परमेश्वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ४३
जब येशू आफ्नो काम गर्न आउनुभयो, यो पवित्र आत्माको निर्देशनमा थियो; उहाँले पवित्र आत्माले चाहनुभए जस्तै गर्नुभयो, पुरानो करारको व्यवस्थाको...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
सामान्य मानवतामा के-कस्ता पक्षहरू समावेश हुन्छन्? अन्तर्दृष्टि, बोध, विवेक, र चरित्र। यदि तैँले यी प्रत्येक पक्षहरूमा सामान्यता हासिल गरिस् भने, तेरो मानवता उपयुक्त स्तरको हुनेछ। तँसँग सामान्य मानवको रूप हुनुपर्छ, तँ परमेश्वरको विश्वासी समान हुनुपर्छ। तैँले धेरै कुरा हासिल गर्नुपर्दैन, न त कूटनीतिमा सहभागी नै हुनुपर्छ; तँ केवल सामान्य मानिसको बोध भएको सामान्य मानिस हुनुपर्छ, परिस्थिति छुट्याउन सक्ने हुनुपर्छ, र कम्तीमा सामान्य मानव जस्तो देखिनुपर्छ। यति पर्याप्त हुनेछ। तैँले आज जे कुरा पूरा गर्न आवश्यक छ ती कुराहरू तेरो क्षमताभित्रै छ, यो क्षमताभन्दा बढी गर्न दबाब दिने मामिला होइन। तँमाथि कुनै अनुपयोगी वचन वा अनुपयोगी कार्य गरिनेछैन। तेरो जीवनमा व्यक्त वा प्रकट भएका सबै कुरूपतालाई फाल्नुपर्छ। तिमीहरू शैतानबाट भ्रष्ट भएका छौ र शैतानको विषले पूरा भरिएका छौ। तँबाट मागिएको कुरा त शैतानको यो भ्रष्ट स्वभावलाई फाल् भनेको मात्र हो। तँलाई कुनै उच्चपदस्थ कर्मचारी, वा प्रसिद्ध वा महान् व्यक्ति बन् भनिएको होइन। यसमा कुनै तुक छैन। तिमीहरूमा गरिएको कार्यले तिमीहरूका अन्तर्निहित कुराहरूलाई मध्यनजर गरेको हुन्छ। मैले मानिसहरूबाट माग्ने कुराहरू सीमामा बाँधिएका छन्। यदि बौद्धिक व्यक्तिहरूले बोल्ने तरिका र लबजमा तैँले अभ्यास गरेको थिइस् भने, यसले काम गर्नेछैन; तैँले यसलाई गर्न सक्नेछैनस्। तिमीहरूको क्षमताको आधारमा, तिमीहरूले कम्तीमा बुद्धि पुर्याएर र विनम्रताका साथ बोल्न र कुराहरूलाई स्पष्ट र बुझ्नयोग्य तरिकाले व्याख्या गर्न सक्नुपर्छ। शर्तहरू पूरा गर्नका लागि यति मात्रै चाहिन्छ। यदि, कम्तीमा पनि, तैँले अन्तर्दृष्टि र बोध प्राप्त गरिस् भने, यतिले काम गर्छ। अहिलेका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तेरो भ्रष्ट शैतानी स्वभाव फाल्नु हो। तँभित्र प्रकट भएको कुरूपता तैँले फाल्नुपर्छ। यी कुराहरू तैँले फाल्दैनस् भने, तैँले सर्वोच्च बोध र सर्वोच्च अन्तर्दृष्टिका बारेमा कसरी कुरा गर्न सक्छस्? युग परिवर्तन भएको देखेर, धेरै मानिसहरूमा कुनै विनम्रता वा धैर्यता छैन, र तिनीहरूमा कुनै प्रेम वा सन्तको शिष्टाचार पनि छैन। यस्ता मानिसहरू कति विवेकशून्य होलान्! के तिनीहरूमा अलिकति पनि सामान्य मानवता होला त? के तिनीहरूमा बोल्नको लागि कुनै गवाही होला त? तिनीहरूसँग अन्तर्दृष्टि वा समझ सर्वथा छैन। पक्कै पनि, मानिसहरूका केही विकृत र गलत अभ्यासलाई सच्याइनुपर्छ; उदाहरणका लागि, तिनीहरूको पहिलेको कडा आत्मिक जीवनहरू र तिनीहरूका भावशून्य र अल्पबुद्धि रूप—यी सबै कुराहरूलाई परिवर्तन गरिनुपर्छ। परिवर्तनको अर्थ तँलाई जे मन लाग्यो त्यही बोल्दै, देहमा स्वछन्द वा लिप्त हुन दिने भन्ने होइन। तैँले हल्का रूपमा बोल्नु हुँदैन। सामान्य मानवको बोली तथा आचरण हुनु भनेको तर्कसंङ्गत रूपमा बोल्नु हो, तैँले “हुन्छ” भन्दा “हुन्छ” भन्नु, “हुन्न” भन्दा “हुन्न” भन्नु हो। तथ्य परक रूपमा र उपयुक्त ढङ्गले बोल्। नठग्, र झूटो नबोल्। स्वभावको परिवर्तनको सन्दर्भमा व्यक्तिले जान सक्ने हदहरू बुझ्नुपर्छ। यदि यसो भएन भने, तँ वास्तविकतामा प्रवेश गर्न सक्नेछैनस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। क्षमता बढाउनु परमेश्वरको मुक्ति पाउनका खातिर हो
जब येशू आफ्नो काम गर्न आउनुभयो, यो पवित्र आत्माको निर्देशनमा थियो; उहाँले पवित्र आत्माले चाहनुभए जस्तै गर्नुभयो, पुरानो करारको व्यवस्थाको...
तिमीहरूले परमेश्वरको कार्यका दर्शनहरूलाई जान्नैपर्छ र उहाँको कार्यको सामान्य निर्देशनलाई बुझ्नैपर्छ। यो सकारात्मक प्रवेश हो। तँ...
भीडहरूले मेरो जयजयकार गर्छन्, भीडहरूले मेरो प्रशंसा गर्छन्; सबै मुखले एउटै साँचो परमेश्वरको नाउँ लिन्छन्, सबै मानिसहरूले मेरा कामहरू हेर्न...
परमेश्वरले सदोमलाई नष्ट गर्नैपर्ने हुन्छ (छनौट गरिएका खण्डहरू) उत्पत्ति १८:२६ अनि यहोवाले भन्नुभयो, यदि मैले सदोममा सहरभित्र पचास जना...