परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४५२

भविष्यमा, तँलाई आशीर्वाद दिइनेछ कि सराप दिइनेछ भन्ने कुरा तिमीहरूको आजको कार्य र व्यवहारको आधारमा नै निर्णय गरिनेछ। यदि तिमीहरू परमेश्‍वरबाट सिद्ध पारिन चाहन्छौ भने, यो अहिले नै, यस युगमा हुनुपर्दछ; भविष्यमा अर्को अवसर हुनेछैन। परमेश्‍वरले तिमीहरूलाई अहिले सिद्ध पार्ने साँचो चाहना गर्नुहुन्छ, र यो बोल्ने तरिकाको कुरा होइन। भविष्यमा, तिमीहरूका अगाडि जस्तोसुकै परीक्षाहरू आइपरे पनि, जे घटनाहरू घटे पनि वा तिमीहरूले जुन विपत्तिहरूको सामना गर्नुपरे पनि, परमेश्‍वरले तिमीहरूलाई सिद्ध पार्न चाहनुहुन्छ; यो एक निश्चित र निर्विवाद तथ्य हो। यो कहाँ देख्न सकिन्छ? युगहरू र पुस्ताहरूका परमेश्‍वरको वचनले आजसम्म यत्तिको उचाइ प्राप्त गरेको छैन भन्‍ने तथ्यमा यसलाई देख्‍न सकिन्छ। यो सबैभन्दा माथिल्लो क्षेत्रमा प्रवेश गरिसक्यो, र सम्पूर्ण मानवतामा पवित्र आत्माको आजको काम अभूतपूर्व छ। विगतका पुस्ताका कुनै पनि मानिसहरूले सायदै यस्तो अनुभव गरेका थिए; येशूको युगमा पनि, आजको प्रकाशहरू अस्तित्वमा थिएनन्। तिमीहरूका निम्ति बोलिएका वचनहरू, तिमीहरूले बुझेका कुराहरू, र तिमीहरूको अनुभव सबै नयाँ शिखरमा पुगेको छ। परीक्षा र सजायको बीचमा, तिमीहरूले छोडेर जाँदैनौ, र परमेश्‍वरको कामले अभूतपूर्व महिमा प्राप्त गरेको पर्याप्त प्रमाण यही नै हो। यो मानिसले गर्न सक्ने काम होइन, न त यो मानिसले कायम गर्ने कुरा नै हो; बरु, यो त परमेश्‍वर स्वयम्‌को काम हो। तसर्थ, परमेश्‍वरको कामको धेरै वास्तविकताबाट, यो देख्न सकिन्छ कि परमेश्‍वर मानिसलाई सिद्ध बनाउन चाहनुहुन्छ, र उहाँ पक्कै पनि तिमीहरूलाई पूर्ण गर्न सक्षम हुनुहुन्छ। यदि तिमीहरूसँग यो अन्तर्दृष्टि छ, र तिमीहरू यो नयाँ खोजी गर्छौ भने, तिमीहरूले येशूको दोस्रो आगमनको लागि पर्खनेछैनौ; यसको सट्टामा, अहिलेको युगमा तिमीहरूलाई पूर्ण बनाउनको लागि परमेश्‍वरलाई अनुमति दिनेछौ। त्यसकारण, तिमीहरू प्रत्येकले कुनै मेहनत नछोडी अथक प्रयास गर्नु पर्छ ताकि तिमीहरू परमेश्‍वरबाट सिद्ध हुन सक।

अब, तैँले नकारात्मक कुराहरूमा कुनै ध्यान दिनु हुँदैन। पहिले, तँलाई नकारात्मक महसुस गराउने कुरालाई आफूबाट टाढा राख् र त्यसलाई वास्ता नगर्। जब तैँले समस्याहरूको सामना गरिरहेको हुन्छस्, त्यस्तो हृदयले त्यसो गर् जसले अघि जाने बाटो खोजी गर्दछ र महसुस गर्दछ, त्यस्तो हृदय जो परमेश्‍वरमा समर्पित हुन्छ। जब तिमीहरूले आफूभित्र कुनै कमजोरी भेट्टाउँछौ तर त्यसले आफूलाई नियन्त्रण गर्न दिँदैनौ, बरु, आफूले गर्नुपर्ने कामहरू पूरा गर्छौ, तब तिमीहरूले एउटा सकारात्मक कदम चालेका छौ। उदाहरणको लागि, तेरा पाका दाजुभाइ-दिदीबहिनीहरूको धार्मिक धारणाहरू छन्, तर तँ परमेश्‍वरको वचनमा प्रार्थना गर्न, समर्पित हुन, यसलाई खान र पिउन, र भजन गाउन सक्षम छस्…। भन्‍नुको अर्थ, तैँले गर्न सक्ने जेसुकै कुराका लागि, तैँले पूरा गर्न सक्ने जुनसुकै कामका लागि तैँले आफैलाई आफ्‍ना सबै बलका साथ समर्पण गर्नु पर्छ। निष्क्रिय रूपमा प्रतीक्षा नगर्। तेरो कर्तव्य पूरा गर्ने क्रममा परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्षम हुनु पहिलो चरण हो। त्यसपछि, जब तँ सत्यलाई बुझ्न सक्छस् र परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश पाउँछस्, तब तँ उहाँद्वारा सिद्ध पारिनेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। हरेकले आफ्‍नो काम पूरा गर्ने विषयमा

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २४५

परमेश्‍वरको स्वभाव प्रत्येक व्यक्तिका निम्ति अत्यन्त अमूर्त विषयजस्तै देखिन्छ र वास्तवमा त्यस्तै हो, साथै यो प्रत्येक व्यक्तिले सजिलै...

परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २९६

येशूको सत्यता देह हुन आएपछि, मानिसले यस्तो विश्‍वास गऱ्योः स्वर्गमा, पिता मात्र हुनुहुन्न, तर पुत्र, र आत्मा पनि हुनुहुन्छ। स्वर्गमा यस...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १६८

कथा २: ठूलो हिमाल, सानो नदी, ठूलो हावा र विशाल छाल एउटा सानो नदी थियो, घुम्दै बहँदै, अन्ततः ठूलो हिमालको फेदीमा आइपुगेको थियो। हिमालले...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५४१

तिमीहरूले आफ्नो भावी सेवाको मार्गमा कसरी परमेश्‍वरको इच्छा पूरा गर्न सक्छौ? एउटा महत्त्वपूर्ण कुरा भनेको चाहिँ जीवनमा प्रवेश गर्नु, स्वभाव...