परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १८७

त्यो बेला जब येशूले यहूदियामा काम गर्नुभयो, उहाँले खुल्लमखुल्ला काम गर्नुभयो, तर अहिले म तिमीहरूको माझमा गुप्त रूपमा काम गर्छु र बोल्छु। अविश्‍वासीहरू यसबारे पूर्ण रूपमा अनभिज्ञ छन्। तिमीहरूमाझको मेरो काम बाहिरियाहरूका लागि बन्द छ। यी वचनहरू, यी सजाय र न्यायहरू, तिमीहरूलाई मात्र थाहा छ, अरू कसैलाई थाहा छैन। यी सबै काम तिमीहरूको बीचमा गरिन्छ र तिमीहरूकै निम्ति मात्र अनावरण गरिन्छ; अविश्‍वासीहरू कसैलाई पनि यो कुरा थाहा छैन, किनकि समय अझै आइपुगिसकेको छैन। यहाँका यी मानिसहरू सजाय सहेपछि पूर्ण पारिइन लागेका छन्, तर बाहिरियाहरूलाई यसबारे केही पनि थाहा छैन। यो काम अत्यन्तै गुप्त रहेको छ! उनीहरूका लागि, देहधारी परमेश्‍वर गुप्त रहनुभएको छ, तर यस प्रवाहमा हुनेहरूका लागि भने उहाँ खुला हुनुहुन्छ भनेर भन्‍न सकिन्छ। परमेश्‍वरमा भएका सबै कुरा खुला छन्, सबै प्रकट भएका छन, र सबै स्वतन्त्र पारिएका छन्, तैपनि यो कुरा उहाँमा विश्‍वास गर्नेहरूका लागि मात्र सत्य छ; जहाँसम्म बाँकी मानिसहरू, अर्थात् अविश्‍वासीहरूको कुरा छ, उनीहरूलाई केही पनि थाहा दिइएको छैन। अहिले तिमीहरूको बीचमा र चीनमा भइरहेको काम तिनीहरूलाई थाहा नदिनका निम्ति कडाइका साथ ढोका बन्द गरिएको छ। यदि उनीहरूले यस कामको बारेमा थाहा पाए भने, उनीहरूले यसलाई निन्दा गर्नेछन् र सतावटमा पार्नेछन्। उनीहरूले यसमा विश्‍वास गर्नेथिएनन्। ठूलो रातो अजिङ्गरको देशमा, यो सबैभन्दा पछौटे स्थानमा काम गर्नु सजिलो छैन। यदि यो कामलाई खुला गरिएको भए, यसलाई अगाडि बढाउन असम्भव हुनेथियो। कामको यो चरण यस ठाउँमा पूरा गर्न सकिँदै सकिँदैन। यदि यो काम खुला रूपमा गरिएको भए, उनीहरूले यसलाई कसरी अगाडि बढ्न दिन सक्थे र? के त्यसले कामलाई अझ बढी जोखिममा पार्नेथिएन र? यदि यो काम लुकाएर नगरिएको भए, येशूको समयमा जस्तो उहाँले आश्‍चर्यजनक रूपमा बिरामीहरूलाई निको पारेको र दुष्टात्मा धपाएको जस्तै गरी गरिएको भए, के धेरै पहिले नै यो काम दियाबलसहरूद्वारा “कब्जा गरिएको” हुनेथिएन र? के उनीहरूले परमेश्‍वरको अस्तित्वलाई सहन गर्न सक्‍नेथिए र? यदि त्यति बेला मैले सभाघरहरूमा पसेर मानिसहरूलाई प्रचार गर्थेँ र प्रवचन सुनाउँथेँ भने, के म धेरै पहिले नै टुक्रा-टुक्रा पारिइसकेको हुनेथिइनँ र? यदि त्यस्तो हुन्थ्यो भने, मेरो काम कसरी भइरहन सक्थ्यो र? खुल्लमखुल्ला कुनै चिन्ह र चमत्कारहरू प्रकट नगरिनुको कारण यसलाई लुकाउनका लागि नै हो। यसैले, अविश्‍वासीहरूले मेरो काम देख्‍न, जान्‍न, वा थाहा पाउन सक्दैनन्। यदि यो चरणको काम पनि अनुग्रहको युगमा येशूको जस्तै गरी गरिएको भए, यो अहिले जति स्थिर छ त्यति स्थिर हुन सक्दैनथियो। यसैले, यस तरिकाले गोप्य रूपमा काम गर्नु तिमीहरूका लागि र सम्पूर्ण कामका लागि फाइदाजनक छ। जब पृथ्वीमा परमेश्‍वरको काम समाप्त हुन्छ, अर्थात् जब यो गुप्त कार्य समाप्त हुन्छ, तब कामको यो चरण खुला रूपमा विस्फोट हुनेछ। चीनमा विजेताहरूको एउटा समूह छ भनी सबैले थाहा पाउनेछन्; र परमेश्‍वर चीनमा देहधारी हुनुभएको छ र उहाँको काम समाप्त भएको छ भनी सबैले थाहा पाउनेछन्। त्‍यसपछि मात्रै मानिसले यो कुरा देख्‍नेछ: चीनमा अझै पनि किन ह्रास वा पतन देखिन बाँकी छ? के देखिन्छ भने, परमेश्‍वरले चीनमा व्यक्तिगत रूपमा आफ्नो काम गरिरहनुभएको छ र मानिसहरूको एउटा समूहलाई सिद्ध पारी विजेताहरू बनाउनुभएको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (२)

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २०८

परमेश्‍वरको काममा आउने बाधाहरू कति ठूला छन्? के कहिल्यै कसैलाई थाहा भएको छ? गहिरो अन्धविश्‍वासका रङ्गहरूको पिँजरामा परेका मानिसहरूका...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५३०

आज, कतिपय मानिसहरू परमेश्‍वरद्वारा प्रयोग गरिन खोजी गर्छन्, तर विजय गरिसकेपछि तिनीहरूलाई सोझै प्रयोग गर्न सकिँदैन। आज बोलिएका वचनहरूका...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ४०

परमेश्‍वरद्वारा गरिएको र बाइबलमा भएको अय्यूबको मूल्याङ्कन अय्यूब १:१ ऊज देशमा एक जना मानिस थिए, जसको नाम अय्यूब थियो; र त्यस मानिस सिद्ध र...