परमेश्वरका दैनिक वचनहरू: आखिरी दिनहरूको न्याय | अंश ७९
न्यायको काम परमेश्वरको आफ्नै काम भएको हुनाले, स्वाभाविक रूपमा नै यसलाई परमेश्वर आफैले नै कार्यान्वयन गर्नुपर्ने हुन्छ; उहाँको सट्टामा...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
पहिला, परमेश्वर स्वर्गमा हुनुहुँदा, मानिसले परमेश्वरप्रति छलपूर्ण कार्य गर्थ्यो। आज, परमेश्वर मानिसहरूको माझमा आउनुभएको छ—कति वर्ष भइसकेको छ भन्ने कुरा कसैलाई पनि थाहा छैन—तैपनि मानिसले कामकुराहरू गर्दा झारा टार्ने र उहाँलाई मूर्ख बनाउने प्रयत्न गर्दैछ। के मानिस आफ्नो सोच-विचारमा धेरै पिछडिएको छैन र? यहूदालाई पनि यस्तै भएको थियो: येशू आउनुभन्दा अगाडि यहूदाले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई छल गर्न झूटो बोल्ने गर्थ्यो, येशू आउनुभएपछि पनि ऊ अझै परिवर्तन भएको थिएन; तिनले येशूलाई अलिकति पनि चिनेको थिएनन्, र अन्त्यमा तिनले येशूलाई धोखा दिए। के तिनले परमेश्वरलाई नचिनेको कारण यस्तो भएको थिएन र? यदि आज तिमीहरूले पनि परमेश्वरलाई अझै चिनेका छैनौ भने, तिमीहरू पनि अर्को यहूदा बन्न सक्ने सम्भावना रहन्छ, यदि यसो भयो भने दुई हजार वर्ष अघि अनुग्रहको युगमा भएको येशूको दुःखद क्रूसीकरण फेरि हुनेछ। के तिमीहरू यो कुरा विश्वास गर्दैनौ? यो यथार्थ कुरा हो! वर्तमान समयमा, बहुसङ्ख्यक मानिसहरू यस्तै अवस्थामा छन्—मैले यो कुरा अलि चाँडै भनिरहेको छु होला—र यस्ता मानिसहरूले यहूदाको भूमिका निभाइरहेका छन्। मैले निरर्थक कुरा गरिरहेको छैन, तर तथ्यमा आधारित कुरा गर्दैछु—र तिमीहरू विश्वस्त नभइ रहन सक्दैनौ। धेरै मानिसहरूले नम्रताको स्वाङ्ग पार्ने भए पनि, तिनीहरूको हृदयमा गन्हाउने हाडखोड र दुर्गन्धित थोकहरूबाहेक अरू केही पनि छैन। अहिले मण्डलीमा यस्ता किसिमका मानिसहरू धेरै छन्, र म यस विषयमा पूर्ण रूपमा अनभिज्ञ छु भन्ने तिमीहरूलाई लाग्छ। आज, मेरो आत्माले मेरो निम्ति निर्णय गर्छ, र मेरो निम्ति गवाही दिन्छ। के मलाई केही पनि थाहा छैन भन्ने तिमीहरूलाई लाग्छ? तिमीहरूको हृदयमा भएका कपटपूर्ण विचारहरू, तिमीहरूले आफ्नो हृदयभित्र राखेका कुराहरू मैले बुझेको छैन भन्ने तिमीहरूलाई लाग्छ? के परमेश्वरलाई जित्नु त्यति सजिलो छ र? के तैँले उहाँलाई जस्तो मन लाग्यो त्यसरी नै व्यवहार गर्न सकिन्छ भन्ने तँलाई लाग्छ? विगतमा, तिमीहरू नियन्त्रित बन्छौ भन्ने मलाई चिन्ता लागेको थियो, त्यसैले मैले तिमीहरूलाई स्वतन्त्रता दिइरहेँ, तर मैले तिनीहरूलाई भलाइ गरिरहेको छु भनी मानवजातिले बताउन सकेन, र मैले तिनीहरूलाई औँला दिँदा तिनीहरूले हातै निले। तिमीहरूकै बीचमा यो कुरा सोध: मैले कसैलाई पनि कहिल्यै निराकरण गरिनँ, र मैले कहिल्यै पनि कसैलाई हल्का रूपमा हप्काइनँ—तैपनि म