परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३४५

तिमी जवान मानिसहरू सबै जवान सिंहहरू जस्ता भए पनि, तिमीहरूको हृदयमा साँचो मार्ग थोरै छ। तिमीहरूको जवानीले तिमीहरूलाई मेरो धेरै कामको हकदार बनाउँदैन; यसको विपरीत, तैँले सधैँ तँप्रतिको मेरो घृणालाई जगाउँछस्। तिमीहरू जवान भए पनि तिमीहरूमा शक्तिको वा महत्वाकांक्षाको कमी छ, र तिमीहरू आफ्नो भविष्यको बारेमा सधैँ वचनबद्ध छैनौ; मानौं तिमीहरू उदासीन र चिन्ताग्रस्त छौ। यो भन्न सकिन्छ कि जवानहरूमा जुन शक्ति-जीवन, आदर्शहरू र दृढ दृष्टिकोण लिने प्रवृत्ति हुन्छ त्यो तिमीहरूमा एउटै पनि पाउन सकिँदैन; तँ यस प्रकारको जवान व्यक्ति कुनै दृष्टिकोणविनाको छस् र तँमा सही र गलत, असल र खराब, सौन्दर्य र कुरूपता बीच भिन्नता छुट्ट्याउने कुनै क्षमता छैन। तिमीहरूमा कुनै पनि ताजा तत्त्वहरू भेट्टाउन असम्भव छ। तिमीहरू लगभग पूर्ण रूपमा पुरानो विचारधारा भएका हौ, र तिमीहरू जस्तो जवान मानिसले भिडलाई पछ्याउन, विवेकहीन हुन पनि सिकेका छौ। तिमीहरूले कहिल्यै पनि सही र गलत स्पष्ट रूपमा छुट्ट्याउन सक्दैनौ, सत्य र झूटो बीचको भिन्नता छुट्ट्याउन सक्दैनौ, कहिल्यै उत्कृष्टताका लागि प्रयास गर्न सक्दैनौ, न त तिमीहरू सही के हो र के गलत, सत्य के हो र कपट के हो भनी भन्न नै सक्छौ। वृद्ध मानिसहरूमा भन्दा तिमीहरूमा धर्मको अझ कडा दुर्गन्ध छ। तँ अहङ्कारी र विवेकहीन समेत छस्, तँ प्रतिस्पर्धी छस्, र आक्रामकताप्रतिको तेरो रुचि धेरै बलियो छ—यस किसिमको जवान व्यक्तिमा सत्यता कसरी हुन सक्छ? दृढ दृष्टिकोण नभएको कुनै व्यक्तिले कसरी साक्षी दिन सक्छ? सही र गलत छुट्याउने क्षमता नभएको कुनै व्यक्तिलाई कसरी एक जवान मानिस भन्न सकिन्छ? जोसँग जोस, उत्साह, फुर्तिलोपन, शान्तपन र एक जवान मानिसमा हुनुपर्ने स्थिरता हुँदैन उसलाई कसरी मेरो अनुयायी भनेर भन्न सकिन्छ? जोसँग सत्यता छैन, न्यायको समझ छैन, तर जो खेल्न र झगडा गर्न मन पराउँछ, ऊ कसरी मेरो साक्षी हुन योग्यको हुन सक्छ? जवान मानिसहरूसँग अरूप्रति कपट र पूर्वाग्रहपूर्ण नजरहरू हुनुहुँदैन र जवान मानिसहरूले विनाशकारी, घृणित कामहरू गर्नुहुँदैन। तिनीहरू विचार, आकांक्षाहरू र आफैलाई अझ असल बनाउने उत्साही चाहना विहीन हुनुहुँदैन; तिनीहरू आफ्ना सम्भावनाहरूको बारेमा निराश बन्‍नु हुँदैन, न त तिनीहरूले जीवनको आशा वा भविष्यको आत्मविश्‍वास नै गुमाउनुपर्छ; तिनीहरूमा तिनीहरूले अहिले रोजेको सत्यताको मार्गलाई निरन्तरता दिने धैर्य हुनुपर्छ—तिनीहरूको सम्पूर्ण जीवन मेरो निम्ति खर्च गर्ने तिनीहरूको इच्छालाई महसुस गर्न। तिनीहरू सत्यतारहित हुनु हुँदैन, न त तिनीहरूले ढोँगीपन र अधर्म नै लुकाउनु हुन्छ—तिनीहरू उचित अडानमा बलियोसँग खडा हुनुपर्छ। तिनीहरू त्यतिकै बहकिनु हुँदैन, तर न्याय तथा सत्यताको निम्ति बलिदानहरू गर्ने र संघर्ष गर्न साहस गर्ने आत्मा तिनीहरूमा हुनुपर्छ। अन्धकारका शक्तिहरूको थिचोमिचोको शिकार नहुने