परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४५८

व्यक्तिले परमेश्‍वरको इच्छा पूरा गर्न, परमेश्‍वरको हृदयअनुसारका सबै मानिसहरूलाई उहाँको सामु ल्याउन, मानिसलाई परमेश्‍वरकहाँ ल्याई पवित्र आत्माको काम र परमेश्‍वरको अगुवाइसित परिचित गराउनका निम्ति काम गर्छ, र यसरी उसले परमेश्‍वरको कामको फललाई सिद्ध तुल्याउँछ। त्यसकारण, तिमीहरू त्यो कामको सारको बारेमा पूर्ण रूपमा स्पष्ट हुनु आवश्यक हुन्छ। परमेश्‍वरले प्रयोग गर्नुभएको व्यक्तिको रूपमा, प्रत्येक मानिस परमेश्‍वरको निम्ति काम गर्न योग्य हुन्छ, अर्थात् प्रत्येक व्यक्तिले पवित्र आत्माद्वारा प्रयोग गरिने मौका पाएको हुन्छ। तैपनि, एउटा कुरा तिमीहरूले बुझ्नुपर्छ: जब मानिसले परमेश्‍वरले आज्ञा गर्नुभएको काम गर्छ, तब उसले परमेश्‍वरद्वारा प्रयोग गरिने मौका पाएको हुन्छ, तर मानिसले जे भन्छ र जान्दछ त्यो पूर्ण रूपले मानिसको कद होइन। तिमीहरूले गर्न सक्‍ने भनेको आफ्नो कामको अवधिमा आफ्नै कमजोरीहरूलाई अझ राम्ररी जान्‍नु र पवित्र आत्माबाट अझ ठूलो अन्तर्ज्ञान प्राप्त गर्नु मात्र हो। यस तरिकाले, तिमीहरू कामको अवधिमा अझ राम्रोसित प्रवेश प्राप्त गर्न सक्षम हुनेछौ। यदि मानिसले परमेश्‍वरबाट आउने अगुवाइलाई उसको आफ्नै प्रवेश र आफूभित्र अन्तर्निहित रूपमा भएको कुरा मान्छ भने मानिसको कद बढ्ने कुनै सम्‍भावना हुँदैन। पवित्र आत्माले मानिसमा जुन अन्तर्दृष्टि ल्याउने काम गर्नुहुन्छ त्यो तिनीहरू सामान्य अवस्थामा हुँदा गर्नुहुन्छ; त्यस्ता समयहरूमा, मानिसहरूले आफूले प्राप्त गरेको अन्तर्दृष्टि आफ्नै कद हो भनी सम्झने भुल गर्छन्, किनकि पवित्र आत्माले जुन प्रकारले अन्तर्दृष्टि दिनुहुन्छ त्यो असाध्यै साधारण हुन्छ, र उहाँले मानिसभित्र अन्तर्निहित रहेका कुरालाई नै प्रयोग गर्नुहुन्छ। जब मानिसहरूले काम गर्छन् र बोल्छन् वा जब तिनीहरूले प्रार्थना र आफ्नो आत्मिक आराधना गरिरहेका हुन्छन्, तब अचानक तिनीहरूलाई एउटा सत्यता स्पष्ट हुन्छ। तैपनि वास्तवमा, मानिसले जे देख्छ त्यो केवल पवित्र आत्माद्वारा दिइएको अन्तर्दृष्टि हुन्छ (स्वाभाविक रूपले यो अन्तर्दृष्टि मानिसको सहकार्यसित जोडिएको हुन्छ) र त्यसले मानिसको वास्तविक कदको प्रतिनिधित्व गर्दैन। मानिस केही कठिनाइ र जाँचहरूको सामना गर्ने अनुभवबाट गुज्रेपछि त्यस्तो परिस्थितिमा मानिसको वास्तविक कद स्पष्ट हुन्छ। तब मात्र मानिसले आफ्नो कद त्यत्ति ठूलो नभएको थाहा पाउँछ, अनि मानिसको स्वार्थीपन, व्यक्तिगत विचारहरू र लालच सबै प्रकट हुन्छन्। यस प्रकारका धेरै वटा अनुभवहरूको चक्रपछि मात्र आफ्नो आत्मामा बिउँतने धेरै जनाले विगतमा आफूले अनुभव गरेका कुराहरू आफ्नै व्यक्तिगत वास्तविकता नभएको, बरु पवित्र आत्माले दिनुभएको क्षणिक प्रकाश भएको, र मानिसले त्यो ज्योति प्राप्त गरेको मात्र हो भनेर थाहा पाउँछन्। जब पवित्र आत्माले मानिसलाई त्यो सत्यता बुझ्ने अन्तर्दृष्टि दिनुहुन्छ, तब परिस्थिति किन त्यस्तो भयो वा त्यो कतातिर जाँदैछ भन्‍ने कुरा नबताईकन पनि