परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १६३

यशैया, इजकिएल, मोशा, दाऊद, अब्राहाम, र दानिएल इस्राएलका चुनिएका मानिसहरूका बीचमा अगुवाहरू वा अगमवक्ताहरू थिए। किन तिनीहरूलाई परमेश्‍वर कहलाइएन? किन पवित्र आत्‍माले तिनीहरूको लागि गवाही दिनुभएन? येशूले काम थालनी गर्ने र आफ्‍ना वचनहरू सुरु गर्ने बित्तिकै किन पवित्र आत्‍माले उहाँको गवाही दिनुभयो? अनि किन पवित्र आत्‍माले अरूको लागि गवाही दिनुभएन? तिनीहरू, अर्थात् देहका मानिसहरू, सबै “प्रभु” कहलाइए। तिनीहरूलाई जे कहलाइए पनि, तिनीहरूका कार्यले तिनीहरूको अस्तित्व र सारलाई प्रतिनिधित्व गर्छ, र तिनीहरूको अस्तित्व र सारले तिनीहरूको पहिचानलाई प्रतिनिधित्व गर्छ। तिनीहरूका सार तिनीहरूका पदहरूसँग सम्‍बन्धित छैन; तिनीहरूले जे व्यक्त गरे, र तिनीहरूले जे जिए त्यसले यसैको प्रतिनिधित्व गर्छ। पुरानो करारमा, प्रभु भनेर कहलाइनु कुनै असाधारण कुरा थिएन, अनि व्यक्तिलाई जेसुकै भनेर बोलाउन सकिन्थ्यो, तर उसको सार र अन्तर्निहित पहिचान अपरिवर्तनीय हुन्थे। झूटा ख्रीष्टहरू, झूटा अगमवक्ताहरू, र धोकेबाजहरूका बीचमा, “परमेश्‍वर” कहलाइनेहरू पनि छैनन् र? अनि किन तिनीहरू परमेश्‍वर होइनन्? किनभने तिनीहरूले परमेश्‍वरको कार्य गर्न सक्दैनन्। मूल रूपमा, तिनीहरू मानव हुन्, मानिसहरूलाई धोका दिनेहरू हुन्, परमेश्‍वर होइनन्, त्यसकारण तिनीहरूमा परमेश्‍वरको पहिचान छैन। के दाऊद बाह्र कुलका बीचमा प्रभु भनेर कहलिदैन थियो र? येशूलाई पनि प्रभु कहलाइयो; किन येशूलाई मात्र देहधारी परमेश्‍वर कहलाइयो? के यर्मियालाई पनि मानिसको पुत्र भनेर चिनिँदैन थियो र? अनि के येशू मानिसको पुत्रको रूपमा चिनिनुहुन्‍न थियो र? किन येशू परमेश्‍वरको खातिर क्रूसमा टाँगिनुभयो? के उहाँको सार फरक भएकोले होइन र? के उहाँले गर्नुभएको काम फरक भएकोले होइन र? के शीर्षकले अर्थ राख्छ र? येशूलाई मानिसको पुत्र कहलाइए तापनि, उहाँ परमेश्‍वरको पहिलो देहधारण हुनुहुन्थ्यो, उहाँ शक्ति धारण गर्न, र छुटकाराको काम पूरा गर्न आउनुभएको थियो। यसले येशूको पहिचान र सार मानिसको पुत्र भनेर कहलाइने अरूका भन्दा फरक थिए भन्‍ने कुरालाई प्रमाणित गर्छ। आज, तिमीहरूका बीचमा कसले पवित्र आत्माले प्रयोग गर्नुभएकाहरूले बोलेका सबै वचनहरू पवित्र आत्माबाट नै आएका थिए भनेर भन्‍ने आँट गर्छ? के कसैले त्यस्ता कुराहरू भन्‍ने आँट गर्छ? यदि तैँले त्यस्ता कुराहरू भन्‍ने आँट गर्छस् भने, एज्राको अगमवाणीको पुस्तकलाई किन खारेज गरियो, र प्राचीन सन्तहरू र अगमवक्ताहरूको पुस्तकलाई पनि किन त्यसै गरियो? यदि ती सबै पवित्र आत्माबाट नै आएका थिए भने, तिमीहरूले किन त्यस्तो स्वेच्‍छाचारी छनौटहरू गर्ने आँट गर्छौ? के तँ पवित्र आत्‍माको कार्यलाई छनौट गर्न योग्य छस्? इस्राएलका धेरै कथाहरूलाई पनि खारेज गरियो। अनि यदि तँ विगतका यी लेखहरू पवित्र आत्‍माबाट