र आफ्‍नो अस्तित्वको महत्त्वलाई रूपान्तरण गर्ने साहस जवान मानिसहरूमा हुनुपर्छ। जवान मानिसहरूले विपत्तिहरूप्रति आत्मसमर्पण गर्नुहुँदैन तर आफ्‍ना दाजुभाइ दिदीबहिनीहरूप्रति क्षमाको आत्मा सहित खुला र स्पष्ट हुनुपर्छ। अवश्य, हरेकका निम्ति यी मेरा सर्तहरू र हरेकका निम्ति मेरा सल्लाहहरू हुन्। तर यसका अतिरिक्त, सबै जवान मानिसहरूका निम्ति यी मेरा सुखदायक वचनहरू हुन्। तिमीहरूले मेरा वचनअनुसार अभ्यास गर्नुपर्छ। विशेष रूपमा, जवान मानिसहरू विवादहरू सुल्झाउने र न्याय तथा सत्यताको खोजी गर्ने संकल्‍परहित हुनुहुँदैन। तिमीहरूले सबै सुन्दर र असल कुराहरूको खोजी गर्नुपर्छ र तिमीहरूले सबै सकारात्मक कुराहरूको वास्तविकता प्राप्त गर्नुपर्छ। तिमीहरू आफ्नो जीवनप्रति उत्तरदायी बन्‍‍नुपर्छ र यसलाई हल्का रूपमा लिनु हुँदैन। मानिसहरू पृथ्वीमा आउँछन् र मसँग जम्काभेट हुनु दुर्लभ कुरा हो, अनि सत्यताको खोजी गर्ने र त्यसलाई प्राप्त गर्ने अवसर प्राप्त गर्नु पनि दुर्लभ कुरा हो। यस सुन्दर समयलाई तिमीहरू यस जीवनमा खोजी गर्नुपर्ने सही मार्गको रूपमा किन महत्त्व दिँदैनौ? अनि सत्यता र न्यायलाई तिमीहरू किन सधैँ यति धेरै उपेक्षा गर्छौ? मानिसहरूसँग खेलबाड गर्ने त्यस अधर्म र त्यस घिनलाग्दो कुराको निम्ति किन तिमीहरू आफैलाई कुल्चँदैछौ र नष्ट गर्दैछौ? अनि तिमीहरू किन अधर्मीहरूले गर्ने काममा संलग्‍न हुने वृद्ध मानिसहरू जस्तो अभिनय गर्छौ? तिमीहरू किन पुराना कुराहरूका पुराना तरिकाहरूको नक्कल गर्छौ? तिमीहरूका जीवन न्याय, सत्यता र पवित्रताले भरिपूर्ण हुनुपर्छ; तिमीहरूको जीवन यस्तो युवा उमेरमा नै तिमीहरूलाई पातालमा डोर्‍याउने गरी यति भ्रष्ट हुनुहुँदैन। के यो भयानक दुर्भाग्य हुनेछ भन्‍ने तिमीहरूलाई महसुस हुँदैन? के यो डरलाग्दो अन्याय हुनेछ भन्‍ने तिमीहरूलाई महसुस हुँदैन?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। जवान र वृद्धको निम्ति वचनहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १२६

मानव जीवनका छ महत्वपूर्ण मोडहरू (छनौट गरिएका खण्डहरू) पाँचौं महत्वपूर्ण मोड: सन्तान विवाह गरिसकेपछि, व्यक्तिले अर्को पुस्ताको सन्तान...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ६२

आज हामी परमेश्‍वरका विचारहरू, योजनाहरू अनि मानवजातिलाई सृष्टि गर्नुभन्दा अघि उहाँको हरेक चालको बारेमा पहिले सारांश प्रस्तुत गर्नेछौँ।...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १३९

शैतान र यहोवा परमेश्‍वरबीचको संवाद (छनौट गरिएका खण्डहरू) अय्यूब १:६-११ अहिले परमेश्‍वरका पुत्रहरू यहोवाको सामु उपस्थित हुन आउने दिन थियो,...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ११०

शैतान मानवीय, न्यायसंगत र चरित्रवान् देखिए पनि, शैतानको सार निर्दयी र दुष्ट छ शैतानले मानिसहरूलाई छल गरेर आफ्‍नो प्रतिष्ठा निर्माण गर्छ, र...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्