त्यो प्रायः स्पष्ट र बुझ्न सकिने किसिमको हुन्छ। भन्‍नुको अर्थ, यो प्रकाशमा मानिसका कठिनाइहरू सम्मिलित नगरीकनै उहाँले सोझै सत्यता प्रकट गर्नुहुन्छ। जब प्रवेश गर्ने प्रक्रियामा मानिसले कठिनाइहरूको सामना गर्छ र पवित्र आत्माको अन्तर्ज्ञानलाई सम्मिलित गर्छ तब त्यो मानिसको वास्तविक अनुभव बन्छ। … त्यसकारण, पवित्र आत्माको काम प्राप्त गरेसँगै, तिमीहरूले पवित्र आत्माको काम वास्तवमा के हो र आफ्नो प्रवेश के हो त्यो हेर्दै, साथसाथै आफ्नो प्रवेशमा पवित्र आत्माको कामलाई सम्मिलित गर्दै, आफ्नो प्रवेशलाई झन् बढी महत्त्व दिनुपर्छ, र यसरी तिमीहरू पवित्र आत्माद्वारा धेरै प्रकारले सिद्ध पारिनेछौ, अनि पवित्र आत्माको कामको सारले तिमीहरूमा काम गर्न सक्‍नेछ। पवित्र आत्माको कामको अनुभव गर्दै जाँदा तिमीहरूले पवित्र आत्मालाई, साथै तिमीहरू आफैलाई पनि चिन्‍नेछौ, अनि त्यसबाहेक, के थाहा कति धेरै तीव्र दुःखको प्रहारहरूमाझ, तिमीहरूले परमेश्‍वरसित सामान्य सम्बन्ध विकास गर्नेछौ, र तिमीहरू र परमेश्‍वरबीचको सम्बन्ध दिनदिनै झन् घनिष्ठ हुँदै जानेछ। काटछाँट र शोधन गर्ने यस्तै अनगिन्ती उदाहरणहरूपछि तिमीहरूले परमेश्‍वरको निम्ति साँचो प्रेम विकास गर्नेछौ। यही कारणले गर्दा, तिमीहरूले दुःख, चोट र सङ्कष्टसित डराउनु हुँदैन भन्‍ने बुझ्‍नुपर्छ; पवित्र आत्माको काम भएर पनि तिमीहरू प्रवेश नहुनुचाहिँ डराउनुपर्ने कुरा हो; जब परमेश्‍वरको काम समाप्त हुने दिन आउँछ, तब तिमीहरूले गरेको परिश्रम व्यर्थ भएको हुनेछ; तिमीहरूले परमेश्‍वरको काम अनुभव गरेको भए पनि तिमीहरूले पवित्र आत्मालाई चिनेका हुँदैनौ वा तिमीहरूले आफ्नो प्रवेश पाएका हुँदैनौ। पवित्र आत्माले जुन अन्तर्ज्ञान दिने काम गर्नुहुन्छ त्यो मानिसको जोस थामेर राख्‍नका निम्ति नभएर मानिसको प्रवेशका निम्ति बाटो खोल्नलाई, साथै मानिसलाई पवित्र आत्माको विषयमा जान्‍न दिनलाई हो, र यस क्षणदेखि परमेश्‍वरका निम्ति आदर र भक्तिका भावनाहरू विकास गर्न मदत गर्नलाई हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (२)

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २६१

यस संसारमा भएको हरेक कुरा सर्वशक्तिमान्‌का विचारहरू र उहाँको प्रत्यक्ष निगरानीमा द्रुत गतिमा परिवर्तन हुन्छ। मानवजातिले कहिल्यै नसुनेका...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ६९

मेरो महिमा देख्न तिनीहरू कसैसँग विश्‍वास छैन र म तिनीहरूलाई बाध्य बनाउँदिनँ, बरु मानवजातिको माझबाट मेरो महिमा हटाउनेछु र यसलाई अर्कै...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३१८

परमेश्‍वरमा तेरो विश्‍वास, सत्यताको तेरो खोजी, र तैँले आफैलाई व्यवहार गर्ने तेरो शैली समेत पनि सबै यथार्थमाथि आधारित हुनुपर्छ: तैँले गर्ने...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १६०

सुरुमा, मानिस जातिको सृष्टिपछि, इस्राएलीहरूले परमेश्‍वरको कार्यको आधारको रूपमा सेवा गरे। सारा इस्राएल नै पृथ्वीमा यहोवाको कार्यको आधार बने।...