आएका हुन् भन्‍ने विश्‍वास गर्छस् भने, किन कतिपय पुस्तकहरूलाई खारेज गरियो? यदि ती सबै पवित्र आत्‍माबाट नै आएका थिए भने, तिनीहरू सबैलाई सुरक्षित राखिनुपर्थ्यो, र पढ्नको लागि मण्डलीहरूका दाजुभाइ-दिदीबहिनीहरूकहाँ पठाइनु पर्नेथियो। तिनीहरूलाई मानिसको इच्‍छाद्वारा चुनिनु वा हटाउनु हुँदैनथियो; त्यसो गर्नु गलत हो। पावल र यूहन्‍नाका अनुभवहरू तिनीहरूका व्यक्तिगत अन्तर्दृष्टिहरूसँग मिसिएका थिए भन्दैमा तिनीहरूका अनुभवहरू र ज्ञान शैतानबाट आएको थियो भन्‍ने हुँदैन, तर तिनीहरूसँग तिनीहरूका व्यक्तिगत अनुभवहरू र अन्तर्दृष्टिहरूबाट आएका कुराहरू थिए भन्‍ने मात्रै यसको अर्थ हुन्छ। तिनीहरूका ज्ञान त्यस बेलाको तिनीहरूको खास अनुभवहरूको पृष्ठभूमि अनुरूप थियो, र यो सबै पवित्र आत्माबाट नै आएको थियो भनेर कसले निर्धक्‍कसाथ भन्‍न सक्छ? सुसमाचारका चार वटै पुस्तकहरू पवित्र आत्‍माबाट आएका थिए भने, किन मत्ती, मर्कूस, लूका र यूहन्‍नाले येशूको कामको बारेमा केही फरक-फरक कुरा भने? यदि तिमीहरू यो कुरामा विश्‍वास गर्दैनौ भने, पत्रुसले प्रभुलाई कसरी तीन पटक इन्कार गरे त्यसको बारेमा बाइबलमा दिइएको विवरणलाई हेर: तिनीहरू सबै फरक छन्, र ती प्रत्येकमा आ-आफ्‍नै विशेषताहरू छन्। अज्ञानी धेरैहरूले यसो भन्छन्, “देहधारी परमेश्‍वर पनि मानिस नै हुनुहुन्छ भने, के उहाँले बोल्‍नुहुने वचनहरू पूर्ण रूपमा पवित्र आत्‍माबाट नै आउन सक्छन्? यदि पावल र यूहन्‍नाका वचनहरू मानव इच्‍छाद्वारा मिश्रित थिए भने, के उहाँले बोल्‍नुहुने वचनहरूमा मानव इच्‍छा वास्तवमै मिश्रित छैन र?” यस्ता कुराहरू भन्‍ने मानिसहरू अन्धा र अज्ञानी हुन्! सुसमाचारका चार पुस्तकहरूलाई ध्यान दिएर पढ; येशूले गर्नुभएका कुराहरू र उहाँले बोल्‍नुभएका वचनहरूका बारेमा तिनमा के विवरण दिइएका छन् त्यसलाई पढ। हरेक पुस्तक अलिक फरक छ, र हरेकको आ-आफ्‍नै दृष्टिकोण छ। यदि यी पुस्तकहरूका लेखकहरूले लेखेका कुराहरू सबै पवित्र आत्‍माबाट आएका थिए भने, यो सबै उही र समरूप हुनुपर्ने थियो। त्यसो भए किन तिनमा भिन्‍नताहरू छन् त? के यसलाई देख्‍न नसक्‍ने गरी मानिस अत्यन्तै मूर्ख छैन र? यदि तँलाई परमेश्‍वरको गवाही दिन लगाइएको छ भने, तैँले कस्तो प्रकारको गवाही दिन सक्छस्? के परमेश्‍वरलाई चिन्‍ने त्यस्तो तरिकाले उहाँको गवाही दिन सक्छ र? यदि अरूले तँलाई “यदि यूहन्‍ना र लूकाका विवरणहरूमा मानव इच्‍छा मिश्रित थिए भने, के तिमीहरूका परमेश्‍वरले बोलेका वचनहरूमा पनि मानव इच्‍छा मिश्रित छैनन् र?” भनी सोध्यो भने, के तँ स्पष्ट उत्तर दिन सक्छस्? लूका र मत्तीले येशूका वचनहरू सुनिसकेपछि, र येशूको काम देखिसकेपछि, तिनीहरूले येशूले गर्नुभएको कामका केही तथ्यहरूको विवरणलाई स्मरण गर्ने तरिकाले आफ्‍नै ज्ञान अनुसार बोले। के तँ तिनीहरूका ज्ञान पवित्र आत्माले नै पूर्ण रूपमा प्रकट गर्नुभएको थियो भनी भन्‍न