्ट स्वभावहरू छलीपन र दुष्टता हुन्। सबै प्रकारका ठगी र छलमा संलग्न हुन सक्नेहरू अत्यन्तै छली हुन्छन्। कहिलेकाहीँ, मानिसहरूलाई ठग्न र छल गर्न तिनीहरूले प्रयोग गर्ने माध्यमहरू तैँले कहिल्यै अपेक्षा नगरेकाहरू हुन्छन्, र तिनीहरूले तँलाई ठगिरहँदा तँ तिनीहरूले आफूसँग निकै राम्रो व्यवहार गरिरहेजस्तो लागेर निकै खुसी समेत हुन सक्छस्। धेरै समयपछि मात्रै तँ बिउँझन्छस् र आफूलाई त मूर्ख पो बनाइएको रहेछ भन्ने अचानक महसुस गर्छस्। अनि तँ तिनीहरूलाई खोज्न जाँदा तिनीहरू कुनै नाम-निसान नछोडी बेपत्ता भइसकेका हुन्छन्। मानिसहरूलाई ठग्ने तिनीहरूका उपायहरू कति परिष्कृत हुन्छन्! सन् १९८० र १९९० को दशकमा, चीनको ग्वाङडोङमा उद्योग र व्यापार तुलनात्मक रूपमा विकसित थिए। केही तुलनात्मक रूपमा उन्नत घरायसी उपकरणहरू भित्री क्षेत्रहरूमा पुगिसकेका थिएनन्, त्यसैले केही भित्री क्षेत्रका मानिस नयाँ प्रचलनहरूको साथमा चल्नका लागि ती किन्न ग्वाङडोङ जान्थे। व्यापारीहरूले यी ग्राहकहरू भित्री क्षेत्रहरूबाट आएका हुन् भन्ने थाहा पाएपछि, तिनीहरूले मनमनै सोचे, “ठग्नका लागि मान्छे फेला पर्यो—यो त कसैलाई ठग्ने अर्को मौका हो। भित्री क्षेत्रका मानिसहरूले टेप रेकर्डर, टेलिभिजन, र अन्य उपकरणहरू किने। भुक्तानी गरिसकेपछि, बिक्रेताहरूले तिनीहरूलाई वारेन्टी अवधि कहिलेसम्म छ भनेर समेत बताए र यदि उपकरणहरूमा कुनै समस्या भएमा, तिनीहरू साट्नका लागि आउन सक्छन् भनेर भने, जसले गर्दा ग्राहकहरूलाई बिक्रीपछिको सेवा निकै राम्रो छ भन्ने महसुस भयो। तिनीहरू जानै लाग्दा, बिक्रेताहरूले उपकरणहरू प्याक गर्नुपर्छ भने, र त्यसपछि तिनीहरूले तिनलाई प्याक गर्न पछाडि लगे। तर, जब ग्राहकहरू घर पुगे र प्याकिङ खोले, तब तिनीहरूले भित्र उपकरणहरूको सट्टा इँटा र ढुङ्गाहरू मात्रै भेट्टाए—त्यसपछि मात्रै तिनीहरूले व्यापारीहरूले सामान साटेका रहेछन्, र आफूहरूलाई ठगिएको रहेछ भन्ने थाहा पाए। उनीहरूलाई खोज्न फर्केर जाने यात्रा धेरै लामो हुनेथ्यो, र यसले तिनीहरूलाई यात्रा खर्चमा पनि धेरै पैसा लाग्नेथ्यो, त्यसैले तिनीहरूले घाटा सहने र अनुभवबाट पाठ सिक्ने बाहेक केही गर्न सकेनन्—जब तँ कुनै कुरा किन्छस्, तब तैँले एक हातबाट भुक्तानी गर्नुपर्छ र अर्कोबाट सामान लिनुपर्छ, र आफूले पैसा तिरेको कुरा नै पाइयो भनी निश्चित हुनका लागि सबै कुरा आफैले निरीक्षण गर्नैपर्छ। प्रायजसो व्यापारिक यात्रामा गइरहने मानिसहरूलाई यस्तो कुरा अक्सर हुन्छ। अहिले, यस्ता घटनाहरू एउटै सहरमा कहिलेकाहीँ हुने घटनाहरूमा मात्रै सीमित छैनन् बरु आम भइसकेका छन्। सबै प्रकारका धोकाधडी र छलका घटनाहरू बढिरहेका छन्, र व्यापार गर्ने झन्-झन् धेरै मानिस ठगीमा संलग्न भइरहेका छन्। पहिले यस्तो कुरा किन यति धेरै हुँदैनथ्यो? यो केवल यसकारण थियो कि, त्यस बेला, कतिपय मानिसले यी छल गर्ने रणनीतिहरू पत्ता लगाइसकेका थिएनन्। यी छल गर्ने रणनीतिहरू समाजमा चल्तीमा आएपछि, व्यापारीहरूले एकपछि अर्को गर्दै नक्कल गर्न र पछ्याउन थाले, र तिनीहरू सबैले त्यसो गर्न थाले। तिनीहरू सबैले त्यसो गर्न थाले—के त्यसको अर्थ तिनीहरूको विवेक पछि गएर भ्रष्ट भएको थियो भन्ने हुन सक्छ? होइन, यी मानिसहरूमा जन्मजात रूपमै खासै विवेक हुँदैन। कुरा के मात्रै हो भने, पहिले, तिनीहरूको अनुभव वा ज्ञानको स्तरका कारण, तिनीहरूले अरूलाई यसरी कसरी ठग्ने र छल गर्ने भनेर पत्ता लगाइसकेका थिएनन्। पछि, सामाजिक वातावरणको भ्रष्टतासँगै, तिनीहरू यस्ता कुराहरू गर्नमा झन्-झन् निर्दयी र निर्मम भएका छन्, र तिनीहरूका कार्यहरूको प्रकृति झन्-झन् नीच भएको छ।
