परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ६१

जब पूर्वबाट बिजुलीका चमकहरू आउँछन्, जुन म मेरा वचनहरू बोल्न थाल्ने समय पनि हो—जब बिजुलीका चमकहरू आउँछन् तब सम्पूर्ण आकाश उज्यालो हुन्छ, र सबै ताराहरूमा एक रूपान्तरण हुन्छ। यस्तो हुन्छ, कि मानौं सम्पूर्ण मानव जाति वर्गीकरण गरिएको छ। पूर्वबाट आउने यो ज्योतिको किरणमा सम्पूर्ण मानव जातिलाई उनीहरूको असली रूपमा प्रकट गरिन्छ, उनीहरूका आँखाहरू तिरमिराउँछन्, के गर्ने भनेर अनिश्चित हुन्छन्, र उनीहरूका कुरूप अनुहारहरू कसरी लुकाउने होला भनी अझै अनिश्चित हुन्छन्। तिनीहरू ती पशुहरूजस्ता छन् जो मेरो ज्योतिबाट भाग्छन् र पहाडका गुफाहरूमा शरण लिन्छन्—तर तीमध्ये एकै जना पनि मेरो ज्योतिबाट नष्ट हुन सक्दैन। सबै मानिसहरू चकित हुन्छन्, सबैले पर्खिरहेका हुन्छन्, सबैले हेरिरहेका हुन्छन्; मेरो ज्योतिको आगमनको साथमा सबै जना आफू जन्मेको दिनमा रमाउँछन्, र त्यसै गरी सबैले आफ्नो जन्मेको दिनलाई सराप्छन्। विवादास्पद भावनाहरू व्यक्त गर्न असम्भव हुन्छ; आत्म-निन्दाका आँसुहरूको नदीहरू बग्छन्; र तीव्र प्रवाहमा बगेर जान्छन्, एकै क्षणमा नाम-निसाना मेटिने गरी हराउँछन्। एक पटक फेरि, मेरो दिन सारा मानव जातिको नजिक पुग्छ, एक पटक फेरि मानव जातिलाई उत्तेजित गराउँछ, मानव जातिलाई अर्को एउटा नयाँ सुरुआत दिँदछ। मेरो मुटु धड्किन्छ र, मेरो मुटुको धड्कनको ताल अनुसरण गर्दै, पहाडहरू आनन्दले उफ्रन्छन्, समुद्रहरू आनन्दले नाच्छन्, र छालहरूले चट्टानका पहराहरूमा हान्छन्। मेरो हृदयमा जे छ त्यो व्यक्त गर्न गाह्रो हुन्छ। सबै अशुद्ध थोकहरूलाई म मेरो नजरमा जलाएर खरानी बनाउन चाहन्छु; म अनाज्ञाकारिताका सबै छोराहरूलाई मेरो आँखाको अगाडिबाट कहिल्यै अस्तित्वमा नरहने गरी विलुप्त पार्न चाहन्छु। त्यो ठूलो रातो अजिङ्गरको बास बस्ने ठाउँमा मैले नयाँ सुरुवात मात्र गरेको छैनँ, मैले ब्रह्माण्डमा पनि नयाँ काम सुरु गरेको छु। चाँडै, पृथ्वीका राज्यहरू मेरो राज्य हुनेछन्; चाँडै, मेरो राज्यको कारण यस पृथ्वीका राज्यहरूको अस्तित्व सदाका लागि समाप्त हुनेछ, किनकि मैले अघिबाटै विजय हासिल गरिसकेको छु, किनकि म विजयी बनेर फर्केको छु। त्यो ठूलो रातो अजिङ्गरले पृथ्वीमा मेरो काम मेटाउने आशामा मेरो योजनामा बाधा पुर्‍याउनका लागि सबै साधनहरू समाप्त गरिसक्यो, तर के म त्यसको कपटपूर्ण चालका कारण निराश हुन सक्छु? के म त्यसको धम्कीबाट आत्मविश्‍वास गुमाउँला भनी डराउँछु? स्वर्गमा वा पृथ्वीमा कहिल्यै कुनै यस्तो प्राणी भएको छैन जसलाई मैले मेरो हत्‍केलामा लिएको छैन; त्यो ठूलो रातो अजिङ्गरको बारेमा झन् यो कति धेरै सत्य छ, यो युक्ति जसले मेरो निम्ति प्रतिभारको रूपमा काम गर्दछ? के यो पनि मेरो हातमा खेलबाड गर्नुपर्ने एक वस्तु होइन र?

