परमेश्वरका दैनिक वचनहरू: देहधारण | अंश १३३
परमेश्वरको काम यस्तो काम हो जसलाई तँ बुझ्न सक्दैनस्। यदि तैँले तेरो निर्णय सही छ कि छैन त्यसलाई राम्ररी बुझ्न सक्दैनस्, अनि परमेश्वरको...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
मैले भने झैं, मेरो अनुसरण गर्ने धेरै छन् तर मलाई साँच्चिकै निस्वार्थ प्रेम गर्ने थोरै छन्। सायद कोहीले सोध्न सक्छन्, “मैले हजुरलाई प्रेम गरिनँ भने त्यति धेरै मूल्य मैले चुकाउनु पर्छ र? मैले हजुरलाई प्रेम गरिनँ भने यो बिन्दुसम्म मैले मान्नुपर्छ र?” अवश्य नै, तँसँग असङ्ख्य कारणहरू छन् र निश्चय नै, तेरो प्रेम धेरै महान् छ, तर मेरो लागि तेरो प्रेमको के अर्थ? “प्रेम” भनिए अनुसार यस्तो भावना हो जुन शुद्ध र दोषरहित हुन्छ जहाँ तँ प्रेम गर्न, अनुभव गर्न र विचारमग्न हुन आफ्नो हृदय प्रयोग गर्छस्। प्रेममा कुनै सर्तहरू हुँदैन, कुनै अवरोधहरू हुँदैन र कुनै दूरी पनि हुँदैन। प्रेममा कुनै शङ्का हुँदैन, कुनै छलकपट हुँदैन र कुनै धूर्तता पनि हुँदैन। प्रेममा कुनै लेनदेन हुँदैन र केही कुरा पनि अपवित्र हुँदैन। यदि तँ प्रेम गर्छस् भने तैँले छलकपट गर्दैनस्, गुनासो गर्दैनस्, धोका दिँदैनस्, विद्रोह गर्दैनस्, धुत्न वा कुनै कुरा प्राप्त गर्ने अथवा निश्चित मात्रामा केही पाउने प्रयास गर्दैनस्। यदि तैँले प्रेम गरिस् भने तैँले खुशीसाथ आफूलाई समर्पण गर्नेछस्, खुसी र दुःखकष्ट सहनेछस्, तँ मेरो अनुकूल हुनेछस्, मेरा लागि आफूसँग भएका सम्पूर्ण कुराहरू त्याग्नेछस्, तैँले आफ्नो परिवार, आफ्नो भविष्य, आफ्नो यौवन र आफ्नो विवाह त्याग्नेछस्। हैन भने, तेरो प्रेम कत्ति पनि प्रेम हुनेछैन, तर त्यो त केवल छलकपट र धोका हुनेछ! तेरो प्रेम कस्तो प्रेम हो? के यो साँचो प्रेम हो? अथवा झूटो? तैँले कति कुरा त्यागिस्? तैँले कति कुरा दिइस्? मैले तँबाट कति प्रेम प्राप्त गरेँ? के तँलाई थाहा छ? तिमीहरूको हृदय पाप, विश्वासघात र छलकपटले भरिएको छ, र त्यसकारण तिमीहरूको प्रेम कति अपवित्र छ? तिमीहरू सोच्छौ मेरो लागि प्रशस्त कुराहरू तिमीहरूले त्यागिसकेका छौ; तिमीहरू ठान्छौ मेरो लागि तिमीहरूको प्रेम चाहिनेभन्दा बढी भइसक्यो। तर किन तिमीहरूका भनाइहरू र गराइहरू सधैँ विद्रोही र कपटपूर्ण हुन्छन्? तिमीहरू मेरो अनुसरण गर्छौ तर पनि मेरो वचन स्वीकार गर्दैनौ। के यसलाई प्रेम मान्न सकिन्छ? तिमीहरू मेरो अनुसरण गर्छौ तर पनि त्यसपछि मलाई एकातिर