यस्ता मानिसहरू व्यापार गर्दा छल गर्ने र ठग्ने उपायहरू प्रयोग गर्छन्, त्यसोभए के तिनीहरूले अरू कुराहरू गर्दा पनि मानिसहरूलाई छल र ठगी गर्नेछन्? (गर्नेछन्।) व्यापार गर्ने तिनीहरूका माध्यम र विधिहरू अनि छल र ठगी जस्ता कुराहरूप्रतिको तिनीहरूको मनोवृत्तिले तिनीहरूको मानवतालाई प्रतिनिधित्व गर्छ। तिनीहरूसँग यस प्रकारको मानवता हुन्छ, त्यसैले तिनीहरूले जे गरे पनि—त्यो अरूलाई छल र ठगी नभए पनि—त्यो त्यसभन्दा राम्रो हुनेछैन। तिनीहरूले यी कुराहरू गर्ने आधार नै यस्तो प्रकारको मानवता भएको हुनाले, तिनीहरूले जे गरे पनि, त्यसको प्रकृति आधारभूत रूपमा उस्तै हुन्छ—तिनीहरूमा विवेकको सचेतना हुँदै हुँदैन। जब यी मानिसहरू अधिकारी बन्छन्, तब तिनीहरूका बोल्ने र कार्य गर्ने माध्यमहरू तिनीहरूले व्यापार गर्दाका जस्तै हुन्छन्—तिनीहरूमा विवेकको कार्य हुँदैन, तिनीहरूले छल र ठगी गर्छन्, मानिसहरूलाई हानि गर्छन् र मार्छन्, र कानुन तोड्छन्; तिनीहरू मानवता, नैतिकता, र नैतिक न्यायको विरुद्धमा जाने जुनसुकै कुरा गर्न सक्षम हुन्छन्। तिनीहरू व्यापारका साथै राजनीतिमा पनि यसरी नै व्यवहार गर्छन्। यदि तिनीहरू वैज्ञानिक अनुसन्धानमा संलग्न भए भने, के तिनीहरू संलग्न भएको क्षेत्र फरक भएकाले तिनीहरूको मानवता परिवर्तन हुन सक्छ? सक्दैन। मलाई भन्, मण्डलीमा सामान्य मामिलाहरूसम्बन्धी काम गर्ने कुरा आउँदा, के त्यस्ता मानिसहरूसँग कुनै फाइदा हुन्छ? कतिपय मानिस यसो भन्छन्, “फलाना व्यक्ति कुनै बेला लौकिक संसारमा ठूलो हाकिम वा प्रमुख कार्यकारी अधिकृत थियो। उसको व्यापार गर्ने माध्यम अत्यन्तै चलाख छ, तर अलिकति अनुचित छ—कहिलेकाहीँ ऊ मानिसहरूलाई छल गर्छ र ठग्छ। मण्डलीमा सामान्य मामिलाहरूसम्बन्धी काम गर्न यस प्रकारको व्यक्तिलाई बढुवा गर्नु उचित हुन्छ कि हुँदैन, मलाई थाहा छैन।” मलाई भन्, के यस प्रकारको व्यक्ति असल व्यक्ति हो? के ऊ साँच्चै प्रतिभाशाली व्यक्ति हो? (होइन।) कतिपय मानिस सधैँ यी व्यक्तिहरूलाई प्रतिभाशाली मानिसका रूपमा लिन्छन्, र समाजमा अलिकति प्रतिष्ठा भएका यी सबै मानिसलाई सिफारिस गर्छन्, र फलानो व्यक्ति प्रमुख कार्यकारी अधिकृत वा वरिष्ठ कार्यकारी थियो, अर्को व्यक्ति समाजका शीर्ष दस उत्कृष्ट युवाहरूमध्ये एक वा उदाहरणीय कामदार थियो, र अरूसँग स्नातकोत्तर वा विद्यावारिधिको डिग्री छ, वा उनीहरूले वकिल वा पत्रकार, वा निजामती कर्मचारी वा अधिकारीका रूपमा काम गरेका छन् भनेर भन्छन्। यी व्यक्तिहरूलाई सिफारिस गर्ने मानिसहरूमा वास्तवमा आत्मिक बुझाइको कमी हुन्छ र तिनीहरू सत्यता बुझ्दैनन्। तिनीहरूलाई परमेश्वरको घरका विभिन्न काम समाजका सबै क्षेत्रका यी प्रतिभाशाली मानिस र सम्भ्रान्तहरूले सम्हाल्नुपर्छ भन्ने मात्रै लाग्छ, त्यसैले तिनीहरू यी मानिसहरूलाई यी कामहरूका लागि सुपरिवेक्षकको भूमिका वहन गर्न सिफारिस गर्छन्। यी मानिसहरू सुपरिवेक्षक बनेपछि, तिनीहरू काम राम्ररी सम्हाल्न असफल मात्रै भएनन्, तिनीहरूले यसलाई पूर्ण रूपमा भद्रगोल पनि बनाए, जसको परिणामस्वरूप मण्डलीको काममा जताततै अस्तव्यस्तता मच्चियो—यो सरासर बकवास थियो! यी मानिसहरूले गर्न सक्ने भनेकै अनुचित हडबडीका साथ कार्य गर्ने आँट गर्नु, जथाभावी दुष्कर्महरू गर्दै कुद्नु, बेपरवाह र दुस्साहसी हुनु, र सङ्कोच नै नमानी निश्चित काम गर्नु मात्रै थियो—त्यसबाहेक, तिनीहरूले साँच्चै सत्यता सिद्धान्तहरूअनुसार गर्न सक्ने एउटै पनि काम थिएन। यी मानिसहरूको सबैभन्दा ठूलो विशेषता के हो भने, तिनीहरू आफूले गर्ने कुनै पनि कुरामा कहिल्यै सत्यता खोज्दैनन् र तिनीहरूमा परमेश्वरको डर मान्ने हृदयको कमी हुन्छ। तिनीहरू किन सुपरिवेक्षक बन्न सक्षम हुन्छन्? एउटा कारण के हो भने, तिनीहरू आफूलाई समाजका सबै क्षेत्रका सम्भ्रान्तहरू, प्रतिभाशाली व्यक्तिहरू, र स्तम्भहरू मान्छन्, त्यसैले तिनीहरू परमेश्वरको घरमा आएपछि आफूले मुख्य पदहरू सम्हाल्नुपर्छ, प्रमुख जिम्मेवारीहरू लिनुपर्छ, र महत्त्वपूर्ण भूमिकाहरू खेल्नुपर्छ, आफ्नो प्रतिष्ठा हुनुपर्छ र आफूलाई सम्मान दिइनुपर्छ, र परमेश्वरको घर आफूविना चल्न सक्दैन भन्ने सोच्छन्। त्यसैले, तिनीहरू सुपरिवेक्षकहरू बन्ने र काम सम्हाल्ने प्रयास गर्दै, आफूलाई चर्चाको केन्द्रमा धकेल्छन्। अर्को कारण के हो भने, परमेश्वरको घरले तिनीहरूलाई अवसरहरू पनि दिन्छ। तिनीहरू काम गर्न इच्छुक भएकाले, तिनीहरूलाई प्रयास गर्न दिइन्छ—तिनीहरू सक्षम भए पनि वा नभए पनि, तिनीहरूको परीक्षा लिइनुपर्छ। तर यी मानिसहरूसँग साँचो प्रतिभा वा वास्तविक ज्ञान हुँदैन। तिनीहरू सत्यता बुझ्छन् कि बुझ्दैनन् र तिनीहरू सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा त छोडौँ—तिनीहरूको