परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ३७४

सर्वशक्तिमान्‌ परमेश्‍वर, सबै थोकका मुखिया हुनुहुन्छ, उहाँले आफ्नो सिंहासनबाट आफ्नो शाही शक्ति चलाउनुहुन्छ। उहाँले ब्रह्माण्ड र सबै थोकमाथि शासन गर्नुहुन्छ, र सारा पृथ्वीमा हामीलाई डोऱ्याउने काममा हुनुहुन्छ। हामी हरेक क्षण उहाँसँग नजिक हुनेछौं, र चुपचाप उहाँको सामु आउनेछौं, एक पल पनि कहिल्यै गुमाउनेछैनौं, र सबै समय हामीसँग सिक्नका लागि पाठहरू हुनेछन्। वरपरको वातावरणदेखि मानिसहरू, घटनाहरू, र विभिन्न वस्तुहरूसम्म सबै थोक, सबै नै उहाँको सिंहासनको अनुमतिद्वारा अस्तित्वमा छन्। तिमीहरूको हृदयमा कहिल्यै गुनासो पैदा नहोस्, नत्र परमेश्‍वरले आफ्‍नो अनुग्रह रोक्‍नुहुनेछ। जब-जब रोग-बिमार आइपर्छन्, यो परमेश्‍वरको प्रेम हो, र तीभित्र अवश्य नै उहाँका दयालु अभिप्रायहरू लुकेका हुन्छन्। तेरो शरीर अलिकति कष्टबाट भएर जानुपर्ने हुनसक्‍ने भए तापनि, शैतानका कुनै विचारहरू मनमा नराख्। रोग-बिमारको बीचमा परमेश्‍वरको प्रशंसा गर् र तेरो प्रशंसाको क्रममा परमेश्‍वरसँग आनन्द गर्। बिमारीपनको बीचमा निराश नबन्, बारम्‍बार खोजी गर् अनि हरेस नखा, र परमेश्‍वरले तँलाई उहाँको ज्योति दिनुहुनेछ। अय्यूबको विश्‍वास कस्तो थियो? सर्वशक्तिमान्‌ परमेश्‍वर महाशक्तिशाली वैद्य हुनुहुन्छ! रोग-बिमारमा बास गर्नु भनेको बिरामी हुनु हो, तर आत्मामा जिउनु भनेको निको हुनु हो। जबसम्‍म तँसँग एक मुठ्ठी सास बाँकी हुन्छ, तबसम्‍म परमेश्‍वरले तँलाई मर्न दिनुहुनेछैन।

हामीभित्रै ख्रीष्टको पुनरुत्थान भएको जीवन छ। निस्सन्देह, हामीमा परमेश्‍वरको उपस्थितिमा विश्वासको कमी हुन्छ: परमेश्‍वरले हामीभित्र साँचो विश्वास राख्नुहुन्छ। परमेश्‍वरको वचन साँच्चै मीठो छ! परमेश्‍वरको वचन शक्तिशाली औषधी हो! यसले दियाबलसहरू र शैतानलाई लज्जित बनाउँछ! परमेश्‍वरको वचन बुझेमा हामीलाई साथ मिल्छ। उहाँको वचनले हाम्रो हृदयलाई मुक्ति दिन द्रुत गतिमा कार्य गर्छ! यसले सबै थोकको सन्देह मेटाउँछ र सबै थोकलाई शान्ति दिन्छ। विश्वास भनेको एउटै मुढाको पुलजस्तो हुन्छ: दयनीय रूपले जीवनमा अल्झिरहेका मानिसहरूलाई त्यो पार गर्न कठिनाइ हुनेछ, तर आफूलाई बलिदान दिन तयार रहेकाहरूले नडगमगाइ र निष्फिक्रीसित त्यसलाई पार गर्न सक्छन्। यदि मानिसले आफ्नो मनमा डरपोक र भयका विचारहरू राख्छ भने शैतानले उनीहरूलाई मूर्ख बनाएको हुन्छ, हामी विश्वासको पुल पार गरी परमेश्‍वरमा प्रवेश गरौंला भनी त्यो डराएको हुन्छ। शैतानले हामीकहाँ त्यसका विचारहरू पठाउने हरसम्भव कोसिस गरिरहेको हुन्छ। परमेश्‍वरले हामीलाई उहाँको ज्योतिले उज्यालो पारून् भनी हरक्षण उहाँसँग प्रार्थना गर्नुपर्छ, हामीभित्रबाट शैतानको विष निकाल्नको लागि हामी हरक्षण परमेश्‍वरमा निर्भर हुनुपर्छ, हाम्रो आत्माभित्र हामीले परमेश्‍वरको नजिक कसरी आउने भनी हामीले हरपल अभ्यास गर्नुपर्छ, र हामीले परमेश्‍वरलाई हाम्रो सम्पूर्ण अस्तित्वमाथि प्रभुत्व कायम गर्न दिनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ६

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: बाइबल सम्‍बन्धी रहस्यहरू | अंश २८०

मैले मानिसको बीचमा धेरै काम गरेको छु, जुन अवधिमा मैले धेरै वचनहरू पनि व्यक्त गरेको छु। यी सबै वचनहरू मानिसको मुक्तिको खातिर हुन् र मानिस...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १०४

परमेश्‍वरलाई जिद्दी भई विरोध गर्दा, मानिसलाई परमेश्‍वरको क्रोधले नष्ट गर्छ (छनौट गरिएका खण्डहरू) उत्पत्ति १९:१-११ अनि साँझमा दुई...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १८५

अहिले मोआबका सन्तानहरूमाथि काम गर्नु भनेको सबैभन्दा ठूलो अन्धकारमा खसेकाहरूलाई मुक्ति दिनु हो। तिनीहरूलाई श्राप दिइएको भए तापनि, परमेश्‍वर...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४९३

जब मानिसहरूले आफ्नो हृदयद्वारा परमेश्‍वरलाई सम्पर्क गर्छन्, जब तिनीहरूको हृदय पूर्ण रूपमा उहाँमा फर्कन सक्छ, परमेश्‍वरप्रतिको मानिसको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्