परमेश्वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४६४
मानिसहरूले ममा विश्वास गर्छन्, तर तिनीहरू मेरो निम्ति गवाही दिन असक्षम छन्, न त मैले आफैलाई प्रकट गर्न अघि तिनीहरूले मेरो निम्ति गवाही नै...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
युगहरूभरि, धेरै जना निराशामा र अनिच्छुक हुँदै यस संसारबाट बिदा भएका छन् र धेरै जना आशा र विश्वासको साथ यहाँ आएका छन्। मैले धेरैको निम्ति आउने बन्दोबस्त गरेको छु र धेरैलाई पठाएको छु। अनगिन्ती मानिस मेरा हात भएर गएका छन्। धेरै आत्मालाई पातालमा फालिएका छन्, धेरैले शरीरमा जिए र धेरै मरेका छन् र यस पृथ्वीमा पुनः जन्मेका छन्। तथापि तिनीहरूमध्ये कसैले पनि राज्यका आशिष्हरूको आनन्द लिने मौका पाएका छैनन्। मैले मानिसलाई धेरै नै दिएको छु, तापनि उसले थोरै प्राप्त गरेको छ, किनकि शैतानका शक्तिहरूको आक्रमणले उसलाई मेरा सबै सम्पत्तिहरूको आनन्द लिन नसक्ने बनाएका छन्। उसले ती सम्पत्तिलाई देख्ने सौभाग्य मात्र पायो, तर पूर्ण रूपमा तिनको आनन्द लिन कहिल्यै पाएको छैन। मानिसले स्वर्गका सम्पत्तिहरू प्राप्त गर्न आफ्नो शरीरमा कहिले पनि खजाना घर भेट्टाएको छैन, यसैले मैले उसलाई प्रदान गरेका आशिष्हरू उसले गुमाएको छ। के मानिसको आत्मा भनेको उसलाई मेरो आत्मासँग जोड्ने कुरा होइन र? मानिस किन उसको आत्माद्वारा ममा कहिले पनि लीन भएको छैन? ऊ किन देहमा मेरो नजिक आउँछ, तैपनि आत्मामा त्यसो गर्न असक्षम छ? के मेरो साँचो मुहार देहको मुहार हो? मानिसले किन मेरो सार जान्दैन? के वास्तवमा मानिसको आत्मामा मेरो कुनै पनि चिन्ह छैन? के म मानिसको आत्मादेखि पूर्ण रूपमा हराएको छु? यदि मानिस आत्मिक क्षेत्रमा प्रवेश गर्दैन भने, उसले कसरी मेरा अभिप्रायहरूलाई राम्ररी बुझ्न सक्छ? मानिसको नजरमा आत्मिक क्षेत्रलाई प्रत्यक्ष रूपमा छेड्न सक्ने कुरो छ? मैले मानिसलाई धेरै पटक मेरो आत्माद्वारा बोलाएको छु, तैपनि मैले घोचेको छु जस्तो गरी मानिसले व्यवहार गर्छ अनि उसलाई अर्कै संसारमा डोर्याउँछु कि भन्ने ठूलो डरले मलाई टाढैबाट सम्मान गर्छ। मैले धेरै पटक मानिसको आत्मालाई सोधपुछ गरेँ, तापनि म उसको घरमा पस्नेछु र उसका सबै सर-सम्पत्ति खोस्ने मौका छोप्नेछु भनेर अत्यन्तै डराउँदै ऊ पूर्णतया बेखबर रहन्छ। यसैले मजबुत तरिकाले बन्द गरिएको ढोकाबाहिर मलाई जाडो सहनको लागि छोडेर, उसले मलाई बाहिरै राख्छ। मानिस धेरै पटक लडेको छ र मैले उसलाई बचाएको छु, तापनि उठेपछि उसले मलाई तुरुन्तै छोड्छ, अनि मेरो प्रेमले उसलाई छुन नपाउँदै, मतर्फ सावधानीपूर्वक नजर लाउँछ; मैले मानिसको हृदयलाई कहिल्यै पनि न्यानो पारेको छैनँ। मानिस भावनाविनाको चिसो रक्तधारी प्राणी हो। ऊ मेरो अङ्गालोमा न्यानो पारिएको भए तापनि, ऊ यसबाट कहिले पनि गहिरोसित प्रभावित भएको छैन। मानिस पहाडमा बस्ने जङ्गलीजस्तो छ। मैले मानवजातिको निम्ति गरेका सबै हेरचाहलाई उसले कहिले पनि महत्त्व दिएको छैन। ऊ मेरो नजिक आउन अनिच्छुक छ, पर्वतहरूको माझमा बस्न रुचाउँछ, जहाँ उसले जङ्गली पशुहरूको खतरालाई सहन्छ—तापनि ऊ ममा शरण लिन अझै अनिच्छुक छ। म कुनै पनि मानिसलाई कर लगाउँदिनँ: म मेरो काम मात्र गर्छु। त्यो दिन आउने छ जब मानिस शक्तिशाली समुद्रको बीचबाट मेरो छेउमा पौडन्छ, ताकि उसले पृथ्वीका सबै सम्पत्तिको आनन्द लिन सकोस् र समुद्रद्वारा निलिने खतरालाई पछाडि छाडोस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय २०
मानिसहरूले ममा विश्वास गर्छन्, तर तिनीहरू मेरो निम्ति गवाही दिन असक्षम छन्, न त मैले आफैलाई प्रकट गर्न अघि तिनीहरूले मेरो निम्ति गवाही नै...
प्रभु येशूले अनुग्रहको युगमा पूरा गर्नुभएको यस कामको क्षेत्रभित्र, तैँले परमेश्वरसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसको अर्को पक्षलाई देख्न...
परमेश्वरको सम्पत्ति र अस्तित्व, परमेश्वरको सारतत्त्व, परमेश्वरको स्वभाव—यी सबै कुरा मानवजातिलाई उहाँको वचनद्वारा थाहा दिइएको छ। जब...
चौथो कुरा, परमेश्वरले विभिन्न जातिहरूको बीचमा सीमाहरू तोक्नुभयो। पृथ्वीमा गोरा मानिसहरू, काला मानिसहरू, खैरा मानिसहरू र पहेँला मानिसहरू...