आफ्नै क्षमता, प्रतिभा, अन्तर्दृष्टि, विभिन्न मामिला बुझ्ने तिनीहरूको सामर्थ्य, कामकुराहरूलाई हेर्ने तिनीहरूको सामर्थ्य, र मामिलाहरू सम्हाल्ने तिनीहरूको सामर्थ्यको हिसाबमा मात्रै हेर्दा पनि, तिनीहरूमध्ये धेरैजसोसँग साँचो प्रतिभा वा वास्तविक ज्ञान हुँदैन। तिनीहरूसँग साँचो प्रतिभा वा वास्तविक ज्ञान हुँदैन, त्यसोभए तिनीहरू किन अझै पनि प्रमुख जिम्मेवारीहरू लिन र काम वहन गर्न यति धेरै उत्सुक र सक्रिय हुन्छन्? किनभने तिनीहरूको महत्त्वाकाङ्क्षा र आडम्बरले काम गरिरहेको हुन्छ, र त्यसमाथि, तिनीहरू निर्लज्ज हुन्छन्—तिनीहरूलाई आफ्नो वास्तविक क्षमता थाहा हुँदैन तर तिनीहरू सधैँ आडम्बर देखाउन चाहन्छन्। फलस्वरूप, तिनीहरू काम राम्ररी गर्न असफल हुन्छन् र आफूलाई मूर्ख मात्रै बनाउँछन्। म किन यसो भन्छु? किनभने यी मानिसहरूले यी भूमिकाहरू सम्हालेपछि, तिनीहरूले गरेको हरेक काम जताततै छरपस्ट र पूर्ण रूपमा भद्रगोल थियो। यसलाई एउटै शब्दमा वर्णन गर्दा, यो “अस्तव्यस्त” थियो। मानिसहरूलाई प्रयोग गर्नेबारे तिनीहरूका कुनै सिद्धान्त थिएनन्, मामिलाहरू सम्हाल्नेबारे कुनै सिद्धान्त थिएनन्, तिनीहरूले अनुचित रूपमा भेटीहरू खर्च गरे, र विभिन्न कामको तात्कालै अनुगमन गरेनन् वा तिनलाई सम्हालेनन्। सबैभन्दा आधारभूत सामान्य मामिलाहरूसम्बन्धी काम समेत तिनीहरूमध्ये धेरैजसोले वहन गर्न सक्नेभन्दा बाहिरको कुरा थियो; तिनीहरूले सबै कुरा पूर्ण रूपमा अस्तव्यस्त छोडे। तिनीहरूमध्ये कोही पनि खेतीपाती गर्ने, कुखुरा पाल्ने, भेडा पाल्ने जस्ता कामहरूका लागि सक्षम थिएनन्। कुन मौसममा के रोप्ने, कहिले जोत्ने, मल हाल्ने, र गोडमेल गर्ने, र कहिले फसल काट्ने —यी सबै कुराबारे तिनीहरू स्पष्ट थिएनन्। तिनीहरूले आफ्ना सबै काम अस्तव्यस्त बनाए। यदि सुरुमा परमेश्वरको घरले यी मानिसहरूलाई प्रयोग नगरेको भए, तिनीहरूलाई परमेश्वरको घरले आफूलाई अवसरहरू दिइरहेको छैन र आफूलाई तुच्छ ठानिरहेको छ भन्ने लाग्नेथ्यो। त्यसैले तिनीहरूलाई अवसरहरू दिइयो—अनि तिनीहरूलाई प्रयोग गर्नुको नतिजा के भयो? तिनीहरूले आफ्नो काम पूर्णतः अस्तव्यस्त अवस्थामा छोडे, र अन्ततः परमेश्वरको घरले अझै पनि तिनीहरूकै भद्रगोल सफा गर्नुपर्यो। तिनीहरूले गरेको हरेक काममा माथिले निर्देशन र जाँच प्रदान गर्नुपर्यो—भित्र र बाहिरको सरसफाइ कायम राख्ने जस्ता साना मामिलाहरूका लागि समेत, माथिले निर्देशन प्रदान गर्नुपर्यो। अन्ततः माथिले कडा सुपरिवेक्षण गरेर, योजना बनाएर, अनि समन्वय गरेर, शून्यबाट अलि-अलि गर्दै सबै कुरा सिकाएर र निर्देशन दिएर मात्रै अहिले काम आधारभूत रूपमा सही मार्गमा आएको मान्न सकिन्छ। अरू कुनै कुरा उल्लेख नगरी—खेतबारीहरूका समस्याहरूबारे मात्रै कुरा गर्दा, त्यहाँ कम्तीमा सरसफाइ व्यवस्थापन गर्न उपयुक्त मानिसहरू हुनुपर्थ्यो। धेरैजसो मानिस जङ्गली जनावर जस्तै थिए, तिनीहरू जताततै फोहोर फाल्ने, वातावरणमा पर्ने प्रभावलाई विचार नगरी बोल्ने, कराउने र चिच्याउने गर्थे—तिनीहरू गैरविश्वासीहरू जस्तै थिए। यी तथाकथित प्रतिभाशाली मानिसहरूमध्ये एउटैले पनि, यी विशिष्ट सामान्य मामिलाहरूको सामना गर्दा, व्यवस्थित रूपमा कामकुराहरू राम्ररी सम्हाल्न सकेनन्। तिनीहरूले सरसफाइ र वातावरण व्यवस्थापन गर्ने जस्ता सानातिना मामिलाहरू समेत राम्ररी सम्हाल्न सकेनन्। यी बाहिरी मामिलाहरूमा सत्यता समावेश हुँदैन, र अलिकति क्षमता र अलिकति विवेक भएको जोकोहीले पनि ती मामिला राम्ररी सम्हाल्न सक्नुपर्छ—यदि कसैले यी बाहिरी मामिलाहरू समेत राम्ररी सम्हाल्न सक्दैन भने, ऊ पूर्ण रूपमा काम नलाग्ने हुन्छ। ती मानिसहरू विवेक र समझ, वा क्षमता र प्रतिभा नभए पनि अधिकारी बन्न र आफ्नै हुकुम चलाउन चाहन्थे। जब तिनीहरूलाई अधिकारी बन्न दिइएन, तब तिनीहरू विद्रोही बने र विवाद गरे, र कसैको अगाडि झुकेनन्। के तिनीहरू दियाबलस होइनन् र? परमेश्वरको घरले यी दियाबलसहरूलाई खुलासा गरेर हटाएपछि, खेतबारी व्यवस्थापन गर्न उपयुक्त मानिसहरू छनौट गरियो। माथिको मार्गदर्शन र योजनाका कारण, खेतबारी अहिले एकदमै राम्रोसँग निर्माण भएको छ, र सबैलाई यो मन पर्छ। स्थानीयहरूले पनि यसको साँच्चै