परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ३६

16 जुलाई 2021

परमेश्‍वरले सदोमलाई नष्ट गर्नैपर्ने हुन्छ (छनौट गरिएका खण्डहरू)

उत्पत्ति १८:२६ अनि यहोवाले भन्नुभयो, यदि मैले सदोममा सहरभित्र पचास जना धर्मी भेट्टाएँ भने, म तिनीहरूका खातिर त्यो सबै ठाउँलाई छोडिदिनेछु।

उत्पत्ति १८:२९ अनि तिनी फेरि उहाँसँग बोले र भने, केही गरी त्यहाँ चालीस जना पाइए भने। अनि उहाँले भन्‍नुभयो, म त्यसो गर्नेछैनँ।

उत्पत्ति १८:३० अनि तिनले उहाँलाई भने, केही गरी त्यहाँ तीस जना पाइए भने। अनि उहाँले भन्‍नुभयो, म त्यसो गर्नेछैनँ।

उत्पत्ति १८:३१ अनि तिनले भने, केही गरी त्यहाँ बीस जना पाइए भने। अनि उहाँले भन्‍नुभयो, म त्यसलाई नष्ट गर्नेछैनँ।

उत्पत्ति १८:३२ अनि तिनले भने, केही गरी त्यहाँ दश जना पाइए भने। अनि उहाँले भन्‍नुभयो, म त्यसलाई नष्ट गर्नेछैनँ।

परमेश्‍वरका वचनहरू र उहाँका आज्ञाहरू पालन गर्न सक्‍नेहरूलाई मात्र उहाँले वास्ता गर्नुहुन्छ