पन्छाइ दिन्छौ। के यसलाई प्रेम मान्न सकिन्छ? तिमीहरू मेरो अनुसरण गर्छौ तर पनि मप्रति सन्देहशील छौ। के यसलाई प्रेम मान्न सकिन्छ? तिमीहरू मेरो अनुसरण गर्छौ तर पनि मेरो अस्तित्व स्वीकार गर्न सक्दैनौ। के यसलाई प्रेम मान्न सकिन्छ? तिमीहरू मेरो अनुसरण गर्छौ तर पनि मलाई सुहाउँदो व्यवहार मसँग गर्दैनौ र हरेक पटक मेरो लागि समस्या सिर्जना गर्छौ। के यसलाई प्रेम मान्न सकिन्छ? तिमीहरू मेरो अनुसरण गर्छौ तर पनि हरेक कुरामा मलाई मूर्ख बनाउने र धोका दिने प्रयास गर्छौ। के यसलाई प्रेम मान्न सकिन्छ? तिमीहरू मेरो सेवा गर्छौ तर मसँग डर मान्दैनौ। के यसलाई प्रेम मान्न सकिन्छ? हरतरहले र सबै कुरामा तिमीहरू मेरो विरोध गर्छौ। के यो सबैलाई प्रेम मान्न सकिन्छ? यो सत्य हो कि तिमीहरू पूर्ण रूपमा समर्पित छौ तर मैले तिमीहरूबाट चाहेको कुरा तिमीहरूले कहिल्यै पनि अभ्यास गरेनौ। के यसलाई प्रेम भन्न सकिन्छ? सुविचारित लेखाजोखाले देखाउँछ कि तिमीहरूभित्र मेरो लागि प्रेमको अलिकति पनि सङ्केत छैन। यति धेरै वर्षका काम र मैले दिएका यति धेरै वचनहरूपछि तिमीहरूले वास्तवमा कति प्राप्त गर्यौ? के यो पछाडि फर्किएर ध्यानपूर्वक हेर्न लायक छैन? म तिमीहरूलाई सचेत गराउँछु: जसलाई मैले बोलाउँछु उनीहरू कहिल्यै पनि भ्रष्ट नभएका व्यक्ति होइनन्: बरु, जसलाई मैले छानेँ उनीहरू मलाई साँच्चिकै प्रेम गर्छन्। त्यसैले, आफ्ना भनाइ र गराइहरूमा तिमीहरू सचेत हुनैपर्छ, साथै आफ्ना मनसाय र विचारहरूलाई तिमीहरूले जाँच्नुपर्छ ताकि तिनीहरूले सीमा उल्लङ्घन नगरून्। आखिरी दिनहरूका समयमा, तिमीहरूको प्रेम मेरो अगाडि समर्पित गर्न आफूले सक्दो प्रयास गर, अन्यथा मेरो क्रोध तिमीहरूबाट टाढा जाने छैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ
परमेश्वरको काम यस्तो काम हो जसलाई तँ बुझ्न सक्दैनस्। यदि तैँले तेरो निर्णय सही छ कि छैन त्यसलाई राम्ररी बुझ्न सक्दैनस्, अनि परमेश्वरको...
अब, तिमीहरूको खोजी प्रभावकारी भएको छ वा छैन त्यसको नाप तिमीहरूमा अहिले जे छ त्यसद्वारा गरिन्छ। तिमीहरूको परिणाम निर्धारण गर्न यही कुरा...
मानिसहरू आफूले पालना गर्नुपर्ने धेरै कर्तव्यहरूमा दृढ रहनैपर्छ। मानिसहरू दृढ रहनु पर्ने कुरा नै यही हो, र उनीहरूले व्यवहारमा लागू...
सृष्टिकर्ताको सार्वभौमिकतामा समर्पित हुनेहरूले मात्रै साँचो स्वतन्त्रता प्राप्त गर्न सक्छन् मानिसहरूले परमेश्वरका योजनाबद्ध कार्यहरू र...