परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २२५

राज्यको निर्माण औपचारिक रूपमा सुरु भइसकेको भए पनि, त्यो राज्यको औपचारिक सलामी गुञ्जन अझै बाँकी छ; अब यो पछि हुनआउने कुराको एउटा अगमवाणी मात्र हो। जब मानिसहरू सबैलाई पूर्ण बनाइ सकिन्छ र पृथ्वीका सबै राष्ट्रहरू ख्रीष्टको राज्य बन्छन्, तब यो सात मेघ गर्जन गर्जने समय हुनेछ। वर्तमान समयचाहिँ त्यस चरणतर्फको लम्काइ हो; त्यस दिनतर्फ आक्रमण जारी गरिएको छ। यो, परमेश्‍वरको योजना हो र निकट भविष्यमा यो साकार हुनेछ। यद्यपि, परमेश्‍वरले बोल्‍नुभएका हरेक कुरा उहाँले पहिले नै पूरा गरिसक्‍नुभएको छ। त्यसैले, पृथ्वीका सबै राष्ट्र उच्‍च छालहरू नजिक आउँदा हल्‍लिने बालुवामा बनाइएका महलहरू मात्र हुन्: अन्तिम दिन नजिकै छ र ठूलो रातो अजिङ्गर परमेश्‍वरको वचनमुनि गिर्नेछ। उहाँको योजनालाई सफलतापूर्वक अघि बढाइएको छ भन्‍ने कुरालाई सुनिश्‍चित गर्न स्वर्गका दूतहरू पृथ्वीमा ओर्लेका छन्, अनि परमेश्‍वरलाई सन्तुष्ट पार्नको निम्ति सक्दो गर्दैछन्। देहधारी हुनुभएका परमेश्‍वर स्वयम् शत्रुविरुद्ध युद्ध सुरु गर्न युद्धको मैदानमा तैनाथ हुनुभएको छ। जहाँ-जहाँ देहधारण देखापर्नुहुन्छ, त्यहाँबाट शत्रुलाई नष्ट गरिन्छ। विनाश हुनेमा चीन पहिलो हुनेछ; परमेश्‍वरको हातद्वारा यसलाई निर्जन पारिनेछ। परमेश्‍वरले कुनै दया देखाउनुहुनेछैन। ठूलो रातो अजिङ्गरको बिस्तारै हुने पतनको प्रमाण मानिसहरूमा निरन्तर हुने परिपक्‍वतामा देख्‍न सकिन्छ; यो सबैको लागि स्पष्ट र देख्‍न सकिने हुन्छ। मानिसहरूको परिपक्‍वता शत्रुको निधनको चिन्ह हो। “प्रतिस्पर्धा गर्छु” को अर्थबारे छोटो व्याख्या यही हो। यसरी, धेरैवटा अवसरमा, परमेश्‍वरले मानिसहरूलाई उनीहरूको हृदयमा धारणाहरूले बनाएको स्थितिलाई अर्थात् ठूलो रातो अजिङ्गरको कुरूपतालाई हटाउन उहाँका सुन्दर गवाही दिनुपर्छ भनी स्मरण गराउनुभएको छ। परमेश्‍वरले त्यस्ता सम्झौटोहरू मानिसहरूको विश्वासलाई सजीव बनाउन प्रयोग गर्नुहुन्छ, त्यसो गरेर उहाँको आफ्नो काममा उपलब्धिहरू प्राप्त गर्नुहुन्छ। किनकि परमेश्‍वरले भन्नुभएको छ, “मानव वास्तवमा के गर्न सक्षम छन्? के बरु म आफैले गर्नुपर्ने होइन र?” सबै मानिस यस्तै प्रकारका छन्; तिनीहरू असक्षम मात्र छैनन्, तिनीहरू त सजिलै निराश र दुःखी पनि हुन्छन्। यसकारण, तिनीहरूले परमेश्‍वरलाई चिन्न सक्दैनन्। परमेश्‍वरले मानवजातिको विश्वास पुनर्जीवित मात्र पार्नुहुन्न; गोप्य र निरन्तर रूपमा मानिसहरूलाई बल पनि प्रदान गर्नुहुन्छ।

त्यसपछि, परमेश्‍वरले सम्पूर्ण ब्रह्माण्डसँग बोल्न थाल्नुभयो। परमेश्‍वरले चीनमा आफ्नो नयाँ काम सुरु गर्नुभएको मात्र छैन, उहाँले त सारा ब्रह्माण्डभरि नै आजको नयाँ काम गर्न थाल्नुभएको छ। कामको यस चरणमा, परमेश्‍वरले उहाँलाई धोका दिने सबै मानिस फेरि उहाँको सिंहासनको अधीनमा बस्न आउन सकून् भनी आफ्ना सारा काम संसारभरि प्रकट गर्न चाहनुभएको हुनाले परमेश्‍वरको न्यायमा अझै पनि उहाँको कृपा र प्रेमिलो-दयालुपन सम्मिलित हुनेछ। परमेश्‍वरले संसारभरिका वर्तमान घटनाहरूलाई मानिसहरूलाई त्रसित महसुस गराइ तिनीहरूलाई परमेश्‍वरलाई खोज्न प्रेरित गर्ने मौकाको रूपमा प्रयोग गर्नुहुन्छ, ताकि तिनीहरू उहाँसामु वापस आउन सकून्। त्यसैले परमेश्‍वर भन्नुहुन्छ, “मैले काम गर्ने एउटा तरिका यही हो, र यो मानवजातिको मुक्तिको कार्य हो भन्‍ने कुरामा कुनै शङ्का छैन, अनि मैले तिनीहरूलाई दिने कुरा भनेको एक प्रकारको प्रेम नै हो।”

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू” सम्बन्धी रहस्यहरूका प्रकटीकरणहरू, अध्याय १०

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५९८

हिजोआज, खोज्ने र नखोज्नेहरू पूर्ण रूपमा फरक दुई किसिमका मानिसहरू हुन्, जसका गन्तव्यहरू पनि बिलकुलै फरक छन्। सत्यताको ज्ञान खोजी गर्नेहरू र...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २४४

तिमीहरूले धेरै वटा कुराहरू प्राप्‍त गरेको होस् भन्‍ने मैले आशा राखेको छु, तर तिमीहरूका सबै कार्यहरू, तिमीहरूका जीवनका सबै थोकहरूले पनि मैले...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ३८९

पत्रुस धेरै वर्षसम्म मप्रति विश्‍वासयोग्य थियो, तापनि उसले कहिल्यै गनगन गरेन न त उसले कुनै गुनासो नै गर्‍यो; अय्यूब पनि उसको बराबरी थिएन, र...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३३३

यदि अहिले मैले तिमीहरूको अगाडि केही पैसा राखेँ र तिमीहरूलाई छनौट गर्ने स्वतन्त्रता दिएँ भने—र मैले तिमीहरूको छनौटको लागि तिमीहरूलाई दोष...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्