सक्छस्? बाइबलभन्दा बाहिर, तिनीहरूका भन्दा उच्‍च ज्ञान भएका धेरै आत्मिक व्यक्तित्वहरू थिए, त्यसो भने किन तिनीहरूका वचनहरूलाई पछिका पुस्ताहरूले लिएनन्? के तिनीहरूलाई पनि पवित्र आत्‍माले प्रयोग गर्नुभएको थिएन र? यो जान कि, आजको काममा, मैले येशूको कामको जगमा आधारित मेरा आफ्‍नै अन्तर्दृष्टिहरू बोलिरहेको छैन, न त येशूको कामको पृष्ठभूमि विरुद्धमा मेरो आफ्‍नै ज्ञानको बारेमा नै बोलिरहेको छु। त्यो बेला येशूले के काम गर्नुभयो? अनि आज मैले के काम गरिरहेको छु? मैले जे गर्छु र भन्छु त्यसको पूर्वानुमान छैन। आज मैले हिँड्ने मार्गमा पहिले कहिल्यै हिँडिएको छैन, विगतका युगहरू र पुस्ताहरूका मानिसहरू कहिल्यै यसमा हिँडेका छैनन्। आज, यसको सुरुवात भएको छ, र के यो आत्माको काम होइन र? यो पवित्र आत्‍माको काम भए तापनि, विगतका अगुवाहरू सबैले आफ्‍नो कामलाई अरूका जगको आधारमा अघि बढाए; तैपनि, परमेश्‍वर स्वयमको काम भने फरक छ। येशूको कामको चरण पनि यस्तै थियो: उहाँले नयाँ मार्ग खोल्‍नुभयो। जब उहाँ आउनुभयो, उहाँले स्वर्गको राज्यको सुसमाचार प्रचार गर्नुभयो, र मानिसले पश्‍चात्ताप गर्नुपर्छ र स्वीकार गर्नुपर्छ भनेर भन्‍नुभयो। येशूले आफ्‍नो काम पूरा गर्नुभएपछि, पत्रुस र पावल अनि अरूले येशूको कार्यलाई अघि बढाउन सुरु गरे। येशूलाई क्रूसमा काँटी ठोकिएर स्वर्गमा उचालिएपछि, क्रूसको मार्ग फैलाउनको लागि तिनीहरूलाई आत्माले पठाउनुभएको थियो। पावलका वचनहरू उच्‍च रहेको भए तापनि, ती पनि येशूले जे भन्‍नुभएको थियो त्यसको जगमा आधारित थिए, जस्तै धैर्यता, प्रेम, कष्ट-भोग, शिर ढकाइ, बप्तिस्मा, वा पालन गर्नुपर्ने अरू धर्मसिद्धान्तहरू। यो सबै येशूको वचनहरूको जगको आधारमा बोलिएको थियो। तिनीहरूले नयाँ मार्ग खोल्‍न सक्दैन थिए, किनभने तिनीहरू सबै परमेश्‍वरले प्रयोग गर्नुभएका मानिसहरू थिए।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पद र पहिचानको सम्‍बन्धमा

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १०८

परमेश्‍वरको क्रोध न्यायका सबै शक्ति र सबै सकारात्मक कुराहरूको निम्ति सुरक्षा हो (छनौट गरिएका खण्डहरू) उल्‍लङ्घनप्रतिको परमेश्‍वरको...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ११५

योना ३ अनि यहोवाको यसो भन्‍ने वचन दोस्रो पटक योनाकहाँ आयो, उठ्, त्यो ठूलो सहर निनवेमा जा र मैले तँलाई आज्ञा गरेको कुरा त्यसलाई प्रचार गर्।...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४२९

तैंले परमेश्‍वरका वचनहरू पक्डेको छस् अनि निर्लज्ज भई तिनको व्याख्या गर्न सक्छस् भन्दैमा त्यसको अर्थ तैंले वास्तविकता धारण गरेको छस् भन्ने...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४९८

मानिसहरूको आन्तरिक अवस्थाको के कुरामा जाँचहरू लक्षित हुन्छन्? परमेश्‍वरलाई सन्तुष्ट गर्न नसक्ने मानिसहरूमा भएको विरोधी स्वभावप्रति नै...