प्रशंसा गर्छन् र यसलाई धेरै अनुमोदन गर्छन्। तिनीहरूमध्ये कतिपयले भने, “मैले यति सफा र सुन्दर रूपमा व्यवस्थापन गरिएको खेतबारी कहिल्यै देखेको छैनँ। हामीले दस वर्षमा पनि यसलाई यो हदसम्म रूपान्तरण गर्न सक्नेथिएनौँ। तिमीहरूले यसलाई यति राम्ररी अनि यति छिटो कसरी व्यवस्थापन गर्न सक्यौ? यसलाई यसमा रूपान्तरण गर्न तिमीहरूलाई कति वर्ष लाग्यो?” वास्तवमा, यति ठूलो परिवर्तनका लागि एक वर्ष मात्रै लाग्यो, जसले एउटा बाँझो जमिनलाई दाजुभाइ-दिदीबहिनीहरूलाई लाग्ने पार्क, एउटा बगैँचामा परिणत गर्यो। कतिपयले त यो ठाउँ परीहरूको देश जस्तो, एउटा चित्र जस्तो देखिन्छ समेत भने। उचित योजना र निर्माणले साँच्चै फरक पार्छ। यो ठाउँ सुरुमा धुलो र हिलोले ढाकिएको थियो, र जताततै फोहोर र भद्रगोल थियो। पछि, सरसफाइ र नियमनमार्फत, यसमा बिस्तारै सुधार आयो। समय बित्दै जाँदा, सबै जनालाई यस प्रकारको जीवनयापनको वातावरणको बानी परेको छ, यहाँसम्म कि यदि यो अलिकति फोहोर वा भद्रगोल भयो भने, कतिपय मानिसलाई त बानी नै पर्दैन। हेर् त, यस्तो प्रकारको व्यवस्थापनमार्फत, धेरैजसो मानिसले लाभ प्राप्त गर्छन् र जीवनयापनका असल बानीहरू विकास गर्छन्। माथिको व्यक्तिगत निर्देशनमा मात्रै यस प्रकारको निर्माण हासिल गर्न सकिन्थ्यो। यसको विपरीत, वास्तवमा यी तथाकथित प्रतिभाशाली मानिसहरूमध्ये कसैले पनि कुनै वास्तविक काम गर्न सक्दैन। तिनीहरू आधारभूत सरसफाइको काम समेत राम्ररी व्यवस्थापन गर्न सक्दैनन्। तिनीहरूलाई कोठा कसरी उचित देखिने गरी सजाउने भन्ने थाहा हुँदैन, र तिनीहरू कुन कर्तव्य निर्वाह गर्न कस्तो प्रकारको व्यक्ति उपयुक्त हुन्छ भन्ने कुरा छर्लङ्गै देख्न सक्दैनन्। यी मानिसहरूले कस्तो प्रकारको काम वहन गर्न सक्छन्? तिनीहरू कुनै पनि काम गर्नै सक्दैनन्। तिनीहरू आफ्नै जीवनयापनको वातावरण समेत व्यवस्थापन गर्न सक्दैनन्—तिनीहरूलाई कसरी प्रतिभाशाली मानिस मान्न सकिन्छ? यी मानिसहरूसँग त्यति बुद्धिमत्ता समेत हुँदैन, तिनीहरू स्पष्ट रूपमा बोल्न सक्दैनन्, तिनीहरू कामकुराहरूलाई सटीक रूपमा हेर्दैनन्, र तिनीहरूसँग कुनै स्वतन्त्र निर्णय क्षमता हुँदैन। यसले तिनीहरू साँचो प्रतिभा र वास्तविक ज्ञान भएका मानिसहरू नभई उद्धरण चिह्नभित्रका “प्रतिभाशाली मानिस” हुन् भन्ने देखाउँछ। प्रतिभाशाली मानिसहरूको मानवतामा पहिले केही गुण हुनुपर्छ, जस्तै कामकुराहरूको कदर गर्ने सामर्थ्य, कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य, र अन्तर्बोध। यदि तिनीहरूमा यी गुणहरू हुँदैनन् भने, तिनीहरू विशिष्ट मामिलाहरू सम्हाल्दा आफूलाई लज्जित मात्रै पार्छन्, र तिनीहरू एउटा बगैँचा वा एक-दुई टुक्रा जमिन समेत व्यवस्थापन गर्न र योजना बनाउन सक्दैनन्—न त यसको प्रभावकारी उपयोग नै गर्न सक्छन्—त्यसोभए त्यस्ता मानिसहरूमा कुनै प्रतिभाशाली कुरा हुँदैन। तँलाई सम्पूर्ण पृथ्वी व्यवस्थापन गर्न माग गरिएको छैन, तँलाई राम्ररी व्यवस्थापन गर्न, अर्थात् चिटिक्क पार्नका लागि एक-दुई टुक्रा जमिन मात्रै दिइएको छ, ताकि त्यो सुन्दर र सफा बनोस्, र एउटा सुन्दर वातावरणमा परिणत होस्—मानिसहरूलाई त्यहाँ बस्न कति रमाइलो हुन्थ्यो होला, चराहरू समेत त्यहाँ आएपछि छोडेर जान मान्नेथिएनन्। यी तथाकथित प्रतिभाशाली मानिसहरू केही पनि होइनन्। तिनीहरू कुनै पनि ठोस काम गर्न सक्दैनन्। तिनीहरूमा प्रतिभाशाली भन्ने कुनै कुरा नै हुँदैन—तिनीहरूको मानवतामा कुराहरूको कमी हुन्छ। तिनीहरू कुनै पनि कुरा राम्ररी गर्न सक्दैनन्, तैपनि अझै पनि आडम्बर देखाउन र अगुवा र कामदार बन्न चाहन्छन्, र अझै पनि मुख्य पदहरू सम्हाल्न र सुपरिवेक्षक बन्न चाहन्छन्। यो कस्तो प्रकारको स्वभाव हो? यो अहङ्कारी स्वभाव हो।