माथिका खण्डहरूमा धेरै वटा मुख्य शब्‍दहरू अर्थात् सङ्ख्याहरू छन्। सबैभन्दा पहिला, यहोवाले सहरमा पचास जना धर्मी भेट्टाउनुभयो भने, उहाँले त्यो ठाउँलाई जोगाउनुहुनेछ भनी भन्‍नुभयो, यसको मतलब, उहाँले त्यो सहरलाई नष्ट पार्नुहुनेथेन। वास्तवमा, के सदोममा पचास जना धर्मी मानिस थिए त? थिएनन्। त्यसको लगत्तै, अब्राहामले परमेश्‍वरलाई के भने? तिनले भने, यदि त्यहाँ चालीस जना भेट्टाइयो भने? तर परमेश्‍वरले भन्‍नुभयो, म त्यसो गर्नेछैनँ। फेरि, अब्राहामले भने, हुन सक्छ तीस जना भेट्टाइयो भने? तर परमेश्‍वरले भन्‍नुभयो, म त्यसो गर्नेछैनँ। र कतै बीस जना भेट्टाइयो भने? म त्यसो गर्नेछैनँ। दस जना? म त्यसो गर्नेछैनँ। के त्यो सहरमा वास्तवमा दस जना धर्मी मानिसहरू थिए? त्यहाँ दस जना थिएनन्—तर एक जना थियो। अनि त्यो एक जना को थियो? ऊ लोत थियो। त्यस समयमा सदोममा एक जना मात्र धर्मी व्यक्ति थियो, तर के यो सङ्ख्या सुनेर परमेश्‍वरले धेरै कडा वा कठोर व्यवहार गर्दै हुनुहुन्थ्यो? होइन, गर्नुभएको थिएन! अनि जब मानिसले यसो भन्दै सोधिरह्यो, “चालीस जना भए के गर्नुहुन्थ्यो?” “तीस जना भए के गर्नुहुन्थ्यो?” आखिरीमा तिनले भने, “दस जना भए के गर्नुहुन्थ्यो?” परमेश्‍वरले भन्‍नुभयो, “यदि त्यहाँ दस जना मात्र भए पनि म सहरलाई नाश गर्दिनँ। म त्यसलाई जोगाउनेछु, र ती दस जनाबाहेक अरू मानिसलाई पनि क्षमा दिनेछु।” यदि त्यहाँ दस जना मात्र थिए भने पनि तिनीहरू दया पाउन योग्य हुन्थे, तर अवस्था यस्तो थियो कि सदोमको धर्मी जनको सङ्ख्या वास्तवमा त्यत्ति पनि थिएन। त्यसपछि तँ देख्छस् कि परमेश्‍वरको नजरमा त्यो सहरका मानिसहरूका पाप र दुष्टता यति धेरै थियो कि उनीहरूलाई नष्ट गर्नुबाहेक परमेश्‍वरसँग अर्को कुनै विकल्प थिएन। परमेश्‍वरले यदि त्यहाँ पचास जना धर्मी छन् भने उहाँले त्यो सहरलाई नष्ट गर्नुहुनेछैन भनी भन्‍नुभएको वचनको अर्थ के थियो? यी सङ्ख्याहरू परमेश्‍वरका लागि महत्त्वपूर्ण थिएनन्। सबैभन्दा महत्त्वपूर्ण कुरा, त्यो सहरमा उहाँले चाहनुभएका धर्मीहरू छन् कि छैनन् भन्‍ने थियो। यदि सहरमा केवल एक जना मात्र धर्मी व्यक्ति हुन्थ्यो भने पनि, परमेश्‍वरले त्यस सहरको विनाश हुँदा उनीहरूलाई नोक्सानमा पर्न दिनुहुनेथेन। यसको अर्थ यो हो कि चाहे परमेश्‍वरले त्यो सहरलाई नष्ट गर्नुभए पनि वा नगर्नुभए पनि, र त्यसमा धर्मी मानिसहरू जति जना नै भए पनि, परमेश्‍वरको नजरमा त्यो पापी सहर श्रापित र निन्दनीय थियो, यसैले त्यसलाई नाश पारिनुपर्थ्यो, र परमेश्‍वरको नजरबाट त्यो विलुप्त हुनुपर्थ्यो, तर धर्मीजन भने बाँकी रहनुपर्थ्यो। युग जुनसुकै भए पनि, मानवजातिको विकासको चरण जुनसुकै भए पनि, परमेश्‍वरको मनोवृत्ति परिवर्तन हुँदैन: उहाँ दुष्टतालाई घृणा गर्नुहुन्छ, र उहाँको नजरमा जो धर्मी छन्, तिनैको वास्ता गर्नुहुन्छ। परमेश्‍वरको यो स्पष्ट मनोवृत्ति परमेश्‍वरको सारको साँचो प्रकाश पनि हो। त्यो सहरमा एक जना मात्र धर्मी व्यक्ति भएकोले, परमेश्‍वर धेरै हिचकिचाउनुभएन। अन्तिम परिणाम के थियो भने सदोम अनिवार्य रूपमा नष्ट हुने नै भयो। तिमीहरू यसमा के देख्छौ? त्यस युगमा, परमेश्‍वरले एउटा सहरमा पचास जना धर्मी भए त्यसलाई नाश पार्नुहुनेथिएन, र त्यहाँ दस जना भए पनि नाश पार्नुहुनेथिएन, र यसको अर्थ के हो भने, केही मानिसहरूले उहाँलाई आदर र आराधना गर्न सकेको कारण परमेश्‍वरले मानवजातिप्रति क्षमाशील र सहनशील हुने वा तिनीहरूलाई अगुवाइ गर्ने निर्णय गर्नुहुनेथ्यो। परमेश्‍वरले मानिसका धर्मी कार्यहरूलाई ठूलो महत्त्व दिनुहुन्छ, उहाँको आराधना गर्नेहरूलाई उहाँले ठूलो महत्त्व दिनुहुन्छ, अनि उहाँको अगाडि असल कार्यहरू गर्नेहरूलाई उहाँले ठूलो महत्त्व दिनुहुन्छ।

