परमेश्वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५१७
ठूलो रातो अजिङ्गरको देशमा परमेश्वरको काम अचम्मको र बुझ्न नसकिने छ। उहाँले मानिसहरूको एउटा झुण्डलाई सिद्ध बनाउनुहुनेछ र अरू केहीलाई...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
परमेश्वरमा आफ्नो विश्वासको सम्बन्धमा मानिसहरूको सबै भन्दा ठूलो गल्ती उनीहरूले मुखले मात्र विश्वास गर्नु, र परमेश्वरलाई आफ्नो दैनिक जीवनबाट पूर्ण रूपले टाढा राख्नु हो। वास्तवमा, सबै मानिसहरूले परमेश्वरको अस्तित्वमा विश्वास गर्छन्, तर परमेश्वर उनीहरूको दैनिक जीवनको हिस्सा भने हुनुहुन्न। मानिसहरूका मुखहरूले परमेश्वरलाई धेरै प्रार्थनाहरू चढाउँछन्, तर उनीहरूको हृदयमा परमेश्वरको स्थान थोरै छ, र त्यसैले परमेश्वरले तिनीहरूको बारम्बार जाँच गर्नुहुन्छ। किनभने मानिसहरू अशुद्ध छन्, जसले गर्दा उनीहरूको जाँच गर्नु बाहेक परमेश्वरसँग अरू कुनै विकल्प हुँदैन, ताकि उनीहरू लाजमा परून् र यी परीक्षाहरूका बीचमा आफैलाई चिन्न सकून्। यदि होइन भने, मानवजाति प्रधान दूतको सन्तानहरूको रूपमा परिणत हुन्थे, र अझ धेरै भ्रष्ट हुन्थे। परमेश्वरमा उनीहरूको विश्वासको प्रक्रियामा, परमेश्वरको अनन्त शुद्धीकरणको दायरामा हरेक व्यक्तिले आफ्नो व्यक्तिगत अभिप्रायहरू र उद्देश्यहरू ल्याउँछन्। यदि यसो भएन भने, परमेश्वरसँग कसैलाई पनि प्रयोग गर्ने कुनै उपाय हुँदैनथ्यो, र उहाँले जे काम मानिसमा गर्नुपर्थ्यो, त्यो कुनै पनि हालतमा हुँदैनथ्यो। परमेश्वरले पहिला मानिसहरूलाई शुद्ध पार्नुहुन्छ, र यो प्रक्रियामार्फत उनीहरूले आफैलाई चिन्न सक्छन् र परमेश्वरले उनीहरूलाई परिवर्तन गर्नुहुन्छ। त्यसपछि मात्रै परमेश्वरले आफ्नो जीवनद्वारा उनीहरूमा काम गर्नुहुन्छ, र त्यसरी मात्रै तिनीहरूको हृदयहरू परमेश्वरतिर पूर्ण रूपले फर्किन सक्छ। त्यसैले म भन्छु, परमेश्वरमा विश्वास गर्नु चाहिँ मानिसहरूले भने जस्तो सजिलो छैन। जसरी परमेश्वरले त्यसलाई हेर्नुहुन्छ, यदि तँसँग ज्ञान मात्रै छ तर उहाँको जीवनरूपी वचन छैन भने, र यदि तँ आफ्नो ज्ञानमा मात्र सीमित छस् तर सत्यतालाई अभ्यास गर्न र परमेश्वरको वचन अनुसार जिउन सक्दैनस् भने, तँसँग परमेश्वरलाई प्रेम गर्ने हृदय छैन भन्ने कुराको प्रमाण यही हो, तेरो हृदय परमेश्वरको होइन भनी यसले देखाउँछ। एक व्यक्तिले परमेश्वरमा विश्वास गरेर उहाँलाई चिन्दछ: यो नै अन्तिम लक्ष्य हो, र मानिसको खोजको लक्ष्य हो। तैँले परमेश्वरको वचन अनुसार जिउनलाई प्रयत्न गर्नैपर्छ, ताकि तेरो अभ्यासमा ती फलदायी हुन सकून्। यदि तँसँग सैद्धान्तिक ज्ञान मात्र छ भने, परमेश्वरमाथिको तेरो विश्वास शून्य हुनेछ। यदि तैँले उहाँको वचन अभ्यास गरिस् र त्यसमा जिइस् भने मात्रै