व्यापार गर्दा मानिसहरूलाई छल गर्न र ठग्न मन पराउने विषयमा फर्कौँ। मानिसहरूलाई छल गर्ने र ठग्ने कुरा कस्तो प्रकारको समस्या हो? यस समस्याको एउटा पक्ष के हो भने, त्यस्ता मानिसहरूको मानवता खराब हुन्छ; तिनीहरूमा विवेक वा समझ हुँदैन। त्यसोभए, तिनीहरूको व्यवहारबाट हेर्दा, तिनीहरू कुन-कुन भ्रष्ट स्वभावहरू प्रकट गर्छन्? सर्वप्रथम, त्यस्ता मानिसहरूको स्वभाव छली र दुष्ट हुन्छ; दोस्रो कुरा, तिनीहरू सत्यताप्रति वितृष्ण र हठी हुन्छन्। तिनीहरूले अरूलाई ठग्दा देखाउने निर्दयता क्रूरता हो—तिनीहरूको निसाना धनी होस् वा गरिब, निसानासँग पैसा होस् वा नहोस्, तिनीहरू अलिकति पनि दया नदेखाई सबैलाई उसै गरी ठग्छन्। त्यस्ता मानिसहरूका भ्रष्ट स्वभावहरू हरेक पक्षमा निकै गम्भीर हुन्छन्। मलाई भन्, के त्यस्ता मानिसहरूलाई मुक्ति प्राप्त गर्न सजिलो हुन्छ? (हुँदैन।) तिनीहरूका भ्रष्ट स्वभावहरूबाट हेर्दा, तिनीहरूलाई मुक्ति प्राप्त गर्न सजिलो हुँदैन। त्यसोभए, तिनीहरूको मानवताको हिसाबमा, कुन पक्षले तिनीहरूलाई मुक्ति प्राप्त गर्न गाह्रो बनाउँछ? के यसको कुनै मूल कारण छ? (तिनीहरूमा विवेक हुँदैन।) ठीक भन्यौ, विवेक नभएका मानिसहरूलाई मुक्ति प्राप्त गर्न सजिलो हुँदैन। तिनीहरूको विवेकको सामर्थ्य हराइसकेको हुन्छ, यो अब अस्तित्वमा हुँदैन। विवेकको कार्यविना, व्यक्तिसँग सत्यता स्वीकार गर्ने र सत्यता अभ्यास गर्ने आधारभूत सर्त हुँदैन। त्यसैले, तिनीहरूलाई मुक्ति प्राप्त गर्न निकै गाह्रो हुन्छ; तिनीहरू मुक्ति प्राप्त गर्न सक्दैनन् भनेर पनि भन्न सकिन्छ। यस प्रकारको व्यक्ति श्रम गर्न इच्छुक हुने र केही हदसम्म त्यसो गर्न सक्ने सम्भावना पनि हुन्छ, र अन्ततः उसको श्रम मानकअनुरूप हुने र यसले परमेश्वरका मागहरू पूरा गर्ने भएकाले, ऊ बफादार श्रमिक बन्नेछ र जीवित रहनेछ। यो पनि परमेश्वरको अनुग्रह हो। बफादार श्रमिकहरू जीवित रहन सके पनि, त्यसको अर्थ तिनीहरूले मुक्ति प्राप्त गरेका छन् भन्ने हुँदैन। जीवित रहनु र मुक्ति प्राप्त गर्नु दुई फरक अवधारणा हुन्। यी दुईबीच अन्तर र भिन्नता छ। व्यक्तिका कार्यहरूका सिद्धान्त, सीमा, दिशा, र लक्ष्यहरू, धेरै हदसम्म, उसको मानवता असल छ कि खराब छ भन्ने कुरासँग सम्बन्धित हुन्छन्। यदि कुनै व्यक्ति सकारात्मक कुराहरूलाई प्रेम गर्छ वा उसमा केही इन्साफको बोध छ भने, यसले उसको विवेकमा सचेतना छ भन्ने देखाउँछ—यसले यस व्यक्तिमा अलिकति विवेक छ भन्ने देखाउँछ। कतिपय मानिसको आत्मआचरणमा इन्साफको बोध हुँदैन, न त तिनीहरू कुनै सकारात्मक छनौट नै गर्छन्। तिनीहरू दुष्ट कुराहरू गर्न मात्रै मन पराउँछन् र सकारात्मक कुराहरूदेखि विकर्षित हुन्छन्। विशेष गरी, जब कसैले कार्य गर्ने सकारात्मक तरिकाहरूका बारेमा, व्यक्तिको आत्म-आचरणमा कसरी मानवता, विवेक, र नैतिक सीमाहरू हुनुपर्छ र उसले नियमहरू पालन गर्नुपर्छ भन्ने बारेमा अलिकति कुरा गर्छ, तब तिनीहरू यसलाई उपदेश दिएको रूपमा लिन्छन्। यसलाई “उपदेश दिएको” भन्नु त मीठो बोलीमा भन्नु हो; वास्तवमा, तिनीहरू तँलाई तुच्छ ठान्छन् र गिल्ला गर्छन्। तिनीहरू यसरी आफूलाई आचरणमा ढाल्नु एउटा असफलता हो भन्ने विश्वास गर्छन्: “तेरो जीवन कति दयनीय छ, हेर् त। तँलाई सबै प्रकारका धोकाधडी र छलमा कसरी संलग्न हुने भन्ने थाहा छैन, न त तँलाई चलाखीद्वारा कसरी फाइदा लिने भन्ने नै थाहा छ। तँ आफ्नो आचरणमा सधैँ यति धेरै नियम-पालन गर्छस्, यति डरछेरुवा हुन्छस्। यो जमानामा, निडर मान्छेले धेरै घिच्छ जबकि डरछेरुवा भोकै मर्छ। यदि तँ डरछेरुवा छस् भने, तँ बाँच्नेछैनस्!” तिनीहरू विवेक र सिद्धान्तहरूका साथ आफूलाई आचरणमा ढालेर डरछेरुवा मात्रै भइन्छ, र सबै प्रकारका धोकाधडी र छलमा संलग्न हुने आँट गरेर निडर भइन्छ भन्ने विश्वास गर्छन्। तर के यो साँच्चै तिनीहरू निडर भएकाले हो त? ठूलो रातो अजिङ्गरको देशमा परमेश्वरमा विश्वास गर्ने कतिपय मानिस सतावट भोग्न र पक्राउ पर्न डराउँदैनन् र अझै पनि परमेश्वरमा विश्वास गरिरहन्छन्। के निडर वा डरछेरुवा हुनुसँग यसको कुनै सम्बन्ध छ? (छैन।) यो तिनीहरूको पछ्याइसँग सम्बन्धित छ—तिनीहरूलाई आफ्नो मानवतामा परमेश्वरमाथिको विश्वासको आवश्यकता र तृष्णा हुन्छ। यो निडर वा डरछेरुवा हुने कुरा होइन। कतिपय मानिस व्यापार गर्दा सबै प्रकारका धोकाधडी र छलमा संलग्न हुन्छन्। धेरै पटक, तिनीहरूले लखेटिने र पक्राउ पर्ने, आफ्नो सम्पत्ति जफत गरिने, वा टाट पल्टिने र बन्द हुने जोखिमको सामना गर्छन्, तर तिनीहरू मानिसहरूलाई उसै गरी ठगिरहन्छन्। तिनीहरू आफ्नो ठगीले गर्दा कसैको ज्यान जानेवाला छ भने पनि वास्ता