प्रारम्भिक कालदेखि आजसम्म, के तिमीहरूले कहिल्यै बाइबलमा परमेश्‍वरले कुनै व्यक्तिलाई सत्यता व्यक्त गर्नुभएको वा परमेश्‍वरको मार्गको बारेमा कुरा गरिरहनुभएको बारेमा पढेका छौ? छैनौ, कहिल्यै पढेका छैनौ। मानिसका लागि बोलिएका परमेश्‍वरका वचनहरू जुन हामीले पढेका छौँ, तिनले मानिसहरूलाई के गर्नुपर्छ भन्‍ने मात्र बताए। केहीले गरे, केहीले गरेनन्; कतिले विश्‍वास गरे, र कतिले गरेनन्। त्यहाँ भएको त्यत्ति नै थियो। त्यसैले त्यस युगका धर्मीहरू—जो परमेश्‍वरको नजरमा धर्मी थिए—तिनीहरू केवल ती व्यक्तिहरू थिए जसले परमेश्‍वरको वचन सुन्‍न र परमेश्‍वरका आज्ञाहरू पालन गर्न सक्थे। तिनीहरू मानिसहरूको माझमा परमेश्‍वरका वचनहरू लैजाने सेवकहरू थिए। के त्यस्ता मानिसहरूलाई परमेश्‍वर चिन्‍नेहरू भनेर भन्‍न सकिन्छ? के तिनीहरूलाई परमेश्‍वरद्वारा सिद्ध पारिएका मानिसहरू भनी भन्‍न सकिन्छ? सकिँदैन, तिनीहरूलाई त्यसो भन्‍न सकिँदैन। त्यसैले तिनीहरूको सङ्ख्या जति नै भए पनि, के परमेश्‍वरको नजरमा यी धर्मी व्यक्तिहरू परमेश्‍वरका विश्‍वासपात्र भनिन योग्य थिए? के तिनीहरूलाई परमेश्‍वरका साक्षीहरू भन्‍न सकिन्छ? अवश्य सकिँदैन! तिनीहरू अवश्य नै परमेश्‍वरका विश्‍वासपात्र र साक्षीहरू भनिन योग्य थिएनन्। त्यसो भए, परमेश्‍वरले त्यस्ता मानिसहरूलाई के भनेर बोलाउनुभयो? बाइबलमा हामीले भर्खर पढेका पदहरूसम्म, परमेश्‍वरले तिनीहरूलाई “मेरो सेवक” भनी सम्बोधन गर्नुभएका धेरै वटा उदाहरणहरू छन्। भन्‍नुको अर्थ, त्यो बेला परमेश्‍वरको नजरमा ती धर्मी मानिसहरू परमेश्‍वरका सेवकहरू थिए, तिनीहरू पृथ्वीमा उहाँको सेवा गर्ने मानिसहरू थिए। अनि परमेश्‍वरले यो विशेष उपाधिको बारेमा के सोच्नुभयो? उहाँले तिनीहरूलाई किन त्यसरी बोलाउनुभयो? के परमेश्‍वरको हृदयमा मानिसहरूलाई सम्बोधन गर्ने विशेष उपाधिहरूका मापदण्डहरू छन्? उहाँसित निश्‍चय नै छ। परमेश्‍वरले मानिसहरूलाई धर्मी, सिद्ध, सोझो वा सेवकहरू जे भनेर सम्बोधन गर्नुभए पनि उहाँसित मापदण्डहरू हुन्छन्। जब उहाँले कसैलाई उहाँको सेवक भन्‍नुहुन्छ, तब उहाँले त्यो व्यक्ति उहाँका सन्देशहरू ग्रहण गर्न, उहाँका आज्ञाहरू पालन गर्न र सन्देशवाहकहरूबाट आज्ञा गरिएका काम पूरा गर्न सक्छ भन्‍ने दृढ विश्‍वास गर्नुहुन्छ। यस व्यक्तिले के काम गर्छ? यस्ता व्यक्तिहरूले ती कार्यहरू गर्छन् जुन कार्यहरू परमेश्‍वरले मानिसलाई पृथ्वीमा गर्न र अघि बढाउन लगाउनुहुन्छ। त्यस बेला, के परमेश्‍वरले मानिसलाई पृथ्वीमा गर्नू र अघि बढाउनू भनी भन्‍नुभएको कामलाई परमेश्‍वरको मार्ग भन्‍न सकिन्छ? अहँ, सकिँदैन। किनकि त्यस समयमा, परमेश्‍वरले