मानिसको संसारमा भएको मेरो देहधारणको अवधिमा मानव जाति अनजानमा नै आजको दिनसम्म मेरो मार्गनिर्देशनको अधीनमा आएको छ, अनजानमा नै मलाई चिन्न सकेको छ। तर अगाडि आउने बाटोमा कसरी हिँड्ने भन्‍नेबारे कसैलाई थाहा छैन, कोही पनि सचेत छैन—र त्यो बाटोले तिनीहरूलाई कुन दिशातिर लैजान्छ भन्ने कुरा थाहा पाउने त कुरै नगरौं। केवल सर्वशक्तिमान्‌ले उनीहरूमाथि नजर राख्नुभयो भने मात्र कुनै व्यक्ति त्यो बाटोको अन्त्यसम्म पुग्न सक्नेछ; पूर्वमा चम्केको ज्योतिको अगुवाइमा मात्र कसैले मेरो राज्यमा पुर्याउने प्रवेशद्वार पार गर्न सक्छ। मानिसहरू माझ कुनै यस्तो व्यक्ति छैन जसले मेरो अनुहार देखेको छ, जसले पूर्वमा ज्योति चम्केको देखेको छ; मेरो सिंहासनबाट बोलिएको वाणीहरू सुन्ने त झन् कति थोरै होलान्? वास्तवमा, प्राचीन कालदेखि कुनै पनि व्यक्ति मेरो व्यक्तित्वसँग प्रत्यक्ष सम्पर्कमा आएको छैन; केवल आज, म यस संसारमा आएपछि मात्रै मानिसहरूले मलाई देख्ने मौका पाएका छन्। तर अहिले पनि मानिसहरूले मलाई चिन्दैनन्, जसरी उनीहरूले मेरो अनुहार हेर्छन् र मेरो आवाज मात्र सुन्छन् तर मेरो अर्थ बुझ्दैनन्। सबै मानिसहरू यस्तै प्रकारका छन्। मेरा मानिसहरूमध्ये एक भएको नाताले मेरो अनुहार देख्दा के तिमीहरू गर्व महसुस गर्दैनौं र? र के मलाई नचिनेको कारण अति नै ठूलो सरम महसुस गर्दैनौ र? म मानिसहरू माझ हिँड्छु र म मानिसहरू माझ बस्छु, किनकि म देह बनेको छु र म मानव संसारमा आएको छु। मेरो उद्देश्य भनेको मानव जातिलाई मेरो देहलाई हेर्ने क्षमता दिनु मात्र होइन; अझ महत्त्वपूर्ण कुरा, मलाई चिन्न मानिसहरूलाई सक्षम बनाउनु हो। यसबाहेक, म मेरो देहधारी शरीरबाट मानिसहरूलाई तिनीहरूका पापहरूका लागि दोषी ठहराउनेछु; म मेरो देहधारी शरीरद्वारा, त्यो ठूलो रातो अजिङ्गरलाई हराउनेछु र त्यसको गुफालाई नष्ट गर्नेछु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय १२

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २८६

फरिसीहरूले येशूको विरोध किन गरे भनी के तिमीहरू यसको जड जान्न चाहन्छौ? के तिमीहरू फरिसीहरूको सार जान्न चाहन्छौ? तिनीहरू मसीहका बारेमा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ४९

अय्यूबको दैनिक जीवनमा हामी तिनको सिद्धता, इमानदारिता, परमेश्‍वरप्रतिको भय, र दुष्टताबाट अलग बस्‍ने आचरण देख्छौँ यदि अय्यूबको बारेमा कुरा...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४२३

मानिसले धारण गर्नुपर्ने सत्यता परमेश्‍वरको वचनमा पाइन्छ र सत्यता नै त्यो कुरा हो जुन मानवजातिको निम्ति सबैभन्दा फाइदाजनक र सहयोगी हुन्छ। यो...