गर्दैनन्। कतिपय मानिस व्यापार गर्दा नक्कली कम्पनी खडा गरेर अरूलाई ठग्छन्—वास्तवमा, यो कम्पनी अस्तित्वमै हुँदैन र यसको कुनै वास्तविक व्यापार हुँदैन, न त यसले कुनै उत्पादन नै गर्छ। तिनीहरू मानिसहरूलाई छल गरेर जताततै अर्डरहरू गर्न लगाउनका लागि आफ्नो मीठो बोलीमा मात्रै भर पर्छन्। अरू मानिसहरूले तिनीहरूलाई निक्षेप राख्नेबित्तिकै, तिनीहरू कुनै नाम-निसान नछोडी तुरुन्तै भाग्छन्। तिनीहरू एकपछि अर्को कारोबार गर्दै मानिसहरूलाई यसरी नै ठग्छन्, र पैसा ठगेपछि, तिनीहरूको सम्पूर्ण परिवार विलासितामा जिउँछ, र सबैभन्दा राम्रो खानेकुरा र पेय पदार्थको भोज खान्छ। कतिपय मानिस कुन हदसम्म ठगीमा संलग्न हुन्छन्? तिनीहरू उच्च-स्तरीय संस्था र एजेन्सीहरूलाई समेत ठग्छन्। कहिलेकाहीँ, तिनीहरू अत्यन्तै खतरनाक अवस्थामा हुन्छन्, र कसैले तिनीहरूका चालहरू छर्लङ्गै देखेर तिनीहरूलाई खुलासा गर्न सक्ने सम्भावना हुन्छ। तिनीहरूलाई आफ्ना कार्यहरूले आफूलाई जोखिममा पार्नेछन् भन्ने कुरा वास्तवमा हृदयमै थाहा हुन्छ, तर तिनीहरू वास्ता गर्दैनन्। यदि संयोगले तिनीहरू उम्किए भने, तिनीहरूले अर्को अवसरमा मानिसहरूलाई ठग्न जारी राख्नेछन्। यदि तिनीहरू आफ्ना ठगीहरूमार्फत पैसा कमाउँछन् भने, आफूले जितेको, आफूले “ख्याति र सफलता हासिल गरेको” भन्ने सोच्छन्। जब तिनीहरू सबै प्रकारका ठगी र छलमा संलग्न हुन्छन्, तब तिनीहरूलाई खतराको वा पक्राउ परिने डर हुँदैन, तर यदि तैँले तिनीहरूलाई परमेश्वरमा विश्वास गर्न भनिस् भने, तिनीहरू आँट गर्दैनन्। तिनीहरू भन्छन्, “मैले परमेश्वरमा विश्वास गरेँ भने सरकारले मलाई दोषी ठहराउनेछ र पक्राउ गर्नेछ। म विश्वास गर्ने आँट गर्दिनँ!” यदि तँ भेलाहरूमा गइस् भने, तिनीहरू यसो समेत भन्छन्, “तँ साँच्चै निडर छस्। राज्यले अहिले विश्वासीहरूलाई उन्मत्त रूपमा पक्राउ गरिरहेको र सताइरहेको छ; तँ कसरी अझै पनि भेलाहरूमा जाने आँट गर्न सक्छस्?” तँ भन्छस्, “परमेश्वरमा विश्वास गर्ने र सही मार्गमा हिँड्ने हामीहरू पक्राउ पर्न डराउँदैनौँ। तिमीहरूले नक्कली कम्पनीहरू चलाउनु र ठगी गर्नु अत्यन्तै खतरनाक कुरा हो—तँ किन डराउँदैनस्?” तिनीहरू भन्छन्, “हामी पैसा कमाउन व्यापार गर्छौँ। हामी खतरासँग डराउँदैनौँ। केही भइहाले पनि, बढीमा हामीलाई जरिवाना मात्रै तिराइनेछ, र कुरा त्यतिमै सकिनेछ। यदि परमेश्वरमा विश्वास गर्ने तिमीहरू पक्राउ पर्यौ भने, तिमीहरूलाई कुटेर नमारिए पनि, तिमीहरूको छालाको एक पत्र काढिनेछ, र तिमीहरूले कति वर्ष जेलमा बिताउनुपर्ने हो, कसलाई के थाहा। तिमीहरू त साह्रै निडर छौ!” परमेश्वरमा विश्वास गर्नेहरू पक्राउ परिरहेका छन् भन्ने देख्दा तिनीहरू विश्वास गर्ने आँट गर्दैनन्, तर तिनीहरू व्यापार गर्दा ठगी गरेकोमा पक्राउ पर्न डराउँदैनन्। तिनीहरू कस्ता तुच्छ चीज हुन्? के यसले मानिसहरूको मानवतामा भएको भिन्नता देखाउँदैन? मानिसहरूबीच ठ्याक्कै यही भिन्नता हुन्छ। मानिसहरूका भ्रष्ट स्वभावहरू उस्तै हुन्छन्—तिनीहरू सबैमा तिनै भ्रष्ट स्वभावहरू हुन्छन्—तर तिनीहरूको मानवतामा भएका भिन्नताहरूबाट हेर्दा, कतिपय मानिसले कहिल्यै परमेश्वरमा विश्वास गर्न सक्नेछैनन्; तिनीहरू कहिल्यै परमेश्वरको घरका सदस्य हुन सक्दैनन्। त्यस्ता मानिसहरूले परमेश्वरमा विश्वास गरे पनि, तिनीहरू कहिल्यै मुक्ति प्राप्त गर्न सक्दैनन्। यो कुन पक्षबाट देख्न सकिन्छ? यो तिनीहरूको मानवताबाट देख्न सकिन्छ। कतिपय मानिसले आफ्नी पत्नीले परमेश्वरमा विश्वास गरेको कुरालाई समर्थन गर्छन्, तर आफ्नी पत्नीले आफूलाई विश्वास गर्न आग्रह गर्दा तिनीहरू यो अत्यन्तै खतरनाक रहेको र आफूले आँट नगर्ने भनेर भन्छन्। तैपनि, व्यापार गर्दा, तिनीहरू सबै प्रकारका धोकाधडी र छलमा संलग्न हुन्छन्, र आफूले जतिसुकै खतरा सामना गरे पनि वास्ता गर्दैनन्। तिनीहरू कुनै पनि कानुन तोड्न सक्षम हुन्छन् र कुनै पनि रणनीति प्रयोग गर्ने आँट गर्छन्। सरकारले जतिसुकै नजिकबाट अनुगमन गरे पनि वा कानुनअन्तर्गत जस्तोसुकै सजाय र फैसलाहरू सुनाइए पनि, तिनीहरू वास्ता गर्दैनन्। आफूलाई आचरणमा ढाल्ने कुरामा तिनीहरूका कुनै सीमाहरू हुँदैनन्, तिनीहरू कार्य गर्दा परिणामहरूको