परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २११

आज, मैले तिमीहरूमा गर्ने कामको उद्देश्य तिमीहरूलाई सामान्य मानवताको जीवनमा डोऱ्याउनु हो; यो नयाँ युगको प्रारम्‍भ गर्ने र मानवजातिलाई नयाँ युगको जीवनमा डोऱ्याउने काम हो। यो काम एक-एक चरण गर्दै पूरा गरिन्छ र यो तिमीहरूको बीचमा प्रत्यक्ष रूपमा विकास हुन्छ: म तिमीहरूलाई आमने-सामने सिकाउँछु; म तिमीहरूका हात समातेर डोऱ्याउँछु; म तिमीहरूले नबुझेका कुनै पनि कुरा बताउँछु, तिमीहरूमा अभाव भएको कुनै पनि थोक प्रदान गर्छु। यो भन्न सकिन्छ कि, तिमीहरूका लागि यो सब काम जीवनका निम्ति तिमीहरूको प्रबन्ध हो, यो तिमीहरूलाई सामान्य मानवताको जीवनमा डोऱ्याउनका निम्ति पनि हो; यो विशेषगरी आखिरी दिनहरूमा मानिसहरूको यो समूहको जीवनको पालनपोषण गर्ने उद्देश्यका लागि हो। मेरो लागि, यो सबै कामको अर्थ पुरानो युग अन्त्य गर्नु र एउटा नयाँ सुरुआत गर्नु हो; शैतानको लागि, म विशेषगरी त्यसलाई हराउन देह बनेको हुँ। मैले अहिले तिमीहरूको बीचमा गर्ने काम आज तिमीहरूका लागि भरण-पोषण र तिमीहरूको उचित समयको मुक्ति हो, तर यी केही छोटा वर्षहरूको अवधिमा, म तिमीहरूलाई सबै सत्यता, जीवनको सम्पूर्ण मार्ग, र भविष्यको काम पनि बताउनेछु; यो भविष्यमा तिमीहरूलाई विभिन्न कुराहरू सामान्य रूपले अनुभव गर्न सक्षम बनाउनको निम्ति पर्याप्त हुनेछ। मैले तिमीहरूलाई सुम्पेको मेरा सबै वचनहरू मात्र हुन्। म अरू कुनै सल्लाह दिँदिनँ; आज, मैले तिमीहरूसँग बोलेका सबै कुरा तिमीहरूका लागि मेरो सल्लाह हुन्, किनकि आज तिमीहरूलाई मैले बोल्ने धेरै वचनहरूको अनुभव तिमीहरूसँग छैन, र तिमीहरू तिनका भित्री अर्थ बुझ्दैनौ। आज मैले भनेको जस्तै एक दिन तिमीहरूका अनुभवहरूले फल दिनेछन्। यी वचनहरू तिमीहरूका आजको दर्शन हुन्, र ती यस्ता कुरा हुन् जसमाथि भविष्यमा तिमीहरू निर्भर हुनेछौ; ती आजको जीवनका लागि भरण-पोषण र भविष्यका लागि एउटा सल्लाह हुन्, र कुनै पनि अर्ती योभन्दा राम्रो हुन सक्दैन। किनकि पृथ्वीमा मैले काम गर्ने समय तिमीहरूले मेरा वचनहरूको अनुभव गर्ने समय जति लामो छैन; मैले केवल आफ्नो काम मात्र पूरा गर्दैछु, जबकि तिमीहरू जीवनको खोजी गर्दैछौ, जुन यस्तो प्रक्रिया हो जसको लागि जीवनभरिको लामो यात्रा समावेश हुन्छ। धेरै वटा कुराहरूको अनुभव गरेपछि मात्र तैँले जीवनको मार्ग प्राप्त गर्न सक्नेछस्; तब मात्र तैँले आज मैले बोलेका वचनहरूको भित्री अर्थ बुझ्न सक्नेछस्। जब तिमीहरूका हातमा मेरा वचनहरू हुन्छन्, मैले दिनुपर्ने सबै आज्ञाहरू तिमीहरूलाई दिइसकेपछि जब तिमीहरू प्रत्येकले मेरा सबै आज्ञाहरू प्राप्त गरेका हुन्छौ, र जति नै ठूलो प्रभाव हासिल गरे पनि, जब वचनहरूको काम समाप्त हुन्छ, त्यसबेला परमेश्‍वरको इच्छाको कार्यान्वयन पनि हासिल गरिएको हुनेछ। यो तैंले कल्पना गरेजस्तो होइन, कि तँ केही हदसम्म परिवर्तन हुनुपर्छ; परमेश्‍वरले तेरा धारणाहरू अनुसार काम गर्नुहुन्न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (७)

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १८७

परमेश्‍वरले कसरी आत्मिक संसारलाई शासन र व्यवस्थापन गर्नुहुन्छ भौतिक संसारको हकमा, जब-जब मानिसहरूले निश्‍चित कुराहरू वा घटनाहरूलाई...

परमेश्‍वरका दैनिक वचनहरू: आखिरी दिनहरूको न्याय | अंश ९८

राज्यमा, सृष्टिका असंख्य थोकहरू पुनर्जीवित हुन र आफ्‍नो जीवनको शक्तिलाई फेरि प्राप्त गर्न थाल्छन्। पृथ्वीको अवस्थाको परिवर्तनहरूको कारण,...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३१३

यदि मानिसहरूले मानव जीवनको सही मार्ग र मानवजातिका निम्ति परमेश्‍वरको व्यवस्थापन योजनाको उद्देश्य साँचो र स्पष्ट रूपमा देख्‍न सके भने,...

परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २९५

मैले मानिसको बीचमा धेरै काम गरेको छु, जुन अवधिमा मैले धेरै वचनहरू पनि व्यक्त गरेको छु। यी सबै वचनहरू मानिसको मुक्तिको खातिर हुन् र मानिस...