राज्यको सुसमाचार च्याट रुम, भाग १७: भारतीय इसाई पाष्टर प्रोबिन बोरोसँगको विस्तृत अन्तर्वार्ता
प्रोबिन बोरोको जन्म भारतको आसाममा भएको थियो। सन् १९९६ मा, उनी धर्मशास्त्र अध्ययन गर्न सेमिनरीमा प्रवेश गरे, तर उनले धर्मशास्त्रीय सिद्धान्तहरूले आफ्नो आस्थासम्बन्धी अन्योल समाधान गर्न नसक्ने कुरा थाहा पाए। परमेश्वरको सेवा गरेको २० वर्षभन्दा लामो समयमा, उनले आफ्नो मण्डली बिस्तारै उजाड हुँदै गइरहेको देखे—पाष्टर र एल्डरहरू एक-अर्काविरुद्ध षड्यन्त्र गर्दै थिए, अनि विश्वासीहरू सांसारिक प्रचलनको पछि लागिरहेका थिए, तर यस विषयमा केही गर्न उनी पूर्ण रूपमा लाचार थिए। उनले गम्भीरतापूर्वक खोजी गरिरहे: धर्मशास्त्र बुझेर पनि उनी किन मण्डलीलाई सम्हाल्न असमर्थ भए? यतिका वर्षसम्म प्रभुमा विश्वास गरेर पनि मानिसहरू किन अझै पापको बन्धनबाट मुक्त हुन सकेनन्? अन्धकारमा हराएर उत्कट रूपमा जवाफको खोजी गरिरहेकै बेला, उनले २०१९ मा फेसबुकमार्फत एउटा भेलामा सहभागी हुने निमन्त्रणा स्वीकार गरे। यो उनको आस्थाको यात्रामा एउटा महत्त्वपूर्ण मोड हुन पुग्यो।
02:29 धर्मशास्त्रीय ज्ञानले मेरो हृदयको अन्योल समाधान गर्न सकेन
13:15 के धर्मशास्त्रीय ज्ञानले मण्डलीको उजाडपनलाई ठिक गर्न सक्छ त?
30:18 मैले अन्ततः प्रभुको पुनरागमनलाई स्वागत गरेँ!
53:41 प्रभुको पुनरागमनलाई स्वागत गरेपछि मेरो पुरानो मण्डलीद्वारा अस्वीकृत
01:05:04 धर्मशास्त्रबारेको मेरो चिन्तन र बुझाइ
01:19:57 सर्वशक्तिमान् परमेश्वरमा विश्वास गरेर, मैले पापबाट पखालिने मार्ग फेला पारेँ