परमेश्वरका दैनिक वचनहरू: आखिरी दिनहरूको न्याय | अंश ८९
अहिले भइरहेको काम मानिसहरूलाई उनीहरूको पुरानो पुर्खा शैतानलाई त्याग्न लगाउनका लागि हो। वचनद्वारा गरिने सबै न्यायको उद्देश्य मानवताको...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
मेरा नजरमा, मानिस सबै थोकको शासक हो। मैले उसलाई पृथ्वीमा सबै थोक व्यवस्थापन गर्न दिएर कम मात्रामा अख्तियार दिएको छैन—हिमालका घाँसलाई, वनजङ्गलका जीव-जनावरहरूलाई, र पानीका माछाहरूलाई व्यवस्थापन गर्न दिएको छु। तैपनि यसको कारण खुसी हुनुको साटो, मानिस चिन्ताले व्याकुल बनेको छ। उसको सम्पूर्ण जीवन मानसिक चिन्ता र दौडधूप, रिक्ततामा थपिएको मस्ती बनेको छ; उसको पूरै जीवनभरि कुनै पनि नवीन आविष्कार र सृजना भएका छैनन्। कसैले पनि यो खोक्रो जीवनबाट आफूलाई मुक्त गराउन सक्दैन, कसैले पनि कहिल्यै अर्थपूर्ण जीवन पत्ता लगाएको छैन, र कसैले पनि कहिल्यै वास्तविक जीवनको अनुभव गरेको छैन। आजका मानिसहरू मेरो चम्किलो ज्योतिमुनि जिउने भए तापनि तिनीहरूलाई स्वर्गको जीवनको बारेमा केही पनि थाहा छैन। यदि म मानिसप्रति कृपालु नहुने हो भने र मैले मानवजातिलाई मुक्ति नदिने हो भने, मानिसहरू निरर्थकतामा आइपुगेका छन्, पृथ्वीमा तिनीहरूको जीवन अर्थहीन छ, र गर्व गर्न लायक कुनै पनि कुराविना तिनीहरू निरर्थक रूपमै संसार छाडी जानेछन्। हरेक धर्म, समाजका हरेक क्षेत्र, हरेक राष्ट्र, र हरेक सम्प्रदायका मानिसहरू सबैलाई पृथ्वीमा हुने रिक्तताको बारेमा थाहा छ, र तिनीहरू सबैले मेरो खोजी गर्छन् र मेरो पुनरागमनको प्रतीक्षा गर्छन्—तैपनि म आइपुग्दा कसले पो मलाई चिन्न सक्छ र? मैले सबै थोक बनाएँ, मैले मानवजातिको सृजना गरेँ, र आज म मानवमाझ ओर्लिएको छु। तैपनि, मानिसले मविरुद्ध प्रत्याक्रमण गर्छ र मलाई बदला लिन्छ। के मैले मानिसमा गर्ने काम उसको निम्ति कुनै फाइदाको छैन र? के म साँच्चै नै मानिसलाई सन्तुष्ट पार्न असमर्थ छु त? किन मानिसले मलाई अस्वीकार गर्छ? किन मानिस मप्रति त्यति रूखो र उदासीन छ? किन पृथ्वी लासहरूले ढाकिएको छ? के मैले मानिसको लागि बनाएको संसारको अवस्था वास्तवमै यस्तै हो त? किन होला मैले मानिसलाई अतुलनीय सरसम्पत्तिहरू दिएको भए तापनि त्यसको सट्टामा उसले मलाई उसका रित्ता दुई हात अर्पण गर्छ? किन मानिसले मलाई साँचो रूपमा प्रेम गर्दैन? किन ऊ मेरो अगाडि कहिल्यै आउँदैन? के मेरा सबै वचनहरू व्यर्थका लागि हुन् त? के मेरा वचनहरू पानीबाट ताप हराएजस्तै गरी हराएकै हुन् त? किन मानिस मसँग सहकार्य गर्न अनिच्छुक छ? के मेरो दिनको आगमन वास्तवमै मानिसको मृत्युको क्षण हो त? के मेरो राज्य निर्मित हुँदा वास्तवमै मैले मानिसलाई नाश पार्छु त? मेरो सम्पूर्ण व्यवस्थापन योजनाको अवधिमा किन कसैले पनि मेरा अभिप्रायहरू बुझेका छैनन्? मेरा मुखबाट निस्किएका वाणीहरूलाई प्यारो ठान्नुको सट्टा किन मानिसले तिनलाई घृणा र तिरस्कार गर्छ? म कसैलाई पनि दोष दिन्न, म त केवल सबै मानिसहरूलाई शान्तपनमा फर्कन र आत्म-चिन्तनको काम गर्न लगाउँछु।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय २५
अहिले भइरहेको काम मानिसहरूलाई उनीहरूको पुरानो पुर्खा शैतानलाई त्याग्न लगाउनका लागि हो। वचनद्वारा गरिने सबै न्यायको उद्देश्य मानवताको...
परमेश्वरले सबैमाथि शासन गर्नुहुन्छ र सबैलाई भरणपोषण गर्नुहुन्छ, उहाँ सबै थोकका परमेश्वर हुनुहुन्छ (छनौट गरिएका खण्डहरू) यावत् थोकको...
सिद्ध पारिनुपर्नेहरूका लागि, विजय गरिने कार्यको यो चरण अपरिहार्य छ; मानिसलाई विजय गरिएपछि मात्र उसले सिद्ध पारिने कार्य अनुभव गर्न सक्छ।...
तिमीहरू अहिले कुन कुराले सुसज्जित हुनु आवश्यक छ त्यसबारे के तिमीहरूलाई थाहा छ? यसको एक पक्षमा काम सम्बन्धी दर्शनहरू पर्छन्, र अर्को पक्ष...