मानिसलाई केही साधारण कार्यहरू मात्र गर्न लगाउनुभएको थियो; उहाँले केही साधारण आज्ञाहरूमात्र गरेर, मानिसलाई यो वा त्यो गर्नू मात्र भन्‍नुभयो, त्योभन्दा बढी केही पनि गर्न लगाउनुभएन। परमेश्‍वरले आफ्नो योजनाअनुसार काम गर्दै हुनुहुन्थ्यो। किनकि, त्यस समयमा यसको लागि आवश्यक धेरै अवस्थाहरू छँदै थिएनन्, समय अझै आइपुगेको थिएन, र मानवजातिका लागि परमेश्‍वरको मार्ग वहन गर्नु गाह्रो थियो, र यसरी परमेश्‍वरको मार्ग अझै पनि परमेश्‍वरको हृदयदेखि जारी हुन बाँकी नै थियो। परमेश्‍वरले जुन धर्मी मानिसहरूको कुरा गर्नुभयो तिनीहरूलाई आफ्ना दासहरूका रूपमा देख्‍नुभयो—चाहे ती तीस जना हुन् वा बीस जना। जब परमेश्‍वरका दूतहरू यी दासहरूकहाँ आए, तिनीहरूले उनीहरूलाई स्वीकार गर्न सके, र उनीहरूका आज्ञाहरू अनुसरण गरे, र उनीहरूका वचनहरूअनुसार कार्य गरे। परमेश्‍वरको नजरमा जो सेवकहरू थिए तिनीहरूले वास्तवमा यसै गर्नुपर्छ, र यही कुरा हासिल गर्नुपर्छ। परमेश्‍वरले मानिसहरूसँग विवेकशील रूपमा अपील गर्नुहुन्छ। तिनीहरू अहिलेका तिमीहरूजस्‍तै भएको कारणले—तिनीहरूले धेरै प्रचार सुनेका, परमेश्‍वरले के गर्नुहुन्छ भनी जानेका, परमेश्‍वरको धेरै इच्छा बुझेका, उहाँको व्यवस्थापन योजनालाई बुझेका कारणले—होइन बरु तिनीहरू आफ्नो मानवतामा इमानदार रहेका र परमेश्‍वरका वचनहरू पालन गर्न सक्‍ने भएकाले उहाँले तिनीहरूलाई आफ्‍ना सेवकहरू भनी भन्‍नुभयो। जब परमेश्‍वरले उनीहरूलाई आदेश दिनुभयो, तिनीहरू आफूले जे गरिरहेका हुन्थे, ती सबैलाई पन्छाएर परमेश्‍वरले अह्राउनुभएको आदेश पूरा गर्न सक्थे। त्यसैले परमेश्‍वरका लागि, सेवक पदवीको अर्को तहको अर्थ के हो भने, उनीहरूले पृथ्वीमा उहाँको काममा सहकार्य गरे, र तिनीहरू परमेश्‍वरका सन्देशवाहकहरू नभएका भए पनि पृथ्वीमा तिनीहरू परमेश्‍वरका वचनहरू कार्यान्वयन र लागू गर्नेहरू थिए। त्यसैले तैँले यी सेवकहरू वा धर्मी मानिसहरूले परमेश्‍वरको हृदयको ठूलो बोझ बोकेको देख्छस्। परमेश्‍वरले पृथ्वीमा सुरु गर्नुपर्ने काम मानिसहरूले उहाँसँग सहकार्य नगरी हुन सक्दैनथ्यो, र परमेश्‍वरका सेवकहरूले लिएका भूमिका परमेश्‍वरका सन्देशवाहकहरूले पूरा गर्न सक्दैनथे। परमेश्‍वरले यी सेवकहरूलाई अह्राउनुभएका प्रत्येक काम उहाँका लागि ठूलो महत्त्वका थिए, र त्यसकारण उहाँले तिनीहरूलाई गुमाउन सक्‍नुहुन्‍नथ्यो। परमेश्‍वरसँग यी सेवकहरूको सहकार्य नभएको भए, मानवजातिको माझमा उहाँको कार्य ठप्प हुनेथ्यो, जसको परिणामस्वरूप परमेश्‍वरको व्यवस्थापन योजना र परमेश्‍वरको आशा व्यर्थ हुनेथ्यो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्