परमेश्वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ३९४
परमेश्वरमा आफ्नो विश्वासको सम्बन्धमा मानिसहरूको सबै भन्दा ठूलो गल्ती उनीहरूले मुखले मात्र विश्वास गर्नु, र परमेश्वरलाई आफ्नो दैनिक...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
विगतमा, धेरैले ठूला-ठूला अभिलाषाहरू र धारणाहरूको खोजी गरे, तिनीहरूले आफ्नै आशाको परिणामस्वरूप तिनको खोजी गरे। केही क्षणको लागि हामी त्यस किसिमका कुराहरूलाई पन्छ्याएर राखौं; अहिले हाम्रो लागि प्रमुख महत्त्वको विषय भनेको, परमेश्वरको अघि सामान्य अवस्था कायम गर्न र शैतानको प्रभावका बन्धनहरूबाट बिस्तारै स्वतन्त्र हुँदै जानको लागि तिमीहरू प्रत्येकलाई सक्षम गर्ने किसिमको अभ्यास पत्ता लगाउनु हो, ताकि तँलाई परमेश्वरले प्राप्त गर्न सक्नुभएको होस्, र परमेश्वरले तँलाई आज्ञा गर्नुभए अनुसारको जीवन तैँले जिउन सकेको होस्। यसरी मात्रै तैँले परमेश्वरका अभिप्रायहरूलाई पूरा गर्न सक्नेछस्। धेरैले परमेश्वरमा विश्वास गर्छन्, तैपनि तिनीहरूलाई न त परमेश्वरले के चाहनुहुन्छ भन्ने बारेमा थाहा हुन्छ न त शैतानले के चाहन्छ भन्ने थाहा हुन्छ। जे पर्छ त्यही टर्छ भन्दै तिनीहरूले बेवकुफ मार्गमा विश्वास गर्छन्, जसले गर्दा तिनीहरूले कहिल्यै पनि सामान्य इसाई जीवन जिएका हुँदैनन्; यति मात्र होइन, तिनीहरूका व्यक्तिगत सम्बन्धहरू कहिल्यै पनि सामान्य रहेका हुँदैनन्, परमेश्वरसँगको सामान्य सम्बन्धको त कुरै छोडौं। यसबाट हामीले के कुरा देख्न सक्छौं भने मानिसको कठिनाइ र कमजोरीहरू, अनि परमेश्वरको इच्छालाई वाधा दिन सक्ने अन्य तत्वहरू धेरै नै छन्। मानिस परमेश्वरमाथिको विश्वासको सहि मार्गमा आइपुगेको छैन, न त ऊ मानव जीवनको वास्तविक अनुभवमा नै प्रवेश गरेको छ भन्ने कुरालाई प्रमाणित गर्न यो नै पर्याप्त छ। त्यसो भए परमेश्वरमाथिको विश्वासको सही मार्गमा आउनु भनेको के हो? सहि मार्गमा आउनु भनेको मानिसमा जे कुराको कमी छ, त्यस कुरालाई बिस्तारै बुझ्दै र परमेश्वर सम्बन्धी गहन ज्ञानलाई बिस्तारै प्राप्त गर्दै, परमेश्वरको सामने सँधै आफ्नो हृदयलाई शान्त राख्नु र परमेश्वरसँग सामान्य कुराकानी गर्नु हो। यसद्वारा, तेरो आत्माले दैनिक रूपमा नयाँ ज्ञान र नयाँ अन्तर्दृष्टि प्राप्त गर्दै जानेछ; तेरो तृष्णा बढ्दै जान्छ, तँ सत्यतामा प्रवेश गर्ने प्रयास गर्छस्, र हरेक दिन नयाँ ज्योति र नयाँ ज्ञान प्राप्त हुनेछ। यो मार्गद्वारा, तँ शैतानको प्रभावबाट बिस्तारै स्वतन्त्र हुँदै जानेछस् र आफ्नो जीवनमा वृद्धि हुँदै जानेछस्। त्यस किसिमका मानिसहरू सहि मार्गमा प्रवेश गरेका हुन्छन्। आफ्ना अनुभवहरूलाई जाँच गर् अनि आफ्नो विश्वासमा तैँले खोजेको मार्गलाई जाँच्। जब तैँले आफूलाई माथि उल्लेखित कुराहरूसँग दाज्छस्, के तैँले आफूलाई सहि मार्गमा भेट्टाउँछस्? के-कस्ता कुराहरूमा तैँले शैतानका बन्धनहरू र शैतानको प्रभावबाट आफूलाई स्वतन्त्र पारेको छस्? यदि तँ सहि मार्गमा आउन बाँकी नै छ भने, शैतानसँगको तेरो बन्धन तोडिएको छैन। यसो हो भने, के परमेश्वरलाई प्रेम गर्ने तेरो प्रयासले तँलाई सच्चा, एकचित्त, र शुद्ध प्रेममा लैजानेछ? परमेश्वरप्रतिको मेरो प्रेम अटल किसिमको र हृदयबाट निस्केको प्रेम हो भनेर तैँले भन्छस्, तैपनि शैतानको बन्धनबाट तैँले छुटकारा भने पाएको छैनस्। के तैँले परमेश्वरलाई मूर्ख बनाउने प्रयास गरिरहेको छैनस् र? यदि तँ त्यस्तो अवस्थामा पुग्न चाहन्छस् जहाँ परमेश्वरप्रतिको तेरो प्रेम निष्कलङ्क हुन्छ, यदि तँ पूर्ण रूपमा परमेश्वरद्वारा प्राप्त गरिन चाहन्छस् र राज्यका मानिसहरूमध्येमा पर्न चाहन्छस् भने, सुरुमा तैँले आफूलाई परमेश्वरमाथिको विश्वासको सहि मार्गमा लैजानुपर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विश्वासीहरूले कस्तो दृष्टिकोण राख्नुपर्छ
परमेश्वरमा आफ्नो विश्वासको सम्बन्धमा मानिसहरूको सबै भन्दा ठूलो गल्ती उनीहरूले मुखले मात्र विश्वास गर्नु, र परमेश्वरलाई आफ्नो दैनिक...
यदि तैँले परमेश्वरको स्याबासी पाउने चाहना गर्छस् भने, तँ पहिले परमेश्वरको निम्ति आफ्नो हृदय खोलेर यसलाई पूर्ण रूपले उहाँतर्फ फर्काउँदै...
मानिसको काम एक निश्चित दायराभित्र रहन्छ र यो सीमित छ। एक व्यक्तिले एक निश्चित चरणको काम गर्न सक्छ र सम्पूर्ण युगको काम गर्न...
यदि मानिसहरूले ज्ञान हासिल गरेको र समझ प्राप्त गरेको कुरा परमेश्वरको स्वभावको बारेमा हो अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसको बारेमा...