परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३६२

शैतानद्वारा भ्रष्ट पारिएका सबै आत्माहरू शैतानका राज्यक्षेत्रमा गुलाम पारिएका छन्। ख्रीष्टमा विश्‍वास गर्नेहरूलाई मात्र छुट्याइएका, शैतानको शिविरबाट बचाइएका र आजको राज्यमा ल्याइएका छन्। यी मानिसहरू अब उप्रान्त शैतानको प्रभावमा बस्‍दैनन्। यति हुँदाहुँदै पनि, मानिसको प्रकृतिले अझ पनि मानिसको देहमा नै जरा गाडेको छ, यसको अर्थ तिमीहरूका आत्मा बचाइएको भए तापनि तिमीहरूको स्वभाव अझ पनि पहिलेको जस्तै छ र तिमीहरूले मलाई विश्‍वासघात गर्ने शत प्रतिशत सम्भावना छ। यसैले मेरो काम लामो समयसम्म रहन्छ किनकि तिमीहरूको प्रकृति जिद्दी छ। अहिले तिमीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्ने क्रममा तिमीहरूको क्षमताले भ्याएसम्मको कठिनाइहरू भएर गइरहेका छौ, तैपनि तिमीहरू हरेक मलाई विश्‍वासघात गर्न र शैतानको राज्यक्षेत्रमा, उसको शिविरमा, तिमीहरूका पुराना जीवनमा फर्कन सक्षम छौ—यो निर्विवाद तथ्य हो। त्यस बेला, तिमीहरूले अहिले गरेजस्तै मानवताको भाग वा मानवको जस्तै स्वरूपलाई प्रस्तुत गर्न तिमीहरूको निम्ति सम्भव हुनेछैन। गम्भीर अवस्थाहरूमा, तिमीहरू नष्ट पारिनेछौ र योभन्दा बढी कहिले पनि देहधारण गर्न नपाउने गरी अनन्तको निम्ति नष्ट पारिनेछौ, हदैसम्मको दण्ड पाउनेछौ। तिमीहरूका अगाडि रहेको समस्या यही हो। म तिमीहरूलाई यस तरिकाले सम्झाउँदै छु, ताकि, पहिलो कुरा, मेरो काम व्यर्थमा नजाओस् र दोस्रो कुरा, ताकि तिमीहरू सबै ज्योतिको दिनहरूमा जिउन सक। वास्तवमा, मेरो काम व्यर्थमा छ कि छैन भन्‍ने कुरा सबैभन्दा महत्त्वपूर्ण समस्या होइन। तिमीहरूले सुखी जीवन र अद्भुत भविष्य प्राप्त गर्न सक्षम हुनुचाहिँ महत्त्वपूर्ण छ। मानिसहरूको आत्मा बचाउनु मेरो काम हो। यदि तेरो आत्मा शैतानको हातमा पर्‍यो भने तेरो शरीर शान्तिमा जिउनेछैन। यदि मैले तेरो शरीरको रक्षा गरिरहेको छु भने तेरो आत्मा पनि अवश्य नै मेरो हेरचाहमा रहनेछ। यदि मैले तँलाई साँच्चै घृणा गर्छु भने तेरो शरीर र आत्मा एकै चोटि शैतानको हातमा पर्नेछन्। त्यस बेलाको तेरो अवस्थाको कल्पना गर्न सक्छस्? यदि एक दिन तिमीहरूमा मेरा वचनहरू हराए भने, कि त म तिमीहरूलाई शैतानको हातमा सुम्पिदिनेछु, जसले तिमीहरूलाई मेरो रिस पूर्ण रूपमा गायब नहुञ्‍जेलसम्म कष्टदायी यातनामा पार्नेछ, कि त तिमीहरू छुटकारा दिन नसकिने मानवहरूलाई म आफै दण्ड दिनेछु किनकि मलाई विश्‍वासघात गर्ने तिमीहरूका हृदय कहिले पनि परिवर्तन हुनेछैनन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (२)

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ३९५

अब, तिमीहरूले परमेश्‍वरका मानिसहरू बन्‍ने प्रयास गर्नुपर्छ, र सम्पूर्ण प्रवेशलाई सही बाटोमा सुरु गर्नुपर्छ। परमेश्‍वरका मानिसहरू बन्‍नु...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ७५

येशूले पाँच हजारलाई खुवाउनुहुन्छ यूहन्‍ना ६:८-१३ उहाँका चेलाहरूमध्ये एक, सिमोन पत्रुसका भाइ अन्द्रियासले उहाँलाई भने, यहाँ एउटा केटो छ,...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १७६

परमेश्‍वरले मानवजातिको लागि तयार गर्नुहुने दैनिक भोजन र पेयपदार्थ (छनौट गरिएका खण्डहरू) अन्‍न, फलफूल, सागसब्‍जी र सबै किसिमका बदामजस्ता...