वास्ता गर्दैनन्, र नाफा कमाउन सकिन्छ भने सबै कुरा ठीक छ भन्ने सोच्छन्। यदि यस्तो व्यक्तिले परमेश्वरमा विश्वास गर्छ भने, उसले सत्यता प्राप्त गर्न सक्दैन, र उसले मुक्ति प्राप्त गर्न सक्दैन—यसको कारण के हो भने, ऊ सत्यतालाई होइन, पैसालाई मात्रै प्रेम गर्छ। उसले व्यापार गरुञ्जेल अरूलाई छल गर्नेछ र ठग्नेछ, र धाँधली गर्नेछ—उसको कालो हृदयले आफूलाई प्रकट गर्छ। यस प्रकारको चरित्र भएको व्यक्ति पूर्ण रूपमा खत्तम हुन्छ; परमेश्वर यस प्रकारको व्यक्तिलाई मुक्ति दिनुहुन्न। कतिपय मानिस यसो भन्छन्, “यदि यस्तो व्यक्तिले धेरै पैसा कमाएर परमेश्वरको घरमा चढायो भने के गर्ने?” परमेश्वरको घरले त्यस्तो पैसा स्वीकार गर्दैन; परमेश्वरको घरले वैध माध्यमबाट नकमाइएको पैसा स्वीकार गर्दैन। त्यस्तो व्यक्ति व्यापार गर्नेबित्तिकै सबै प्रकारका धोकाधडी र छलमा संलग्न हुनेछ—उसको मानवता अत्यन्तै खराब हुन्छ। यो कति खराब हुन्छ? यदि तैँले उसलाई आफ्नो विवेक खोज्न भनिस् भने, ऊ भन्छ, “मलाई केही महसुस हुँदैन। मलाई मेरो विवेक कहाँ छ भन्ने थाहा छैन। विवेक भनेको के हो, वा यो प्रति पाउन्ड कति पर्छ भन्ने पनि मलाई थाहा छैन।” त्यस क्षण, तँ बुझ्छस्: “एउटै व्यापार गर्ने अरू मानिसहरूभन्दा उसले छिटो पैसा कमाउनु कुनै अचम्मको कुरा होइन। ग्राहकहरू सबै ऊबाटै किन्न जानु कुनै अचम्मको कुरा होइन। यो व्यक्ति धूर्त रणनीतिहरू प्रयोग गर्छ—ऊ व्यापार गर्दा शङ्कास्पद क्रियाकलापमा संलग्न हुन्छ, र उसको धोखाधडीपूर्ण व्यवहार साँच्चै गम्भीर छ!” तर उसले यसलाई लाजमर्दो कुराका रूपमा नदेख्ने मात्रै होइन, ऊ यसो भन्दै धाक समेत लगाउँछ र फुर्ती समेत गर्छ, “तिमीहरूलाई हेर त, सबै गम्भीर र उचित रूपमा व्यापार गरिरहेका छौ। तिमीहरू कसैलाई एक पटक ठग्छौ र तिमीहरू यति डराउँछौ कि तिमीहरूको मुटु ढुकढुक गर्छ। मलाई हेर त—म डराउँदिनँ! उद्योग तथा वाणिज्य विभाग र प्रहरीले कुनै प्रमाण फेला नपारुञ्जेलसम्म सबै ठीक हुन्छ। मलाई मुद्दा हाल्न चाहन्छौ? तिमीहरूसँग कुनै प्रमाण छैन! म मानिसहरूलाई कति चलाखीपूर्ण रूपमा ठग्छु, हेर त! के तँ यसो गर्न सक्छस्? तँ सक्दैनस्! तँ कसैलाई ठग्नेबित्तिकै आफ्नो पोल खोल्छस्। तँसँग मसँग भए जस्ता रणनीतिहरू छैनन्। तेरो क्षमता कमजोर छ!” यो कस्तो प्रकारको व्यक्ति हो? ऊ दुष्ट व्यक्ति हो। के उसले छुटकारा पाउने कुनै आशा छ? उसलाई छुटकारा दिन सकिँदैन। त्यस्ता मानिसहरूमा भ्रष्ट स्वभावहरू भएकाले तिनीहरूले मुक्ति प्राप्त गर्न नसक्ने होइन, बरु तिनीहरूको मानवता अत्यन्तै खराब भएकाले हो। कुन हिसाबमा खराब? तिनीहरूमा मानवता र विवेक नहुने हिसाबमा खराब; तिनीहरूले आफ्नो विवेक गुमाइसकेका हुन्छन्। आफ्नो विवेक गुमाउनुको अर्थ के हो? यसको अर्थ विवेकका सीमाहरूविना कामकुरा गर्नु हो। यी सीमाहरू विवेकमाथि निर्माण गरिएका हुन्छन्—विवेकले नै सीमाहरू खडा गर्छ। व्यापार गर्दा सबै प्रकारका धोकाधडी र छलमा संलग्न भएर तैँले जोसुकैलाई छल गरे पनि, चाहे त्यो खराब व्यक्ति होस् वा असल, जे होस्, यो कार्य आफैमा नैतिकता, विवेक, र मानवताको विरुद्धमा जान्छ। एक पटक यस्तो कुरा गरेपछि, तैँले आफ्नो विवेकमा सधैँभरि आत्म-दोषारोपण महसुस गर्नेछस्। यो जीवनभरिको दाग बन्नेछ। यदि तँ साँच्चै मानव होस् भने, तैँले कहिल्यै यस्तो कुरा गर्नु हुँदैन। तेरा ठगीहरूको निसाना जोसुकै भए पनि, र तैँले जतिसुकै पैसा ठगे पनि—तैँले दुष्ट मानिस र खराब मानिसहरूलाई नै ठगे पनि—यो अझै पनि ठगी नै हो। त्यसकारण, परिस्थितिहरू जस्तोसुकै भए पनि वा तैँले जोसुकैसँग व्यवहार गरिरहेको भए पनि, तैँले मानिसहरूलाई कहिल्यै ठग्नु हुँदैन। यो आफ्नो आत्म-आचरणमा विवेकका सीमाहरू हुनु हो, र यो विवेकको कार्यबाट आउने नियन्त्रणकारी शक्ति हो। यदि तँमा विवेकको कार्य छ भने, तैँले गर्ने कामकुरामा तेरा सीमाहरू हुनेछन्। यदि तँमा विवेकको कार्य छैन भने, तैँले ती सीमाहरू पार गर्नेछस् र तँ जे पनि गर्न सक्षम हुनेछस्। यस्ता व्यक्तिहरूमा अलिकति पनि विवेक र समझ हुँदैन र तिनीहरू पशुभन्दा पनि खराब हुन्छन् भनेर भन्न सकिन्छ। यदि कतिपय मानिसलाई यो भनाइ अत्यन्तै चरम लाग्छ भने, यसलाई