तेरो विश्वास पूर्ण भएको र उहाँको इच्छा अनुसार भएको मान्न सकिन्छ। यस मार्गमा, धेरै मानिसहरूले थुप्रै ज्ञानको कुरा गर्न सक्छन्, तर उनीहरूको मृत्युको समयमा, उनीहरूका आँखाहरू आँसुले भरिन्छन्, र आफ्नो जीवनकाल व्यर्थमा खेर फालेकोमा र परिपक्व वृद्धावस्था शून्यतामा जिएकोमा आफैलाई घृणा गर्छन्। उनीहरूले सिद्धान्तहरू मात्र बुझ्छन्, तर सत्यतालाई व्यवहारमा लागू गर्न सक्दैनन् अथवा परमेश्वरको साक्षी हुन सक्दैनन्; बरु, उनीहरू यत्तिकै यता उता दौडिरहन्छन्, मौरी झैँ व्यस्त हुन्छन्, र अन्त्यमा मृत्युको छेउमा पुगेपछि मात्र उनीहरूले आफूमा साँचो गवाहीको अभाव भएको र उनीहरूले परमेश्वरलाई बिलकुल नचिनेको थाहा गर्छन्। के यो धेरै ढिलो भएन र? किन तँ समयको उपयोग गर्दैनस् र तैँले प्रेम गरेको सत्यताको खोजी गर्दैनस्? किन भोलिलाई कुर्छस्? यदि जीवनमा तँ सत्यताको लागि दुःख भोग्दैनस् अथवा यसलाई प्राप्त गर्न खोज्दैनस् भने तँ मृत्युको घडीमा पछुताउन चाहन्छस् भन्ने अर्थ लाग्दैन र? यदि त्यसो हो भने किन परमेश्वरमा विश्वास गर्छस्? वास्तवमा, मानिसहरूले यदि अलिकति परिश्रम गरे भने पनि सत्यतालाई अभ्यास गर्न सक्ने थुप्रै विषयहरू छन् र यसरी परमेश्वरलाई सन्तुष्ट पार्न सक्छन्। किनकी उनीहरूले परमेश्वरको खातिर काम गर्न नसकोस् भनेर मानिसहरूका हृदयहरू दुष्टद्वारा नियन्त्रित छन्, र निरन्तर रूपमा उनीहरूको शरीरको खातिर दौडधूप गर्छन्, अन्त्यमा केही पनि प्राप्त गर्दैनन्। यस कारणले, मानिसहरू निरन्तर रूपमा समस्याहरू र कठिनाइहरूद्वारा पीडित हुन्छन्। के यिनीहरू शैतानका यातनाहरू होइनन्? के यो शरीरको भ्रष्टता होइन? तैँले आफ्नो ओठ चलाएर परमेश्वरलाई मूर्ख बनाउने कोसिस गर्नु हुँदैन। बरु, तैँले स्पष्ट कार्य गर्नुपर्छ। आफैलाई धोका नदे—त्यसको अर्थ के हुन सक्छ? आफ्नो शरीरको खातिर जिएर फाइदा र प्रसिद्धिको लागि सङ्घर्ष गरेर तैँले के प्राप्त गर्न सक्छस्?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले परमेश्वरमा विश्वास गर्ने हुनाले तँ सत्यताको निम्ति जिउनुपर्छ
ठूलो रातो अजिङ्गरको देशमा परमेश्वरको काम अचम्मको र बुझ्न नसकिने छ। उहाँले मानिसहरूको एउटा झुण्डलाई सिद्ध बनाउनुहुनेछ र अरू केहीलाई...
मानिसको कारणले गर्दा मात्रै व्यवस्थापनको कार्य आयो, जसको अर्थ मानवजातिको अस्तित्वको कारणले मात्रै यो खडा भयो। मानवजाति हुनुभन्दा पहिले वा...
जब राज्यप्रतिको सलामी बज्छ—जुन सात गर्जनहरू गर्जिने समय पनि हो—यो आवाजले स्वर्ग र पृथ्वीलाई थर्काउँदै, आकाशलाई हल्लाउँछ र हरेक मानवजातिको...
परमेश्वरको डर मान्ने कार्यको सुरुवात बिन्दु भनेको उहाँलाई परमेश्वरको रूपमा व्यवहार गर्नु हो केही क्षणअघि, कसैले एउटा प्रश्न उठायो:...