परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३७१

मेरा नजरमा, मानिस सबै थोकको शासक हो। मैले उसलाई पृथ्वीमा सबै थोक व्यवस्थापन गर्न दिएर कम मात्रामा अख्तियार दिएको छैन—हिमालका घाँसलाई, वनजङ्गलका जीव-जनावरहरूलाई, र पानीका माछाहरूलाई व्यवस्थापन गर्न दिएको छु। तैपनि यसको कारण खुसी हुनुको साटो, मानिस चिन्ताले व्याकुल बनेको छ। उसको सम्पूर्ण जीवन मानसिक चिन्ता र दौडधूप, रिक्ततामा थपिएको मस्ती बनेको छ; उसको पूरै जीवनभरि कुनै पनि नवीन आविष्कार र सृजना भएका छैनन्। कसैले पनि यो खोक्रो जीवनबाट आफूलाई मुक्त गराउन सक्दैन, कसैले पनि कहिल्यै अर्थपूर्ण जीवन पत्ता लगाएको छैन, र कसैले पनि कहिल्यै वास्तविक जीवनको अनुभव गरेको छैन। आजका मानिसहरू मेरो चम्किलो ज्योतिमुनि जिउने भए तापनि तिनीहरूलाई स्वर्गको जीवनको बारेमा केही पनि थाहा छैन। यदि म मानिसप्रति कृपालु नहुने हो भने र मैले मानवजातिलाई मुक्ति नदिने हो भने, मानिसहरू निरर्थकतामा आइपुगेका छन्, पृथ्वीमा तिनीहरूको जीवन अर्थहीन छ, र गर्व गर्न लायक कुनै पनि कुराविना तिनीहरू निरर्थक रूपमै संसार छाडी जानेछन्। हरेक धर्म, समाजका हरेक क्षेत्र, हरेक राष्ट्र, र हरेक सम्प्रदायका मानिसहरू सबैलाई पृथ्वीमा हुने रिक्तताको बारेमा थाहा छ, र तिनीहरू सबैले मेरो खोजी गर्छन् र मेरो पुनरागमनको प्रतीक्षा गर्छन्—तैपनि म आइपुग्दा कसले पो मलाई चिन्न सक्‍छ र? मैले सबै थोक बनाएँ, मैले मानवजातिको सृजना गरेँ, र आज म मानवमाझ ओर्लिएको छु। तैपनि, मानिसले मविरुद्ध प्रत्याक्रमण गर्छ र मलाई बदला लिन्छ। के मैले मानिसमा गर्ने काम उसको निम्ति कुनै फाइदाको छैन र? के म साँच्चै नै मानिसलाई सन्तुष्ट पार्न असमर्थ छु त? किन मानिसले मलाई अस्वीकार गर्छ? किन मानिस मप्रति त्यति रूखो र उदासीन छ? किन पृथ्वी लासहरूले ढाकिएको छ? के मैले मानिसको लागि बनाएको संसारको अवस्था वास्तवमै यस्तै हो त? किन होला मैले मानिसलाई अतुलनीय सरसम्पत्तिहरू दिएको भए तापनि त्यसको सट्टामा उसले मलाई उसका रित्ता दुई हात अर्पण गर्छ? किन मानिसले मलाई साँचो रूपमा प्रेम गर्दैन? किन ऊ मेरो अगाडि कहिल्यै आउँदैन? के मेरा सबै वचनहरू व्यर्थका लागि हुन् त? के मेरा वचनहरू पानीबाट ताप हराएजस्तै गरी हराएकै हुन् त? किन मानिस मसँग सहकार्य गर्न अनिच्छुक छ? के मेरो दिनको आगमन वास्तवमै मानिसको मृत्युको क्षण हो त? के मेरो राज्य निर्मित हुँदा वास्तवमै मैले मानिसलाई नाश पार्छु त? मेरो सम्पूर्ण व्यवस्थापन योजनाको अवधिमा किन कसैले पनि मेरा अभिप्रायहरू बुझेका छैनन्? मेरा मुखबाट निस्किएका वाणीहरूलाई प्यारो ठान्नुको सट्टा किन मानिसले तिनलाई घृणा र तिरस्कार गर्छ? म कसैलाई पनि दोष दिन्न, म त केवल सबै मानिसहरूलाई शान्तपनमा फर्कन र आत्म-चिन्तनको काम गर्न लगाउँछु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २५

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३०५

तिमीहरूले सधैँ ख्रीष्टलाई हेर्ने इच्छा गर्छौ, तर म तिमीहरूलाई आग्रह गर्छु कि तिमीहरूले आफैलाई त्यति उच्च स्थानमा नराख; जो-कोहीले पनि...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३२०

अरूसँग शङ्का नगर्नेहरूसँग म खुशी हुन्छु, र सजिलैसँग सत्य स्वीकार्नेहरूलाई म मन पराउँछु; यी दुई प्रकारका मानिसहरूलाई म धेरै वास्ता गर्छु,...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १६०

सुरुमा, मानिस जातिको सृष्टिपछि, इस्राएलीहरूले परमेश्‍वरको कार्यको आधारको रूपमा सेवा गरे। सारा इस्राएल नै पृथ्वीमा यहोवाको कार्यको आधार बने।...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ६०७

परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिको रूपमा तैँले सबै कुरामा उहाँ बाहेक अरू कसैप्रति बफादार रहनु हुँदैन र हरेक कुरामा उहाँको इच्छाअनुसार...