अर्को तरिकाले भनौँ: अलिकति पनि समझ नभएको व्यक्ति पशु जस्तै हो। के मानवता नभएका मानिसहरू पशु होइनन् र? यदि कोही मानव हो तैपनि उसमा मानवता छैन भने, उसको सार के हो? के यो पशुको सार होइन र? तिनीहरू र पशुबीचको भिन्नता के हो भने, तिनीहरू सिधा हिँड्न सक्छन्, र तिनीहरूसँग भाषा हुन्छ, जबकि पशुहरूसँग मानव भाषाको सामर्थ्य हुँदैन। नाफा कमाउनका लागि, तँ सबै प्रकारका धोकाधडी र छलमा संलग्न हुन सबै प्रकारका माध्यम र विधिहरू प्रयोग गर्न सक्षम हुन्छस्, जबकि पशुहरूसँग त्यस्ता कुनै माध्यमहरू हुँदैनन्। त्यसैले, यस प्रकारका मानिसहरू पशु बराबर हुन् भनेर भन्नु वास्तवमा तिनीहरूप्रति नरम हुनु हो—वास्तवमा, त्यस्ता मानिसहरू साँच्चै पशुहरूभन्दा पनि खत्तम हुन्छन्। के पशुहरूभन्दा पनि खत्तमहरूले मुक्ति प्राप्त गर्न सक्छन्? तिनीहरू सत्यता अलिकति पनि स्वीकार गर्दैनन्—तिनीहरू पैसालाई मात्रै प्रेम गर्छन्। यो तिनीहरूको प्रकृतिको समस्या हो, र कसैले पनि यसलाई परिवर्तन गर्न सक्दैन। त्यस्ता मानिसहरूले सत्यता स्वीकार गर्छन् भन्ने अपेक्षा गर्नु भनेको भालेले अण्डा पार्छ भन्ने अपेक्षा गर्नु जस्तै हो—यो कहिल्यै हुनेछैन। त्यसकारण, भ्रष्ट मानवजातिमध्ये, नाफाका लागि हत्या गर्ने वा आपराधिक कार्यहरूमा संलग्न हुने र कानुन तोड्नेहरूबाहेक, सबै प्रकारका धोकाधडी र छलमा संलग्न हुने यी मानिसहरूको मानवता सबैभन्दा खराब हुन्छ भनेर मान्न सकिन्छ—तिनीहरू मानवजातिका निकृष्ट हुन्, मानवजातिका पतित हुन्। ठूलो आर्थिक समृद्धिको यस वर्तमान युगमा, व्यापार गर्दा सबै प्रकारका धोकाधडी र छलमा संलग्न हुने यस्ता मानिसहरूको सङ्ख्या अत्यन्तै ठूलो छ। तर यी मानिसहरू जतिसुकै धेरै भए पनि, जे होस्, यस्ता प्रकटीकरणहरू मानवताको समस्या चित्रण गर्न पर्याप्त छन्। व्यक्तिको विवेक कस्तो छ, साथै ऊसँग विवेकका सीमाहरू छन् कि छैनन् भन्ने कुरा—यो उसको मानवता मापन गर्ने एउटा सूचक हो। मानवता समेत नभएको व्यक्तिले कसरी मुक्ति प्राप्त गर्न सक्छ र? कम्तीमा पनि, व्यक्तिको मानवतामा सत्यता स्वीकार गर्ने सर्तहरू हुनैपर्छ। सबै प्रकारका धोकाधडी र छलमा संलग्न हुनेहरूको मानवताभित्र आधारभूत रूपमै सत्यता स्वीकार गर्ने सर्तहरू हुँदैनन्। त्यसैले, यदि तैँले तिनीहरूलाई आफ्ना भ्रष्ट स्वभावहरू फाल्नका लागि सत्यता स्वीकार गर्न भनिस् भने, तिनीहरूका लागि यो हासिल गर्न असम्भव हुनेछ। विवेक र समझ भएकाहरूले मात्रै सत्यता स्वीकार गर्न र आफ्ना भ्रष्ट स्वभावहरू फाल्न र यसरी मुक्ति प्राप्त गर्न सक्छन्, किनभने तिनीहरूको विवेकमा निश्चित स्तरको सचेतना हुन्छ, र तिनीहरूले आफूलाई आचरणमा ढाल्दा र कार्य गर्दा, तिनीहरूको विवेकले निश्चित कार्य गर्न सक्छ। जब तँ त्यस्ता मानिसहरूसँग सत्यताबारे सङ्गति गर्छस्, र सत्यतामा कसरी प्रवेश गर्ने, भ्रष्ट स्वभावहरू कसरी फाल्ने, कुन कुराहरू परमेश्वरका अभिप्रायहरूसँग मिल्छन् र कुन मिल्दैनन्, र मानिसहरूले कसरी कार्य गर्नुपर्छ भन्ने बारेमा कुरा गर्छस्, तब तिनीहरू स्वीकार गर्न र समर्पित हुन सक्छन्। त्यस्ता मानिसहरूसँग सत्यताबारे सङ्गति गर्नु उचित हुन्छ—तिनीहरू सही ग्रहणकर्ताहरू हुन्। यदि तँ व्यापार गर्ने मुख्य माध्यम नै अरूलाई छल र ठगी गर्ने भएकाहरूसँग सत्यताबारे सङ्गति गर्छस् भने, तैँले बरु भित्तासँग कुरा गरे हुन्छ। त्यसैले व्यापार गरिरहेका त्यस्ता मानिसहरूको कुरा आउँदा, तिनीहरू व्यापार गर्दा र मानिसहरूसँगको आफ्नो कारोबार र लेनदेनमा वैध माध्यमहरू प्रयोग गर्छन् कि गर्दैनन्, तिनीहरूसँग विवेकका नियन्त्रण र सीमाहरू छन् कि छैनन्, र मानिसहरूसँगको तिनीहरूको कारोबार र लेनदेनमा तिनीहरूको विवेकले काम गर्न सक्छ कि सक्दैन भनेर मात्रै नियालेर हेर्। यदि व्यक्तिको विवेकले काम गर्न सक्छ र ऊमाथि नियन्त्रणात्मक शक्ति प्रयोग गर्न सक्छ भने, ऊ स्वीकार्य हुन्छ र सङ्गत गर्न लायक हुन्छ। त्यस्ता मानिसहरूलाई सुसमाचार प्रचार गर्न र सत्यताबारे सङ्गति गर्न सकिन्छ। यदि तिनीहरू सत्यता स्वीकार गर्न सक्षम छन् भने, तिनीहरूले मुक्ति प्राप्त गर्ने आशा हुन्छ। व्यापार गर्न मन पराउने विषयमा हाम्रो छलफल यहीँ नै टुङ्गिन्छ।