परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५८१

मानवजातिमाझ राज्य विस्तार भइरहेको छ, यो मानवजातिमाझ निर्माण भइरहेको छ, र यो मानवजातिमाझ खडा भइरहेको छ; मेरो राज्यलाई नष्ट गर्ने कुनै शक्ति छैन। आज राज्यमा हुने मेरा मानिसहरूमध्ये, अर्थात् तिमीहरूमध्ये कोचाहिँ मानवजातिमाझ रहेको मानव होइनौ र? तिमीहरूमध्ये कोचाहिँ मानव अवस्थाभन्दा बाहिर छौ? जब मेरो नयाँ सुरुवाती बिन्दुको बारेमा भीडमा घोषणा गरिन्छ, तब मानवजातिले कसरी प्रतिक्रिया दिनेछ? मानवजातिको अवस्थालाई तिमीहरूले आफ्‍नै आँखाले देखेका छौ; तिमीहरूले निश्‍चय नै यो संसारमा सदासर्वदा रहने आशा अझै पालेका छैनौ र? म अहिले मेरा मानिसहरूमाझ यत्रतत्र हिँडडुल गरिरहेको छु र म तिनीहरूको माझमा जिउँछु। आज, मप्रति सच्‍चा प्रेम गर्नेहरू—त्यस्ता मानिसहरू धन्य छन्। धन्य छन् मप्रति समर्पित हुनेहरू, तिनीहरू अवश्य नै मेरो राज्यमा रहनेछन्। धन्य छन् मलाई चिन्‍नेहरू, तिनीहरूले अवश्य नै मेरो राज्यमा शक्तिको प्रयोग गर्नेछन्। धन्य छन् मलाई खोजी गर्नेहरू, तिनीहरू निश्‍चय नै शैतानका बन्धनहरूबाट उम्कनेछन् र तिनीहरूले मेरा आशिष्‌हरू उपभोग गर्नेछन्। धन्य छन् आफैलाई त्याग्‍न सक्षम हुनेहरू, तिनीहरू अवश्य नै ममा निहित हुन सक्षम हुनेछन् र तिनीहरूले मेरो राज्यको प्रचुरताको उत्तराधिकार प्राप्त गर्नेछन्। मेरो वरिपरि दौडनेहरूलाई म सम्‍झनेछु, मेरो लागि खर्च गर्नेहरूलाई म आनन्दसाथ अङ्गाल्‍नेछु, र मलाई भेटी चढाउनेहरूलाई म आनन्द प्रदान गर्नेछु। मेरा वचनहरूमा आनन्द प्राप्त गर्नेहरूलाई म आशिष् दिनेछु; तिनीहरू अवश्य नै मेरो राज्यका धुरीहरू अड्याउने खम्‍बा हुनेछन्, मेरो घरमा तिनीहरूले अवश्य नै असीम प्रशस्तता प्राप्त गर्नेछन्, र तिनीहरूसँग कसैलाई पनि तुलना गर्न सकिँदैन। के तिमीहरूलाई दिइएको आशिष्‌हरूलाई तिमीहरूले कहिल्यै स्वीकार गरेका छौ? के तिमीहरूका निम्ति गरिएका प्रतिज्ञाहरूलाई तिमीहरूले कहिल्यै खोजी गरेका छौ? मेरो ज्योतिको अगुवाइमा, तिमीहरूले अवश्य नै अन्धकारको शक्तिको पकडलाई तोड्नेछौ। अन्धकारको बीचमा तिमीहरूलाई अगुवाइ गर्ने ज्योतिलाई तिमीहरूले अवश्य नै गुमाउनेछैनौ। तिमीहरू अवश्य नै सारा सृष्टिका मालिक बन्‍नेछौ। तिमीहरू अवश्य नै शैतानको अघि विजयी बन्‍नेछौ। ठूलो रातो अजिङ्गरको राज्यको पतन हुँदा, तिमीहरू अवश्य नै मेरो विजयको साक्षी बन्‍नलाई धेरै भीडहरूमाझ खडा हुनेछौ। सिनिमको देशमा तिमीहरू अवश्य नै दह्रिलो गरी र अटल रूपमा खडा हुनेछौ। तिमीहरूले सामना गरेका कष्टहरूमार्फत्, तिमीहरू मेरा आशिष्‌हरूका उत्तराधिकारी हुनेछौ, र अवश्य नै सम्पूर्ण ब्रह्माण्डमा मेरो महिमालाई चम्काउनेछौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय १९

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४३९

आफ्नो गवाहीमा दृढ भएर खडा हुनु भनेको के हो? केही व्यक्तिहरूले अहिले गरिरहे जस्तै पछ्याउँछौं र उनीहरू जीवन प्राप्त गर्न सक्षम छन् कि छैनन्...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १०८

परमेश्‍वरको क्रोध न्यायका सबै शक्ति र सबै सकारात्मक कुराहरूको निम्ति सुरक्षा हो (छनौट गरिएका खण्डहरू) उल्‍लङ्घनप्रतिको परमेश्‍वरको...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५९०

जितको काम पूरा भएपछि, मानिसलाई एउटा सुन्दर देशमा ल्याइनेछ। यो जीवन अवश्य अझै यही पृथ्वीमा नै हुनेछ तर आजको मानिसको जीवनभन्दा पूरै विपरीत...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश १६

आजको कार्यले अनुग्रहको युगको कार्यलाई अगाडि बढाएको छ; अर्थात्, सम्पूर्ण छ हजार वर्षे व्यवस्थापन योजनाको कार्य अघि बढेको छ। अनुग्रहको युग...