परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३१९

तिमीहरू सबै परमेश्‍वरको अघि इनाम पाउने र परमेश्‍वरद्वारा कृपा पाउने इच्छा राख्छौ; परमेश्‍वरमा विश्‍वास गरेको सुरुसुरुमा सबैले यस्तै कुराहरूको आशा राख्छन्, किनकि सबै जना उच्च कुराहरूको खोजीमा व्यस्त हुन्छन्, र कोही पनि अरूभन्दा पछि पर्न चाहँदैन। मानिसहरू यस्तै प्रकारका हुन्छन्। ठीक यही कारणले गर्दा तिमीहरूमध्ये धेरै जना स्वर्गमा हुनुहुने परमेश्‍वरको निरन्तर चापलुसी गरेर कृपा पाउने कोसिस गर्छौ, तापनि वास्तवमा, परमेश्‍वरप्रतिको तिमीहरूको बफादारीता र इमानदारीता तिमीहरूको आफैप्रतिको बफादारीता र इमानदारीताभन्दा धेरै कम हुन्छ। म यो कुरा किन भन्दैछु? किनकि परमेश्‍वरप्रतिको तिमीहरूको बफादारीतालाई म पटक्कै स्वीकार गर्दिनँ, त्यसबाहेक, म तिमीहरूका हृदयहरूमा भएका परमेश्‍वरको अस्तित्वलाई अस्वीकार गर्दछु। भन्नुको अर्थ यो हो, कि तिमीहरू जुन परमेश्‍वरको आराधना गर्छौ, जुन अस्पष्ट परमेश्‍वरको तिमीहरू सराहना गर्दछौ, उहाँको अस्तित्व छँदैछैन। तिमीहरू सत्य परमेश्‍वरबाट धेरै टाढा भएको कारणले गर्दा नै म यो निश्चयतापूर्वक भन्न सक्छु। तिमीहरूको वफादारीताको कारण तिमीहरूका हृदयभित्रको मूर्ति हो; मेरो कुरा गर्ने हो भने, अहिले, तिमीहरू जुन परमेश्‍वरलाई हेर्छौ, उहाँ न त महान् न सानो हुनुहुन्छ, तिमीहरू शब्दहरूले मात्र स्वीकार गर्दछौ। जब म तिमीहरू परमेश्‍वरबाट टाढा छौ भन्छु, मेरो भनाइको अर्थ तिमीहरू सत्य परमेश्‍वरबाट टाढा छौ भन्ने हो, त्यो अस्पष्ट परमेश्‍वर भने नजिक छ जस्तो देखिन्छ। जब म “महान् छैन” भन्छु, तब तिमीहरूले यो दिनमा विश्‍वास गरेका परमेश्‍वरको सन्दर्भमा भनेको हुँ, जो कुनै ठूला योग्यताहरू नभएको व्यक्तिजस्तो मात्र देखिनुहुन्छ, यस्तो व्यक्ति, जो त्यत्ति उच्च हुनुहुन्‍न। अनि जब म “सानो छैन” भन्छु, त्यसको अर्थ यो व्यक्तिले बतासलाई बोलाउन र झरीलाई आज्ञा गर्न नसके तापनि उहाँ त्यो काम गर्नका निम्ति परमेश्‍वरका आत्मालाई बोलाउन सक्षम हुनुहुन्छ, जसले आकाश र पृथ्वीलाई हल्लाउनुहुन्छ, जसले मानिसहरूलाई पूर्ण रूपमा अचम्मित बनाउनुहुन्छ। बाहिरी रूपमा पृथ्वीमा तिमीहरू यो ख्रीष्टप्रति धेरै आज्ञाकारी देखिन्छौ, तर वास्तवमा भन्ने हो भने उहाँमा तिमीहरू विश्‍वास गर्दैनौ, न त उहाँलाई प्रेम नै गर्छौ। भन्नुको अर्थ यो हो, कि जसलाई तिमीहरू साँचो रूपमा विश्‍वास गर्छौ, उहाँ तिमीहरूका आफ्नै भावनाको अस्पष्ट परमेश्‍वर हुनुहुन्छ, र तिमीहरूले साँच्चै प्रेम गरेको त्यो परमेश्‍वर, जसको तिमीहरू दिन-रात चाहना गर्दछौ, तापनि उहाँलाई व्यक्तिगत रूपमा कहिल्यै देखेका छैनौं। यस ख्रीष्‍टतर्फ तिमीहरूको विश्‍वास अपूर्ण छ, र तिमीहरूको प्रेम नगण्य छ। विश्‍वास भनेको आस्था वा भरोसा हो; प्रेम भनेको एक व्यक्तिको हृदयमा हुने भक्ति र प्रशंसा हो, जुन कहिल्यै विभाजित हुँदैन। तापनि आजका ख्रीष्टमा तिमीहरूको विश्‍वास र प्रेम योभन्दा धेरै कम छ। जब विश्‍वासको कुरा आउँछ, तब तिमीहरू उहाँमाथि कसरी विश्‍वास राख्छौ? जब प्रेमको कुरा आउँछ, तिमीहरू कस्तो प्रकारले उहाँलाई प्रेम गर्दछौ? तिमीहरूमा उहाँको स्वभावको बुझाइ छैन, अझ उहाँको गुणको बारेमा त तिमीहरूलाई झनै कम थाहा छ, यसैले तिमीहरू कसरी उहाँमा विश्‍वास गर्छौ? उहाँमा तिमीहरूको विश्‍वासको वास्तविकता कहाँ छ? उहाँलाई तिमीहरू कसरी प्रेम गर्छौ? उहाँमा तिमीहरूको प्रेमको वास्तविकता कहाँ छ?