मानिसको अभिप्राय र धारणाहरूका बारेमा स्पष्ट छु। परमेश्वर स्वयम्ले जसको साक्षी दिनुहुन्छ, के उहाँ मूर्ख हुनुहुन्छ भन्ने तिमीहरूलाई लाग्छ? यदि त्यसो हो भने, म भन्छु, तिमीहरू अत्यन्त अन्धा छौ! म तेरो खुलासा गर्नेछैन, तर तँ कति धेरै भ्रष्ट बन्न सक्छस् भन्ने देखाउनेछु। तेरो चतुर युक्तिले तँलाई मुक्ति दिन सक्छ कि सक्दैन, वा परमेश्वरलाई प्रेम गर्ने तेरो उत्कृष्ट प्रयत्नले मुक्ति दिन सक्छ कि सक्दैन भनी हामी हेरौं। आज, म तँलाई दोष लगाउनेछैन; उहाँले तिमीहरूसँग बदला लिने समयसम्म हामी परमेश्वरको समयलाई पर्खौं। मसँग अहिले तिमीहरूसँग व्यर्थको कुराकानी गर्ने समय छैन, र म तिमीहरूको कारण मेरो महान् कार्य ढीला गर्न अनिच्छुक छु। तँजस्तो कीरालाई सम्हाल्नको लागि लाग्ने परमेश्वरको समय पाउन तँ योग्य छैनस्—त्यसैले कसरी तँ स्वच्छन्द हुन सक्छस्, हेरौं। यस्ता मानिसहरूले परमेश्वरको ज्ञान अलिकति पनि खोज्दैनन्, न त तिनीहरूसँग उहाँको निम्ति अलिकति प्रेम नै हुन्छ, र अझै पनि परमेश्वरले तिनीहरूलाई धर्मी भन्नुभएको होस् भन्ने तिनीहरूले चाहना गर्छन्—के यो एउटा मजाक होइन र? मानिसहरूको सानो सङ्ख्या साँच्चै ईमानदार भएको हुनाले, म मानिसलाई निरन्तर जीवन दिने कार्यमा मात्र केन्द्रित हुनेछु। आज मैले जे सम्पन्न गर्नुपर्छ सो मात्र म पूरा गर्नेछु, तर तिमीहरूले गरेको कामअनुसार म भविष्यमा प्रत्येक व्यक्तिसँग बदला लिनेछु। मैले भन्नुपर्ने सबै कुरा भनेको छु, किनकि निश्चित रूपमा मैले गर्ने काम यही नै हो। मैले गर्नुपर्ने काम मात्र म गर्छु, र मैले गर्नु नपर्ने काम म गर्दिनँ। जे भए तापनि, तिमीहरूले चिन्तनमा अझै बढी समय बिताउनेछौ भनी म आशा गर्छु: परमेश्वर सम्बन्धी तेरो कति ज्ञान वास्तवमा साँचो हो? के तँ परमेश्वरलाई फेरि क्रूसमा झुण्ड्याउने व्यक्ति होस्? यी मेरा अन्तिम वचनहरू हुन्: परमेश्वरलाई क्रूसमा झुण्ड्याउने व्यक्तिहरूलाई धिक्कार होस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। दुष्टहरूलाई निश्चय नै दण्ड दिइनेछ
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
न्यायको काम परमेश्वरको आफ्नै काम भएको हुनाले, स्वाभाविक रूपमा नै यसलाई परमेश्वर आफैले नै कार्यान्वयन गर्नुपर्ने हुन्छ; उहाँको सट्टामा...
देहमा परमेश्वरको कार्यको हरेक चरणले उहाँको सम्पूर्ण युगको कार्यलाई प्रतिनिधित्व गर्छ र मानिसको कार्यले जस्तो, यसले निश्चित अवधिलाई...
नयाँ करारको मत्तीको सुसमाचारले येशुको वंशावलीको दस्तावेजीकरण गर्छ। सुरुमा, यसले भन्छ कि येशू अब्राहाम र दाऊदका सन्तान र योसेफका छोरा थिए;...
परमेश्वरसँग भावना भएको कारण, वा मानिसले उहाँलाई प्राप्त गरेको नचाहनुभएको कारण, मानिस परमेश्वरलाई प्राप्त गर्न असफल भएको होइन, तर...