धेरैले अहिलेसम्म कुनै सङ्कोचविना मलाई पछ्याएका छन्। त्यसैले तिमीहरूले विगत धेरै वर्षहरूमा धेरै थकान पनि अनुभव गरेका छौ। तिमीहरू प्रत्येकको जन्मजात चरित्र र बानीहरूलाई मैले स्पष्टतासाथ बुझेको छु; तिमीहरू प्रत्येकसँगको कुराकानी धेरै नै कठिन भएको छ। दुःखको कुरा यो हो कि, यद्यपि मैले तिमीहरूको बारेमा धेरै कुरा बुझे पनि तिमीहरूले चाहिँ मेरो बारेमा केही पनि बुझेका छैनौ। भ्रमको स्थितिमा तिमीहरू जोसुकैको छलमा फस्छौ भनेर मानिसहरूले भन्‍नु स्वभाविक नै हो। साँच्चै, तिमीहरू मेरो स्वभावलाई कति पनि बुझ्दैनौ, मेरो मनमा के छ त्यो त परै जाओस्। आज मबारे तिमीहरूका गलत बुझाइहरू चाँडो-चाँडो फैलिरहेका छन्, र मप्रतिको तिमीहरूको विश्‍वास अन्योलपूर्ण विश्‍वास नै रहिरहन्छ। तिमीहरूको ममा विश्‍वास छ भन्नुको साटो मसित चापलुसी गरेर अनि मलाई चिप्ले घसेर तिमीहरू मेरो कृपा पाउने कोसिस गर्दछौ भन्नु ठीक हुन्छ। तिनीहरूका अभिप्रायहरू साधारण छन्: म उसैको पछि लाग्नेछु, जसले मलाई इनाम दिन सक्छ, र उसैमा विश्‍वास गर्दछु, जसले मलाई ठूला-ठूला विपत्तिहरूबाट उम्काउनेछ, चाहे ऊ परमेश्‍वर वा कुनै पनि परमेश्‍वर नै किन नहोस्। यीमध्ये कुनै पनि मेरो सरोकारको विषय होइन। तिमीहरूमध्ये त्यस्ता धेरै मानिसहरू छन्, र यो अवस्था धेरै गम्भीर छ। यदि एक दिन, तिमीहरूमध्ये कति जनाले ख्रीष्टको सारको जानकारी पाएर उहाँमा विश्‍वास गरेका छौ भनी जाँच गरियो भने, मलाई शङ्का लाग्छ कि तिमीहरूमध्ये एकै जना पनि मेरो निम्ति चित्तबुझ्दो हुनेछैनौ। यसैले यो प्रश्नमाथि विचार गर्दा तिमीहरू प्रत्येकलाई चोट लाग्नेछैन: तिमीहरूले विश्‍वास गरेको परमेश्‍वर मभन्दा धेरै नै फरक छ, अनि यस्तो भएकोले तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको सार के हो? तिमीहरू जति धेरै आफ्नो तथाकथित परमेश्‍वरमा विश्‍वास गर्छौ, त्यत्ति नै मबाट भड्केर टाढा जान्छौ। त्यसो भए यस विषयको सार के हो? यो निश्चित छ, कि तिमीहरूमध्ये कसैले पनि त्यस्तो प्रश्नमाथि कहिल्यै विचार गरेका छैनौ, तर के यसको गम्भीरता तिमीहरूमा उत्पन्न भएको छ? के तिमीहरूले यस्तै प्रकारले विश्‍वास गरिरहँदा उत्पन्न हुने परिणामहरूबारे सोचेका छौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई कसरी चिन्ने

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५१३

जाँचहरूबाट भएर जाँदा मानिसहरू कमजोर हुनु वा उनीहरूभित्र नकारात्मकता हुनु वा परमेश्‍वरको इच्छा वा तिनीहरूका अभ्यासको मार्गबारे स्पष्ट नहुनु...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ३

परमेश्‍वरले सृष्टिको कुनै प्राणीसित द्वेष राख्नुहुन्न; उहाँ केवल शैतानलाई हराउन मात्र चाहनुहुन्छ। चाहे सजाय होस् वा न्याय, उहाँका सबै काम...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ७७

लाजरसको पुनरुत्थानले परमेश्‍वरलाई महिमित तुल्याउँछ यूहन्‍ना ११:४३-४४ अनि जब उहाँले त्यसरी बोलिसक्‍नुभएपछि, उहाँले उच्‍च स्वरमा “लाजरस,...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ६५

मत्ती १२:१ त्यस बेला येशू शबाथको दिन गहुँ बारी भएर जानुभयो; अनि उहाँका चेलाहरू भोकाए र गहुँका बालाहरू टिपेर खान थाले। मत्ती १२:६-८ तर म...